सज्जन कुमार सिँह
प्रचण्डको विकल्प प्रचण्ड
नेकपा माओवादी केन्द्र २०५२ साल देखिको गौरवमय तथा ऐतिहासिक जनयुद्धको नेतृत्व ग¥यो । तत्कािलन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड झण्डै ३० वर्षसम्म पार्टीको अध्यक्षको भूमिकामा छन् । यसपटक फेरि आफ्नो महाधीवेशनमा माओवादी लागेको छ ।
राष्ट्रिय सम्मेललाइ रातारात महाधिवेशनमा परिणत भएपछि कतिपयले यसलाइ आश्चर्य पनि माने । रातारात यसरी सम्मेलनलाइ महाधीवेशन गर्ने भनि गरिएको निर्णयलाइ कतिपयले कच्चा र हतपतको निर्णय पनि भने । किनकी सबैतिर अध्यक्षको हस्ताक्षर सहितको पत्र पठाइ सकेर रातारात राष्ट्रिय सम्मेलनलाइ महाधिवेशनमा रुपान्तरण गर्नुपर्ने कारण के प¥यो होला ? त्यो आशँका कै विषय रह्यो यात यसका भित्री व्यवहारिक पाटाहरु पछि खुल्दै जानेछन् । जे होस्, फेरि एक पटक माओवादीहरु क्रान्तिकारी विचार सहितको पार्टि बनाउने भन्दै टुप्पी कसेर बन्द सत्रको छलफलमा व्यस्त भएका छन् ।
महाधिवेशनमा पार्टिलाइ क्रान्तिकारी र विचारयुक्त बनाउने अनि देश देखि विश्व भु –राजनितीबारे पनि आफ्नो स्पष्ट धाराणा बनाउने गरि घनिभूत रुपमा प्रतिनिधीहरु छलफलमा जुटेका छन् । पार्टिले आफूले विगतमा गरेका गल्ति कमि कमजोरीलाइ सबैभन्दा पहिला छलफलमा ल्याएको छ ।
अध्यक्ष प्रचण्डले राजनैतिक कार्यपत्र प्रस्तुत गर्दैैगर्दा पनि आफूहरुले गरेका गल्ति कमिकमजोरीलाइ प्रस्ट रुपमा राखेका छन् । यो किन पनि सकरात्मक छ भन,े कुनै पनि व्यक्ति र पार्टिले आफ्ना मुख्य गल्ति कमजोरीलाइ पत्ता लगाएर त्यसलाइ स्वीकार गरेन भने अझै बढि विग्रने खतरा हुन्छ अर्थात कमजोरीलाइ महसुस गरि सुधारियो भने गन्तव्यमा ढिलै भएपनि पुगिन्छ । विगतमा भएका गल्ति कमि कमजोरीलाइ हटाउदै अघि बढ्ने जुन प्रण सहित माओवादी महाधिवेशन अघि बढेको छ, यसले लिने नयााँ रणनीती र कार्यदिशा अनि विचार बारे अन्य पार्टिलाइ मात्र होइन समग्र देशले महत्वका साथ हेरेको छ ।
एमाले र नेपाली काँग्रेसका महाधिवेशनहरु केवल खानपिन रमाइलो गर्ने ,शक्ति प्रदर्शन गर्ने मै सिमित भएको हामीले देख्यो । जहाँ कुनै बहस, छलफल र देशको चिन्ता बारे विमर्श भएन । ठुला ठुला होडिङ बोर्ड र बजार भरि पर्चा पम्प्प्लेट टासेर फोहोर गर्ने र नयाँ नेतृत्व छान्ने बाहेक अन्य चिन्तन भएन । देशका मुख्य दुइ ठुला दल नेकपा एमाले र काँग्रेस महाधिवेशनले देशलाइ कता लाने भन्ने कुनै निर्णय गर्छ कि भन्ने आम नागरिकको आशा केवल हात्ती आयो फुस्स जस्तो बन्यो किनकी ठुला दलहरु कुनै व्यक्ति पूजा र आफू,आफ्ना गुटलाइ नेतृत्वमा लाने बाहेक अन्य विषयमा छलफल गर्न चुके ।
३० वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डको माओवादी केन्द्रमा मात्र नभएर देश कै पनि विकल्प छैन । किनकी अन्तराष्ट्रिय रुपमा प्रचण्ड नै सबैभँन्दा विश्वासिला र पत्याउने नेताका रुपमा ठानिन्छन् । अन्य पार्टिमा जस्तै नयाँ पुस्तालाइ नेतृत्व हस्तान्तरण गर्न यसपटक प्रचण्ड पनि सफल नहुने देखिन्छ । अर्थात माओवादी पनि प्रचण्डकै एकल नेतृत्वमा अघि बढ्ने भयो । यसपटक पनि कसैले अध्यक्षमा दाबा गर्ने बाताबरण देखिएको छैन । किनकी आम नेता कार्यकर्तालाइ प्रचण्डको विकल्प अरु छनु भन्ने विश्वासु लागेको छैन । स्वभाविक रुपमा नयाँ नेतत्वलाइ अध्यक्ष बनाउनुपथ्र्यो तर देशको अवस्था पार्टिमा आएका उतारचढाव सहित जनयुद्ध जनआन्दोलनको सपना पुरा गर्ने जिम्मेवारी अझै प्रचण्डको काधमा भएर पनि अझै केहि बर्ष उनलाइ नेतृत्व गर्न आँखा चिम्म गरेर नेता कार्यकर्ताले साथ दिएको हुनुपर्छ ।
शान्ति प्रकृया निस्कर्षमा पु¥याउने गरिव, उत्पीडित, उपेक्षित तथा जातिय, वर्गिय असमानताहरुलाइ हटाउने आफ्नै प्रण अनि हजारौ शहिदहरुको बलिदानीको मुल्य चुकाउने छुट प्रचण्डलाइ छैन । विचमा छुटेका, चुइटिएका र फरक मत राखेर रुष्ट बनेका जनयुद्धका आफ्नै सहयात्रीहरुलाइ मिलाउनु पर्नेछ ।
परिवर्तनगामी पार्टि तथा नेताहरुला कुनै कुनै विन्दुमा समेटिनुपर्ने, फरक विचार र राख्नेहरुलाइ पनि कहि कतै सहकार्य गर्नुपर्ने अवस्थाहरु आउन सक्छन् । असली परिवर्तनकामी शक्तिलाइ गोलबद्ध गर्दै प्राप्त उपलब्धिलाइ जोगाउनु र समाजवादको बाटो पुरा गर्ने जिम्मेवारी पनि प्रचण्डको काधमा छ अनि सिँगो क्रान्तिकारी र कम्युनिष्टहरुको काधमा छ । किनकी केहि कम्युनिष्ट पार्टिका झण्डा बोक्ेनहरुसँग न कुनै विचार छ नत कुनै ठोस योजना नै छ ।
त्यसैले एक पटक फेरि प्रचण्डको काधमा ठुलो जिम्मेवारी सहित पार्टि र देश परिवर्तनको अवसर छ । यदि उनले यो अवसरलाइ भरपूर प्रयोग गर्न सके भने इतिहासमा आफ्नो स्वर्ण अक्षरले लेखाउन सफल हुने छन् नत्र क्रान्ति बीच बाटोमा अल्मलिने छ । भएका परिवर्तनहरु फेरि उल्टाउने, प्रतिक्रान्ति हुने र उहि पुरानै दिशातिर फर्कने सम्भावना पनि रहन्छ । त्यसका लागि आफ्ना कमि कमजोरी र विगतमा आफूलाइ लागेका आरोपहरु चिर्दै एउटा श्रमजीवी र क्रान्तिकारी नेताको रुपमा आपूmलाइ ढाल्नै पर्छ र आम नागरिकको बीचमा पुग्नै पर्छ ।
देशमा नयाँ सँविधान, सँघिय गणतन्त्रको स्थापना भएको छ । सँघियता कार्यान्वयनमा केहि जटिलता र समस्या भएका गुनासाहरु पनि बढ्दै गएका छन् । समावेशी तथा समानुपातिक प्रतिनिधत्वबाट राज्य तथा देशका निकायमा सहभागिता बढेपनि अझै सबै जातजाती क्षेत्रको अधिकार सुनिश्चितता भएको छैन ।
गरिब, कृषक तथा उत्पीडित समुदायलाइ हेरिने र गरिने व्यवहार उस्तै छ । राज्यको पुर्न सँरचना हुन सकेको छैन । भ्रष्टचार महँगी र राष्ट्रिय पराधिनता अझै चुलिदै गएको छ । उत्पादन र रोजगारीको समस्या देशको मुख्य समस्याका रुपमा ठिँग उभिएका छन् । देशको प्रशासनिक अवस्था उस्तै छ । नागरिकका न्युनतम आवश्यकता, गाँस,बास, कपास, शिक्षा स्वास्थ्य र रोजगारी ५० प्रतिशत व्यक्तिको पहुचबाट टाढा छ ।
अन्तराष्ट्रिय सम्बन्ध र उनीहरुसँगको शक्ति सन्तुलन बारे पनि देशको स्पष्ट धारणा छैन । छिमेकी शक्तिसम्पन्न राष्ट्रहरुको आफ्ना आफ््ना स्वार्थ छन् । त्यी स्वार्थहरुबाट माथि उठेर सबै छिमेकीलाइ सन्तुलनमा राख्ने र देशका लागि अधिक फाइदा प्ुग्ने गरि सम्बन्ध स्थापित गर्ने , राष्ट्रियतालाइ मजबुद बनाउने विषयमा पनि देश अझै अलमल छ । अझै सम्म पनि छिमेकीले हाम्रो देशको अपरिपक्क निर्णय र ढुलमुले नितिप्रति सँशकित छन् ।
एमसिसि, इन्डोप्यासेफिसक जस्ता आयोजना र त्यी आयोजना कार्यान्व्यन गर्ने वा फर्काउने जस्ता विषय नाक अघि नै ठिँग उभिएको छ । पर्यावरण र मौसम परिवर्तनका समस्याहरुलाइ सुल्झाउन उचित खालको निती छैन ।
अबकोका कार्यभार केहो त ?
१. माओवादी नेता राम कार्किको भाषालाइ सापटि माग्ने हो भने “धान कति राम्रो फल्छ भन्ने कुरा परालबाट चिनिन्छ । ” अर्थात कुनै पनि पार्टि कस्तो बन्ने र कस्तो बन्दै छ ? उसले आम देश र जनताको पक्षमा केके गर्छ भन्ने कुरा उसको निती, विचारले प्रष्ट पार्छ । सबै भन्दा पहिला देश, जनता देखि सम्पुर्ण पक्षबारे पार्टिले स्पष्ट खाका र रुपेखा तयार गर्नुपर्छ । जब विचार र बाटो तय गरिन्छ अनि मात्र त्यो गन्तव्यमा पुग्नका लागि व्यवहारिक रुपमा लाग्ने मार्ग प्रशस्त हुन्छ । विचार र स्पष्ट खाकाहिन यात्राले नत समाजवादमा पु¥याउछ नत आम नागरिकको जीवनमा कुनै आमुल परिवर्तनहरु आउछ ।
२. नेपालमा कम्युनिष्ट नामधारी पाटिहरु व्यक्ति धेरै भएपनि व्यवहारिक रुपमा कम्युनिष्ट आचारण र व्यवहार देख्न सकिदैन् । जनयुद्ध कालमा माओवादी पूर्ण अनुशाषित थिए । उनीहरुले केवल आफ्नो त्याग, परिवर्तनका लागि मात्र सबै शक्ति खर्चेका थिए । २०६२ पछि शान्ति प्रकृयामा फर्किएको र पटकपटक सरकारमा सहभागी बनेको माओवादीका नेताहरु विलासी र पुजीवादी कै हैसियितमा आफ्ना गतिविधी अघि सारे । जब उनीहरु सुकिला मुकिलाका पछि लाग्न थाले, वर्ग परिवर्तन भए जस्तै गरे त्यसपछि जनतासँगको, शहिद, वेपत्ता परिवारसँगको सम्बन्ध टुट्यो । आफ्नो फेरिए झै, सुकिला मुकिलातिर नेताहरु लसकिए । अझै बढि अवसरवादीहरुको आगवनले पार्टि र आन्दोलन तहसनहस भयो । जनताबाट पाएको ठूलो जनमतलाइ माओवादीले जोगाउन सकेन । आफ्ना कारणले भएका उपलब्धि र प्राप्तिलाइ जनतासमक्ष लानुपर्ने छ । केन्द्र देखि स्थानीय तहसम्म सबै नेता कार्यकर्ताले माक्र्सवाद हौ भनि प्रमाणित गर्ने पर्छ किनकी नक्कली माक्र्सवादी भएर समाजवादको यात्रा सफल पार्न सकिदैन ।
त्यसैले सबैभन्दा पहिलो नेता, कार्यकर्ता सुधारिने, जनतासमक्ष पुग्ने वर्गीय, जातीय, लैँगिक लगातका समस्याहरु समाधान गर्दै समाजवादको आधार तयार गर्नूृपर्ने मुख्य जिम्मेवारी माअोवदीलाइ छ । हिजो माओवादी क्रान्तिकारी पार्टि थियो । उसको आगवनले गाउँशहर थरथर गथ्र्यो । उसका नेता कार्यकर्ता देख्दा सबैले श्रद्धाले शिर निउराउथे । आफ्नो ज्यान कै आहुती दिन तयार हुने योद्धाहरुका अवशेष अझै पनि बाकि छनु तर पार्टि निकै विग्रिसकेको छ ।
शान्ति प्रकृयामा आएपछि ३५ जना केन्द्रिय समिती भएको माओवादीले सँगठनलाइ क्रमिक रुपमा ठुलो बनायो । २०६५ सालमा सँगठन विस्तार गरि २०५९ सालमा बनेको केन्द्रिय कमिटीलाइ पुर्नवहाली गरियो । २०६५ सम्म माओवादीमा धेरै नेताहरुको जन्म भयो । तर पार्टिले नयाँ खालको सँगठन र त्यसलाइ व्यवस्थित गर्न सकेन । जसको फलस्वरुप पार्टि फुटको सँघारमा पुग्यो । महत्वपूर्ण योगदान दिएका नेताहरु बीच पानी बाराबार भयो । नयाँ पार्टिमा जाने, एकअर्कालाइ सिध्याउने खेलहरु खेले । अन्तत : जो जता गए पनि उनीहरुको अवस्था कठै भन्ने अवस्था मै छ ।
त्यसैले विगतमा जे जति कमि कमजोरी भए तिनलाइ निर्मम ढँगले समिक्षा गर्दै देश र जनताको सुनौलो भविष्य निर्माण गर्न माओवादी केन्द्रले सोहि अनुसारको निती र व्यवहारी कार्यान्वयन गराउनु अहिलेको आवश्यकता हो ।