नकारात्मकता, दुषित दिमाग र स्वास्थ्य

जीवन शाक्य
आम जनताका लागि शिक्षा, स्वास्थ्य, उद्योगधन्दा, कृषि, आवश्यक संरचनाहरुको निर्माण विकास हुन नसकेको, खेल, मनोरन्जन, संगित स्वर साधनाको विकास एकदम न्युन छ । रोजगारको कमी, महंगो वस्तुभाउ, काम गरेर खाने सबैलार्ई जिउन कठिन छ । जीवन जिउन आवश्यक आर्थिक उपार्जन गर्न देशका युवा जमात सबै विदेशिन बाध्य जस्तै छन ।

शिक्षा स्वास्थ्यका कार्यक्रम गुणस्तरिय, प्राविधिक व्यवसाय, रोजगार मूलक छैन । भएका पनि आम जनताको लागि उपलब्ध नभएर धेरै संख्यामा भएका गरिव मजदुर, किसान र मध्यम वर्गका लागि आकाशको फल जस्तै छ । विजुली पानी सहज र सस्तो छैन । सामाजिक विहेबारी क्रियाकर्म नयाँ, सहज नभएर, कम खर्चमा उम्किने खालको छैन, गरिवीमा बाँच्नेहरुको ढाड सेक्ने खालकै छ । यस्तो अवस्थामा कस्तो विचार भावहरु उठछ ? सबैका आ–आफ्नै जरुरी इच्छा चाहना हुन्छन् पुरा गर्न नसकिने परिस्थिती भएपछि प्राय सबैलाई तनाब, क्रोध, लोभ, मोह, अहंकार, बासनाको कूनै न कुनै सोँच, असफलता, पीडा कुन्ठा हुन्छनै । सबैको जीवनयापन नियाल्दा नहुने, हुनेखाने, सबै मिठो स्वादिलो खाना, नाना, यौन, पैसा, सुविधा प्रति अत्यधिक आशक्त देखिन्छ ।

भएन तल्लो जातका नछोइने जात भनिने सोझा र गरिव जनताका श्रम, यौन शोषण हुनेखाने व्यापारी कर्मचारी नेता कार्यकर्ताहरुले लिइरहेका छन् । यसले गर्दा उनीहरुमा बदला लिने, बिरोधको भाव, इच्छा चाहना दबिएर कुण्ठा, उदास, चिन्ता जस्ता नकारात्मक सोच व्यवहारहरुले घेरिएको हामी पाउछौ, खानपान शुरक्षित पोषिलो खान नजान्ने, खान नसक्ने, चिन्ता, तनाव उदास कुण्ठा भावको रागमा तल्लिन सोचले पाचन शक्ति कमजोर निद्रा, आराम, विश्राम राम्ररी पाएका छैनन् परिणाम कुपोषण, पुड्कोपन, ख्याउटे मरणच्याँसे, दुब्लो कालो, रोगी हुनु बाध्यता जस्तै भएको छ उनीहरुको लागि ।

स्वस्थ्य परिवारको जग निर्माण गर्ने गराउन गर्भवती सुत्केरी हुने महिलाहरुले श्रीमान सास्ु ससुरा परिवारका अन्य सदस्यहरुको सकारात्मक सहयोग, भरथेग, सेवा व्यवहार पाएर स्वस्थ शिशु जन्माउनु र राम्रो स्तनपान, पोषण माया ध्यान दिएर हुर्काउन जरुरी छ । तर त्यसको बदला वास्ता नगर्ने, सानो गल्ती कमजोरीहरु भए पनि हप्काउने भेदभाव गर्ने जस्ता प्रतिकूल व्यवहारले गर्दा जन्मदै कमतौलको नरुने, मर्ने, कमजोर सुस्त मनस्थिती वा फरक क्षमताको शिशुहरु जन्मिरहेका छन्, जो पछि बढी पुड्को हुन्छ, कुपोषित हुन्छ रोगी हुन्छ । बढी नकारात्मक सोच व्यवहार संस्कारले भरिएको हाम्रो समाजमा प्राय मान्छ्ेको बाल अवस्था देखि युवा अवस्था सम्म राम्ररी हुर्कने बढने क्षमतावान शिक्षित हुने अवसर नपाएका हामिहरुका रोग प्रतिरोध शक्ति कमजोर भई सर्ने, नसर्ने रोगहरु लागेर औषधि उपचारमा लाग्नु पर्ने, बढी खर्च गर्नु पर्ने अवस्था छ । शिक्षित प्रेम पुर्ण विश्वास सहयोगी सेवामुलक सम्वन्ध र भावनाको कमी भएको हाम्रो जस्तो नेपाली अर्ध सामान्ती पूँजीवादी समाजमा सयमा ९५ प्रतिशत भन्दा बढी दिमागको हिस्सामा नकारात्मक प्रभाव परेर शिक्षित व्यक्तिहरु समेत क्रोध लोभ मोह, अहंकार वासना बाट ग्रसित भई अचेतन, अर्धचेतन कम क्षमतावान उत्साह प्रेरणाको कमी भएका, मानसिक शारिरीक र सामाजिक रुपमा अस्वस्थ अनुत्पादक शक्ति भएका एकदम बढी छौ जसले गर्दा परिवार समाजको विकास निर्माणको काम प्रभावित भएको छ ।

शोषण, दमन भेदभाव छुवाछुटका अमानविय व्यवहार सहनुपर्ने लगायत चाहना इच्छा पुरा नहुँदा जन्मिने क्रोध, लोभ, मोह, कामवासना, इष्र्या द्वेष, अहंकार, कुन्ठा, चिन्ता, उदासिपनका रागको असर श्वास, मुटु र शरिरको सबै अंगमा पर्छ । फल स्वरुप, श्वास मुटुको धड्कन, कम्पन, गति तिव्र भई यसको चाप दवाव, तनावले नकारात्मक सोच भावको लहर कम्पन चलिरहेको हुन्छ । स्वच्छ निर्मल विषय वासना रहित पवित्र श्वास आएको गएको सचेत भई हेर्ने कुरै छौडौं कतिको निद विश्राम खलबलिएका होलान, कति विरामी होलान, कति मानसिक शारिरीक नसर्ने रोगहरुबाट ग्रसित होला ? । यसको समाधान शिल सदाचारयुक्त सोच व्यवहार हो साथै भेदभाव रहित उत्प्रेरणा उत्साह जगाउने रोजगारमुलक व्यवसायिक शिक्षा हो । चेतना सम्वेदनशिलता जगाउने स्वच्छ निर्मल पवित्र प्राकृतिक श्वास र मुटुको धडकन बनाउन सघाउने योग, प्रणायम ध्यान र शुरक्षित खानपान हो । जसको सम्वोधन व्यवस्थापन राज्य सरकारले गर्न सकेको देखिदैन आफै भ्रष्टाचारमा मुछिएको उल्टै यसको संरक्षण गरेको अनगिन्ती समाचारहरु टि.भि पत्रपत्रिकाले बोलिरहेका धेरै छन् । पार्टिका नेता कार्यकर्ताहरु एक आपसमा निम्न स्तरको गालीगलौज गर्छन । स्वच्छ सुशासन, विकास निर्माणमा भ्रष्टाचारको धमिराहरु पालिराखेका छौ ।

राम्रो नियम कानुन पालन, इमान्दारीता पारदर्शिपन अपनाएर गाई भैसी, सुगुर वंगुर खानेहरुले सुचना संचार र विकासमा सगरमाथाको उचाई टेक्यो, अन्तरिक्षमा यात्रा गरे, हामी उचनीच जाती गरिवी छुवाछुत कालो सेतो वर्ण पैसा नभएको थोत्रो पुरानो मैलो कपडा लगाएको दोषले भेदभावको उचनिचको भनि सोच व्यवहार अपनाउने शिक्षित सुकिलो मुकिलो देखिएकाहरु हिलोमैलो राग द्वेषले भरिएको जीवन जिइरहेको छौ ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *