जाडो मौसम र स्वास्थ्यवद्र्धक खाना

कृषिता अधिकारी (निशा)
मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधीलाई हिउँदयाम मान्ने गरिन्छ । यो अवधीमा निकै चिसो र जाडो हुने गर्दछ । यसबेला शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको हुन्छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न हामी सबैले खानापानमा तथा न्यानो लुगामा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुने गर्दछ ।

अर्कोतिर जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । जाडो सिजनमा शारिरीक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्ति रहने गर्दछन् । अहिलेको समय भनेको कोरोना माहामारीको समय पनि हो । हामीले यो समयमा प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागि समेत दैनिक खानपानमा ध्यान दिनु आवश्यक हुन्छ ।

हामीले दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ । जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ । शरीरमा ऊर्जा बढाउनका लागि समेत तातो खानेकुुरा सेवन गर्न सकिन्छ । तर हाम्रो समाजमा के प्रवृत्ति छ, भने चिसो छल्नका लागि काममा बढी सक्रिय नहुने हुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । यसका साथसाथै कमजोरीपन महसुस हुने हुँदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ र मानिसहरुमा मोटोपन बढि हुन्छ । शारिरीक व्यायाम गर्न कठिन मान्ने, बाहिर प्याकिङ गरेको खानामा जोड दिने जसका कारण शरिरमा मोटोपन बढि हुन्छ र विभिन्न प्रकारका रोगहरु हुने गरेका छन् ।

हाम्रो शरीरलाई अत्याधिक मात्रामा पानी चाहिन्छ तर अधिकांश मानिसहरूले चिसोको समयमा पानी एकदमै कम पिउने गर्दछन् । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्ति रहेका हुन्छन् । त्यस्तै शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बँच्नका लागि दैनिक हामीले कम्तीमा ६ गिलास पानी प्रयोग गर्नु आवश्यक छ । त्यसैगरी शरीरलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझ धेरै आवश्यक हुन्छन् । अत्यधिक चिसो, मसाला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ किनकी यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ ।

चिसो मौसममा तातो दाल, सुपसँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ । चिसो मौसममा हामीले रातिको समयमा जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ । रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । तर हाम्रो गाउँघरको भनाइ अनुसार बेलुका पेटभरिन्जेल खानुपर्छ भन्ने गरिन्छ सोहि अनुसार नै हाम्रो खानपान पनि त्यस्तै प्रकारको हुन्छ । हामी नेपालीले दाल भातमा नै बढि जोड दिने गर्दछौं । जसले गर्दा कम उमेरमै विभिन्न रोगहरु उब्जिने गर्दछ ।

हुन त गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्छ । शरीरको रगतमा पोषणको मात्रा पर्याप्त हुँदा शरीरले तातो महशुस गर्छ । चिसोका कारण शरीरको तापक्रम कम हुने भएकाले रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्छ त्यसैले भोक धेरै लाग्छ त्यस्तै उमेरअनुसार शरीरलाई आवश्यक पौष्टिक तत्वको मात्रा फरक हुने भएकाले खानाको मात्रा फरक पर्छ जुनसुकै उमेरकाले पनि तातो खाना खानुपर्छ ।

यसले गर्दा शरीरमा आवश्यक तापक्रम प्राप्त हुन्छ किनकी जाडोको समयमा हामीले तातो तरकारीको रस, मासुको झोल, गेडागुडीको झोल, तातो दूधका साथै फलफूलहरू समावेश गर्नु उपयुक्त हुन्छ । यसबाट हामीलाई हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ । रोग लागेपछि पछुताउनुभन्दा भन्न रोगनै लाग्न नदिन प्रति सजग बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *