जीवन शाक्य
नेपाली र भारतीयहरुले, कति पूजाआजा गर्छन्, भनि राख्नु पर्ने विषय होइन । कुनै चाडवाड आउनै हुँदैन, मन्दिर आश्रम विहारमा पूजाआजा प्रवचन कार्यक्रम भैरहेकै देखिन्छ । पूजाको थालि लिएर, बलि दिन बोको रागो खसी कुखुरा बोका आदि लिएर मन्दिर धाईरहेको प्रशस्तै देखिन्छ । कतिसम्म भने बाराको कुनै मन्दिरमा हजारौँको संख्यामा रांगो काटेर गन्हाउने गरि फालिएको देख्दा ज्यादै मन खिन्न हुन्थ्यो, अझै हुन्छ । करिब ३०÷३५ वर्ष अघि घरमा बोका बलि दिएको केहि दिनपछि दाईले रक्सी पिएको अवस्थामा गरेको अस्वाभाविक व्यवहारको विरोध गर्दा घरका परिवारहरु बीच झगडा भएर दाईले मलाई पिट्नु भएको घटना मैले कहिले बिर्सन सक्दैन ।
तर के पूजाआजा गर्ने हामी मनुष्यहरुले भगवानको वास्तविक रुप अनुहार देखेका छौं ?, कस्तो हुन्छ भगवान इश्वरको रुप के चित्रमा देखिए जस्तै चारहात खुटटा हुन्छ, धेरै टाउको भएको हुन्छ ? पुरुष र नारि दुवै रुपमा देखिने के साँच्चिकै भगवान हो ?के मुरली वजाईरहेको कृष्ण वा धनुष समातेको भगवान भनिने राम वास्तविक भगवानै हुन ? ओम शान्ति आश्रममा भगवान शिव जस्को ध्यान व्रम्हा, विष्णु र शंकर महादेवले पनि गर्छन भनिन्छ, उहाँको रुप शुक्ष्म विन्दु स्वरुप भएको देखाएको सुनिएको छ । देवी भगवति, लक्ष्मी, सरस्वतीको अनेक रुप चित्रमा देखिन्छन, तेतिस देवता छन, भन्ने गरेका छन् । भगवान भनेर गणेश पूजा मैले पनि गरेको छु, तर नदेखेको हुनाले, मलाई आफै भ्रम छ भगवानको रुप आकार प्रति । भगवान देखेको छु भन्ने व्यक्ति पाउन कठिन छ । तर मेरा आफन्तहरुले भगवान देखे भन्ने गरेको मैले पाएको छु । तै उनीहरुले फुल अक्षता धुपका साथै प्रसादको रुपमा रोट, नरिवल, लडडु, रोटी, फलफुल लिएर पूजा गरेको देखेको छु अझै सम्म र सबैले आफना परिवारमा आम रुपमा देखेका छन । तर उनीहरुले पनि जातपात उचनिच, धर्म भिन्दाभिन्दै मान्दै आईरहेको, रिसाउने खुसाउने काम क्रोध लोभ मोह अहंकार आदिमा अल्झी राखेकै आम रुपमा देखिन्छ । तर भगवान मान्ने हामी नेपालीहरु प्राय गरिब दुखी दरिद्र र रोगी छाँै । यस्तो इश्वर भगवानले पहिला जन्मको कर्मको फल दिएको हो ? भन्नेहरु हामी धेरै छौ । के साच्चै हो ? वर्तमान कर्मको फल परिणाम होइन त ?
भगवानलाई हामीले एउटा ठुलो सर्वशक्तिमान, कसैलाइै पक्षपात नगर्ने भक्तहरुको भलो कल्याण गर्ने निर्मल पवित्र शक्तिको रुपमा शोच्ने गरेका छौं, के साच्चै हो ? भक्ति गर्ने भनेको भगवान प्रति आस्था, श्रद्धा गर्ने, जातपात उचनिच केहि नभनी सबैलाई विश्वास गर्ने, सम्मान गर्ने, झुठो नबोल्ने, शोषण भेदभाव नगर्ने स्वच्छ शिल सदाचारले व्यवहार गर्ने, गरिब दुखी मान्छको सेवा कल्याण गर्ने भनेको होइन ? हामी साचो अर्थमा भक्ति गर्ने गरेका छौ ? हामी पापी भएर वढी दुख कष्ट पाएको हो ? यसको उत्तर आफै खोज्ने, खोज्नु पर्ने होइन ?
समुदाय समाज हेर्दा भगवानको मूर्ति मन्दिर धेरै ठाउँमा देखिन्छ । धामी झाँक्री झारफुक गर्ने सबैलाई हामीले मानि आएकै हो । बोक्सीको अस्तित्वमा पनि हामी विश्वास गर्र्छौ, आफै प्रति घटेका, परेका थुपै घटनाहरुले बोक्सीको अस्तित्वलाई स्वीकार गर्नै पर्ने भएको छ । तर जे होस भगवान वास्तविक रुपमा छ भने पछि साँचो अर्थमा भक्ति हामीले देखाउन सक्नु पर्दछ र भगवानलाई थाहा पाउने जान्ने चिन्ने काम गर्नु पर्ने होइन भक्त भएर ? के क्यालेन्डरको वार र दिन परेमा मात्र पुजा आजा गर्ने, चोखो खाने मासु नखाने गरेर मात्र पुग्छ?, व्यवहारमा साँचिकै भक्त भै शिल सदाचार, सवै प्रति प्रेम भाव अपनाउनु पर्ने होइन ? पैसा सम्पत्ति सुविधा पद सम्मानको खातिर काम क्रोध लोभ मोह अहंकार वासना इष्र्या द्धेष अगाल्ने, पैसा हुने, नेता हुने, ठुला जात, सुकिलालाई सम्मान गर्ने भक्ती हुनु गर्नु त अवश्य होइन होला । समाजमा, संघ संस्थामा सवै यस्तै देखिए जस्तो लाग्छ । कि मेरो आखाले गल्ती देखेको हो ? हुनत हामी सबै परिवार समाज संघ सस्था स्कुल विद्यालयको वाटोमा धेरै लाग्यौ अझ थाहा नपाएर लाग्दै छौ, श्रम समय र पैसा बर्वाद गर्दै अस्वस्थ र रोगी पनि भएका छौ,कारण यसबाट हामीले पैसा सम्पत्ति सुविधा वासना कमाउनु पर्ने विचार शोच सिकयौ, वातावरण परिस्थिति यसतै देखिन्छ, सबै तिर पैसा चाहिने, पैसै खन्याउनु पर्ने ।
हाम्रोे हृदयले शान्ति सन्तोष सुख नमरेसम्म खोजिराख्छ, यसैको लागि हामीले डरले भगवान पुकारेका हौकी ? जे होस् भगवानलाई वास्तविक रुप आकार चिनेर जानेर उहाको वास्तविक भक्त हुनु पर्ने होइन ?, शिल सदाचार योग ध्यान अपनाएर भगवान चिन्न जान्न सकिन्छ भनिरहेका नै छन् सबै सन्त बुद्धहरुले ? सवै बुद्ध सन्तहरुले यहि साधेर भगवानको रुप शक्ति वास्तविक रुपमा चिनेर जानेर त भगवान जस्तै भएका हुन ? सबैको गूरु श्रदावान महान भएका पनि छन । हृदयको शान्ति सन्तोष आनन्दको चाहना प्राप्त गर्न वा भनौँ दुःख कष्ट रोगबाट मुक्त, स्वस्थ हुन शिल सदाचारको व्यवहार, योग ध्यान लाई साध भनेर भगवान बुद्धले २७०० वर्ष अघि सिकाउनु भएको बाटो मार्गलाई हामीले झुठो भन्न सक्छौ ? भगवान, इश्वरलाई जानेर थाहा पाएर उहाँको मार्ग अनुशरण गर्नु भनेको साचो अर्थमा भक्त हुनु होइन ? थाहा पाएर भक्ति गर्दा थाहा नपाएर गरेको भन्दा धेरै गुणा दृढ भएर तनमनधनले स्वच्छ पवित्र र उच्च आचरण गरेर वा साँचो अर्थमा भक्त भएर लाग्न सकिने कुरोमा पक्कै शंका गर्नु पर्ने ठाउँ हुन्न होला ? भगवानले प्रकृतिको नियम विधिलाई काटेर तपाई हामी जस्तो भएपनि कुनै पुरुषार्थ नगरे पनि कृपा गर्ने, आर्शिदवाद दिएर सुख स्वास्थ्यमा रमाउने गराउन सकदैन होला ?, सामथ्र्यवान सिपमा दक्ष, क्षमतावान नभएसम्म कसैले केहि दिन सक्दैन, तर धनी, गरिब दुःखी सुखी सबै हामी मनुष्यलाई श्वाश, इन्द्रिय शक्ति दिमाग हात पाखुरा त दिएकै छन ।
बोली व्यवहार, हात हतियारले हिंसा, चोरी डकैटी नगर्ने, मातलाग्ने लत लाग्ने वेहोश भएर व्यवहार नगर्ने, झुठो नवोल्ने, अर्काको छोरी चेलीबेटी महिला प्रति आशक्ति भएर ब्यभिचारको भाव व्यवहार नगर्ने शिल सदाचार अपनाउने, ठुला वृद्ध सन्त व्यक्तिहरुको आदर सम्मान सेवा सदभावको व्यवहार गर्र्नेे, पुरुषार्थ नगरि के योग ध्यान लाग्छ ? शिल सदाचारमा रहेर योग ध्यान गर्ने विधी पु¥याई इश्वरको कृपाको रुपमा पाएको जिवित श्वास शक्ति, मुटुको धडकन, पन्च इन्द्रीय, दिमाग पाएको हामीले पाएको यो मनुष्य जुनीलाई सम्मान आदर सत्कार गर्र्दै विषय वासना रहित स्वच्छ पवित्र निर्मल श्वास लिन सक्ने भएमा र एक्लै वा समुहमा वस्न रमाउन सक्ने शिप, क्षमता विकास गर्दै ध्यान गर्न सक्षम भएमा के हामीले शान्ति सन्तोष आनन्द पाउदैनौ ?
के यहि होइन र मनुष्य योनी लिए पछि गर्नु पर्ने ? ध्यान गर्ने भनेको काल्पनिक भगवानको रुप आकार सम्झने होइन, विषय वासना रहित हुनु काम क्रोध लोभ मोह अहंकारबाट टाढा भई, त्याग्दै आफ्नो श्वास, धडकन गति चाप दबाव दुखाइलाई स्वीकार गर्दै आउन दिने, समाज, परिवार, विद्यालय आदिले गर्भ र बाल अवस्थादेखि ठुलो नहोउन्जेल सिकाएकोे विषय वासनाको संस्कारमा बाँच्दा संन्चित गरेको भेदभाव उचनिच, जातपात र काम क्रोध लोभ मोह अहंकारको संस्कार, ग्रन्थीहरुको ज्वालामुखि रुप तेज धडकन, अराजक असामान्य दुषित श्वास प्रति विरोध शत्रु भाव नलिई स्वीकार्दै हेर्दै गएमा विस्तारै दुषित विकृत संस्कारहरु निस्कदै जान्छ ,सकारात्मक शोच भावको जागरण भएर शान्ति स्वास्थ्य पाउन सकिन्छ वा समस्याको समाधान गर्न सकिन्छ भन्ने महान सन्त वुद्धहरुको शन्देशहरुलाई अनुशरण गर्नै पर्ने होइन र ? यही गरेर हामीले हामी आफैलाई जित्न, आफैलाई प्रेम, विश्वास सेवा सहयोग दिन सक्छौँ र अरुलाई पनि दिन सक्ने क्षमता पाउन सकिन्छ भन्छन् त बुद्ध सन्तहरु । आउनुस् अब यही बाटोमा लाग्ने प्रयास गराँै, कमसेकम शान्ति र सन्तोष त पाउन सक्ने बनौ, मर्दा कठिन नहोस ।
भवतु सब्ब मंगलम ।