जीवन शाक्य
श्वास नै हाम्रो प्राण हो, शक्ति हो, स्वास्थ्य हो । श्वास बिना हामी लास हौँ । हामी फालिन्छौँ जलाइन्छौँ वा गाडिन्छौँ । हाम्रो मुटुको घडकन श्वासले गर्दा चलिरहेको छ र सम्पूर्ण अंगको स्वस्थ जीवन क्रिया स्वस्थ श्वास क्रियाको परिणाम हो । हामी सम्पूर्ण मनुष्यलाई इश्वरले श्वास शक्ति दिएको छ । श्वास रहेसम्म हामीले शान्ति सुख स्वास्थ्य सफलता पाउन सकछौँ । हिम्मत हार्नु पर्ने छैन । श्वास हाम्रो जीवनको लागि सबभन्दा बढी र पहिलो जरुरी आवश्यकता हो । यहि नै प्रभुको कृपा हो ? चिकित्सकले शिशु जन्मिदा छोरा छोरी के जन्म्योभन्दा पनि पहिला शिशुले श्वास लिइरहेको छ कि छैन, शिशु रोयो कि रोएको छैन जाँच्छ । त्यसपछि जिवीत छ भने मात्रै अन्य स्वास्थ्य स्याहारका कामहरु गर्छ । त्यसतै हामी मर्ने बेलामा जिवीत छाँै कि छैनौँ, भनेर थाहा पाउन श्वास फेरेका छौ कि छैनौ भनेर जाँच्ने गरिन्छ । श्वास बिना हामी ३ मिनेट भन्दा बढी बाँच्न सकदैनौँ । तर श्वास क्रियाको शक्ति ताकत बल जुन प्रतिक्षण जिन्दगी भर चलिरहन्छ त्यस प्रति भने हाम्रो चेत, ध्यान सजगता छैन, न यस प्रति आभार र श्रद्धावान छौँ । समाजले सृजना गरेको पैसा सम्पत्तिको मूल्य, शक्ति श्वास भन्दा धेरै भएको लागेर यहि प्राप्त गर्न लोभ मोह क्रोध अहंकार इष्र्या द्वेष, वासनाको रुप आकर्षणमा परेर दूषित फोहरी भएर असामान्य अशान्त तनावपूर्ण रोगी श्वास लिने गरेका छौँ र दुःखी छौं ।
श्वास नै एउटा यस्तो बहुमुल्य माध्यम क्रिया हो । जस प्रतिको ध्यान अध्ययन र सचेतपनले यसको रुप शुद्धता निर्मलता, पवित्रताको परिचय पाउन सकिन्छ । आफु को हो के हो ? परिचय पाउन पनि सकिन्छ । जसले हामीलाई सम्वेदनशीलता दिन्छ । होस दिन्छ, शाक्षिभाव दिन्छ । श्वास प्रतिको ध्यान जागरुकताले श्वासलाई शान्त संगीतमय, निर्मल पवित्र बनाउन सके स्वास्थ्य, तागत साहस सुख सबै पाउछौँ भनेर बुद्ध शन्तहरु भनिरहेका नै छन् । यस प्रतिको ध्यानले यसको रुप आकार गति तीव्रता चाप दबाव धडकन दुखाई आदिको परिचय हुन्छ र सकारात्मक नकारात्मक अवस्था, आफनो सामथ्र्य कमजोरीहरु बारे चेत जाग्ने हुन्छ । जब चेत जाग्छ अर्थात ज्ञान हुन्छ तब सुख शान्ति, स्वास्थ्य हामी भित्रै भएको हामी देख्न थाहा पाउन सक्छौँ । अनि बिस्तारै स्वास्थ्य शान्ति आनन्द वा सद्रचित्त आनन्दको अनुभूति हुन्छ । तर यस्तो पहिलो जरुरी आवश्यकतालाई हामीले बुझने, थाहा पाउने हाम्रो संस्कारनै छैन । श्वास कुन रुप गति वा शैलीले चलिरहेको छ, यो स्वच्छ पवित्र विषय वासना रहित स्वस्थ छ कि छैन, यो कून गति, धडकन, कम्पन चाप दवाव र भाव विचारले चलिरहेको छ, यसप्रति अज्ञान छौ । कस्तो सोच, विचार, काम व्यवहार र खानपानले श्वास क्रियाका साथै मुटुको घडकन दिमागको गति क्रिया चाप दबाव हुन्छ, यसलाई सामान्य शान्त कसरी बनाउन सकिन्छ यस प्रति प्रायः हामी अनविज्ञ छौँ । हाम्रो साेंच गएको छैन । मात्रै दुख कष्ट भयो, रोग लाग्यो, बिरामी भयो गरिब भयो अभाव भयो भन्ने अज्ञानता छ, यसै प्रति हाम्रो सोंच विचार र व्यवहारको राक्षसले हामीलाई खाईरहेको छ ।
त्यसैले मान्छेको दिमागले जन्मेदेखि नमरुन्जेलसम्म हरदम शान्ति, स्वास्थ्य सुख आनन्दको खोजी गरिरहेको हुन्छ । चाहना पुरा गर्ने नाममा मान्छेले जिन्दगीमा समाजले सिकाएको संस्कार सबभन्दा ठुलो पद पैसा भौतिक सम्पत्तिको मालिक हुनुपर्ने सपना देख्छ । अनि यहि प्राप्त गर्न काम क्रोध लोभ मोह वासना अहंकार सबै गर्छ गरिहेको छ । मनमा विचारका आधिहुरी यहि सोँच दृष्टिकोणले चल्छ, चलिरहेको हुन्छ र कमाउन भ्रष्टाचार व्यभिचार अशान्ती महंगी द्वन्द्व, युद्ध सबै मनुष्यले गरिरहेका छन् । काम क्रोध लोभ मोह वासना अहंकार यहि नकारात्मक अवगुणहरु राक्षस हो । यसैका कारण होस चेत हराउने, बाध्य हुने बनाउने भएको छ, वनजंगल, तिर्थ व्रत, काशि मथुरा जतासुकै भागिरहेका छौँ । शक्ति साहस सामथ्र्य श्रम पैसा पनि गुमाइरहेका छाँै । श्वासमा ध्यान भन्दा टिभी मोवाईल, जुवा, खेल, यौन, वासना मनोरञ्जन ठुलो भएको छ । एक्लै शान्ति आनन्द संग जीवन यापन गर्ने सामथ्र्य साहस हामीसँग छैन, कति अपुरो छौँ, दुखि छौँ हामी । शान्ति स्वास्थ्य सुख खोज्न वा इश्वरको कृपा पाउन मठ मन्दिर चारधाम गछौं सन्त महन्तहरुको भाषण ज्ञान सुन्छौं गुरु खोज्छौं, गुरुको आश्रममा चेलो भएर बस्ने गर्छौ, केहिले मात लाग्ने औषधीको सहारा लिन्छन, घर वार, श्री मति सम्पत्ति त्याग्ने गरेका इतिहास पनि धेरै छन् । कोही जोगी बनेका छन्, कोहि भिक्षु, कोहि आश्रम कुटी मठ मन्दिरमा साधनामा लागि रहेका देखिन्छन् । जता लागे पनि श्वासको रुप विचारको रुप गति धडकन शान्त विषयवासना रहित नबनाए वा बनाउन नसकेसम्म काम बन्दैन, नवन्ने भएकोले शान्तिका प्रर्वतक भगवान गौतम बुद्धले पुर्णता पाउन पहिला श्वासमा ध्यान दिन वा आपनै शरिर भित्र भैरहेको श्वासको रुप क्रिया गति घडकन कम्पन दबाव र यसले पैदा गरेको भाव विचार प्रति स्वीकार पुर्वक निरीक्षण अवलोकन गर्ने, हेर्ने वा विपश्यना साध्न विधी २७०० वर्ष अघि सिकाउनु भयो । महान सन्त योगीहरुले धेरै विहार आश्रमहरुमा श्वासमा ध्यान दिने विधीहरु सिकाईरहेका पनि देखिन्छ् अर्थात शान्ति पाउने वाटोमा श्वास प्रतिको ध्यान वा यसलाई माध्यमको रुपमा अपनाईरहेको पाईन्छ ।
हामीले थाहा पाएको कुरो हो हामी शान्त तनावविहीन वा केहि आनन्दको अवस्थामा हाम्रो श्वासको गति शान्त लयवद्ध जस्तै हुन्छ । तर यस बाहेक दुख, पीडा तनाव छटपटि, क्रोधावस्था, झगडा मारपिट गरेको अवस्थामा तीव्रता, छिटो चाप दबावपूर्ण अराजक अवस्थामा चलिरहेको हुन्छ र मनले आगो ओकलिराखेको वा पछुताईरहेको हुन्छ । यहि वास्तविकता थाहा नपाएर तनावले भरिएका छाँै, अस्वस्थ रोगी छौँ, चोटपटक लाग्ने गरेको छ । कति हाम्रा पुर्खाहरु आफन्तहरु मित्रहरुले श्वास शक्तिलाई सामान्य अवस्थामा राख्न नजानेर सम्पत्ति सुविधा पदको लागि पागल वन्दा हुने लोभ मोह, क्रोध अहंकार आद तनाव उदास आदिले दिने स्वास्थ्य समस्या रोगहरुले अकालमा ज्यान गुमाए, कोरोना लागेर मरे, पागल भए, आत्म हत्या हिंसा मर्ने मार्ने युद्धका अनेक घटनाहरु भए, भइरहेका छन अझै, यसको सदियौ पुरानो इतिहास छ । शिक्षाका अनेक डिग्री र उच्च पद हाँसिल गरे पनि यहि वास्तविकतालाई पहिला नबुझेर गलत खानपान शोच व्यवहारमा फसी भ्रष्टाचार व्यभिचार गर्ने गरेर जिन्दगीको मूल्य मान्यताहरु, नियम कानुन मानवता भटकाईरहेका छाँै ।
श्वास प्रतिको ध्यान सचेतना कार्यक्रम
श्वासप्रश्वास कार्यक्रमको सहयोगी वा पुरक क्रिया हो व्यायाम प्राणायाम गर्नु, सुरक्षित खानपान साथै पञ्चशील अष्टशील वा शिल सदाचार अनुशासन साध्नु । त्यसपछिसंगै विहान बेलुकी शुरु शुरुमा शान्त कोठामा एक्लै वा समुहमा ढाड सिधा गरि वज्र आशन वा पलाँटी मारेर बसी लामो लामो बल नगरिकन भरसक स्वाभाविक शैलीले विषय वासना रहित भएर अर्थात केहि शोच विचार तृष्णा चाहना नगरेर शाक्षिभावमा रहेर नाकबाट श्वास आएको र गएको हेर्नु । । श्वास क्रिया गर्दा शुरुमा आँखा अलिअलि खुला गरेर वा पछि बन्द गरेर पनि गर्न सकिन्छ र पछि–पछि खुला राखेर पनि गर्न सकिन्छ । विस्तारैै स्वीकार गर्दै श्रद्धापूर्वक र समय बढाउदै गर्दै जानु पर्छ । हामीलाई थाहा हनु पर्छ कि मनले एकै पटक दुई वटा कुरो सोच्न सक्दैन । श्वासलाई ध्यान दिदै सचेत हुदै गर्दा आईरहेको विचारहरु स्वतह निश्क्रिय हुन्छ । पछि यसैसंग मुटुको, दिमाग, शरिरको धडकन गति तीव्रता, कम्पन भाइव्रेशन, चाप दबाव, दुखाइ हेर्दै जानु पर्छ, जुन रुप र गतिमा आए पनि बिना प्रतिक्रिया श्रदापूर्व हेर्दै जाँदा त्यो पनि विस्तारै शान्त स्वच्छ संगीतमय हुन्छ । यी सबै निरीक्षण गर्दै जार्दा शरिरमा शान्ति आनन्द हुने एन्डोफिर्न हर्मोन उत्पादन हुन्छ, ताजापन, स्वास्थ्यको महशुस हुदै शान्तिको अनुभूति पनि गर्न सकिन्छ । तर शान्ति पाउने लालसा उत्तेजनामा नफसी यसलाई निरन्तरता दिँदा गुरु सत्य नारायण गोयन्काको कुनै अस्पताल, भेटेरान अस्पतालहरु र चिकित्सकले निको पार्न नसकेको माइग्रेन रोगबाट मुक्त्ति पाउनु भएको, सचेतना, स्वास्थ्य, सुख शान्तिको अनुभूति भएको आफनो पुस्तक आत्मदर्शनमा बताउनु भएको छ । उहाँले यहि साधना गर्दागर्दै पारंगत भएपछि उहाँको गुरुले उहाँलाई वर्मा भारत र नेपालमा यो साधना सिकाउन भन्नु भयो र उहाँले आफनो जीवन यहि साधना सिकाउनमा लगाउनु भयो, विपश्यना योगको १० दिने शिविरहरु वा साधना धेरै पटक सञ्चालन गरेर धेरै व्यक्तिहरु लाभान्वित भएको भनाईहरु शिविरमा सहभागि हुनेहरुले, मोवाईल पुस्तक र आफनो प्रवचनहरुमा सुनाएको पनि सुनेका छौं । यहि कुरा महान सन्त प्रेम रावतज्युले अन्जन टिभीमा विहान बेलुका आफ्नो प्रवचन कार्यक्रममा भनिराखेको हामीले सुन्न सक्छौ हेरौ अन्जन टिभीको वेलकम जिन्दगीमा. ।
भवतु सब्ब मंगलम ।