कोरोनाको तेस्रो लहर र संकटमा नागरिक

कृषिता अधिकारी (निशा)
आम नागरिक यति बेला एउटा संकटको घडीमा उभिएका छौँ । चिनको हुवानबाट फैलिएको कोरोनाको त्रास अझै हट्न सकेको छैन कोरोना विरुद्ध खोप पनि लगायौं । अब त डर हुँदैन कि भन्ने थियोे तर कोरोनाको माहामारीले जनजीवन थप प्रभावित पार्ने देखिन्छ । खोप लगाएपछि केही मात्रामा आर्थिक, सामाजिक सुधार हुँदै थियोे । व्यापार व्यवसाय, शिक्षण क्षेत्र सुधार हुदै थियोे तर अपसोच फेरि नेपालमा कोरोना माहामारीको तेस्रो लहर अर्थात् ओमिक्रोन भाइरस फैलिन थालेको छ । विगतका वर्षहरूमा जसरी नागरिकले कोरोनाको महामारी खेपेका थियौँ, कालोबजारी, भोकमरि त कतै मरिने पो हो कि या भनौँ आफ्नै परिवारका सदस्य गुमाउने पो हो की भन्ने डर त्रासमा बाँचेका थियौ । यसैबीचमा हजारौं नागरिक भोकमरीमा परे, हजारौंले ज्यान गुमाए । उद्योग कलकारखाना, व्यापार व्यवसायदेखि विभिन्न निकायहरु पनि ठप्प रहे भने अर्कोतिर देशको अर्थतन्त्रमा समेत ठूला धक्का पुगेको थियो ।

जुन विषम परिस्थितिलाई हामीले संघर्ष गरेका थियौँ, आज फेरि हामी त्यहि कठिनाइसंग जुध्ने सम्भावना अधिक रहेकोे छ । त्यसैगरी विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको थियो भने कोरोनाको तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट कोभिड १९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो भनेर पुष्टि गरिएको छ । किनकी यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ । खासमा ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड–१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिलेसम्म त्यस्तो ठोस तथ्य नतिजा उपलब्ध भएको छैन ।

तर पनि यो भाइरस विश्वका अधिकांश देशहरूमा फैलिरहेको छ पछिल्लो आँकडा अनुसार भारतमा मात्र ओमिक्रोनबाट सङ्क्रमित हुने मानिसको संख्या दिनदिनै बढेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अहिले विश्वका अधिकांश देशहरूले सुरक्षा मापदण्ड अपनाएका छन् । अर्को तिर भारतमा दैनिक सङ्क्रमण पुष्टि दर २.०५ प्रतिशत पुगेको छ । नेपालमा पनि ओमिक्रोनको संख्या ह्वात्तै बढेको छ ।

सिसिएमसीले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय, सिनेमा हल, सार्वजनिक स्थलमा जमकभेट गर्न रोक लगाएको छ । खासमा यो भेरियन्ट अत्यधिक उत्परिवर्तित भएको भनिए पनि खोपको प्रभावकारिता हुने वा नहुने बारे वैज्ञानिकहरू पनि अझैसम्म अन्यौल ग्रस्त छन् । तर नेपालमा भने ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । अझै पनि खोप लगाउन बाँकी रहेका जटिल अवस्थाका दीर्घरोगी वृद्धवृद्धाको जनसङ्ख्याको अनुपात तथा योग्य जनसङ्ख्या मध्येका ९० प्रतिशतलाई खोप लगाएको अवस्था छ । तर मधुमेह, उच्च रक्तचाप र मोटोपन जस्ता समस्या छन् जसले उनीहरू सङ्क्रमित भएको खण्डमा गम्भीर समस्या हुने उच्च जोखिम रहेको छ ।

खासमा छिमेकी राष्ट्र भारतमा दैनिक हजारांैको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पनि परेको छ । यसका लागि नेपाल सरकार तथा सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरिरहेको छ । त्यसैगरी सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको भन्दै अहिले हरेक जिल्लामा प्रहरीले नै मास्क र खोप अभियानलाई समेत तीव्र बनाइरहेको छ । तर पनि हामीेले सजग र सतर्कता अपनाउन जरुरी छ ।

वास्तवमा यो भाइरस विश्वभरी कसरी फैलिरहेको छ त यसका लक्षणहरु के कस्ता रहेका छन ? हामीले सावधान अपनाउन जरुरी छ । त्यसैगरी ओमिक्रोनको आशङ्का गरिएको केही मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्नको लागि पीसीआर परीक्षणको स्वाव परीक्षण लागि प्रयोगशालामा पठाइन्छ । यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित भएका छन कि छैनन् त भनेर आएको नतिजाबाट पुष्टि गरिन्छ ।

खोकी लाग्नु, ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिएन्टसँग सम्बन्धित लक्षण हुन भने नाकबाट पानी चुहिनु पनि ओमिक्रोनको प्रमुख लक्षण हो । त्यस्तै निरन्तरको खोकी, ज्वरो÷उच्च तापक्रम, स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको) हाच्छिउँ तथा घाँटी दुख्ने आदि हुन् । जुन उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्योभन्दा माथि हो । यस्तो ज्वरो कोरोनाभाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ ।

यदि कुनै पनि व्यक्तिलाई चिसो लागेको छ वा फ्लु भएको छ भने लगातार खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ। अर्कोतिर फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने, खोकी आउने सहितका लक्षणहरु देखिन्छ । अर्को तिर नेपालमा ओमिक्रोन भाइरसको अफवाह फैलाइएको पनि पाइन्छ । किनकि हामीले जानकारी प्राप्त गरे अनुसार अहिलेको भेरिएन्ट अत्यन्तै खतरानाक मानिन्छ । किनकी एक जनाले १० जना जति मानिसलाई फैलाउन सक्छ भन्ने गलत प्रचारप्रसार गरिरहेको छ तर पनि कोरोना भाइरसको तेस्रो लहर कतिको खतरनाक रहेको छ भन्ने अझै एकिन गरिएको छैन ।

विश्वमा फैलिरहेको यो भेरिएन्ट कतिको खतरनाक छ ? यसबाट हामी कसरी बँच्न सकिन्छ ? भन्ने विषय नै प्रमुख रहेको छ । जसरी विगतका वर्षहरूमा हामीले स्वास्थ्य सुरक्षामापदण्ड अपनाएका थियौं, सरकारले देशैभर लकडाउन गरि आम नागरिकलाई घरभित्रै बस्ने आदेश दिएको थियोे, त्यसैगरी अहिलेको यो माहामारीमा सबै नागरिक हत्तोउत्साहि नभइकन सचेतना अप्नाउनु जरुरी छ । हामीले प्रयोग गर्ने भाँडाकुडा लत्ताकपडा छुट्टै राख्नुपर्छ भने भौतिक दुरी कायम गरि नाक मुखसम्म पुग्ने गरि माक्र्स तथा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

तसर्थ, कोभिड–१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न हामीले पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *