कृषिता अधिकारी (निशा)
मौसम बदलिसँगै देशको उच्च पहाडी क्षेत्रमा हिमापत भएको छ । हिमपातका कारण केही दिनदेखि निकै नै चिसो बतास पनि चलेको छ । जलवायु परिवर्तनले हामीलाई अत्यन्तै प्रभाव पार्नुका साथै रुघा, खोकी, एलर्जी र ज्वरो समेत आउने गरेको छ । हुन त कोरोना महामारीको प्रभाव पनि उस्तै छ । अर्कोतिर चिसोको कारणले पनि मानिसहरु बिरामी भइरहने, खानपानमा ध्यान नदिने तथा आफ्नो स्वास्थ्यमा समेत ख्याल नराखेका कारण पनि अहिलेको समयमा बिरामीको संख्या बढिरहेको छ । त्यसैगरी कहिले कहिले हामी वातावरणसँग छिट्टै घुलमिल हुन नसक्दा पनि जाडोका कारण अधिकांश समयमा अल्छिपना बढ्ने अत्यावश्यक खाना खाने गर्छाैं । जसका कारण हामीले जानेर वा नजाने विभिन्न स्वास्थ्य समस्या हामी आफै निम्त्याएका हुन्छौँ । किनकी चिसोमा प्रायःजसो मानिसले थोरै पानी पिउने, तथा गर्मी मौसममा भन्दा जाडो समयमा पानीको मात्रा कम गर्ने गर्छाैं । जाडो मौसममा थोरै शारीरिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाग्ने वा भनौ पानी नै खान मन नलाग्ने हुन्छ । यो मौसममा अहामीलाई त्यधिक तातो पानी पिउन मन लाग्छ तर जाडो मौसमा अत्यधिक तातो वा अत्यधिक चिसो पानी पिउनु हुँदैन भने अत्यधिक कफिनयुक्त खाना पनि खानु हँुदैन ।
बढी लुगा लगाउने बानीः जाडोबाट बच्न न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछाँै । किनकि जाडो मौसममा हाम्रो शरिरलाई तातो राख्नुपर्दछ ।अर्कोतिर हामीले देखिरहेका हुन्छौं प्रायःजसो मानिसले जाडो छल्नको लागि अत्यधिक लुगा बढी लगाउने गर्दछन् जसले गर्दा गर्मी हुने शरीरमा चाहिँ पसिना आउन सक्छ । जब पसिना भिज्छ, यसले हामीलाई झन् चिसो बनाउँछ । तसर्थ जाडोमा लुगा लगाउँदा मांसापेशीलाई न्यानो पार्ने गर्नुपर्दछ ।
त्यस्तै, हातमा पन्जा र खुट्टामा मोजा ः जाडोबाट बच्न हामीले हातमा पन्जा र खुट्टामा मोजा लगाउनु लगाउछौ । तर हामीले ध्यान दिनुपर्ने कुरा के भने नि कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रो शरिरका यी अंग जस्तै हात र खुट्टा मात्र सहज अंग हुन् । यदि हामीले हात र खुट्टालाई पनि ढाकेर बस्नुको अर्थ वायुमण्डलमा भएको वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हामीले हाम्रो शरिरलाई निकै कठिन अवस्थामा राखेका हुन्छौं । जसका कारण हामीले जतिखेरै मजा पञ्जा लगाउछाँै तर जाडोमा मोजा लगाएर कहिल्यै पनि सुत्नुहुदैन र नसुत्नु पनि होला किनकि यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा ठूलो असर गर्दछ । त्यसैगरी मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा बढी हुन्छ ।
जाडो मौसमबाट बँच्न हामी अति नै गुलियो बढी चिल्लो पदार्थ, प्रोटिनयुक्त र जंक फुड अर्थात चाउचाउ बिस्कुट बाहिरी प्याकेजका खाना बढि खाने गर्छौँ । जसले गर्दा जाडो मौसमा हाम्रो शरीररमा अल्छिपना बढि हुन्छ । हामीले अभ्यास पनि गर्दैनौं काम पनि धेरै गर्दैनौं । जसका कारण शारीरिक गतिविधि हिँड्ने र व्यायाम गर्नेभन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ । त्यसैले यो समयमा न्यानो बन्न र हाम्रो शरिरलाई तातो खाख्न हामीले ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ । जस्तै ः सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ भन्ने विज्ञहरुको भनाइ छ भने हाम्रो गाउँघरका बूढापाकाको पनि भनाइ रहेको छ अर्कोतर्फ जाडो मौसममा हामीले अत्यधिक बढि खाना खान्छौ । बढी सुत्छौ जसले गर्दा हाम्रो शरीर चौबिसै घण्टा तातो खोज्ने गर्दछ । त्यसैले पनि हामीलाई ब्ल्यांकेटभित्र छिर्ने बित्तिकै स्वाभाविक रुपमै निद्रा लाग्ने गर्दछ । बिहान पनि हामी अबेरसम्म बेडमै सुत्न मन पराउँछौँ । त्यति मात्र कहाँ होर बिहानको खाना खाएपछि त झन दिउँसो झुपुक्क सुतौँ झै लाग्थ । अझ भनौँ भने घाम त छोड्नै मन लाग्दैन किनकी हाम्रो गाउँघरमा भन्ने भनाई छ नि जति डुष्ट भए पनि आमै जाति जति चर्काे भए पनि घामै जाति ।
त्यस्तै घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान–बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ । तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निश्क्रिय भएर भित्रै बस्न वा भट्टी पसलमा गएर ज्यान तताउन मन पराउँछन् यो तितो यथार्थ पनि हो । वास्तवमा जाडो मौसममा हामी कतै बाहिर घुम्दा वा काममा व्यस्त हुँदा हाम्रो शरिरको रक्त सञ्चार तीव्र हुनुका साथै न्यानो र तातो महशुस पनि हुने गर्दछ । त्यसैगरी हाल नेपालमा अहिले पनि कोरोनाभाइरसको तेस्रो लहर अत्यधिक रुपमा फैलिएको छ जसका कारण चिसो मौसममा कोरोना भाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरूको भनाइ रहेको छ । यस बेला विशेषगरी श्वासप्रश्वास सम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने गर्दछ । चिकित्सकहरूको भनाइ अनुसार चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुने गर्दछ ।
त्यस्तै इन्फ्लूएन्जा भन्नाले बोलीचाली भाषा शैलीमा फ्लू भनिन्छ । यो इन्फ्लूएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने र यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने बढि सम्भावना हुन्छ भने अर्को तिर इन्फ्लूएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ । यो इन्फ्लूएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ । इन्फ्लूएन्जा भएका व्यक्तिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी र हाछ्युँ आउने, नाक बन्द हुने, सिँगान बग्ने, थकान महसुस हुने, जीउ दुख्ने लगायतका लक्षणहरू देखिने गर्दछ । त्यस्तै जाडो मौसममा आँखामा पनि विभिन्न खाले सङ्क्रमण हुने गर्दछ विशेषगरी आँखा सुक्खा हुने, आँखा पाक्ने र आँसु बगिरहने जस्ता समस्या देखा परिरहेको छ ।
त्यसैगरी जाडो र वायु प्रदूषण बढेका बेला प्रदूषणको असरका कारण आँखामा गम्भीरखाले समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनु जरुरि हुन्छ । त्यसैगरी जाडोमा चिसो स्याँठले छालाको सुख्खापन पनि बढाउँछ । जाडो सुरु हुने बित्तिकै सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्या हुने गर्दछ भने चिसो वातावरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन हरेक सेकेन्ड खोसिने गर्छ । यस अवस्थामा छालाको तुरुन्तै हेर विचार नगरे सुख्खा छाला फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता विभिन्न समस्या उत्पन्न हुन्छन् र भइरहेका पनि छन् । जसले सौन्दर्यमा ह्रास ल्याउनुका साथै अनुहार फुस्रो र अस्वस्थ देखिन्छ । बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ । यो समयमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तै अनुहार, हातद लगायत भाग बढी सुख्खा हुन्छन् ।
त्यतिमात्र नभएर जाडो महिनामा शरीरमा विभिन्न किसिमका एलर्जी पनि देखा पर्छन्। ऊनका लुगा लगाउदा एलर्जी हुने शरीर चिलाउने, पोल्ने र जाडोमा हातखुट्टा सुन्निने समस्या पनि धेरै देखिन्छ, त्यसैले पनि हामी धेरै घाममा बस्ने, आगो ताप्ने, हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ। जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लो सोसेर छाला सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चाया बढ्नुका साथसाथै अनुहारमा चाउरिपन बढ्दै जाने जाडोको समयमा यो पनि प्रमुख समस्या हो । तसर्थ ,घरबाहिर निस्कँदा आफ्नो छालालाई सुहाउनेखालको सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ र राति सुत्नुभन्दा अगाडि सफा पानीले मुख धोएरमात्र सुत्नुपर्छ । प्रशस्त मात्रामा पानी खाने फलफूल खाने, आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सीयुक्त परिकार सेवन गर्नुपर्छ ।
खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्नेकुराहरु
–ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
–तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
–घाम ताप्ने, तेलले मालिस गर्ने
–बाक्ला, उनीका लुगा लगाउने
–छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने गर्नुपर्दछ । त्यसैले जाडो मौसममा हामी सबै मानिसहरु वृद्धवृद्धा, बालबालिका, छातीका बिरामीले भने विशेष ध्यान दिनुपर्छ र शरीरलाई न्यानो पारेर राख्नु पर्छ ।
जस्तैः चिसो मौसममा तुलसी र अदुवाको चिया बनाएर सेवन गर्दा शरीरलाई धेरै नै राम्रो गर्छ । यदि चियाको रूपमा खान मन लाग्दैन भने यसलाई चपाएर पनि खान सकिन्छ । चिसो मौसममा तिलको सेवन गर्ने हो भने यसले हाम्रो शरीरमा गर्मी पैदा गर्छ । तिलमा मोनो–स्याचुरेटेड फ्याट्टि एसिड र एन्टि ब्याक्टेरियल मिनरल्स पाइने हुनाले चिसो मौसममा तिलको सेवन गर्दा धेरै किसिमको फाइदा हुन्छ , चिसो मौसममा बदामको सेवन अनिवार्य रूपमा गर्नु फाइदाजनक मानिन्छ । बदाममा प्रोटिन र शरीरलाई फाइदा गर्ने चिल्लो पदार्थ, धेरै किसिमका भिटामिन र मिनरल्सहरु पाइन्छ । बदाममा म्याग्नेसियम, भिटामिन इ र फस्फोरस पनि पाइन्छ । बदामको सेवनले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्ने हुनाले मुटुका समस्या भएका व्यक्तिलाई चिसो मौसममा हुने मुटुका समस्याबाट पनि जोगाउन पनि मद्दत गर्छ ।