जीनव शाक्य
“गलत शोच विचारले गलत धारणा हुन्छ, गलत धारणाले गलत निर्णय र काम गराई हुन्छ, तौर तरिका विधी मिल्दैन र परिणाम वा भाग्य कमजोर हुन्छ अर्थात ब्यक्तित्व कमजोर वन्छ” । ब्यक्तित्व कमजोर हुनु भनेको रोग प्रतिरोध शक्ति कमजोर भएर रोगी विरामी हुनु, आर्थिक अवस्था कमजोर हुनु, श्रम पसिना पैसा र ज्यान पनि खेर जानु हो । गलत धारणाले काम क्रोध लोभ मोह डर त्रास रिस इष्र्या द्धोष जस्ता शैतान शोच हावी भएर पछुताउने चिन्ता उदास तनाव सवै निम्तिन्छ र परिणाम भाग्य केही समयको लागि केहि ब्यक्ति समुहलाई राम्रो होला तर वहुसंख्यक जनताको निकै घातक हुन्छ, अहिले नेता कार्यकर्ताहरुले गलत नीती भ्रष्टाचारले जस्तै ।
एउटा पसले साहुजीलाई सामान उधारो ल्याएको पैसा तिर्न थियो, पहिला केहि दिन गएको थिए, सामान ल्याउन पहिला आफै गएर ल्याएको थिए, पछि फेरी केहि सामान आवश्यक परेर काम गर्ने देशी भैयालाई पठाएको थिए, त्यो मैले विर्सेछु र कम पैसा लिएर गएको थिए । वील रकम हेर्दा धेरै देखेर पैसा केहि दिन पछि दिन्छु भनि फर्के । काम गर्दा वरावर सामान ल्याईराख्ने साथी जस्तो साहुजी हो । केहि दिन पछि पुन पैसा तिर्न गएँ, मेरो शोच धारण पैसा अलिकति कम हुनु पर्ने थियो, केहि वढी देखेर वीललाई राम्ररी हेर्दै नहेरी रकम मात्र हेरेर पैसा फेरी थपेको हो र, सामान पुन थपिएको हो र ? भन्ने सोधे कति धेरै ब्यवहार चलाईसकेको सानो रकममा पैसा थपेको कुराले उनलाई रिस उठनु स्वभाविक थियो भयो, साथी रिसाउनु भयो, सामान तपाईले लाने यसतो भन्ने, प्राय यसो गर्नु हुन्छ भन्यो । प्राय यसो गर्नु हुन्छ भन्दा मलाई भनक्क रिस उठ्यो मैले यहि एक पटक त यस्तो भयो नि भने । वीलको पैसा तिरे फर्के । पछि घटनालाई केलाएँ, गल्ती आफनै लाग्यो, रिस मलाई पनि उठेको थियो थाहा पाए तर केहि नराम्रो जवाफ भने फर्काएको थिईन । त्यही गलत धारणाले गर्दा विल हेरेर विचारै नगरी गलत शब्द वोलेकोमा पछुतो लाग्यो, दिमागलाई पनि कति हतार हुन्छ, किन होसले काम गर्दैन अझै भन्ने सोचे अब देखि एकदम सचेत हुने, प्याच्चै नवोल्ने, विचार गरेर मात्रै वोल्ने सोचे । यस्तोे छिटो विचारै नगरि वोल्ने काम गर्ने हतारिने र गल्ती गर्ने अझ रिसाएर अपशब्द वोल्ने पहिला वढी थियो अहिले कम भएको हो ।
गलत शोच धारणा जुन हामीले लिएको हुन्छौ त्यसले गलत काम गर्न मान्छेलाई दोह¥याएको हुन्छ, यो सवैले अनुभव गरेको कुरा हो । मान्छे विषय वस्तु, समय परिस्थिति, प्रति वनाईने गलत धारणाले गलत शोच निर्णय लिने भएर बोली बचन ब्यवहार कामहरु गलत हुन्छ, परिणाम हामी दोषको भागिदार वन्नु पर्छ, क्रोध र पछुताउने ठाउँ लिन्छ, दिन्छ नै त्यसैले शोचाई दृष्टिकोण सहि सत्य हुनुपर्छ भन्ने सवैले अनुभव गरेको कुरो हो तर हामीले आफनो जीवन जियाई घटना परिस्थिति वस्तु मान्छेहरु प्रति सहि धारणालाई नियाल्ने गहिरिएर सोच्ने मुल्यांकन गर्ने हो भने ९९ प्रतिशत भन्दा वढी मान्छेमा गलत धारणाले काम गरेको हुन्छ । शायद यसै कारणले होला मर्ने वेलामा मान्छेहरु प्राय छटपताउछ, दुख कष्ट वढी भएको हुन्छ । गलत धारणाकै कारण खानपान तौर तरिका हामीहरुले गलत गरेका हुन्छौं रोगी विरामी वढी हुन्छौ, अकालमा मृत्यु वरण गर्छौ श्रम शक्ति विना सित्तिमा खेर गईरहेको हुन्छ । गलत धारणाको कारण आत्म हत्या हिसां लगायत मर्ने मार्ने हामीहरुले बम वारुदको खेल खेलिरहेका छौ । नेता कार्यकर्ता, उच्च पद अधिकार आोगटेका ठुला भनाउदा मान्छेहरुले पैसाको लागि र अरुको दवावमा परेर ठुला ठुला भ्रष्टाचार ब्यभिचार का घटनाहरु घटाएका छन् देशका नदिनाला उद्योगधन्दामा राष्ट्रघात गर्ने काम गरेका छन् । विश्वमा लडाई झगडाका अनेक घटनाहरु घटिरहेको समाचार दिनहु सुन्छौ ।
शिक्षा स्वास्थ्य वस्तुभाउ किन्न लगायत जे गर्न पनि पैसा सम्पत्ति नभै नहुने, रोजगार नहुने, राज्यले वेरोजगार भत्ता उपलब्ध गराउन नसक्ने, मान्छेहरुले पैसा सम्पत्तिको औकात हेरी फरक फरक ब्यवहार गर्ने, वाध्य भएर खुम्चिनु पर्ने आदि यावत समस्याले पैसा सम्पत्तिलाई शिल सदाचार नियम विधी कानुन भन्दा धेरै महत्व र पहिलो आवश्यता वा जरुरतको चिज वनाएको छ,जसले गर्दा मान्छेहरु वाध्य भएर एक आपसमा प्रेम, सहयोग सेवा सम्बन्ध र विश्वासको मानवियता भाव जस्ता आधारभुत कुराहरुबाट पन्छिएर काम क्रोध लोभ मोह डर त्रास अहंकार जस्ता शैतानी सोच अंगाल्न पुगेको छ । यो भनेकै गलत सोच धारणा हो ।
सबैभन्दा ठुलो दुखको कुरो शिक्षा संस्कारनै पुरानो अप्राविधिक रोजगार नदिने उत्प्रेरणामुलक नभएर मानवीय सम्बन्ध विश्वासमा तगारो हाल्ने, घोकन्ते वेद पढ्ने जस्तो पढेर पनि केहि काम दिन नसक्ने शिक्षानै छ, जस्ले सवैको जिन्दगीको समय ध्वस्त वनाउने गरेको छ । प्राविधिक केहि छ स्वास्थ्य इन्जिनियरिङ र कृषि आदि तर केन्द्रमा सिमित छ त्यो पनि एस इ.इ पास गरेपछि र एकदम हुनेखाने कम ब्यक्तिको लागि । यसरी देश चल्छ । काम नभएर रोजगार खोज्नु प¥यो भने नेता कार्यकर्ता हाकीमलाई गुहार्नु पर्ने कस्तो शिक्षा हो ?युवा जनशक्ति वावु आमा श्री मति भाई वहिनी छोडेर विदेशमा वाध्य भई जानु पर्ने अकालमा ज्यान गुमाउनु पर्ने ।
हाम्रो गलत शोच र निर्णयका कारण नयाँ जन्मिने शिशुको स्वास्थ्यमा घात हुने गरि गर्भवती सुत्केरी महिलालाई चाहिने सहयोग, प्रेम दया माया र खानपान गतिलो दिदैनो, कतिपय गर्भवती सुत्केरी महिलाहरु कम उमेरमा विवाह भएर वा नकारात्मक शोचाईले काम क्रोध लोभ मोह अहंकारको शिकार हुन पुगेका छन, हामी आफैले असुरक्षित खानपान गरेर स्वास्थ्य गुमाउने, सर्ने नसर्ने अनेक थरि रोगहरु वेसाएर अकालमा मृत्यु वरण गरिरहेका छौं, लामो समय औषधी खाएर पैसा समय वरवाद गर्ने खेति गरिरहेका छौ । रक्सीजन्य मादक पदार्थ, लागु पदार्थको सेवनले हामीलाई हीत गर्दैन भन्ने थाहा भएर पनि पिईरहेका छौ, त्यस्तै धुम्रपान, र सुर्तिजन्य पदार्थहरु पनि । धेरै खराव चिल्लो भएको तेल, घयु, त्यस्तै चिल्लो वोसो भएको वोको खसी, वंगुर, रांगोको मासुहरु, ससेजहरु र फ्राइ गरेका खानेकुराहरु खाईरहेका छौ, जस्ले मुटुमा जाने नली सागुरो पारेर मुटुले काम गर्न नसक्ने हर्टफेल गराइरहेको छ, किडनी फेल गराएको छ, आन्द्रामा क्यान्सर एपेन्डिसाईटिस जस्ता तत्कालै अपरेसन गर्नुपने रोग आदि निम्त्याएको हुन्छ । एक दुईपटक खाएर पिएर केहि हुदैन भन्ने शोचेर होकी रोगीहरुले पनि खाएका पिएका देखिन्छन् र असामयिक मृत्यु, पक्षाघात समेत ब्यहोरिरहेका छन् । त्यसतै नुन, चिनीको गुलियो, मसाला धेरै भएको तरकारी, अचार चटनी, टेष्टमेकर भएका पोके पन्टुरे पाकेटका खानेकुराहरु चाउचाउ आदि खाइरहेका छौ, वजार स्थानीय उत्पादनको नभएर धेरै भारतीय घात गर्ने रसायन राखेको तरकारी फलफुल पोके पन्टुरे अखाद्य सामग्रीले भरिएको छ, रोग, रोगी र औषधीको खपत धेरै वढेको छ, यसैको खेती भईरहेको छ देशमा एैले । कोरोनाले मान्छे धेरै मरेका, रोग सर्ने गरेको यसतै अशुरक्षित खानपानले रोग विरुद्ध लड्ने शक्ति कम भएर हो ।
यस्तै सत्ताधारीहरुले आफनो पद अधिकारको फाइदा उठाएर ब्यक्तिगत वा समुहगत नाफा फाईदाका कुरा शोचेर, गलत निर्णय गर्दै सिंगो देश जनतालाई घात गर्ने महंगी वढाउने, धेरै वर्ष सम्म नकारात्मक असर पर्ने गरी पुल, पुलेसा वाटो घाटो, उद्योगधन्दा, संरचना निर्माण विकासका ठेक्काहरु ठग निर्माण ब्यवशायीहरुलाई दिएर प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचार गर्न छुट दिईरहेका र आफू र परिवार पैसाले धेरै मोटाईरहेका पाईन्छन नेपाल त नमुना देश नै हो भन्दा फरक नपर्ने खालको छ । निर्माण विकासका ठेक्का सम्झौताहरु दिएर समयमै योजना, सम्पन्न भएको एकदम कम छ भएपनि कम गुणस्तरको भएर केहि दिन महिनामा सवै विग्रे भत्केको सुनिन्छ, देखिन्छ । रेडियो, टिभीले भन्ने यस्ता भ्रष्टाचारहरुले सिंगो मुलुकमा पन्चायत कालमा खुलेका धेरै उद्योग ब्यवशाय ध्वस्त वनायो । जनतालाई वेरोजगार वनाएको छ महंगीको मार दिईरहेको छ । गुणतन्त्र मानविय तन्त्र होइन, नियम विधी अनुशासन विनाको अधिकार सम्पन्न ब्यक्ति तन्त्र शासन सत्ता चलाईरहेका छन, यस्तो राजतन्त्रमा पनि थियो तर कम, यो भन्दा पनि राम्रो ब्यवस्थापन र सत्ता सन्चालन थियो महंगी थिएन,उद्योगधन्दाहरु चलेका थिए । तर प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र ल्याएर सवै पार्टी नेता कार्यकर्ताहरुले आफै आफनै र पार्टी कार्यकर्ताहरुलाइ मात्र पोस्ने गरि काम गर्न र भ्रष्टाचारमा रमाउने गरेका देखिन्छ । जनताका धेरै गुनासा हुन यी ।
साचो आधारभूत जीवनयापन, शान्ति, सुख स्वतन्त्रता स्वास्थ्यको वाटो अर्थात मानविय सम्बन्ध विकास गर्ने प्रेम सेवा विश्वास वढाउने, स्वस्थ र शुरक्षित खानपान, योग, ध्यान,ब्यायाम प्राणायाम वा वुद्धसन्तहरुले वताउने पन्च, अष्टशिल जस्ता सदाचार आचरणको वाटो हो, प्राविधिक शिक्षा सिकाई हो यसलाई अपनाउनै पर्छ,यहा शिक्षा सुविधा भत्ता र पैसा कमाउने गरि वढी फिस र अन्य थप पैसा लाग्ने गरि धेरै निजी विद्यालय क्याम्पस खोल्न र जे गर्न पनि छुट छ, हटाउन राम्रो भएन भन्नलाई आन्दोलन जुलुस नारा गर्नु पर्ने ।
भवतु सब्ब मंगलम ।