सुभेक्षा पन्त
नेपाल भन्ने बितिक्कै आफूमा नेपालीपनको भावना जाग्दछ । हरेक नागरिकले आफ्नो देशले उच्चताको शिखरमा पुगेर विश्वलाई डो¥याएको हेर्न चाहन्छ । जब एउटा बच्चा यस धर्तीमा प्रवेश गर्छ उसको धेरै किसिमको रहर हुन्छ । हरेक देशको नागरिकले आफ्नो देशलाई उच्चतामा राख्न चाहान्छ । नेपाली सगरमाथाको चुचुरोमा पुगेर देश विकास भएको हेर्न चाहान्छन् । पानीमुनी पुगेर आफ्नो देश उचाली उच्चताको शिखर चुम्न सकेको हेर्न चाहान्छ । नेपाली नागरिक आफू गरब भए पनि र आफ्नो देश गरिब भए पनि सहयोगका लागि पछि पर्दैन । नेपालीले आफ्नो देश अगाडि बढेको हेर्न चाहन्छ । जो नेपाली आफ्नो देश विकसित भएको हेर्न चाहान्छ ऊ विश्वको जुन कुनामा गएर बसे पनि नेपाली कहलाउँछ । जो व्यक्ति सत्य भएर सत्यताको पछि हिँड्छ ऊ जस्तो देशभक्ति भएको मान्छे भेटाउन गाह्रो पर्ला । सेता दाँत जसरी लस्कर परेका हिमालले पहाडी भेगमा कुहू कुहू गर्ने कोइलीको गीतमा तराईका कस्तुरी नाचेको देखेर आनन्द लाग्छ । परिश्रमी नेपालीको परिश्रम हेरेर मेचीदेखि महाकालीसम्म कलकल बग्ने खोलाले विश्वभर नेपालीको वीरताको सूचना पठाएका हुन्छन । नेपाली जनता जागरुक भएर अगाडि बढ्न सक्यौँ भने नेपालले छिटै कोल्टो फेर्ने छ । सबै जनता समान भएको हेर्न चाहन्छ । यहीँ नै नेपालित्व हो ।
आजसम्म सृष्टिको सुन्दर सृजनामा हामी एक्काइसौँ शताब्दीको पाइला चालिरहका छौं । समयको अबिछिन्न प्रवाहमा प्रवाहित हुँदा विश्वमा नयाँ सभ्यता र सिर्जनाका धेरै विकास भैइसक्यो । थर बदलिंदो परिस्थितिले आज संत्रासमय वातावरणमा गुज्रिरहेको छ । मानवीय मूल्य र मान्यताको ह्रास भएको छ, नैतिकता र अनुशासनको उपहास भएको छ, बन्धु बन्धुभित्र घात प्रतिघात भएको छ भने हत्या आतंकले चरम उत्कर्ष प्राप्त गरेको छ । नेपालमा अहिले हरेक क्षेत्रमा बेथिति नै बेथिति छ । जसले गर्दा संस्कृति र नेपालित्वमा पनि असर परेको छ । नेपालीले शान्ति र उमंगको सपना दिनहुँ देख्छन् तर विडम्बना त्यो केवल सपनामा मात्र सिमित हुन गएको अवस्था छ ।
यसका कारणहरुमा दिनहुँ जसो हुने हत्या, हिंसाले गर्दा मनमा अशान्ति छाएको छ । हत्या हिंसामा परी विभिन्न जातजाती, संस्कृतिका व्यक्ति ज्यान गएको छ । जसले गर्दा संस्कृतिको लोप भएको छ । आजको समयमा पनि नेपालीहरु भोक, रोग, अशान्ति, असुरक्षा, अशिक्षा जस्ता समस्याहरुमै रुमलिएर रहिरहने अवस्थाले अबका दिनमा निरन्तरता पाउने हो भने भोलिको जटिल र प्रतिस्पर्धी समाजका लागि हाम्रो स्थिति कमजोर नै हुनेछ । त्यसले पुनः भावी नेपाली समाजको सुनिश्चितता र समृद्धिका लागि अत्यन्तै अप्ठेरा प्रश्नहरु खडा गर्नेछ । यसका लागि नेपाली राज्य व्यवस्था संचालनको ऐतिहासिक परिपाटी हेर्दा पनि अत्यन्तै त्रुटिपूर्ण रहेको देखिन्छ । विकासलाई तल्लो तहबाट सुरु नगरी माथिबाट हेर्ने प्रणालीले गर्दा लगानी अनुरुप पनि त्यसको प्रतिफल प्राप्त गर्न नसकिएको हो । यसैले यी सम्रग पक्षलाई सच्चाउनका लागि मानवीय विकासको दृष्टिकोण जसरी आवश्यक छ त्यसै गरी राज्य व्यवस्थामा पनि पुनः संरचना गरी बहुजातीय, बहुधर्म र बहुसंस्कृतिमा बाँचेका, भौगोलिक रुपमा छिरलिएर रहेका समुदायको भावनाले स्थान पाउन नसकेसम्म उन्नत र समृद्ध नेपालको परिकल्पना पुरा हुन सक्ने देखिदैन ।
अहिले देशको धर्मसंगै मातृ भाषाहरु समेत संकटमा परिरहेका छन् । कतिपय जातजातिहरुको जातीय मौलिक भाषाहरु लोप भईसकेका छन् । नेपाली जाति भन्नाले नेपाल देशको चार किल्लाभित्र बसोबास गर्ने सम्पूर्ण जनसमुदायलाई बुझाउँछ तर नेपाली जातिको पहिचान राजनैतिक भूगोलमा मात्र सीमित नरही भाषिक भूगोलमा पनि विस्तारित हुन्छ । नेपालका हरेक जातजातिको आफ्नै मौलिक भाषा जस्तै पहिरन पनि अत्यन्त मौलिक र सुन्दर छन् । सदियौदेखि सबैले आफ्नौ मौलिकतालाई भाषा, रहनसहन, पोसाक, चाडपर्व आदिको माध्यमले जिवन्त राख्दै आएका छन् ।
वर्तमान समयमा देश एक नियन्त्रित राजनैतिक अस्थिरताको भुमरिमा गुर्जिरहेको छ । एक सामान्य नागरिकले समेत देशप्रती वितृष्णाको भाव जगाउन थालेका छन । देशको आर्थिक अवस्था अत्यन्त नाजुक छ । झण्डै एक चौथाई युवा जनसंख्या देश बाहिर मजदुरी गर्न बाध्य छन ।
पछिल्लो समयमा देशले एक चिन्ता गर्नु पर्ने विषय नेपालीत्व अर्थात नेपालीपन बनेको छ । यसरी हेर्दा नेपालको राजनैतिक भूगोलभित्र बसोबास गर्ने सबै जाति कालान्तरसम्म नेपाली जातिकै रूपमा परिचित रहन्छन् र तिनको नेपालीत्व एवं नेपालीपन पनि कायम रहन्छ । जसरी नेपाल राज्यको स्थापना भएदेखि अहिलेसम्म कायम छ । भौतिकतावादी सोचको हावी भएसंगै मानिसहरुमा मानवता र मानव धर्म हराउदै गएको छ । यसको गतिलो उदाहरण समाजमा बढदै गएको बृद्धाश्रम हो । वृद्धाश्रमको संख्या बढनु भनेको हाम्रो पारिवारिक र सामाजिक संरचना ध्वस्त हुनु हो । जवसम्म आफ्नै देशको मौलिकता र स्वरुपलाई जानिदैन तवसम्म देशको उन्नती सम्भव छैन । देश अहिले बेथितिमा चलको देखिन्छ ।
सच्चामनले छातीमा हात राखेर भन्नुपर्दा कतै पनि थिति बसेको र सोही अनुसार काम हुन सकेको छैन । यहाँ जसलाई जे मन लाग्या गर्न पाइने विश्वमा हरेक मुलुकहरुको आ–आफ्नो मौलिक पहिचान छ । शान्ति नेपाली र विश्वका सबै मानिसहरुको पहिलो शर्त हो । केवल शब्द शान्ति सुनेर, हामी मौनलाई बुझाउँछौं, तर यसको अर्थ यो हो कि त्यो देश जुन विवादमा छैन । शान्ति बिना प्रगति हुनेछैन । देशमा शान्ति र नेपालमा राजनीतिक दलहरू बीच समझदारी हुनुपर्दछ । हामी सबै विद्यार्थीहरूले नेपालको शान्तिमय र विकसित देश बनाउनु पर्छ । यो हाम्रो भित्र छ त्यसैले यदि हामीले शान्तिलाई हाम्रो व्यावहारिक जीवनमा लिन्छौं भने हामीले कसैको जीवन त्याग्न आवश्यक पर्दैन ।
अब सबै नेपालीको मन छुने अभियान चलाउनुलाई हामीले स्वभाविक रुपमा काम गर्न सक्नु पर्दछं । कुनै पनि नागरिकले आफ्नो देशलाई माया गर्छ भने उसले आफ्नो संस्कृति, भेषभुषा, पहिचान र राष्ट्रियतालाई कदापि भुल्न हुदैन । हामीले हाम्रो पहिचानलाई जोगाउन निरन्तरता सकरात्मक सोचसहित असल काम गर्नु पर्दछ । नेपाली संस्कृति हाम्रा सन्ततीहरुलाई सिकाउन अति आवश्यक छ । मानवीय सहयोग र सद्भावको लागि मै खाँउ, मै लाउँ भन्नुको साटो सबैले खाऊन, सबैले लाऊन र सबै बाँचुन भन्ने भावना विकसित गरि आपसी सदभाव, सहकार्य र एकताबाट सहि काम गरी सबै नेपालीको अपेक्षाको पुरा गर्नु आजको आवश्यकता हो ।