कृषिता अधिकारी (निशा)
साच्चै नै प्रेम मानव जीवनको भावनात्मक सम्बन्ध हो । किन कि यसलाई परिभाषित गर्न असम्भव छ । प्रेम शब्दको परिभाषित गर्न नै सकिदैन केवल महसुस गर्न सकिन्छ जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं ।
त्यस्तै प्रेम पनि एक भावना हो हामीले प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ तर जस्ले जसरी जुन तरिकाले गरे पनि प्रेम त प्रेम हो । जुन सामान्य आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । त्यसैगरी प्रेम आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ र घनिष्ठता पनि तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन वास्तवमा प्रेम त अनन्त हुन्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा नै छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्नेहरु विरलै भेटिन्छन् ।
जब यो संसारमा एउटा बालक आफ्नो आमाको गर्भबाट बाहिर आउँछ उसको लागि पहिलो प्रेमको अर्थ आमा हो । आमा बाट नै उस्ले माया ममता प्रेम स्नेह प्राप्त गर्दछ भनिन्छ नि प्रेम हर व्यक्ति संग हुन्छ एक सच्चा प्रेमिको प्रेम सम्बन्ध चर्चा परिचर्चामा आउने गर्दछ उदाहरणको लगि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि ।
कतै प्रेम शुखदायी हुन्छ त कतै प्रेम दुःखदायी पनि हुन सक्छ, किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ भनिन्छ नि पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो मायामा जिउन सिक्नुपर्छ किनकि माया संसारमा अडेको छ कोहि पनि व्यक्ति माया विना बाच्न सक्दैन त्यसैले त प्रेम अनमोल हुन्छ । जुन निःशुल्क र निस्वार्थ गरिन्छ । तय गर्न सक्नुहुन्न, प्रेम न त बेच्न सकिन्छ न किन्न नै कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् । प्रेम एक सर्वशक्तिशाली अनुभुति हो ।
हामीले हरेक वर्ष फ्रेब्ररी १४ अर्थात फागुन २ गते प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउने गरिन्छ किनकि यो दिन प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका भर्खरका केटाकेटी प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ ।
वास्तवमा भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो किनकि प्रेम अक्सीजन जतिकै हुन्छ यो एकदमै अनियंत्रित कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि नहुने प्रेम गर्नका लागि कुनै सीमितता नै छैन् यो त बस एउटा बाँच्ने आधारशिला हो जिउने मार्ग हो अझ भनौ भुलभुलैया हो किनकि जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा सायद कुनै सार्थकता हुदैन्थ्यो होला ? हुन त प्रेम दुई विपरित लिङ्ग वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग, साथीहरुसंग र आफना प्रियजनहरुसंग पनि त गरिन्छ त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिलाउछ नि प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।
वास्तवमा प्रणय बन्धन अर्थात् भ्यालेन्टाइन दिवस किन मनाउने गरिन्छ कहिलेदेखि भ्यालेन्टाइन दिवस मनाउन थालिएको होला त यसको विस्तृत रुपमा हामी इतिहास तर्फ नै फर्कनुपर्दछ यो इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । त्यस्तै सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेका थिए त्यहिआदेश उल्लङघन गरेको कारणले सम्राट्लाई असह्यिय भयो र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन भनेकै १४ फ्रेबुरअरी थियो जुन संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।
प्रेम जस्तो पवित्र शव्दलाई पछिल्लो समयमा भने विकृति भित्रीन थालेको छ जस्तै जर्बजस्ती प्रेम गर्नेको होडबाजि चलेको छ गलफ्रेण्ड ब्वाइफ्रेन बनाउने, बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्ने होटलहरुमा जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन थालेका छन ।
हुन त आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएकोले यो दिवसले कैयौ युवापुस्ताको जीवन विगारिरहेको छ किनकि उनीहरुमा एक अर्कोमा देखासिकी तथा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेको अवस्था छ जसमा आधुनिकता र देखावटीपन बढ्दो छ भने माया प्रर्दशन गर्नेहरुको होडबाजि नै चलेको छ । गर्लफ्रण्ड र ब्वाइ फ्रेण्ड बनाउने त फेसन नै चलेको छ ।
हामीले कुनै पनि पर्व मनाउनु नराम्रो कुरा त होइन् तर त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्ने कुरामा जोड दिनु जरुरी छ हुन त यो प्रणय दिवस अर्थात् प्रेम दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि छन तर अहिलेका आधुनिक युवापुस्तामा भने नकारात्मक विकृति एकदमै फैलाएरहेको पाइन्छ जसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङ्गती भित्रिदै गएको छ ।
तसर्थ, प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई पनि हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ, किनकि जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ रे सच्चा प्रेममा जसरी विरामी मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । त्यसरी नै पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको छ । त्यस्तै प्रेमबिना संसार चल्दैन जहाँ सच्चाप्रेमी छ उसले जिवनका हरमोडमा साथ दिने गर्दछ र आफु मात्र खुसि र सुखि हुदैन अरुको पनि सदैव भलो चाहन्छ । साच्चै नै प्रेम यो निश्वार्थी हुनुपर्छ जहाँ पवित्र होस बदलाको भावना नहोस निस्वार्थ माया होस अरुको खुसिमा खुसि हुनु र समर्पण त्याग अनि बलिदान हो माया तर पछिल्लो समय भने भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थ भावनाले झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको अत्यधिक रुपमा भेटिन्छन् घुम्नु रमाउनु पैसामा मोजमस्ति गर्नु मन भन्दा पनि रुपरंग हेरेर माया गर्ने फेसन बनेको छ जसले समाजमा विकृति भित्राइरहेको छ त्यसैले फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।