शुभेक्षा पन्त
संसारको सबैभन्दा सर्वोश्रेष्ठ प्राणी मानव हो । प्रकृतिले संघर्ष गरेर बाँच्न सिकाउने मानव एक प्रमुख प्राणी हो । अरु प्राणीहरुलाई जन्मजात सीप र क्षमता प्रदान गर्ने प्रकृतिले मानवलाई सर्धै भरी सघंर्ष गरेर बाँच्ने शक्ति दिएको छ । त्यहीँ शक्तिलाई पछाउदै मानवले अनवरत संघर्ष गरी रहनु पर्दछ । मानव जीवनका हरेक पाइला पाइलामा संघर्ष अनिवार्य नियम बनेको छ चाहे त्यो प्राचीन कालदेखि आधुनिक बैज्ञानिक कालसम्म पनि यो निरन्तर चलिरहेको छ । पहिला प्रकृतिसँग लड्न विवश हाम्रा र्पुवजहरु अहिले प्रकृतिसँगै मानव समुदायसँगै विभिद समस्या समाधानका लागि लडिरहनु परिरहेको छ ।
मानव सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातत्वयिक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, पहाडमा जडिबुटीको खानी र तराईमा सुन जस्तै धन फल्ने सम्म परेका बस्तीहरुको संरक्षण गर्न सक्दछ । यति हुदाँ हुदै पनि मानव भित्रको व्यवहारा एकरुपता नहँुदा कहिले आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्ट पु¥याएको छ ।
नेपाल एक विकासान्मुख राज्य हो । जहाँ अथहा स्रोत र साधन हुदाँ हुदै पनि उचित परिचालन गर्न नसक्दा अनेकौ दुख, कष्ट जनताले भोग्नु परेको छ । नेपालमा भएको स्रोत साधनको परिचालन गर्ने हो भने, यहाँ कुनै पनि व्यक्ति रोजगार विहिन हुनु पर्ने थिएन ।
गरीबी एक आर्थिक अवस्था हो जहाँ मानिसहरू अभावमा हुन्छन् वा केही चीजहरूको अभाव अनुभव गरिरहेका हुन्छन् । गरीबी भनेको पैसाको अभाव मात्र नभएर स्वास्थ्य सेवा र शिक्षा, बाट बन्चित हुनु पनि गरिबी हो । पैसाको अभावको अतिरिक्त, गरीबी मनोरञ्जन गतिविधिमा भाग लिन सक्षम नहुनु, बाल बच्चाहरूलाई स्कूल पठाउन नसक्नु, एक बिमारी व्यक्तिको लाीग औषधी उपचार गर्न नसक्नु पनि गरिबी हो । यी सबै गरीब हुनुको कारणले सिर्जना भएका अवस्था हुन । गरिबीले बाल बच्चाहरूमा पनि धेरै प्रभाव पारेको छ । गरिबीमा हुर्केका बच्चाहरू सामान्यतया गम्भीर र लगातार स्वास्थ्य समस्याबाट ग्रस्त हुन्छन् । जबकि गरिबीमा जन्मजात शिशुहरू कम जन्म तौलको हुने सम्भावना बढी हुन्छन्, जसले गर्दा शारीरिक र मानसिक अशक्तता निम्त्याउन सक्छ । गरिबी परिवारका बच्चाहरूले बिरामी, आर्थिक अवस्थाको कारणले अधिक स्कूल छोड्छन् ।
कोही मानिस जन्मिँदै पवित्र हुने र कोहीे अपवित्र हुने परम्परादेखि धार्मिक नियम र जातभात पानी चल्ने नचल्ने, कोसँग छोइन हुने कोसँग छोइन नहुने आदि लक्ष्मणरेखा कोर्ने काम धर्मले गरेको छ । यसैगरी कसले के खाने, के नखाने लगायतका छुवाछुत, दाइजो, बोक्सी, धामी झाँक्री, बालविवाह, छाउपडीजस्ता प्रथा समाजमा जीवितै छन ।
पुरातन परम्परादेखि प्रचलित प्रथा परम्पराहरु, राीतिरिवाज आदिमा पत्यार नै नपु¥याई गरिने विश्वास हो । कुनैपनि कुराको सत्य तथ्य अर्थात यर्थाथ नबुझि कुनै कुरा पत्याउनै अन्धविश्वास हो । नेपाली समाजमा अन्धविश्वासले आफ्ना जराहरु परापूर्वककालदेखि नै गहिरोसँग गाडेको छ, जसले गर्दा एक्साइसौँ शताब्दीको युगले पाइला टेव्दा पनि अग्रगामीका पाइलाहरु अगाडी बढ्न सकेका छैनन् । प्रकृतिले मानिसलाई ठिक र बेठिक छुट्याउन सक्ने विवेक त दिएको छ तरपनि मानिसले त्यो विवेक र बुद्धिको राम्रोसँग प्रयोग गरेका छैनन् । मानिसलाई जिउन एक अर्काप्रति विश्वास चाहिन्छ तर विश्वासविना यो विश्व चल्दैन् । अन्धविश्वास धार्मिक भावना र यस भावनाले थपेको अभ्यासहरूको एक विचलन हो ।
प्रगतिवादी, प्रजातन्त्रवादी विचारमा अगाडी बढेको छ तर राणशासनको बेला जनताका हक र अधिकारहरु कुन्ठित गरियो , मानिसलाई नजरबन्दका साथ यातना दिन पनि पछि परेनन् । नेपालमा क्रान्ति चल्दै गयो, क्रान्तिपछि पनि धेरै करुामा परिवर्तन आएको छ जस्तैः मानिसले हक र अधिकारहरु पाए यति हुदाँ हुदै पनि अन्धविश्वासमा रुमलिएको यो समाजमा अप्रतियाला घटना नभएको दिन हुदैन् । संघर्ष गरे तापनि बुद्धि र विवेकको राम्रोसँग प्रयोग नभएर अन्यथा नराम्रा कराहरुमा विश्वास राख्ने र समाजमा नकारात्मक गतिविधि बढ्ने भएको छ । अहिले सोझा साझा जनता जो दिनभरी भरिया, मजदुर गरेर जीवन यापन गर्थे उनीहरु विचल्लीमा परेमा छन् । युद्धको समयमा स्कुल पढ्दापढ्दै हिडेका ती अग्रगामी पाइलाहरु अहिले कहाँ, कस्तो अवस्थामा छन् थाहा छैन् । उनीहरुका छोराछोरी भोकभोकै बस्न बाध्य भए तर त्यी अग्रगामी पाइलाहरुले व्यक्तिलाई घरबार विहीन बनायो ।
कुनै सवारीसाधन किनियो भने दुर्घटनामा नपरोस् भनेर निर्दोष प्राणी बलिमा चढाउँछौँ । अन्धविश्वासलाई पुष्टि गर्नका लागि कुनै कारण नै छैन । यो त एउटा मानसिक कमजोरी मात्र हो । यो सोचाइमा भर पर्ने कुरा हो । नेपाली समाजमा अन्धविश्वासका कारण छोरी महिनावारी नहुँदै जल खानु पर्छ भनि पहिला नै विवाह गरिदिने जस्ता अन्धविश्वासलाई झेलेर यहाँसम्म आएको छ आजसम्म २१औ शताब्दिको विज्ञान समाज पनि अन्धविश्वासमा रुमलिएर चल्दै आएको छ ।
हामीले चाहेको खण्डमा यसबाट निकास पाउन सक्छौं । मानिसको जन्म भएको समयदेखि नै यस्तो विश्वास गर्छन् कि कसले के खान हुने, के नखाने हुने भन्ने निधोसम्म धर्मले गर्छ भनिएको छ । यस्ता हजारौँ प्रथा, परम्परा, मूल्य–मान्यताको उत्पादन र निरन्तर विकास धर्मले गर्दै आएको छ । यी सबै कुप्रथा र कुसंस्कारका पछाडि धार्मिक अन्धविश्वास जोडिएको छ । यो समाजमा कोही शासक वा राजा हुनु, मजदुर हुनु, स्वस्थ वा रोगी हुनु अघिल्लो जुनीको कर्मको फल भएको विश्वास गर्छ ।
वर्तमान विश्व एकतिर अंतरिक्षमा पुग्दैगर्दा हाम्रो नेपाली समाज अझै जातीय द्वंदबाट बाहिरिन नसकेको अवस्था छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएतापनि हाल जातिवाद र जातियताकै घमासानले देश धनि र गरीब, स्त्री र पुरुष, जातिय भेदभाव, अन्धविश्वास, छुवाछूत तथा कुसंस्कारको जरा गाड़ीराखेकै अवस्थामा समाज र राष्ट्र कसरी अगाडी बढ्न सक्दछ ? त्यसैले समाजमा आफ्नो आत्मसम्मान र अधिकार खोज्नका लागि यस्ता कुरुति, अन्धविश्वासहरुलाई हटाएर अगाडि बढ्न आवश्यक देखिन्छ ।