सज्जन कुमार सिंह
ताराखोलाकै जेठो शैक्षिक गन्तव्य नेपाल माध्यामिक विद्यालय । त्यही विद्यालयको बीस मिटर तल्थिर दिवश खत्रीको घर छ । नेपाल माविको प्राङगढ र उनको घरसंग देशमा भएका ठुला ठुला राजनैतिक उथलपुथलको निशान ताजै छन् । मनमा त कति हो कति स्मरणहरु छन् त्यसको फिरहिस्ता लामो छ । उसो त ताराखोलाको माटो आलु, बदाम, लसुन, माछा र हाइड्रो उत्पादनका लागि मात्र होइन महान क्रान्तिकारी योद्धाहरु जन्माउनमा पनि त्यति नै उर्वर मानिएको छ । त्यहाँको बलिदानी शब्दमा समेट्न सकिदैन ।
कठिन र ऐतिहासिक जनयुद्धमा ताराखोलाले ठुलो त्याग गरेको छ । आम मान्छेको बुझाइमा ताराखोलाको ढ्ङ्गामाटा पनि माओवादि हुन्छन् भन्ने थियो । सयांै क्रान्तिकारीहरुको पंतिमा ताराखोलाको माटाले जन्माएको एउटा योद्धा थिए दिवश खत्री ‘‘पदम’’ ।
होचो कदको मिजासिलो मान्छे उमेरले बल्ल ३ दशक चक्कर मारेपनि उनको त्याग र हाल उनले निभाउने भुमिकाले ठुलो चक्कर मारिसक्यो । उनले सिंगो ताराखोला र देशको परिवर्तनका लागि गरेको योगदान अनुकरणिय छ भनेर गाउकैले प्रशंसा गर्छन् ।
उनी अहिले ताराखोला गाउपालिका नेकपा संयन्त्रका अध्यक्ष हुन् र सम्भवत उनी देश कै कान्छो अध्यक्ष हुन । नेपाल मावि ताराखोलाका अध्यक्ष रहेका दिवश नेपाल मावि कै अफिसमा गफिए यसरी गफिए । ‘ठुलो त्याग र बलिदानको प्रतिफलका रुपमा पाएको जिम्मेवारिलाई क्षमताले भ्याएसम्म पूरा गर्ने प्रयत्नमा छु । समयले साथ दिए ठुलो उद्देश्य छ नागरिकको मुहारमा खुसी पोत्ने ।’
बाबा जित बहादुर खत्री र आमा पुनी खत्रीका माइला छोरा दिवश सानै देखि क्रान्तिकारी थिए । तारा माविमै अध्ययन गर्दा उनी कक्षा ४ का टोलिनेता बनेका थिए । सानै उमेरमा चतुर स्वाभावका खत्री विद्यार्थी कालमैल २०५६ सालमा बाल संगठन अध्यक्ष बनेका थिए । त्यो नै उनका लागि संगठानिक कामको ढोका थियो । उनले कलिलो उमेरमा संगठनको संघार टेके र अनुभव बटुल्दै गए ।
इच्छाभन्दा ठुलो कहिलेकाँही बाध्यता भइदिन्छ । २०६० सालमा सिंगो नेपाल मावि ताराको विद्यार्थीहरुको मुल कमिटिको अध्यक्षको भुमिका निभाउनुपर्ने जिम्मेवारी आयो । जसलाई उनले सफलता पुर्वक निर्वाह गरे । उनका बाबा शिक्षक थिए । देशभर जनयुद्धको आगो जल्दै थियो । ताराखोला त यसैपनि होमिएको थियो युद्धमा । उनको घरमा पनि युद्ध पस्यो अर्थात उनिहरु ठुलो संकट मा परे ।
जनयुद्धको त्यो कहाली लाग्दो क्षण आज पनि दिवशको मानसपटलमा नर्विसने किताब जस्तो गरि टाँगिएको छ । उनका बाबाले दुर्गा माध्यामिक विद्यालयमा अग्रेजी पढाउनु हुन्थ्यो । बाबालाई माओवादि आन्दोलनलाई सहयोग गरेको भन्दै घरभित्रै घेरा हाले । घरमा सबै सुतेका थियौ । राति सेनाले घेरा हाल्यौ । दिवस त्यो क्षण सुनाउँदा भावुक बने ।
सेनाले उनकी आमा र हजुरबालाई अपहरण गरेछ । हजुरबा इन्डिया आर्मी हुनुहुन्थ्यो । अपहरण पछि उनका हजुरबालाई तीन दिनमा अपहरणमुक्त गर्याे तर आमालाई भने छाडेन् । आमालाई तत्कालिन समयमा साठ्ठी केजिको भारि बोकाएर चरम याताना दिएछन् । यातनाले मरि भनेर छाडिदिएकि उनकि आमा धन्न बाच्न सफल भईन् । त्यसपछि नै दिवशको दिदी बाबा सहित परिवार नै आन्दोलनमा हामफाल्न बाध्य भए ।
यतिले मात्रा पुगेन सेनाले २०५८ साल मंसिरमा घर नै भत्काइदियो । घरमा भएको पसल पनि फाल्दिएपछि अझै ठुलो समस्यामा परे । उनमा त्यो ज्याजदिले मन भित्रैबाट सरकार र सेनाविरुद्ध युद्ध छेड्ने बाध्यता आई पर्याे । उनी अन्तत ६० सालबाट युद्धमा होमिएका थिए ।
सुरुमा उनी कालिगण्डकी साँस्कृतिक समुहमा कलाकारमा लागेका थिए । ६१ साल पुसबाट विद्यार्थी जिल्ला कमिटि सदस्य भएका थिए । ६१ सालमा आधिकारीचौर छापाडाँडा युद्धमा उनका बाबा सहित उनी पनि सहभागी भएका थिए ।
माओवादि बसेको घरमा राति ३ बजे सेनाले घेरा हालेर चार जनालाई गोलि हानि मारेपछि त्यो दिन आफ्नो अन्तिम दिन रहेछ भन्ने दिवशलाई लागेको थियो । उनी त्यो समय बाबसंगै थिए । त्यो नै अन्तिम दिन आएछ भनेर दुख माने पनि जीवन जोगाउने विकल्प खोजे हिक्मत हारेनन् । गोलिहरुको बिचबाट भाग्दा दिवश र उनका बाबा नयाँ जीवन पाए । त्यसपछि उनलाई आजको दशा राम्रो रहेछ भन्ने लाग्यो । ‘सम्झे दुख अझै बाँकी रहेछ । ’ उनी छापडाँडा युद्धतिर घोत्लिए ।
ताराखोलाले युद्धमा कम समर्पण गरेको छैन । सेनाले त्यो भेगका २७ जनालाई मारिदिएको थियो । युद्धकालमा ताराखोलाबाट प्युठान हुँदै रोल्पासम्म दिनरात नभनि ७ दिनको यात्रा गरेको कठिन क्षणले आज पनि दिवशलाई ढकढकाई रहन्छ ।
शान्ति प्रकृया संगै ६६ सालमा क्रान्तिकारी विद्यार्थी संगठन बागलुङको अध्यक्षको भुमिकामा पुगेका दिवश २०७१ सालमा अखिल क्रान्तिकारीको केन्द्रिय सचिव भएका थिए । उनी ७४ मा क्रान्तिकारिको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । बागलुङ माझखर्ककी रेम कुमारी पुन उनको जीवनको सहयात्री बनेर आइन हाल उनिहरुका २ छोरी १ छोरा छन् । ठुलो त्यागले प्राप्त उपलब्धि देखि खुसी लागेपनि युद्धका महान योद्धा, अपांग बेपत्ता र सहिद परिवारको अवस्थाले उनलाइ आज पनि पीडा हुन्छ ।
ठुलो उथलपुथल भयो, टुटफुट र संगै यात्रा गरेका नेतृत्वको विभाजनले दिवशलाई दुख लाग्छ । आज पनि देशमा युवा नेतृत्वलाई बिश्वास नगर्ने प्रचलन रहेको प्रती उनी रुष्ट छन् । रामबहादुर थापा बादललाई आफ्नो आइडल मान्ने दिवशले अहिलेको स्थानिय निर्वाचनमा माओवादी सिंगल प्यानल जिताउन पनि भुमिका खेले ।
तत्कालीन अमरभूमि गाविसमा माओवादिको मात्र २२ मत थिए तर उनकै सक्रियतामा सिंगो गाउँ नै एकढिक्का बनाए । गाउँपालिकामा अन्य नेतृत्वले बामपंथीहरु मिलेर जाने भनेर लागेका थिए तर उनले आफ्नो कमाण्डमा सिंगल पार्टि लडेर सानदार जित्न हासिल गराए ।
सामाजिक रुपमा उनको सक्रियता निकै जोसिलो छ । गाउँ ठाउँमा हुने घटना, दुर्घटना, शिक्षा स्वास्थ्यको विकासका लागि पनि उनी ज्यान फालेर लाग्छन् । नेपाल माविको अध्यक्ष भएपछि संवरण महोत्सव गरि रु १ करोड ५५ लाख उठाए । महोत्सव उद्घाटन गर्न प्रचण्डलाई ताराखोलामा झार्न पनि उनको ठुलो भुमिका रह्यो । जसको कारण ताराखोलाम पशु विज्ञान बिषयको प्राविधिक शिक्षा सुचारु गरिएको छ ।
चार करोड बढिको भवन पनि बन्ने अवस्था सिर्जना गरेका छन् । प्रचण्डले भवन बनाइदिने प्रतिबद्दता समेत ब्यक्त गरेका थिए । नागरिककै हैसियतमा रहेर सर्वहाराको जीवन स्तरसंगै माथि उठ्नुपर्छ भन्ने मान्यता राख्ने दिवश भन्छन् । नाफाको जिन्दगी समाज र देशका लागि समर्पित गरिरहेने छु ।
कति पए कुरा चाहि झुट बोलेको या लेखेको थाहा भएन तर झुट छ । मिजासिलो सालिन मान्छे ले माओबादिको बारेमा समर्थन गरि बोलेन भनेर बिचार गर चिनेको छैनस भनेर धम्कि दिएको छ्न लेखक महोदए त्यो पनि सङ्गैको साथि र कलास मा एकै टेबुल मा बसेर पढेको साथिलाइ बुज्नु भो ।झुट झुट नै हुन्छ । जति तारिफ गरेनि ।