जीवन शाक्य
प्रेम रावत भन्नुहुन्छ “बाहिरको दुनिया संसार भिन्दै छ झलमल, प्राय मान्छेहरु शान्ति स्वास्थ्य सुख आनन्द सुन्दरताको चाहना पुरा गर्न बाहिरी संसार अर्थात भव सागरमा खोज्छन, यसको आकर्षणको खाडलमा जाकिन्छन् मर्दैनन, निस्कन धेरै कठिन हुन्छ र भव सागरमा रोगी दुखी अशान्त कष्ट पाएर कोही ढिलो कोहि छिटो डुबेर मर्छन, किनभने वाहिरी संसार भनेको काम क्रोध लोभ मोह डर त्रास, इष्र्या द्धेष जगाउने अधेरो शैतानी संसार हो, संसारमा देखिने चिज वस्तु मान्छे पैसा सम्पत्ति महल गाडी आदिको आवश्यता महशुश हुन्छ, र भएपछि यसको भव सागरमा फस्न पुग्छ आखिरमा जति पैसा सम्पत्ति शक्ति आर्जन गरेकाहरुका पनि हृदयको शान्ति स्वास्थ्यको उजेलो चाहना पुरा हुदैन तर दुख पाएर यहि माग्ने मगन्ते भएर मर्नु पर्ने वाध्यता हुन्छ । दुनिया संसारमा धेरै मनुष्यको कहानी हो यो” ।
विश्वमा प्रत्येक मनुष्यको आफ्नै भिन्दै कहानी र आफनै संसार छ । सबैका आ–आफना सुख दुखका संसार छ । केहि सन्त ऋषिमुनीहरु भन्ते गुरुमाहरुको, सहि धार्मीक संस्थामा लागेकाहरुको सुखको केहि संसार होला, धेरैको दुखी रोगी संसार छ । सन्तहरु भन्ने गर्छन् मनुष्यको हृदय भित्र सत्य, सुख शान्ति स्वास्थ्य प्रेम आनन्दको ज्योती छ । श्वास इश्वरको कृपा हो, जो सधेै छ रहन्छ मरेपछि पनि संगै जान्छ । त्यसैले भित्र भित्रै आफनै कहानी संसारको पोको, गठरी खोज्ने खोतल्ने हेर्ने र थाहा पाउने जान्ने काम पहिलो जरुरी कुरो हो, यसवाट आफनो परिचय शक्ति साहस क्षमता र कमजोरी अवगुणहरुको परिचय पाईन्छ र हृदयको उज्यालो द्धार खुल्छ त्यसपछि वल्ल हामीले शान्ति स्वास्थ्य सुख आनन्दको उज्यालो पाउन सक्षम हुदै जान्छौ एकदिन आफुले चाहेको खोजेको पाउछौ ।
संसारमा एकदम कम छन यसतो शोच्ने, धारणा र दृष्टिकोण राख्नेहरु । मान्छेहरुलाई भित्र भित्रै खोज्नु पर्छ भन्ने होश चेत केहि समयको लागि आएपनि पहिला त भित्री यात्रा गर्ने पाईटाला टेक्दैनन ,टेके पनि दोस्रो गल्ती बीचैमा छोडछन, वाहिरी मायाँ आकर्षणले अर्थात पैसा सम्पत्ति, स्रोत साधनको लोभ मोह तृष्णामा लतारिन्छन्, घिसारिन्छन्, अरुलाई पनि लतार्ने घिसार्ने गर्छन । तर शान्ति, प्रेम स्वास्थ्य आनन्दको प्यास भने सधै हुन्छ । जव सम्म मनुष्यले आफै भित्रको संसारलाई स्रोत सत्यलाई जान्ने थाहा पाउने साधना गर्न सफल हुदैनन, अर्थात आफनो प्रेम शक्ति साहस स्वास्थ्यको साथी आफुलाई वनाउन सक्दैनन तव सम्म उसले अरु वाट लिन मात्र खोज्छ, खोसेर भए पनि उसले अरुलाई केहि दिन समर्थ हुदैन, सक्दैन । यो सवाल नै सबवैभन्दा ठुलो सवाल हो थाहा पाउनु पर्ने जान्नु पर्ने भनेर वुद्ध सन्तहरुले भन्ने गरेका छन् ।
सवैको संसार र मेरो आफनै संसार पनि मैले यसतो पाएको छु र अझ वेहोशीका क्षणहरु सपना विपनामा लतारिएको घिसारिएको देख्छु, कति चोटपटक लाग्यो कति घाइटे भए रोगी भए कति औषधि खाए, हिसाव कितावको रेकर्ड राख्ने हो भने ठुलै कहानी वन्छ । सपना विपनामा धेरै रोएको छु, कराएको छु, दुखित भएको छु, एकै छिन वेहोश हुदा पनि सपना देखिन्छ विगतको तनावको अशान्तिको दुखको, श्वास पनि स्वार्थी, विषय वासनामा रंगिएको राग र ताप भएको जस्तो, वेहिसावले मुटु पनि मनपरि धडकी रहेको हुन्छ, यसको चाप दवाव छाल गति तरंगलाई महशुश गरेको छु, हृदय पेट, छाती टाउकोको वीच भाग र शरिरको सवै भागमा चाप दवाव दुखाई देखिन्छ । पहिला पहिला त हेर्ने निरिक्षण गर्ने नगर्दा र गर्दा पनि यसले दिने नकारात्मक शोच भावले पागल सम्म हुन्छुकी भन्ने सम्म हुन्थ्यो, आत्महत्या गर्ने सम्म शोच आउथ्यो । तर स्वीकार श्रद्धा र सहयोगी भाव राख्नु पर्ने उज्यालो सकारात्मक शोचाईको केहि विकास भएपछि हेर्ने निरिक्षण शाक्षिभावले गर्ने गर्दा अव यसतो अवस्था वा वन्धनबाट केहि छिन पछिनै वाहिर निस्कन सकेको छु ।
हामी एकलै वस्दा, हुदाँ, समय ब्यवस्थापन गर्न सकेका छैनौ । काम नहुदा शान्तपुर्वक वस्ने, शाक्षीभावमा वसेर आफनो मन शरिरका क्रिया गति ढुकढुकीहरु श्वाशहरुलाई स्वीकार गरि श्रदापुर्वक शाक्षिभावले हेर्ने, नियाल्ने गर्न सकदैनौ, सकेपनि केहि छिनको लागि मात्रै गर्ने गरेका छौं । कि टि.भी, कि मोवाईल, कि ल्यापटप, या खेल खेल्ने, जुवा तास खेल्ने, पत्रपत्रिका पढने रेडियो सुन्ने या ठिटा ठिटि साथीहरु, छिमेकी र साथीहरु संग गफगाफमा भुल्ने मनोरन्जनमा भुल्ने गरिहाल्छौ । आफैमा विश्वास नभएर आफैलाई मायाँ प्रेम सहयोग र आफै प्रतिको सम्बन्ध ज्यादै कमजोर भएर पनि हो । सम्बन्ध राम्रो वनाउन कमसेकम एकलै कोठामा योग,ब्यायाम प्राणायाम ध्यान गर्ने रमाउने गर्न सक्नु पर्छ ।
तर शान्ति स्वास्थ्य सुखको अनुभुति पाउन वा सार्थकताको अनुभुति गर्न अव आफनै संसारको गाठो र यसले मन अर्थात दिमागमा पारेको प्रभाव असर प्रभावलाई श्वास, मुटुको गति तरंग छाल भाव र सचेत भई स्वीकार गर्ने हेर्ने र यसलाई थाहा पाउने वुझने गर्नु अति आवश्यक छ जस्तो महशुश हुन्छ । शुरु शुरुमा अवश्य केहि कठिन र असम्भव जस्तो लाग्छ तर स्वीकार सहयोग र विना प्रतिक्रिया हेर्ने निरिक्षण गर्ने क्रममा विस्तारै मन शरिरको दुषित फोहर मैलो ग्रन्थीको निशेचन भए पछि विचार गति कम्पन शान्त स्वस्थ हुदै आउँछ, सत्य प्रेम विश्वास, आत्म ज्ञानका्े दियो वलेको जस्तो अनुभुति हुदै आउछ, तर वेहोशीमा वाहिरी संसारमा यो हराउछँ । सजिलो आशनमा डाड सिधा गरेर शान्त कोठामा अर्थात विहानको शान्त समयमा ध्यान साधौ । दुखाई, निदाउने पात्तिने जे भएपनि मात्तिनु आत्तिनु नगरेर निरन्तर अवलोकन, विना प्रतिक्रिया गर्नै पर्छ ।
यसको लागि विश्व विद्यालयको उच्च शिक्षा हाँसिल गर्नु पर्छ भन्ने छैन, होइन, वुद्ध सन्तहरुको भाषामा जो कोहीले पनि यो नै पहिला जान्नै पर्ने थाहा पाउनु पर्ने महान शिक्षा हो । यो थाहा पाउन वा जान्न पन्चशिल अस्टशिल सदाचार पालन र ब्यायाम प्राणायाम पनि सहयोगी हुन्छ र साध्नै पर्छ । यहि हृदयको शान्ति स्वास्थ्य सुख आनन्दको उज्यालो द्धार हो । ध्यान, विपश्यना अन्तरदर्शन धर्म जागरुकता सचेतपनको मार्ग भनेको हृदयको ढोका भित्र पस्ने वाटो हो जस्तो लाग्छ, अत आउनुस यसमा लाग्ने प्रयास गरौंं ।
भवतु सब्ब मंगलम ।