शुभेक्षा पन्त
समय सापेक्ष आधुनिक जीवन यापन गर्नु नराम्रो कुरा होइन । तर, आधुनिकताको नाममा आफ्नो देशको मौलिकता, स्थानीय संस्कार, संस्कृति, चालचलन भुल्नु चाही अवश्य पनि राम्रो होइन । सम्बन्ध एउटा भेग विषय हो । मान्छेका पारिवारिक, सामाजिक, राष्ट्रिय लगायतका अनेकौं सम्बन्धहरु हुन्छन् । सम्बन्धको विस्तार मान्छेको चाहना र रुचि अनुसार हुन्छ । तर अहिले नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुन थालेको छ । मोबाइल लगायतका आधुनिक उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गरी रहेको छ । नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले सरल नेपाली समाज जटिल मात्र बनेको छैन दिनँहु विकृति भित्रि रहेका छन । अब यस्ता बिकृतिहरु हटाउन नसके थप समस्या हुने हुँदा यसबाट नेपाली समाजलाई बचाउन सबै नेपाली एक हुन आवश्यक छ ।
संस्कृति मानव सभ्यताको सृष्टि हो । संस्कृति विभिन्न कला, चलन, राजनीतिक संगठन, भाषा, साहित्य र विचारहरुको विभिन्न प्रकारले प्रतिबिम्बित छ । समाजमा विकासको नाममा हुने गरेको विकृतिले विनाशको रुप लिई रहेको छ । विकास योजना र कार्यक्रमहरू निरन्तर आधारमा तानिन्छ । तर, विकासमा तिनीहरूको प्रभाव प्रभावकारी हुँदैन । विश्व ज्ञान, विज्ञान, प्रविधि र सूचनाका क्षेत्रमा धेरै अघि बढिसकेको छ । मानिसका विचार र व्यवहारहरु समतामूलक भइसकेका छन् । अधिकार र कर्तव्यका क्षेत्रमा कुनै प्रकारको विभेद छैन । लैङ्गिक विभेदका अवशेषहरु अन्त्य भइसकेका छन् । सचेतना र जागरणले सबै खालका अविकास, अन्याय, अतिवाद र विभेदहरुको निर्मल गरिसकेको छ भनिए तापनि महिलाको स्वतन्त्र तथा प्रतिष्ठापूर्ण जीवनयापन गर्न पाउने अधिकार, समाजमा समान रुपमा जीउन पाउने अधिकार, शैक्षिक अधिकार, सम्पत्ति सम्बन्धी अधिकार, प्रजनन स्वास्थ्यको अधिकार, रोजगारीको अधिकार, राजनीतिमा सहभागी हुन पाउने अधिकार उपभोगमा असर पारेको छ । सामाजिक परिवेशका कारणले गर्दा नै आफूलार्ई कमजोर तथा निर्भर ठान्ने मानसिकता स्वयम महिलामा पनि विकास भइरहेको छ जसले गर्दा पनि महिलाप्रतिको हिंसाको घटनाले प्रश्रय पाउँदै गएको छ । त्यसैले समाजमा विद्यमान रहेको महिला हिंसा कम गर्न महिला शिक्षामा विशेष जोड दिई महिला स्वयम आफ्ना अधिकारप्रति सचेत रहन, जनचेतना जगाउन र आफूले आफूलार्ई कमजोर ठान्ने मानसिकतामा परिवर्तन ल्याउन अत्यन्त जरुरी छ ।
यद्यपि नेपालीहरु भने अविवेकी भएर विभेदका अभ्यासहरु गरेर बसिरहेका छन् । आफ्नो मौलिकता नगुमाई विदेशी भूमिमा रहेरै पनि नेपाली संस्कृतिलाई निरन्तरता दिनु अहिलेको आवश्यकता छ । तर, बिडम्बना मूल्य र मान्यतामा आएको फरकले आत्मियता भन्दा बढी आधुनिकताले समाजलाई बिकराल बनाएको छ । हाम्रो संस्कृतिको संरक्षणले राष्ट्रिय गौरव बढाउँदछ । त्यसैले विकृतिमा अल्झिएर होइन, संस्कृतिमा बाँधिएर, अगाडि बढनु पर्दछ ।
नेपालमा लोकतन्त्रलाई संस्थागत नगरेसम्म र हामीसँग स्थिर सरकार नभएसम्म विकासको आशा कम छ । नेपाल भूमिगत छ र यसैले हामी अन्य देशहरुसँग पूरै निर्भर बनेका छौ । नेपालको शिक्षा प्रणाली पुरानो पठन सामग्रीबाट ग्रस्त छ । जहाँसम्म धेरै बर्षहरुमा त्यहाँ सुधार भएको छ । तर, अझै धेरै लामो यात्रा गर्न बाँकी छ । सडकहरु पनि राम्रोसँग निर्माण हुँदैन, त्यसैले नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसहरु सडक दुर्घटनामा मर्दछन् । अहिले बेरोजगारी र न्यून रोजगारी समस्या बढ्दो छ । देश ब्रेन ड्रेनबाट पीडित बनेको छ । यदि सरकार वास्तवमै यसमा गम्भीर छ भनी कार्य योजना बनाएर समयमै काम गर्न सकेमा देशले यो लक्ष्य हासिल गर्न सक्ने छ । देश आफू पनि अगाडि हुनु पर्छ र जनतालाई पनि ब्युँझाउन जरुरी छ ।
समाज विकासको काल खण्डलाई हेर्दा विभिन्न मानिसको निस्वार्थ त्याग बलिदान, सेवा आदि छर्लङ्ग देखिन्छन् । यूवाहरुले समाज र राष्ट्रको मुहार फेरेका उदाहरण हामीसँग प्रशस्त छन् । अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडि बढाउनु नै युवाको कर्तव्य हो । विद्यमान सोच, व्यवहार र कार्यशैलीमा रुपान्तरण गरी अगाडी बढ्न युवाहरुले जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीको मुल मन्त्रलाई आत्मसाथ गरी अगाडि बढ्न आवश्यक छ । यदि सबै मानिसहरु समाजमा गलत सोच र निच कामहरु नगरी शान्त स्वयम्ले समाजको उन्तति तर्फ लाग्ने हो भने समाजलाई परिर्वतन गरी सभ्य, सुदृढ र विकसित बनाउन सकिन्छ ।
कानुनी राज्यमा राज्यका सबै संयन्त्रहरु न्यायमा आधारित हुनुपर्छ । सबै जातजाती, भाषा, धर्म, लिंग, क्षेत्र, वर्ग संस्कार बोकेका मानिसहरुलाई समन्याय प्रदान गर्नु आजको आवश्यकता हो । विष्पक्ष न्यायपालिकाबाट न्याय प्रदान गरी दण्डहिनताको अन्त्य हुनु पर्दछ । हामीले आफ्नो समाजमा ऐन, कानुनको विपरित केही कार्य भएको थाहा पायौँ भने तुरुन्त नागरिक समाज, सामाजिक अभियन्ता कानुन व्यवसायीलाई सम्पर्क गरेर राज्यबाट हत्या हिंसा जस्ता विभिन्न अपराधहरुको अन्त्य गरी सुदृढ र सक्षम समाजको निर्माण गर्न राज्यलाई सहयोग गर्नुपर्दछ । कानुनले नै नागरिकलाई अधिकार र कर्तव्य प्रदान गर्छ । यसले सत्यलाई बलशाली गराई न्याय दिन्छ र असत्यलाई दण्ड र सजायको भागीदार बनाँउछ । हामीले कानुनको पालना गर्नु भनेको नै आफ्नो कर्तव्य पालना गरेर आफू लगायत सम्पूर्ण नागरिकको अधिकारको रक्षा गर्नु आजको आवयकता हो ।