मोबाइलको लत र मनोदशा

कृषिता अधिकारी (निशा)
पछिल्लो समयमा मोवाइल इन्टरनेट गेम पब्जि, फ्रिफाएर एकदमै चर्चा परिचर्चामा रहेको छ । जसमा मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउदा समय बिताउन गाह्रो भएको र मोवाइल इन्टरनेट अति आवश्यकको रुपमा रहेको छ । त्यसैगरी आजभोलिका केटाकेटीहरुलाई मोवाइलले अतिनै आकर्षण गराएको छ । बालबालिकाहरु पढ्नमा ध्यान केन्द्रीत कम हुनु, मोवाइल चलाइराख्ने हुनु, मोवाइल नचलाउदा झर्किने रिसउने गर्छन् भने अब हामीले साधारण अर्थमा बुझ्न सकिन्छ कि बालबालिकाहरुलाई मोबाइलले कति समस्या ल्याएको रहेछ त ?

हामी सबै आम नागरिकले आफ्ना छोराछोरी प्रतिको हेलच्क्राइको कारणले पनि बालबालिकामा यस्ता समस्या देखिन थालेका हुन् भने अर्कोतिर विगतको केही वर्षहरूमा कोरोना माहामारिले विद्यार्थीको मानसिक स्थितिमा धेरै असर गरेको छ । कोरोना माहामारिले विद्यालयहरु बन्द हुन थाले, बालबालिकाको पठनपाठनमा अवरोध सृजना भएसंगै सरकारले अनलाइन प्रविधिबाट पठनपाठन सञ्चालन गरेको थियो । जसले गर्दा बाल मनस्थिति खलबलिन थाल्यो बालबालिकाहरु घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता भयो । यसै कारणले विद्यार्थीहरु मोवाइल इन्टरनेट तर्फ आकर्षित हुन थाले चौविसै घण्टा मोवाइलमा घेरिरहँदा विद्यार्थीहरुको पढाइमा प्रभाव पर्नुका साथै विस्तारै मोबाइलको लत बस्न थाल्यो । अर्कोतिर मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै जाँदा बालबालिकाहरु यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् ।

अर्कोतिर कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेभसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ । पब्जी, फ्रि–फायर, क्वाइन मास्टर, ज्याकपट म्याजिक स्लट, मोबाइल ले–जेन्ड्स र ई–फुटबललगायत ‘एप्स’ खेलको लतमा फसेका बालबालिकामा झनक्क झर्किने, रिसाउने र खेलमा भाग लिन रकम चोरीको समस्या बढी देखिन्छ । वास्तवमा यो अनलाइन खेल निःशुल्क रूपमा खेल्न सकिन्छ तर पनि स्कोर बढाउन, लेभल (चरण) पार गर्न र क्वाइन (यूसी, डायमण्ड र गोल्ड) खरिद गर्न बिचौलिया समूहले रकम माग्ने गरेको र रकम पनि भिजाकार्ड, ई–सेवा, खल्ती र आईएमईबाट लेनदेन हुने गरेको पाइएको छ ।

पछिल्लो समयमा बालबालिकाहरु पठनपाठनभन्दा मोबाइल बढी प्रयोग गर्ने, काम लगाउँदा अल्छी तथा बेवास्ता गर्ने, मोबाइल माग्दा झर्किने जस्ता आनीबानी देखापर्नु अनलाइन खेलको नकारात्मक असर हो । किनकि विश्वव्यापी तथ्यांक अनुसार आम जनसंख्याको करिब ३८ प्रतिशतमा यस्तो समस्या छ भने अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् । इन्टरनेटको लतलाई यसरी वर्गीकरण गरिएको छ :–

१. नेट कम्पलसन अर्थात् अनलाईन सपिङ्ग धेरै गर्ने ।
२. अनलाइन गेम प्लेइङ एडिक्सन अर्थात इन्टरनेटमा धेरै गेम खेल्ने लत ।
३. साइबर सेक्सुअल एडिक्सन अर्थात् इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोस्टर वा भिडियोको लत ।
४. साइबर रिलेसन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इन्स्ट्राग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत ।

इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर अरु मानसिक समस्यामा जस्तंै एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ ।

जसमा तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निन्द्राको समस्या, थकान महशुस हुनु, थकान महशुस हुनु, रक्सिको दुरुपयोग बढ्नु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुने त्यस्तै ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या (सुख्खापन र देख्नमा समस्या), खान मन नहुने, वजन वा तौल घट्ने समस्या देखा पर्दछ ।

तसर्थ, आफ्ना साना छोराछोरीले कम्युटर वा मोबाइल आफूले भन्दा राम्रो चलाउँछन् भनेर कतिपय आमाबुवा मख्ख पर्ने गर्छन् र मोवाइल फोन दिने गर्दछन । तर त्यसरी स्मार्ट फोन वा कुनै पनि ग्याजेट चलाउँदा विभिन्न एपहरू खोज्न सकेको भनेर खुसी हुनु भन्दा पनि त्यसबाट बालबालिकालाई कसरी टाढै राख्नुपर्छ त भन्ने बारे ध्यान दिनु जरुरी छ । किनकि बच्चाहरूले मोबाइल चलाएर पाउने भन्दा धेरै गुमाउने कुरा हुने भएकाले उनीहरूलाई त्यसो प्रयोगमै रोक लगाउनु आवश्यक हुन्छ ।

खासगरि हामीले देखिरहेका र भोगिरहेका प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्ने गर्दछन् । त्यस्तै आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना ख्वाउन थालेपछि त झन् बिस्तारै उनीहरूको यसैमा बानी बस्ने त्रम जारि हुदै जान्छ अर्कोतर्फ ठूलो भइसक्दा पनि छोराछोरी मोबाइल नहेरी खानै नखाने भएपछि बल्ल यस्तो बानी समस्या भइरहेका छन त्यसैले बालबालिकालाई यस्तो कुलतबाट जोगाउन सर्वप्रथम अभिभावक नै यसबाट मुक्त हुनु जरुरी छ । आफूले घण्टौं फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । बालबालिकाले खाना खाने बेला मोबाइल वन्देज गर्नुपर्छ भने परिवारका सबै सदस्यहरू बसेर रमाइला कुरा गर्दै खाना खाँदा यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि सुधार्न मदत गर्दछ ।

यदि लामो समयसम्म कम्प्युटरमा काम गर्दा आँखाको परेला धेरै बिग्रिने आँखाका मांसपेशीहरु थाक्ने र सुक्खापन बढ्छ र दुख्न पनि थाल्छ र टाउको भारी हुन्छ । अर्कोतिर आराम, व्यायाम नगरेर कम्प्युटरमा मात्र काम गर्नेहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन्छ । बालबालिका, किशोरकिशोरीलाई यस्तो समस्या आयो भने, उनीहरूको जीवनमा कति कठिन होला त यसलाई एकदमै गम्भीरता पूर्वक लिनु जरुरी छ । त्यसैले पनि हामीले हाम्रा छोराछोरीलाई प्रविधिको विवेकपूर्ण प्रयोग गर्न अहिल्यै सिकाउनु पर्छ । त्यसैगरी सामाजिक सञ्जालको कृत्रिम दूनियाँमा रमाइरहेका बालबालिकाहरु पछि गएर व्यावहारिक हुन सक्दैनन् ।

उनिहरु जिवनमा आउने चुनौतिलाई सामना गर्न सक्ने क्षमता कम हँुदै जानुका साथै आत्मविश्वासमा कमि आउने कसैसँग आँखामा आँखा जुधाए कुरा गर्न नसक्नु अनिद्रा तथा माइग्रेनका समस्या उत्पन्न हुनुका साथै यसले दिर्घकालिन रुपमा पार्ने असरले मानिसको व्यक्ति तब विकासमा उथल पुथल पार्न सक्दछ । त्यसैले हामीले हाम्रो बालबालिकाको स्वास्थ्य अवस्था शारीरिक र मानसिक दुवै तबरले ख्याल राख्नु जरुरी हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *