जीवन शाक्य
ज्ञान विना कूनै पनि उमेर अवस्थामा स्वास्थ्य पाउन कठिन हुन्छ । साचो वा वास्तविक ज्ञान भनेको अनुभुुति वा अनुभवमा उत्रिएको ज्ञान हो । यसले मात्रै जीवनमा एउटा सहि धारणा वा दृष्टिकोण बनाउन सहयोग गर्छ । सफलता सन्तोष सुख शान्ति प्रेम पाउन सहयोग गर्छ, जीवनको मार्ग चित्र कोर्न सक्षम बनाउँछ । कसैले झुठल्याउन भ्रमित पार्न सक्दैन, अरुको धेरै भर पर्नु पर्ने हुँदैन । अनुभवमा नआएको कुरालाई हृदयले वास्तविक रुपमा स्वीकारेको हुँदैन, त्यसैले शान्तिको कमी अर्थात तनावको अनुभुति भइराख्छ ।
आफनै अनुभवमा उत्रिएको ज्ञान पाउन सबै मनुष्य सचेत जागरुकता हुने बढाउने अनुभवको भट्टीमा खारिनु आवश्यक छ । ताकी जीवनमा सबै भन्दा भरपर्दो साथी आफै हुन सकियोस्, समस्या तनाव रोग दुख कष्टको समाधान गर्न सकियोस । यसको लागि खोज अध्ययन अनुसन्धान वा साधना गर्नु आवश्यक छ । मनुष्य भए पछि सबैले यस प्रति जिम्मेवार उत्तरदायी हुनु पर्छ । तर दुखको कुरो अति जरुरी आधारभुत अनुभव युक्त ज्ञान पाउने शोच धारणानै राख्दैनौ नत समय स्रोतको व्यवस्थित लगानी गरि यस्को कमाई गर्छौं, त्यसैले भ्रम दुविधा समस्याले हामीलाई कमजोर दुर्वल बनाइ रहेको छ । कसैको सहारामा रोगी दुखि विरामी भई बाँच्न बाध्य बनाइ रहेको छ । संसारमा हृदयको शान्ति स्वास्थ्य ज्ञान सुख आनन्दको कमाई गर्ने मनुष्य एकदम धेरै कम छन् ।
तर हृदयले शान्ति स्वास्थ्य सुख आनन्दको चाहना गरिरहेकै हुन्छ । र यो स्वास, खाना, नाना जस्तै स्वास्थ्य र क्रियाशिल दिमागको लागि जरुरी कुरो हो । यो नै जीवनको वास्तविक आधार हो जस्लाई भगवान वुद्ध सन्त श्रृषिमुनिहरुले खोज गरे र दुखि मान्छेहरुलाई यसबारे देशना गरि मनुष्यको उदार गर्न ४५ वर्ष सम्म कठिन पैदल यात्रा गर्दै भिक्षाटन गरेर जीवन धान्ने काम गरे । तर हामी भने मात्र पैसा सम्पत्ति सुविधा पद साधन कमाउन जुटाउन काम क्रोध लोभ मोह डर त्रास अहंकार इष्र्या द्धेषको शैतानी शोच ब्यवहारमा जिन्दगी गुजार्छौ ।
यसको लागि जातभात विभिन्न थरिको धर्म सम्प्रदायलाई मानिरहेका छौ । गोरो, कालो, होचो, मोटो, दुब्लो, सुकिलो नराम्रो भन्दै विभाजन, भेदभाव दमन शोषण गरिरहेका छौ । हाम्रो शिक्षा दिक्षानै यस्तो छ कि शान्ति सुकुन स्वास्थ्य पाउने खोज कमाज गर्नुको सट्टा पैसा सम्पत्ति साधन सुविधा मनोरन्जन वासना तर्फ लागिरहेका छौ । जसको लागि काम क्रोध लोभ मोह डर त्रास अहंकार इष्र्या द्वेषको शैतानी शोच व्यवहार अपनाउनै पर्ने हुन्छ । सामान्य मान्छेहरु यहि बाटोमा लागे त्यति फरक पदैर्न तर नेता कार्यकर्ता र उच्च पदस्थ अधिकार सम्पन व्यक्तिहरुले गरेका भ्रष्टाचार व्यभिचार, अपारदर्शी क्रियाकलाप, भेदभाव उचनीचका व्यवहारहरुले देशको आर्थिक सामाजिक राजनीतिक क्षेत्रमा ओरालो लागेर उद्योग धन्दा निर्माण विकास, कृषि आदि सबै क्षेत्र चौपट हुन लागिरहेको छ । अहिले पनि एक आपसमा गालि गलौज लडने भिडने गरिरहेकै छन । चुनावलाई देशको पैसा सम्पत्ति खर्चेर आफै र आफना चुनिने छानिने अनेक हतकण्डामा लागिरहेका छन् । देशमा आर्थिक संकट तर्फ धकेलिरहेको छ ।
सबै धर्म जात जाती सम्प्रदाय वर्गलाई अति जरुरत कुरो स्वास, खाना पानी नाना, छाना र शान्ति हो । यो भन्दा अर्को र बढी चाहना राख्नु तृष्णा कामना हो, जुन कहिले पुरा गरेर सकिदैन । मनुष्यले मनुष्यलाई कदर गर्ने सहयोग विश्वास प्रेम दया करुणा दिने मानवताको शोच व्यवहार निर्माण विकास उत्पादन लागि सबैलाई चाहिने अति जरुरत कुरो हो । यो विना शान्ति स्वास्थ्य प्रेम स्वतन्त्रता सार्थकता जीवनमा हुँनै सक्दैन । तर मान्छे मात्र यस्तो जात हो जस्को अनेक थर सम्प्रदाय छुवाछुत भेदभाव उचनिचको संस्कार बनाइएको छ । जस्ले मनुष्यको शोच क्षमता संकुचित र कमजोर बनाउछ, भैसी गाई जनावरको कुनै जात संस्कार छैन । उहिलेको युगमा सामन्ति राजा महाराजाहरुले बाँच्नको लागि बाध्य भई अंगालेको पेशालाई विभिन्न जात जातीमा बाँधेर उचनीच भेदभाव गर्न सिकाएको असमान अमानविय परम्पराहरुलार्ई मानि आइराखेका छौ ।
नियम कानुन संबिधानमा समय सापेक्ष केहि परिवर्तन गरिए पनि मनुष्य मनुष्यमा उचनिच भेदभावको विभाजन हटाउन सकेको छैन । मानवता सेवा दया करुणा प्रेम विश्वासको सम्वन्धलाई बलियो भरपर्दो बनाउनुको बदला आफुलाई भौतिक स्रोत साधनले सात पुूस्तालाई पुग्ने गरि सम्पन्न गर्ने बहुसंख्यकलाई जनता र देशलाई गरिवी भोक अभाव, अनिकालमा बाँच्न बाध्य पारिएको छ ।
स्रोत साधन जमिन सुविधा शक्ति हत्याउन विकशित भनिने देशहरुले समेत हात हतियार परमाणु बम वारुदको उद्योग चलाइ राखेका छन् । विज्ञान र सूचनामा सम्पन्न भएर गरिव देशलाई अरु थप शोषण उत्पिडनमा पार्न आर्थिक राजनीतिक उपनिवेशका षणयन्त्रपुर्ण खेल खेलिरहेको इतिहास कायम छ ।
हामीले होश चेत नभएर वा विर्सेर पैसा, साचो चिजविज आदि धेरै पटक कहाँ राख्छौ ठेगान हुँदैन, यसको लागि कहिले काँही दिनभर अन्त अन्तै खोज्छौ पाउदैनौ हैरान हुन्छौ । थकित हुन्छौ, खोज्ने ठाउँमा नखोजे पछि पाइने कुरो भएन । त्यस्तै शान्ति स्वास्थ्य सुख पनि हामी भित्रै छ, हृदयमा छ, बाहिर बाहिर मन्दिरमा, अन्त खोजेर पाईदैन ? हामी धेरैले, दिमागको तर्क विर्तक विचारको सहारा लिन्छौ जहाँ नकारात्मक अचेतन अर्धचेतन र तनाव मात्रै छ । परिवार समाज राज्यले दिएको गलत शिक्षा संंस्कार चञ्चल र अनियन्त्रित मन छ जस्ले श्वास र हृदयलाई पनि भ्रमित दुषित तुल्याएको छ । मनुष्य मनुष्यनै हो चाहे जुनसुकै जात भात वर्ग सम्प्रदाय हो किन नहुन, सबैले सबैको कदर सम्मान गर्नु पर्छ । सहयोग भरथेग गर्नु पर्छ, मिलेर उत्पादन सिर्जना र उद्योगमा लाग्नै पर्छ । मान्छेले मान्छेलाई सहयोग नगरे अर्को ग्रहबाट सहयोग गर्ने आउछर ? यो भनाई वुद्ध सन्त ऋषिमुनीहरुको हो । खैत यतातिरको लगानी कमाई ऐले सम्म ? अनि स्वास्थ्य शान्ति सुख चयन बाहिर बाहिर खोजेर पाइन्छ ? यहि प्रश्न गर्छन् वुद्ध सन्त, प्रेम रावतहरु ?
मान्छेलाई प्यास लागे पानी नै चाहिन्छ, खाना खाएर पनि हँुदैन, भोक लागे भोजन नै चाहिन्छ आरामको लागि निद चाहिन्छ, मुसलमान, वुद्धिष्ट, हिन्दु इशाई जैनलाई अरुथोक खाएर हुन्छ ? कोरोना रोग, भोकले जात भात भन्दैन होला ? भ्रष्टाचार गरि अर्बाै खर्बाै सम्पत्तिको मालिक हुने, विदेशी बैंकमा थुपार्ने, जनतालाई भोक प्यास र विरामी बन्न बाध्य पार्ने, झोला बोकाउने, अगतिलो महंगो अप्राविधिक रोजगार नदिने शिक्षा दिने ? कस्तो राजनीति र नैतिकता हो ? कस्तो मानवता हो ? कस्तो धर्म हो ? विकशित देशहरुले हात हतियारमा खर्च गर्ने एक तिहाई पैसाले सबै देशका मान्छेहरुको भोक मेटिन्छ, शान्ति स्वास्थ्य रोजगार पाउछ, संसार भिन्दै हुन्छ । शिल सदाचार मानवताको धर्म विपरित आफु मात्रै भौतिक स्रोत साधनले सम्पन्न हुन, द्वन्द्वयुद्धका राजनीति आर्थिक धार्मीक साँस्कृतिक धन्दा गरेर सबैलाई युक्रेन सोमालिया अफगानिस्तान बनाउने उद्योग गरेर शान्ति कहाँ पाइन्छ । इश्वरको दण्ड सजायका भागिदार त अवश्य भएकै छन् । मर्ने बेलामा अवश्य सबै हुनै पर्छ, तर विस्तारवादी साम्राज्यवादी राक्षसी सोच भएका नेता कार्यकर्ता उच्च ओहदावाल सवैलाई कहिलै शान्ति सुख चैन नहोस् ।
शान्ति स्वास्थ्य सुख आनन्दको केन्द्र हृदय हो, यसको कमाई गर्र्न श्वास हृदयको आवाज खोज अनुसन्धान गरि आफु बारे वास्तविक परिचय ज्ञान पाउने कोशिष गर्नै पर्ने हुन्छ । होइन भने यसको अभावमा पानी चुहिने भाँडो जस्तै सबैको शक्ति स्वास्थ्य शान्ति मानवता सकुन खेर गइराख्ने, चुहिराख्ने हुन्छ । जस्को लागि शिल सदाचार मानवतामा आधारित प्रकृतिको नियम कानुनलाई मान्नै पर्छ । अनुशरण गर्नै पर्छ । प्रकृतिले कसैलाई दुख दिएको छैन दिएको छ भने गलत भौतिक स्रोत साधनको मालिक बन्ने चाहना तृष्णा पुरा गर्ने शोच धारणाले सिर्जना गर्ने कामक्रोध लोभ मोह डर त्रास अहंकार जस्तो नकारात्मक संस्कारले ग्रसित भएर गरिएका जुनसुकै क्षेत्रमा पनि भ्रष्टाचार व्यभिचार भेदभाव शोषण लगायत कार्वन उत्सर्जन गर्ने उद्योगधन्दा, वम वारुद मिसाइल बनाउने, यसको परिक्षण लगायत युद्ध द्वन्द्वको राजनीति आर्थिक नितीले गर्दा भएको छ । त्यसैले वुद्ध सन्तहरु ऋषिमुनिहरुले सचेत सम्वेदनशिलता, शान्ति स्वास्थ्य सुकुनको मार्ग आफनै संसार श्वास मुटु दिमाग र शरिरमा भएको गति कम्पन छालहरुलाई स्विकार्दै शाक्षिभावले हेर्ने निरिक्षण गर्ने योग ध्यान जस्तो पहिलो प्राथमिक आवश्यकता पुरा गर्न देशना दिनु भएको थियो छ । जस्को लागि एकेडेमिक ज्ञान चाहिदैन । यहि हो आत्मज्ञान रुपी ऐना । यहि ज्ञान अनुभुति अनुभवले मात्रै शान्ति स्वास्थ्य प्रेम क्षमता विश्वासको शोच भाव पलाउदै आउछ । यसैको लागि शिल सदाचार निर्माण विकासको विधि विधान बनाउन, स्रोत साधन संरचनाहरु बनाई व्यवस्थित रुपमा सञ्चालन गर्नु जरुरी छ । भवतु सब्ब मंगलम ।