शुभेक्षा पन्त
मानव इतिहासको शुरुवात कालदेखि नै मानवले पालन गर्नु पर्ने कुनै न कुनै स्वरुपका नियम, कानुनहरुको सिर्जना भएको थियो । वर्तमान युगमा व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रको मुख्य आधारशिला मानिन्छ, जसलाई कानुनी राज्यले मात्र सुदृढ बनाँउछ ।
कानुनको शासन, रिट निवेदनको नयाँ अध्याय र बेलायती नागरिकको स्वतन्त्रताको प्रथम बडापत्र तथा मानव अधिकारको आधारस्तम्भ म्याग्नाकार्टालाई मानिन्छ । १६ औं शताब्दीको अन्त्यमा म्याग्नाकार्टामा चासो बढेको थियो । म्याग्नाकार्टा ल्याटिन भाषाबाट लिईएको शब्द हो । म्याग्नाकार्टा इङ्ल्यान्डको एक कानुनी परिपत्र हो जुन सबैभन्दा पहिले सन १२१५ जून १५ मा जारी भएको थियो । बेलायतमा म्याग्नाकार्टा सम्झौताले व्यक्तिगत स्वतन्त्रता र अधिकारको रक्षाका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पत्रका रुपमा स्थान बनाएको छ । यसमा ६३ वटा धाराको व्यवस्था गरिएको छ । यसलाई संसदको समकालीन शक्ति र हबियास कर्पस (बन्दी प्रत्यक्षीकरण) जस्ता कानुनी सिद्धान्तहरूको लागि आवश्यक आधार बनायो ।
म्याग्नाकार्टा महाधिकार पत्र भन्नाले धार्मिक मामिलामा हस्तक्षेप गर्ने र स्वेच्छा चारितापूर्वक कर उठाउने राजकीय सत्ता विरुद्ध जारी हुन पुगेको दस्तावेज हो । म्याग्नाकार्टाको सुरक्षा र हबियास कर्पसको रिटको बीचको सम्बन्ध सत्रौं शताब्दीमा मात्र हाउस अफ कमन्स र किंग चाल्र्स बीचको द्वन्द्व पछि जरा गाडेको थियो । त्यस पछि हबियास कर्पसको रिट अंग्रेजी स्वतन्त्रतासँग सम्बन्धित सबैभन्दा महत्वपूर्ण सुविधाहरू मध्ये एक भयो । म्याग्नाकार्टाले अंग्रेजी इतिहासमा पहिलो पटक राजाको शक्ति नियन्त्रण गर्याे । म्याग्नाकार्टाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा विकासको खोजी गर्दछ ।
म्याग्नाकार्टा पछाडी बेलायती जनताले आफ्नो अधिकारको रक्षार्थ गरेको आन्दोलनको फलस्वरुप बेलायती न्यायधीश एडबड कोकको सक्रियतामा सन १६२८ मा बेलायती संसदद्धारा अधिकार पत्र पारित गरियो । मानव अधिकारको विकासक्रममा अधिकार पत्रले पनि धेरै भूमिका निर्वाह गरेको छ । अधिकार पत्रर्ला राजामा भएको सारवान सत्ता संसदमा ल्याउन सफल पहिलो प्रयासको रुपमा लिने गरिन्छ ।
बेलायती इतिहासमा मौलिक अधिकारको रक्षार्थ, १६४०÷१६४९ मा बन्दी प्रत्यक्षीकरण सम्बन्धी ऐन, संसदबाट पारित गरी लागु गरियो । यसले बन्दी अवस्थामा रहेका व्यक्तिहरुको मानव अधिकार रक्षामा महत्वपूर्ण टेवा पु¥याएको छ । कुनैपनि व्यक्तिलाई कानून विपरीत थुनामा राख्न नपाइने भन्ने कुरा यहाँबाट नै सुरुवात भएको हो । बेलायतमा, १६८८ मा भएको गौरवमय क्रान्तिले लामो समयसम्म चलिरहेको बेलायती राजा र संसद बीचको द्दोन्डलाई शान्तिपूर्ण अर्थात बिना रक्तपात समाप्त गरेको थियो । उक्त आन्दोलन पश्चयात राजा र संसद बीच एक सामाजिक सम्झौता भएको थियो, जसलाई बिल अफ राइर्टस, १६८९ भनिन्छ । यसले स्वतन्त्र न्यायपालिको अवधारण आत्मसाथ गर्नुका साथै मानव अधिकारको विश्वव्यापी घोषणपत्र ल्याउनुमा पनि सहयोग पु¥याएको छ ।
यसरी हेर्दा बेलायती विभिन्न घोषणपत्रहरुले मानव अधिकारमा सहयोग पु¥याएका छन् । यसको साथै बेलायती औपनिवेशमा रहेका अमेरिकी जनताहरुले बेलायतबाट स्वतन्त्र भएपछि मानव अधिकारको क्षेत्रमा बेलायतमा भएको विकासक्रमको प्रभाव बाहिरपनि परेको थियो । यसको प्रत्यक्ष उद्धारणका रुपमा अमेरिकी स्वतन्त्रताको घोषणा, १७७६ लाई लिन सकिन्छ । मानव अधिकारको विकासक्रमको चर्चा गर्दा मानव अधिकारको फ्रान्सेली घोषणपत्र, १७८९ महत्वपूर्ण मानिन्छ । व्यक्तिलाई पनि राज्यलाई सरह स्वतन्त्रता र आत्मनिर्णयको अधिकार रहन्छ भने धारणको विकास भईरहेको अवस्थामा अमेरिकी घोषण अगाडी आएको थियो । यस घोषणपत्रमा वैयक्तिक स्वतन्त्रता कानूनको अगाडी समानता विचार र अभिव्यक्तिको स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, सम्पतिको हक, कानून विपरीत थुनामा राखन नपाइने लगायतका विभिन्न अधिकारहरुको व्यवस्था गरिएको थियो । यसपछि भियना सम्मेलन, १८१४–१८१५को पनि मानव अधिकारको क्षेत्रमा महावपूर्ण योगदान रहेको छ । कांग्रेस जनहत्या रोक्ने र दास प्रथा तथा दास व्यापारलाई निरुत्साहित गर्ने प्रयास गरेको थियो ।
यी विभिन्न घोषणपत्रहरु मानव अधिकारको विश्वव्यापी घोषणपत्र पूर्वका अवस्था हुन् । मानव भएर जन्मेको आधारमा मानवलाई दिइने अधिकार नै मानव अधिकार हो । विश्वमा जन्मेका सबै मानवले यो अधिकार पाँउछन् । मानिसको यो अधिकार जन्मसिद्ध अधिकार भनिन्छ । यस अधिकारभित्र शिक्षा प्राप्त गर्ने अधिकार, बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार प्राप्त गर्ने अधिकार, आवतजावत गर्न पायने अधिकार इत्यादि पर्दछन् । मानव अधिकार भनेको सबै मानवको जन्मजात अधिकार हो । मानव अधिकारमा जीवन र स्वतन्त्रताको हक, यातनाबाट स्वतन्त्रता, काम गर्ने र शिक्षा पाउने अधिकार र अन्य धेरै समावेश छन् । मानव अधिकार मूल अधिकार र स्वतन्त्रता हुन् जुन संसारमा प्रत्येक व्यक्तिसँग सम्बन्धित छ ।
मानव अधिकार विश्वका सबै मानवले उपयोग गर्न पाउने नैतिक तथा कानुनी अधिकार हो । यी अधिकार मानवलाई मानव अधिकार घोषणपत्र १९४८ द्धारा दिएको हो । मानव अधिकारलाई शान्ति, स्वतन्त्तता र विकासको मुल आधारका रुपमा संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ का दिन देखि हरेक वर्ष १० डिसेम्बरमा मानव अधिकार दिवस मनाउदै आएको छ । मानव अधिकारको संरक्षण गर्ने कर्तव्य राज्यमा रहेको हुन्छ र यसको साथसाथै राज्यले कानुनी उपचारको पनि सुनिश्चित गरेको छ । नेपाल सन् १९५५ मा यसको अर्थात् संयुक्त राष्ट्र संघको सदस्य बनेको हो । नेपालको संविधान, २०७२ को भाग ३ को धारा १६ देखि ४६ सम्म रहेको मौलिक अधिकारहरुमा पनि मानवसँग सम्बन्धित अधिकारहरु रहेका छन् । यसको इतिहास मानव सभ्यता जतिकै पुरानो छ । तर सन् २००६ पछि सरकार, राजनीतिक दल र माओवादी बीचको १९९६ र २००६ को बीचमा एक दशक लामो द्वन्द्व अन्त्य गर्न र लोकतन्त्र र कानूनको शासन पुनःस्थापित गर्न विस्तृत शान्ति सम्झौता भएको थियो ।
मानव अधिकार प्रजातन्त्रलाई कायम राख्ने आधारभूत आवश्यकता हो । मानव अधिकारको औचित्य र अनिवार्यतालाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । यो प्राकृतिक कानुनका सिद्धान्तहरुमा समेत आधारित छ । मानव अधिकारको ऐतिहासिक उत्पतिको कुरा गर्दा पश्चिमी अनुभव, नैतिक, दार्शनिक तथा राजनीतिक सिद्धान्तहरुसँग विकासलाई जोड्ने गरिएको छ ।
मानव अधिकार र मानवीय कानूनको संरक्षणका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय निकायहरुले आ–आफ्नो क्षेत्रबाट पहल गरेको पाइन्छ । कसैको अधिकार उल्लङ्घन हुन लागेको अवस्थामा उल्लङ्घन हुनबाट रोक्ने काम गरेका छन भने कसैले अधिकार उल्लङ्घन भइसकेको छ भने सो अधिकार बहाली गर्ने कार्य गरी संरक्षण गर्ने कार्य गर्दे आएका छन । मानव अधिकार र मानवीय कानूनको संरक्षणका लागि सरकारी निकाय, अदालत, मानव अधिकार आयोग लगायतका प्रशासनिक संयन्त्र स्थापना गर्नुका साथै अधिकारवाला, कर्तव्यवाला तथा आम नागरिकमा अधिकारप्रतिको सजगता अपनाउन महत्वपूर्ण भूमिका रहन्छ । कानुनको पालना गर्नु सबैको कर्तव्य भएकोले यसबारे सबै सजग हुन जरुरी छ ।
कानुन शासनको विद्यमानतामा नै मानव अधिकारको प्रत्याभूति सुनिश्चित हुन्छ । कानुनको शासन सुशासनको एक पूर्वसर्त तथा लोकतन्त्रको आधार स्तम्भ हो । यदि कानुनको शासन हुने हो भने समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने हाम्रो यात्रा सही गन्तव्यमा अघि बढ्न सहज हुनेछ ।