स्थानीय निर्वाचन : असल प्रतिनिधि छान्नमा नचुकौं

सरोजराज पन्त
संघीयता सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार मानिन्छ । सरकारले देखेको समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार गर्न सुशासन र सदाचार अपरिहार्य साधन हो । त्यसैले, सुशासन र सदाचारलाई समृद्धि, दिगो शान्ति र विकासको लागि प्रस्थान बिन्दु मानेर अघि बढ्न आगामी निर्वाचमा असल नेतृत्व छान्न आवश्य छ ।

निर्वाचनमार्फत असल प्रतिनिधि छनोट गर्न पाउनु लोकतन्त्रको सुन्दर आधार हो । आफूले छानेको असल इमान्दार प्रतिनिधिले आफूमाथि शासन गर्ने अनुमति जनताले निर्वाचनमार्फत दिन्छ । आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु भएकोले विश्वभर यस विधिलाई निकै महत्व दिइन्छ । निरंकुश शासकहरू समेत निर्वाचनमार्फत आफू सत्तामा आएको देखाउने प्रपञ्च गर्दछन् । सैनिक ‘कु’ भएका देशको अबस्था हेर्दा निर्वाचन गरेको देखाइनुले यसको महत्व बारे सहज बुभ्न सकिन्छ । संघीय संरचनामा मुलुक प्रवेश गरेपश्चात् दोस्रो पटक आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गैरहेको छ । नेपालभर एकै चरणमा हुन लागेको निर्वाचनमा आयोगमा १११ राजनीतिक दलहरु दर्ता भएका छन् । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलहरु दर्ता भएका छन् । कुल ८० राजनीतिक दलको निवेदन परेकोमा राष्ट्रिय मान्यता प्राप्त दलसहित ७९ दल दर्ता भएका छन् । अहिले राजनीतिक दलहरू उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त छन् ।

लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासन र सदाचार बिना सम्भव देखिदैन । सुशासन साधन र साध्य दुबै हो । बेलायत, जापान, भुटान, बेल्जियम, ब्रुनाईजस्ता विकसित देशहरुमा राजारानीलाई साथमा लिएरै संघीयता चलाइरहेको देखिन्छ । संघीयता लागू भएपछि पनि कतिपय पूर्वकालमा भएको विकासलाई आत्मसात् गरिएको छ । हाम्रो मुलकमा पनि पाँच विकास क्षेत्रका विवादरहित नामलाई आत्मसात् गरी प्रदेश किन बनाइयो अहिले यो सबै परिवर्तन हुनु हाम्रो मानसिकताको दुर्बलता हो भन्दै पछुतो मानेका पनि छन । संघीयतामाथि विभिन्न टीकाटिप्पणी आइरहेको सन्दर्भमा हजारौँ वर्षदेखि नेपाल भनेर चिनिने मुलुकको जगेर्ना गर्नमा हामी सबैको ध्यान जान जरुरी छ । बेलायत, जापान जस्ता मुलुकले संघीयतामार्फत देशको विकास गरिरहेका छन् । सभ्यता, नैतिकता र अनुशासनको पाठ नसिकेसम्म संभीयता सार्थक बन्न सक्दैन । सुशासन भनेको सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हुन्छ ।

नेपालको सबैभन्दा ठूलो समस्या भनेको नेपाललाई विदेशीको खेलाउन बनेको छ । यसले गर्दा नेपाल र नेपालीको स्वतन्त्रता, अखण्डता, विकासमा गहिरो असर पारेको छ । नेपालको वर्तमान शासन प्रणाली र नेपालीले भोग्दै आएको राजनीतिक, सामाजिक, आर्थिक र मानवीय समस्याहरु हुनुले सुशासन र सदाचारमा कम भएको छ । सामाजिक समावेशीकरण, गुणवत्ता व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता, नवीनता, आर्थिक अवसरहरु, प्रशासनिक पूर्वाधार, सुशासन, सदाचार, शिक्षा आदि राष्ट्र निर्माणका आधारहरु हुन् । सुशासनको अवधारणा मानव सभ्यता जत्तिकै पुरानो छ । शासन भनेको निर्णय लिने प्रक्रिया हो । मुलुकमा सुशासन कायम गर्न विधिको शासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासन, दण्डहीनताको अन्त्य, मानव अधिकारप्रतिको सम्मान, जनउत्तरदायी सरकार, आदि आवश्यक कुराहरु हुन । यो बहुआयामिक मान्यता र प्रक्रिया हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । सामाजिक मर्यादा र कानुन अनुकूलको चरित्र नै सदाचार हो । सदाचारको मापन देश, काल, परिस्थिति, समाज, धर्म, र सांस्कृतिक मूल्य मान्यतामा निर्भर हुन्छ । आफूलाई तोकिएको काम इमान्दारी र निष्ठावान साथ गर्नु नै सदाचार हो । सत्य कर्म, सत्य वचन, असल रहनसहन, स्वस्थ खानपान, सहनशीलता सदाचारका गुणहरु हुन । अब सबैले व्यक्तिगत लाभ त्यागेर सार्वजनिक सेवासँग जोड्न अति आवश्यक छ ।

अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनको लागि शिक्षित युवाको महत्व बढि हुन्छ । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट सदाचारको पालना गरेर चलाउनु पर्दछ । असल नेता, युवा शक्तिको प्रयोग गरी देश निर्माण गर्नु उज्ज्वल भविष्यको सुनिश्चित गरेमा विकासको लागि मात्र नभई देशलाई सुधार्न सकिन्छ । शिक्षित युवा, सदाचार र सुशासनबाट नेपालीहरुको विकासका सपना समृद्धिको बाटो पहिलाउन सकिन्छ । देशमा संघीय व्यवस्था आएपनि अथाह स्रोतसाधन हुँदाहुँदै पनि देश र जनताको समृद्धिको सपना पूरा हुन सकेका छैन । युवाका जोश, जाँगर, उत्साह, सिर्जनशिलता, सोच र विचारको कदर हुन सके मात्र हामीले परिकल्पना गरेको सम्बृद्ध राष्ट्र निर्माण हुन्छ भन्ने विषयमा नेता र सरकारको ध्यान जान सकेको छैन । संसार परिवर्तन गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ । नेपाललाई के दिन सक्छु भन्ने नविन सोच र चिन्तन गरी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशिल, लगनशील, कर्तव्यनिष्ट भएर अगाडि बढ्न नसक्दा यो व्यवस्था माथि अनेकौ प्रश्न उठेका छन ।

पछिल्ला वर्षहरूमा आवधिक निर्वाचन आफैंले लोकतन्त्रको आत्मा बोक्न सकेन भन्दै राजनीतिक दलको आलोचना हुँदै आएको छ । बहुमतीय निर्वाचन प्रणालीमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार छनोट हुने भए तापनि एकातिर बहुमत मतदाताले छनोट नगरेको उम्मेदवार विजयी हुने हुँदा वास्तविक प्रतिनिधित्व हुन नसकेको मानिन्छ । अर्कोतिर विश्वभर देखिएका निर्वाचनका गतिविधिले आम नागरिकको वास्तविक मत जाहेर हुन नसकिरहेको भनी आलोचना भइरहेको छ । निर्वाचनमा हुने शक्ति र स्रोतको प्रयोग, महँगो निर्वाचन प्रणाली डन र धन अर्थात मनी, मसल्स र माफियाको बढ्दो प्रभावले भयरहित वातावरणमा आफ्नो विवेकको प्रयोगबाट मतदाता वञ्चित गराइरहेको आरोप पनि धेरै मात्रामा सुन्ने गरिन्छ ।

नेपाली लोकतन्त्रको प्रमुख चुनौती मतदाताले भयरहित वातावरणमा स्वतन्त्र रुपमा मतको विवेकपूर्ण प्रयोग गर्न पाउने वातावरणको सिर्जना गर्नु हो । निर्वाचनका क्रममा हुने अस्वच्छ प्रचारप्रसारको होडबाजी, प्रतिबद्धता एवं आफ्नो विगतका बारेमा दलहरूले जनतासमक्ष पेश गरेका कामहरूको फेहरिस्तले मतदाताहरुलाई भ्रमको सिर्जना गर्नु हो । नेपाल जस्तो अल्पविकसित तथा विकासोन्मुख देशका मतदातामा गहिरिएर राजनीतिक दल तथा उम्मेदवारका चुनावी घोषणपत्र वा प्रतिबद्धतापत्रको लेखाजोखा गर्न नसक्नु हो । नेपालमा दलको विचार, आदर्श, सिद्धान्त, प्रतिबद्धतार भावीरणनीतिभन्दा तीन ‘म’ अर्थात् मनी, मसल्स र माफियाको भूमिकाको कारण मतदाता प्रभावित पारिन्छन । नेपालको इतिहासमा स्थानीय निकायको पहिलो निर्वाचन २००४ मा काठमाडौं म्युनिसिपलिटीको निर्वाचन भयो । अर्को निर्वाचन २०१० सालमा र संसदको निर्वाचन भने २०१५ सालमा भएको थियो । जुन संविधानसम्मत गरिएको पहिलो निर्वाचन हो । पंचायती शासन व्यवस्थामा पनि गाउँ पंचायत, नगर पंचायत, जिल्ला पंचायत तथा अञ्चल पंचायतका निर्वाचनहरू भएका थिए । २०३७ सालमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायत मान्ने भन्नका लागि जनमत सङ्ग्रह भएको थियो । २०४६ को परिवर्तन पश्चात गाविस, नगरपालिकाका साथसाथै आम निर्वाचनहरू सम्पन्न भएका थिए । दोस्रो जनआन्दोलनपश्चात् संविधानसभाका दुई निर्वाचनसँगै संघीय संरचना अनुसार तीन तहका निर्वाचनहरु सम्पन्न भएका थिए ।

संघीयताको पहिलो निर्वाचनपश्चायत यस अवधिमा विभिन्न कानुनको निर्माण भएका छन । पालिकास्तर, वडास्तरमा भौतिक तथा अन्य पूर्वाधारहरूको निर्माण भएका छन् । स्थानीय आवश्यकताका आधारमा योजना, बजेट तथा कार्यक्रमहरूको छनोट तथा कार्यान्वयन भई स्थानीय लोकतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुगेको छ । अहिले भावी नेतृत्व छनोट गर्ने अवसर आम मतदातामा आएको छ । यो मतदाताका लागि सुनौलो अवसर हो । अब उपयुक्त प्रतिनिधि छनोट गर्ने चुनौती हामी सामु आएको छ । प्रत्येक मतदाताले आफ्नो मतको विवेकसंगत प्रयोग गर्नु अति आवश्यक छ । हरेक दिन हुने प्रचार–प्रसार तथा प्रतिबद्धताको होडबाजीका बीच उत्तम उम्मेदवार छनोट गर्न आम मतदातालाई सजग हुनु अति जरुरी छ । मतदाताहरूमध्ये आफ्नो विवेकको प्रयोग गरी हिजोको शिक्षा, आजको इच्छा र भोलिको प्रतिक्षा पुरा गर्न सक्ने, विगतको मूल्यांकन गरी भविष्यको आकलन वा पूर्वानुमान पुरा गर्न आवश्यक छ ।

अब मतदाताहरूले आफनोभन्दा राम्रो व्यतिmलाई स्थानीय आवश्यकता, उम्मेदवारको उपयुक्तता समेतको विश्लेषण गरी उपयुक्त उम्मेदवारको सूची तय गर्न र छनोट गर्नका लागि सिफारिस गर्नुपर्ने देखिन्छ । आम मतदाताहरूले भने निर्वाचनको मैदानमा रहेका उम्मेदवारहरूमध्ये उपयुक्त उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्नु गराउनुपर्ने देखिन्छ । उपयुक्त उम्मेदवार पहिचान गर्न जटिल भएता पनि कम्तीमा निम्न आधार मानी छनोट गर्न जरुरी छ ।

दल र पालिकाको आवश्यकता पहिचान गर्ने
अब मतदाताहरुले उम्मेदवारको उपयुक्तता निर्धारण गर्दा उपयुतm दल र पालिकाको लागि दिलो दिल ज्यान दिएर काम गर्न सक्ने नेतृत्व छनोट गर्न आवश्यक छ । यसरी आवश्यकता पहिचानगर्दा पालिकाको आर्थिक, सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाका साथै मानवीय तथा भौतिक विकासका सम्भावनाको आधार लिनु पर्दछ ।

प्राथमिकता निर्धारण
उम्मेदवारको उपयुक्तता निर्धारण गरी उपयुतm प्राथमिकता राखेर भौतिक, मानवीय विकास र आर्थिक उन्नतिको लागि कृषि, पर्यटन, उद्योग वा अन्य क्षेत्रमा विकास गर्नमा विश्लेषण गर्नुपर्दछ ।

उम्मेदवारको क्षमता विश्लेषण
चुनावी मैदानमा लडेका उम्मेदवारहरूमध्ये क्षमताको सूचना संकलन तथा विश्लेषण गर्नु महत्वपूर्ण पक्ष हो । उम्मेदवारको पृष्ठभूमि, प्रदेश तथा संघसँगको सम्बन्ध, नेतृत्व सीप, क्षमता, शैली, विकासप्रति उमेदवारको इच्छाशतिm, चाह, भोक, सामाजिक प्रतिष्ठा समेतको विश्लेषण गरी परिपक्व नेतृत्व छनोट गर्न सक्नु पर्दछ ।

हाम्रोभन्दा राम्रो उम्मेदवारको छनोट
वर्तमान दलीय व्यवस्थामा दलको सिद्धान्त र नीतिको भूमिका गहन हुन्छ । व्यक्तिको व्यत्तित्व तथा पारिवारिक पृष्ठभूमि, नेतृत्व गर्न सक्ने क्षमता, विकासप्रति उसको दृष्टिकोण वा लगाव, सामाजिक छविको आधारमा व्यक्तित्व छनोट गर्नु पर्दछ ।

उमेदवारको प्रतिबद्धता/घोषणापत्र
नेपालको बहुदलीय लोकतान्त्रिक अभ्यासमा पालिकाहरूमा केही पदहरूमा स्वतन्त्र हैसियतमा उम्मेदवार हुने गरेको पाइन्छ । निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दल र उमेदवारहरूले मतदातासमक्ष आफ्नो चुनावी घोषणापत्र जारी गर्दछन् । यस्ता चुनावी घोषणापत्रको गहन विश्लेषण गरी उपयुतm उमेदवारलाई निर्वाचित गर्न धारणा÷प्रतिबद्धता जाहेर गर्नु पर्दछ ।

घोषणापत्र कार्यान्वयन र कार्ययोजनाको लागि सार्वजनिक सुनुवाइ
घोषणापत्र कार्यान्वयन गर्न कार्ययोजना सहित सार्वजनिक रूपमा सुनुवाइको माग आम मतदाताले गर्नुपर्दछ । यस्ता सुनुवाइहरू सम्भव भएसम्म एउटै मञ्चबाट धेरै उम्मेदवारको बीचमा गराउँदा थप प्रभावकारी हुनेछ । यो अभ्यास अबको चुनाबबाट सुरु गर्न सक्नु पर्दछ ।

उपयुक्त उम्मेदवार छान्ने
चुनावी मैदानमा उत्रिएका उमेदवारहरुमध्ये उपयुक्त उम्मेदवार छान्नु र उपयुक्त उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धा हुने असल वातावरण सृजना गर्न नितान्त आवश्यक छ । प्रतिस्पर्धामा उत्रिएका उमेदवारहरुमध्ये उपयुक्त उमेदवार छान्न मतदाताले विवेकको प्रयोग गर्नुपर्दछ र उत्तम उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराउने विषयमा राजनीतिक दलले विवेक प्रयोग गर्न अति आवश्यक छ ।

विगतको मूल्यांकन गरी निर्णय लिने
अब मतदाताहरूले दलीय हिसाबमा विगतमा गरेका काम, शैली, नेतृत्व र कार्यकालको मूल्यांकन गर्नुपर्दछ । यसरी मूल्यांकन गर्दा निर्वाचन अगाडि उसको प्रतिबद्धतापत्रमा आधारमा के कति काम भए ? प्रतिबद्धता पूरा गर्न सके वा सकेनन ? नसकेको भए त्यसमा के कस्ता कमि कमजोरी रहे ? आफ्ना प्रतिबद्धता पूरा गर्न इमानदारीताका साथ प्रयास गरे वा गरेनन ? पूरा हुन नसक्नुमा दल वा नेतृत्व र उसको दोषको हिस्सा कति छ ? प्रयास गर्दागर्दै बाह्य कारण लक्ष्य प्राप्त गर्न नसकेको हो वा होइन आदिको मूल्यांकन गर्न जरूरी छ ।

चुनावी मैदानमा उत्रिएकामध्ये उपयुक्त उम्मेदवार छान्नु
उम्मेदवारबीच प्रतिस्पर्धा हुनु एक नितान्त फरक र गहन विषय हो । उत्रिएका उमेदवारहरुमध्ये उपयुक्त व्यतिm छान्न मतदाताले विवेकको प्रयोग गर्नुपर्दछ । उत्तम उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराउने विषय राजनीतिक दलले विवेकको प्रयोग सक्नु पर्दछ । दलले उम्मेदवारको राजनीति÷समाजमा गरेको योगदानको विश्लेषण गर्दै व्यतिmगत गुट र माथि उल्लेख गरिएका तीन ‘म’ बाट प्रभावित भएर टिकट लिने र दिने तथा विवेकले मतदाता गर्न जरुरी छ ।

देशको मुहार फेर्न ल्याएको संघीयतामा विकास सुस्त र कछुवा गतिमा भएको छ । जनताका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन् । धेरै मानिसहरु घरवारविहीन भएका छन । बेरोजगारी समस्या बढदो छ । मानिसहरु रोग, भोक, शोकले मरिरहेका छन् । वितृष्णाको कारण आत्महत्या दर निकै बढिरहेको छ । मानिसहरुका सपनाहरु चकनाचुर भएकाले शहरदेखि गाउँसम्म मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढेको छ । यसको अर्थ राष्ट्र निर्माणका लागि स्रोत र साधन मात्र भएर हुदैन, त्यसको लागि दुरदर्शी दिगो सरकार, लगनशीलता, निती नियमको पुर्ण कार्यान्वयन हुनु पर्दछ । त्यसैले राष्ट्र निर्माणको लागि एक साधन मात्र भएर हुदैँन्, सबै कुराको मिलाएर काम गर्नु पर्दछ । देश विकासको लागि तेरो र मेरो नभनि राष्ट्र निर्माणका लागि एकजुट भई लाग्नु पर्नेमा त्यो हुन सकेको छैन । केन्द्रदेखि स्थानीय सरकार जता हे¥यो उतै सरकार तर तालमेल नभएर काम हुदैन । यो कसरी जनताको सरकार हो यदि नागरिकका सास्तीले पिरोल्दा पनि सरकार र नेतृत्वलाई पिरोल्दैन भने । जनताको नाम बेचेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र, छाडातन्त्र भित्राए पछि कसरी जनताकालागि शासन हुन्छ, जनअपेक्षा पुरा हुन्छन र गणतन्त्र सस्थागत हुन्छ ?

नेताको अवसरवादी चरित्रका कारण आज राजनीति फोहोरी खेलको सज्ञा बन्न पुगेको छ । यसरी राजनीति प्रतिको साख र दृष्टिकोण नकरात्मक बन्दै गएमा जन धारणामा समेत नकरात्मक सोच आउने र नेता, राजनीतिज्ञ प्रति थप आक्रोस बढेको देखिन्छ । संघीय संरचनामा नेपाल अझै पनि विकासन्मुख देशको रुपमा रहनुले र यहाँ प्राकृतिक सौन्दर्य, स्रोत साधनको खानीको सदुपयोग गरी देशको विकास हुन नसक्नुले यो समस्या आएको पाइन्छ । सुशासन र सदाचारको कमिले गर्दा देखिएका यी समस्याको समाधान गर्न दिगो विकास हुन जरुरी छ । गणतन्त्रलाई सस्थागत गर्न सम्बद्ध दल, राजनीतिज्ञ, नेता, कार्यकर्ता तथा सचेत नागरिक समयमै चतुर बन्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *