याम बहादुर थापा मगर
प्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
मैेले छोरालाई चिठी पत्र नलेखेको तिन चार महिना भयो । चिठी पत्रको प्रयोग व्यवहारमा हराउदै गएको छ । मौखिक रुपमा अर्ती उपदेश,सरसल्लाह दिने काम भौतिक रुपमा थोर बहुत भएको नै छ । तर भरमग्दुर रुपमा नभएको हो कि भनी हराउँदै गएको संस्कृति,कला चिठी पत्रको साथ लिएको छु । चिठी लेखेर व्यक्त गर्न खोजेको विषय वस्तु र विद्यालय घर परिवारमा पाउने शिक्षाको आशय खासमा फरक नहोला । तर छोरा र छोरी दुवैलाई काम लागोस तथा छरछिमेकीका समाजका युवा जमातलाई काम समेत लागोस भन्नका लागि चिठीको साहारा लिएर अध्ययनशील हुनका लागि प्रेरित गरोस भन्नका लागि फरक माध्यम अपनाएको मात्र हो । बाबा आमालाई गर्व लाग्ने गरी किताबको साथी बन्नका लागि अनुरोध छ ।
विश्वमा युक्रेन र रुसका बिचमा घमासन युद्ध भएको छ । युक्रेनको तेल खानीमा रुसको आँखा लागेको छ । तेश्रो विश्वको सुरुवात हुने होकि भन्ने डर त्रास छ । नेपाल देशले युक्रेनको पक्षमा मत दिएको छ । सो युद्धका कारणले नेपालमा मुल्यवृद्धिको मारमा जनता परेको खबर छ । विदेशी डलर आयातमा रोकावट भएको अवस्था छ । छिमेकी मुलुक श्रीलंकामा कागज किन्ने डलर नभएर उच्च शिक्षा लिनबाट वञ्चित भएको अवस्था छ । ऋणको भारी,लोडसेडिङको मारमा श्रीङकाली जनता परेका छन् । सोको बारेमा छोराले जानकारी लिनुपर्दछ । खाद्यान्नको संकट र उर्जाको संकट जसरी श्रीङकामा परेको छ त्यसरी नेपालमा भोग्न नपरोस भन्नका लागि युवा जमातलाई सजग गराउनु पर्दछ । नेपालका अर्थशास्त्री राजनीतिशास्त्रीको विचार उत्तेजक विश्लेषण सुन्न बुझन जरुरी भएको छ ।
साँझ बिहान स्वय तिमीले खाना बनाउने कामले छोराको पढाइमा रत्तिभर फरक पर्नु हुदैन । खाना पकाउदा खर्च हुने समयलाई बढी मात्रामा मोबाइलमा टिकटक,गेम खेल्ने समयलाई छोटयाउदै जानुमा श्रेयस्कर हुन्छ । मोबाइलको बढी मात्राको लत सृजनात्मक हुन सकेन भने बोइलर कुखुरा जस्तो युवा बनाउने कुरामा विश्वस्त हुन सकिन्छ । मोबाइलमा सुचनामुलक,शिक्षाप्रद,उत्साहप्रद सिकाइको साधन बनाउनमा ध्यान दिनुपर्दछ । विद्यालयमा अध्ययन गर्ने समय र घरमा अध्ययन गर्ने समय भन्दा बढी समय मोबाइलमा बित्न थाल्यो भने छोराले बुझनुपर्दछ कि बाबाआमालाई पिरको भाडो मोबाइल बनेको हुन्छ । विज्ञान र प्रविधिको उपजको मोबाइल कलिला बालबालिकाको लागि अभिशापको साधन बन्न पुगेको विषयलाई छोरा हिम्मतले ख्याल गर्नुपर्दछ । फेरी मोबाइल नै प्रयोग नगर्ने भन्ने अर्थमा होइन नि ।
आफनो कपडा आफै धुने र आफै नुहाउने भैसकेको टिनेजर्सले कुलत, कुप्रथा,कुचलन,कुरीतिका विरुद्धमा आवाज उठाउँदै त्यसका विरुद्धमा आजीवन लागि रहनु पर्दछ । टिनेजर्समा गाजा,चरेशको लतमा लाग्ने बहुत खतरा हुन्छ । छोरा हिम्मत दुव्र्यसनीको लतबाट टाढा हुदै साथीसँगीलाई कुलतमा लाग्न नदिनको लागि अभिप्रेरित हुनु पर्दछ । बारम्बार मौखिक रुपमा भनेको कुरा फेरी लिखित तरिकाले भन्दा एकोहोरो भनी रहदा झयाउ लाग्न सक्दछ । तर असल र सभ्यताको संस्कृति पटक पटक भन्दा पनि दुख मान्नु हुदैन । डाक्टर,इन्जिनियर मात्र बनोस भन्ने चाहना होइन । असल नागरिक मध्येमा जुन क्षेत्रको भएपनि फरक पर्देैन । तर सदमार्गमा हिडने र आत्मनिर्भर सहित स्वरोजगार बन्ने बाटोमा लाग्ने शिक्षा ग्रहण सदा भै रहोस भन्ने कामना मात्र हो ।
हामी व्यक्तिगत,पारीवारीक कार्ययोजना र बैठकमा छलफल गर्ने परिपाटीको विकास भएको छैनन । झगडा,बादविवाद गर्ने चलन हाम्रो सस्कारमा छ ।त्यसैले किताब बैक,योजना बैक,बिउ बैक,फोटो बैक,ब्लड बैक आदिका विषयमा जानकारी लिनु पर्दछ । कसरी लेख लेख्छन र ? बाबा भन्ने प्रश्नले मनमा गहिरो सँग घोचिरहेको थियो । लेख लेख्दा भावनात्मक संवेगमा शब्दजालहरुको विषयमा मन्थन गरिएको प्रस्फुटीट लहरलाई लेख भनिन्छ । लेखले इतिहास,भुगोल,सामान्यज्ञान,साहित्य,कविता,गित,निबन्ध,जिवनीलाई समेटदछ । धेरै भन्दा धेरै शब्द भण्डारको विकास गर्नु नै लेखको लागि आधार स्तम्भ तयार हुदै जान्छ । व्यक्तिगत शिप र कलामा समेत भर पर्दछ । सानो विषय वस्तुलाई कलात्मक तरिकाले गहन रुपमा प्रस्तुत गर्न सकिन्छ । विषय वस्तु गहन र महत्वपुर्ण भएपनि शब्द ज्ञानको अभावले झिजो लाग्दो हुन सक्दछ । आखिरमा शब्दसँग खेल्ने खुबीको विकास गर्न सक्नु नै लेखकको अब्बल क्षमतामा भर पर्दछ । भोलिका दिनमा छोरा तिमीले लेख लेख्ने अभ्यासको थालनी गर्नु पर्दछ । आजबाट नै दैनिकी लेख्ने , डायरीमा टिपोट गर्ने,विविध स्थानको भ्रमण गर्ने,कविता,निबन्ध,पत्रपत्रिकाहरुको सकलन तथा अध्यययन गर्ने,साहित्यकार,पत्रकार,प्राध्यापकहरुको सरसगत गर्ने बानीको विकासमा लगाव बढाउनु पर्दछ । त्यसपछि नजानेका विषयवस्तुमा गल्ती गर्देै सिक्दै र सुझाव लिदै सफल लेख बन्न सकिन्छ होला भन्ने लाग्दछ । मैले लेखेको त शुरुवातमा कहुतलतापुर्वक जानी नजानी नामको पहिचानको लागि लेखेको थिए । लेख्दै जादा नाम पछि दाम समेत कमाइ हुदो रहेछ भन्ने थाहा भयो । तर लेख लेखेर आजसम्म दाम कमाउने मिडिया हाउसमा अन्तरसम्बन्धीत हुन सकेको छैन । लेख्दै जादा भोलिका दिनमा नाम र दाम दुवै मिल्ने मिडिया हाउसमा पुग्न सकिन्छ कि भन्ने झिनो आशा एव विश्वास रहेको छ । छोरा हिम्मतले विद्यार्थी कालमा विद्यालय जीवनकालबाट नै लेख लेख्ने बानीको विकास गर्नमा ढिला गर्नु हुदैन ।
छोरा हिम्मतले वाक कलाको विकास खेलकुदमा भएको लगाव सँगसगै लैजानु पर्दछ । बोल्ने बानीको विकासले व्यक्तित्व विकासमा टेवा पुरयाएको हुन्छ । बाबाले सकलन गरेका पुस्तकहरुको स्वअध्ययन गर्ने बानीको विकासले पढाइको दायरालाई फराकिलो बनाउँदछ । पुस्तकालयको सदस्य बनी शब्द भण्डार बढाउने बानीको विकास गर्नुपर्दछ । हुन त आजभोलि त इन्टरनेटको विकासले मोबाइलमा नै सबथोक खाले पत्रपत्रिका,किताब,शब्दकोष पाइन्छ ।त्यसलाई सदुपयोग गर्न परयो । दिदीसँग भएको ज्ञान र शिपलाई अनुशरण गर्ने बानीको विकास गर्नुपर्दछ । दिदीले पढेका पुस्तकहरुको पुनःअध्ययन गर्ने बानीमा अभिवृद्धि गरी समकालीन साथीहरु भन्दा अब्बल दर्जाको नागरिक हुनमा कोशिस जारी राख्नुपर्दछ । नेतृत्व विकास तालिम लिनुपर्दछ ।
छोरा हिम्मतलाई मैले लेखेको श्रृङखलाबद्ध पत्रहरुको अध्ययनलाई पुन दोहोरयाउने गर्नुपर्दछ । दिदी रुयासा निलम र आमा रुपकदेवी थापालाई लेखेको पत्रहरुहरुको संग्रह गरी त्यसलाई पनि अध्ययन गर्ने बानीको विकास भएमा सुनमा सुगन्ध हुने थियो । आखिरमा जसरी भएपनि शब्दजाल र शब्दभण्डारलाई वृद्धि र विकास गर्नु रहेको छ । लेख्ने क्रम जारी नै होला । बाबु छोराले समेत लेख्ने प्रयास गर्नु राम्रो हुन्छ । असल प्रयास नै शुरुवातको जननी समेत मान्नुपर्दछ । असल कामको शुरुवातमा बाबालाई चिठी,प्रधानाध्यापकलाई चिठी, आमा रुपकदेवीलाई चिठी,हजुरबाजेलाई चिठी,दिदी रुयासा निलमलाई चिठी लेखेर गर्न सक्दछौ । बालगित , बाल कथाहरु अध्ययन गरेर विवेचनामुलक लेख लेख्ने बानीको विकास गर्नु श्रेयस्कर मानिन्छ ।
चिठी लामो होला । फेरी श्रृङखलामा लेख्ने प्रयास गर्दा विषयवस्तु नहुन सक्छ । यस चिठीलाई अध्ययन गरी विश्लेषण र विवेचना सहित बाबाको नाममा पत्र लेख्ने प्रयास गर्नु है । मिल्छ भने साथी भाइहरुसग सामुहिक तरिकाले अध्ययन गरी छलफल गर्ने परिपाटीको विकास गर्दा झन राम्रो हुन्छ । विद्यालयका शिक्षक शिक्षिकाहरु विचमा चिठीलाई पढेर सुनाइ पृष्ठपोषण लिने चलनको विकास गरेमा बढी अन्तक्रियामुखी हुन जान्दछ । शब्द रुपी सुझावहरुलाई ह्रदयगमन गरी असल छोरा हिम्मत बनाउने प्रयासमा थोर बहुत लगानी गरेको छु जस्तो आभास हुन्छ । मलाई लाग्दछ की अशल छोरा छोरी अरु पाठक वर्गहरुको बन्नका लागि यो चिठी पत्रले अहम भुमिका खेल्ने छ भन्दै पत्रलाई अन्त गर्न चाहान्छु ।
उही बाबा
याम बहादुर थापा
बागलुङ नगरपालिका १० भकुण्डे