कर्तव्यच्यूत जनप्रतिनिधिलाई नदोहोर्याउँ

राम सुवेदी

जनताले एक परीक्षामा उत्तिर्ण बनाए । तिनको कर्तव्य, दायित्व, जवाफदेहिता र कार्यक्षमता देखे, भोगे । अब फेरि तिनै प्रतिनिधि दोहोरिएर आउछन भने सहज सोचौं । विगतको प्रगति, कार्यकुशलता र जनमतको कदर भयो भएन भनेर उनीहरुलाई राम्ररी प्रश्न गर्नुपर्ने, भोट माग्दा सोध्नु पर्ने र छान्दा विचार गर्नुपर्ने छ ।

पाँच वर्षको कार्यकालमा भएका प्रगति अहिले दोहोरिएर फोरि स्थानीय तहमा आउन मन गरेका प्रतिनिधिहरुले जनता बीच समिक्षा गर्नुपर्दछ । राम्रा काम, त्यसको परिणाम र गत चुनावमा जनता बीच गरेको प्रतिबद्धता पूरा भए नभएका फेहरिस्त देखाउन सक्नु पर्दछ । अझ बढि भएको भए, जनताले स्यावासी, प्रशंसासहित नयाँ योजना र भिजन हुनेलाई किन नदोहोरिने भनेर नेतृत्व गर्न उत्साह दिनु, होईन पहिल्येकै गरेका छैनन् । जनप्रतिनिधिको आचरण, कानूनी प्रबन्ध, जनसरोकारवको सवालमा कमीकमजोरी, जफावदेहिता र सु—शासनमा सही भूमिका देखिएको छैन भने, अहिले नै जनमतले ब्याक बनाउनु उचित हुनेछ ।

जनताको हित भन्दा आफ्ना हित उछिन्ने कैयौं त्यस्ता जनप्रतिनिधिहरु गत पाँच वर्ष जनमतको बर्खिलापमा उत्रिए । जनमतको कदन गरेनन् । जनताको भोटलाई अनादर गर्नेहरुलाई जनमतले नै कार्वाही गर्ने मौका यही हो । अहिले केही त्यस्ता पात्रहरु राजनैतिक रंग, भेष र गुट समेत बदलेर चुनावी मैदानमा दोहोरिनेवाला छन् । एक पटक पाएको जिम्मेवारी सही तरिकाले पूरा गर्न नसक्नेले फेरि रहर गर्नु उनीहरुको व्यक्तिगत आकाँक्षा वा महत्वकाँक्षा होला तर जनहितको व्यवहार र कर्तव्य प्रष्ट पारेका छन कि छैनन् भन्नेमा अब सोंच्नु पर्ने हुन्छ ।

जनताले समेत ढंगबाट जो सुकै दल अर्थात पार्टिको तर्फबाट जनप्रतिनिधिमा आउने जनप्रतिनिधि सही व्यवहार गर्ने, जनप्रतिनिधिमा हुनुपर्ने गुण भएको र व्यवहारिक दृष्टिले भोली जनमतको धोका हुँदैन भन्ने लागेका उसको प्रतिवद्धता त्यो पनि लिखित सहित चुन्नु पर्नेछ । यहाँ चुनिने बेला आकासको तारा झार्नेहरु अधिक छन् । काम र व्यवहारमा स्थानीय सरकार सञ्चालनको विधि, पद्धति, मूल्य मान्यता माथि धज्जी उडाउनेहरु उमेद्वारीको चाँङमा उद्धेलित छन् । जनप्रतिनिधि बन्ने भनेको जनसेवा हो भन्ने अत्तोपत्तो नभएकाहरुको बुर्कुसी चुनावी दौडमा अनुचित नठानौं तर त्यस्तालाई कुनै पार्टि, दल, गुट समुह र गठजोडका आधारमा बाध्यात्मक परिवेशको मानसिकताले फेरि पाँच बर्षे कार्यकालका लागि गलत प्रवृत्ति नरोजौं ।

बलियो स्थानीय तह, त्यसको नेतृत्व र जनताको घरदैलाको सरकार प्रतिनिधिमा यस अघि प्रतिनिधि भएकाहरुले कस्तो गतिविधि गरे । त्यसको तत्कालिन अवस्थामा परिवर्तन र दीर्घकालिन योजनाको दुरदर्षि परिणाम कस्ता छन् । जनतासँगको पुरानो प्रतिवद्धता अनुसार काम गर्ने इच्छाशक्ति कस्तो थियो । जनमतको सही कदर भयो कि अवमूल्यन गरियो । सामुहिक स्वार्थमा थिए कि नीजि स्वार्थमा कस्सिए । पाँच वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा साँच्ची अवस्था परिवर्तन गरे कि अहिले फेरि खान पाईन्छ भनेर आफै आस्था बदले ? तपाई भोट हाल्ने र प्रतिनिधि चुन्नेलाई चुनावका बेला जसरी चिन्थे, त्यसपछि चिन्थे कि चिन्दैनथे ? आज के भन्न आउँदैछन् । उनीहरु सवारी प्रयोग गरे । तलव भत्ता खाए । स्थानीय सरकारका प्रतिनिधिका नाममा सबै रजाई गरे तर तपाई भोटर समस्यामा पर्दा सहयोग भयो कि असहयोग ? उनीहरु बैठकमा मिनिरल पिए, तपाइको धारामा पानी ल्याए कि ल्याएनन ? उनका बच्चा स्कुल फेरेर पढाए, तपाइको बच्चा पढ्ने स्कुलको अवस्था बदलियो कि बदलिएन ? उनका आफन्त र नातापाताले स्थानीय सरकार मातहतका ठाउँ ठाउँमा जागिर पनि पाए, तपाइ भोटरका छोरोछोरीले त्यो अवसर पाए कि पाएनन ? उपचार सेवामा तपाई सहज सेवा पाएको थाहा छ ? बाटो घाटो पुल पुलेसा बनाउँछु भन्थे, त्यो पुरा गरे कि गरेन? देशमा अनियमितता, भ्रष्टाचार बढ्यो, मैले गर्दिन भन्थे, पाँच वर्षमा घट्यो कि उनै त्यसका पात्र बनेर देखिए ? तमाम प्रश्नको जनतालाई एक एक उत्तर दिएर स्पष्ट बनाउँदै स्वच्छ छविमा उभिएको भए जनताले आफै दोहोरयाउँछन् । तर काममा माखो नमार्ने तर स्वार्थको कैची चलाएर दोहोरिने रहर गरेका बहालवाला जनप्रतिनिधि दोहोरिन खाजे भने माथिका प्रश्न ठाउँका ठाउँमा दोहोरयाई रहनुपर्नेछ । यो सचेत जनता र भोटरको कर्तव्य हो ।

दोहोरिएर आउनेहरु कत्तिको स्वच्छ र नैतिक आचरणमा छन भन्ने जनताकै बीचमा उनीहरको कतव्यपालना गर्दा अधिक जनताले चिनेर बसेका छन् । कर्तव्यको रहरले दोहोरिएर आउनेहरु कम हुनेछन् । स्वार्थका रहरले दोहोरिनेहरु अनेकन रंगपोत बदलेर देखापर्नेछन् । के गरियो, के के गरिनुपर्दथ्यो, जटिलता के थिए वा भए त्यसको समिक्षा जनतासित प्रत्यक्ष उपस्थित भएर कामको समिक्षा गर्ने जनप्रतिनिधि अहिलेसम्म एकजना पनि देखिएनन् । सुशासनका सन्दर्भमा योजना, कार्यक्रम, प्रगतिका प्रतिवेदन वा आगामी योजनाका सवालमा जनस्तरमा कसैले छलफल गरेको थाहा भएन । केवल आफ्नै ढंगले चल्ने र चलाइनेहरुको झुण्ड जनप्रतिनिधि होइन । त्यो कर्म पनि उचित थिएन । तर भयो त्यस्तै ।

सामाजिक परिवर्तनका सवालहरु, स्थानियताका जटिलता, त्यसको उचित प्रबन्ध सहित नयाँ व्यवस्थापन गर्ने शैली क्षमता, सबै जनतासँग एकाकार हुने प्रवृत्ति हाम्रो राजनैतिक संस्कार भन्दा परको कुरा भयो । त्यही राजनैतिक संस्कारबाट आएका, हुर्केबढेका कार्यकर्ताहरु जनप्रतिनिधि बन्दा जनताले सोंचेजस्तो परिणाम नल्याएको पक्का छ । अहिलेपनि सत्ता स्वार्थका कारण एक अर्काप्रति कतै गठजोठ त कतै अराजनैतिक कुरा गरेर एकअर्काप्रतिको गालिगलौज सहितको संस्कारले सुसज्जित मान्छेहरु प्रतिनिधि बन्नेछन् वा उनीहरुले हिजो प्रतिनिधि भएर कर्म पुरा नगरेकाहरुलाई फेरि दोहोरयाएर ल्याउने छन् । जसबाट नयाँपन आउने छैन । योजना पनि बन्ने छैन । गलत प्रतिनिधि ल्याएर फेरि पाँच वर्ष पछि धकेलिने समय हामीसँग छैन भन्ने बुझेका सचेत मान्छेले अहिलेको गलत राजनैतिक संस्कार चिरेर जान सकनुपर्ने छ ।

क्षमतावान, कर्तव्यनिष्ट र स्पष्ट विचार व्यवहार भएको प्रतिनिधि आफै उठाएर अहिलेको गलत रबैया र संस्कारलाई चुनौति दिन आवश्यक हुनेछ । स्थानीय सरकार आफैमा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहने व्यवस्थामा छैन । जो सुकै होस त्यो, जननिर्वाचित भएपछि सत्तापक्ष नै हो । यहाँ अफवाह, भ्रम वा होहल्ला जे जे गरिएपनि हालको प्रगति, दुर्गतिको हिस्सेदार अहिले कार्यवहाक जनप्रतिनिधिहरु नै हुन् । राम्रोको जस उनीहरु लिन्छन भने नराम्रोको भागिदार किन हुनसक्दैनन् ? एकले अर्कोलाई दोषारोपण गरेर हालका जनप्रतिनिधि उम्कने वा सार्वजनिक स्थलमा बोल्नु उनीहरुको कमजोर चेतनाको फतलो प्रहसनमात्र हो । सत्य त उनीहरुकै कमैले विग्रियो भत्कियो त्यो स्वीकार गर्ने, जिममेवारी एक कालमा एक पटक आउँछ, त्यो अभिभारा पुरा गर्न नसकिएकोप्रति जनतामा क्षमयाचना गर्ने र नयाँ जोस, जाँगर र कतव्य सहितको अर्कोलाई प्रतिवद्ध बनाएर जिम्मेवारी दिने । पाँच वर्षको कर्तव्य कर्म परीक्षा गर्ने । यहाँभन्दा विकल्प रहँदैन ।

यो अवस्था दोहोरिने पार्टिका प्रतिनिधिदेखि दोहोरिने दलसम्मका लागि लागूहुनुपर्दछ । जनताको कुनै पार्टि हुँदैन । हुनुपनि हुँदैन । जनता नेता, पार्टिका कार्यकर्ता भन्दा माथि रहेर सचेत दर्जा सहित स्वाभिमानमा उभिन सक्नुपर्दछ । सामाजिक स्वार्थ राख्ने जनता नभएकै कारण राजनीतिमा विकृत्ति बिसंगति उत्पन्न भएको हो । नीजि स्वार्थमा खरिद विक्री हुने लान्छना तपाई समेत जनतामा लागेको छ । मासु, भात, पैसा, सक्सी, चुरोटका खिल्लीहरुमा बिके जनता भनेर नेताहरु नै आरोप लगाएर भाषण गरेको सुनेका छैनौं र ? यस्तो आरोप सहित रहने होइन । हामी जनता सचेत रहे यस्ता प्रतिनिधि कस्तो बनाउने, दोहोरयाउने वा बदल्ने ल्याकत हामी आफै राख्दछौं । त्यो अवको निर्वाचनमा राखौं । राजनैतिक आस्था विचारले देश नफेरिएका तर्क अहिलेकै दलहरुलाई सोझाइदेउँ हामील विवेकी बनेर राम्रा प्रतिनितधिलाई टोलटोलबाट लिखित प्रतिवद्धता सहित चुनौं । कर्तव्यचूतहरुलाई न दोहो¥याऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *