चुनाव, दल र मतदाता

राम सुवेदी

आवधिक समयका लागि जीवनलाई सामाजिक रुपान्तरणमा बदल्न सक्ने प्रतिनिधि दलले चुनावमा ल्याउनु पर्दछ । जो सुकै राजनैतिक दलका अगुवा वा सामाजिक अगुवाहरुको चयन चुनाव मार्फत मतदाताको अभिमतले न्याय गर्नसक्नु पर्दछ । स्थानीय वस्तुस्थिति बुझेका, स्थानीय सरकारको दायित्व र कतृव्य जानेको । आफैलाई जनसेवामा समर्पित गर्नसक्ने प्रतिनिधि त्यो पनि अहिलेको समय सन्दर्भ अनुसार शिक्षत, दिक्षित र कर्तव्यप्रति उचित भूमिका खेल्ने मान्छे छान्नु पर्दछ । जो कोही दलबाट प्रतिनिधित्व भएर जनताबाट अनुमोदित भइसकेपछि उनीहरु साझा दायित्व बहन गर्ने खालको समेत हुनुपर्दछ । नागरिको सेवामा समर्पित साझा पदलाई न्याय गर्नसकने उमेदवार दलले अघि ल्याउन सक्नुपर्दछ ।

चुनावमा त्यस्ता प्रतिनिधि आउनु र उनीहरुले बहन गर्ने साझा दायित्वलाई सार्थकता दिन सक्ने क्षमतावान मान्छे छान्ने उयपुक्त अवसर चुनाव हो । दलको अभिभारा हो र जनताको कर्तव्य हो । चुनावमा अगतिलो भए पनि पार्टी छान्ने, दलबाट सामाजिक अभिभारा पूरा गर्ने गतिलो उमेद्वार चयन गर्ने नसकने र जनता राजनैतिक पार्टिको गोटि भएर सक्षम उमेदवारलाई भोट गर्न नसक्ने परिपाटिले अहिलेको परिवेश सदियौंसम्म दोहोरिंदै आएको हो ।

कुनै पनि राजनैतिक दल, त्यसले उठाएको प्रतिनिधिको पाँच वर्षे कार्यकाल र जनताबाट उसको कार्यकालमा भएको कामको सही मुल्याङ्कन गर्न नसक्नु देशको दुर्दशा हो । राजनैतिक पार्टिमा समेत गत कार्यकालमा आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिहरुले गरेका कामको समिक्षा गरिदैन । नराम्रो भए सच्याउने नीतिगत व्यवस्था पनि छैन । नराम्रै गरेको भएपनि पार्टिमा आलोचना गर्दा पार्टिलाई समर्थन गर्ने भोटरमा नकरात्मक असर रहन्छ भनेर गुपचुप गर्ने राजनैतिक परिपार्टि विकास र गतिशिलताका विरोधी देखिएका छन् । अझ उदेयक लाग्ने कुरा त विगतमा गतिलो नगरेका प्रतिनिधिहरुले फेरि त्यो पदमा बस्ने रहर गरेभने, त्यसलाई अनुमोदन गर्ने गरिन्छ, यो राजनैतिक पार्टिको भूल र त्यहाँ भएका अरु उर्जावान प्रतिनिधिहरुको कार्यक्षमताप्रति अवरोध हो ।

पार्टि कार्यकर्ता र नेताबाट समेत यस्तै गल्ती भएको देखिन्छ । विगतमा आफूबीच भोटमाग्दा गरेका प्रतिवद्धताहरु अहिले हेक्का राख्नुपर्दछ । के गर्ने भनेका थिए के कसो गरे । कति काम पूरा भए कति अधुरा रहे । नभएका कामको स्वरुपक के छ ? त्यो विर्सेर फेरि तिनै मान्छेहरु दोहोएिर आउँदा समय बर्वाद हुन्छ वा अहिलेको फेर्ने यो अवसरमा अर्को क्षमतावान प्रतिनिधि ओझेलमा परेको त छैन ? त्यसलाई ध्यानमा राख्दै, पार्टिका नेताको मात्र सुन्ने र मान्ने होईन, आम जनताको मान्ने र जनताले समेत टेर्ने सक्षम प्रतिनितधि चयन गर्नु आवश्यक हुन्छ ।

जनमतले अनुमोदित गर्ने हामी जनताले दलिय हैसियत र अवस्थितिमा आस्था बदल्ने होइन । अवस्था बदल्ले सक्षमता भएको प्रतिनिधि छान्नु पर्दछ । पछिल्लो समय जनताले क्षणिक स्वार्थमा आस्था बेच्ने काम गर्नु भोली त्यसका प्रतिनिधिले तपाइ÷हाम्रो ढुलमुले प्रवृत्तिमाथि हावीहुने सम्भावना अधिक हुनेछ । जनप्रतिनिधिले जनता कजाउने कि जनताले जनप्रतिनिधि कजाउने भन्नेमा एकिन हुन नसक्नु नेपाली राजनैतिक संस्कारमा त्रुटि छ । आफूले आफैलाई नचिन्ने जनता भयौं र आफ्नो अजय शक्ति लोभ, लालच र आस्वासनमा बेच्यौं । व्यक्तिगत अवस्थामा केही होला कि भनेर स्वतन्त्र नागरिकको आस्थाप्रति गम्भीर भएनौं । हामी जनताका समस्या, जटिलता र अफ्ठेराहरु कसैलाई भिक मागेर परिपूर्ति हुने सवाल थिएनन् । संबैधानिक हक, मौलिक अधिकार र मानव अधिकारका पंक्तिमा सुसज्जित थिए । अधिकार हो भन्ने थाहा पाएकाले अक्षर पढ्यौं, पढ्दा, पढ्दै निष्ठा गलायौं । नजान्नेलाई त्यसको परिस्थिति बेचेर दलाली गर्यौं । गाउँ ठाउँमा जान्ने बुझ्ने र बढेलेखेकाहरु नै सिमित स्वार्थका आतिर विचार र विवेकको व्यापार गर्न थाल्यौं भने नाजान जनताले के गर्ने ?

निर्वाचन दलको मात्र होईन । यो त्यसमा प्रतिनिधि बन्नेहरुको स्वार्थमा पनि छैन । सर्वाधिकार निर्णय क्षमता जनतामा छ । राजनीति गर्नेले पद बेचे । फेरि जनप्रतिनिधि भईन्छ कि भनेर लोभ र मोहको व्यापारमा निण्ठालाई तिलाञ्जली दिए । अव जनमतको व्यापारमा तपाई हामी जनता प्रयोग हुने समय आएको छ । आफ्नो एक भोट बेचेर एक छाक खाने कि? स्वाभिमानका खातिर त्यो अमूल्य मत र अभिमतले पाँच बर्षसम्म अवस्था बदल्ने सक्षम मान्छे चुनने औजारका रुपमा ग्रहण गर्ने ? सचेत आफै हुनुपर्दछ । सचेत नागरिकले जनता सचेत बनाउने अभियान गाउँगाउँ र टोलटोलमा सुरु गरौं । यस्लाई चुनौं, त्यसलाई नचुनौं भन्नु पर्दैन । उमेद्वार कस्तो बन्छ ? उसको पृष्ठभूमि कस्तो छ । सामाजिक स्वार्थले उमेद्वार बन्नेखालको छ कि नीजि स्वार्थले आएको छ । विगतमा आएकाहरुको कर्म कस्तो रह्यो । अव अवस्था बदल्ने जनताले आफ्नो भोट ठीक ठाउँमा दिएर हो । कसैको एकछिनको रोईधोई, आग्रह, पूर्वाग्रह र हेला होचोको व्यवहारबाट तपाइको विचार वा अभिमत फेरबदल गनर्् आवश्यक छैन ।

तसर्थ, आवधिक निर्वाचनको प्रयोग गलत गरेकालाई नैसियत दिने ढंगको नकरात्मक चिन्ता र टिप्पणीबाट होइन । सकरात्मक आलोचना सहित अहिले तत्काल आउनेलाई कर्तव्यनिष्ट, जिम्मेवार र सामाजिक उत्तरदायित्व सहितको जवाफदेहि प्रतिनिधि जनताले खोजौं, रोजौं । पार्टिका प्रतिनिधि जो तपाइको ठाउँको विकास मोडेल ल्याउँछ, पाँच वर्षे योजनाको फेहरिस्त स्पष्ट गर्दछ । सामाजिक र व्यक्तिगत चरित्र सही छ । त्यस्तालाई तपाइहामी जनताको अस्थाको आधारमा मत हाल्न बञ्चित नगरौं । यो गल्ती गरिदै आएको छ । जस्ले परिणाममा धुलेसात छ । अवस्था गम्भीर छ । जनताप्रणालीमा सासन चनेन । व्यक्ति प्रवृत्ति र राजनैतिक आस्थाका आधारमा स्थानीय सत्ता ठेकेदारहरुको अड्डा जस्तो भयो । सचेत आफू हुनु, अरुलाई समेचेतना गर्नु र सही समयमा ठीक अभिमतले उपयुक्त प्रतिनिधि छान्नु मतदाता जनताको अभिभारा हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *