राम सुवेदी
भर्खर स्थानीय तह निर्वाचन सकिएको छ । यो निर्वाचनमा काठमेयरका स्वतन्त्र उमेदवार बालेन शाह प्रति देशको नजर छ । जर मात्र होईन, वर्तमानका ठुला राजनैतिक दलहरु र तिनका नेताको मुटु भड्किएको छ ।
देशको राजनीतिमा बेथिति, विसंगतिसँगै विचलन मौलाएको छ । नेता र नेतृत्वको दृष्टिकोण मात्र होइन, चिन्तनमा समेत ग्रहण लागेको छ । नीति, नियम, पद्धति, प्रणाली ध्वस्त बनाउँदै सत्ता स्वार्थ हुर्काउने उनीहरुको कुकर्मप्रति बालेन शाहका समर्थकहरु आज कहिं न कहिं आतैकमन बनाइदिएकै हुन् । देशको राजधानी जस्तो मुटुका जनताले राजनैतिक प्रवृत्ति र पात्रहरु बदल्न गरेको यो पहिलो र पेचिलो अभ्यासको परिणाम त आइसकेको छैन । यद्यपि संकेत भने अहिलेको राजनैतिक दुष्कर्मप्रति लक्षित छ ।
यो त्रास काठमाण्डौतिरमात्र होइन । गाउँ गाउँमा छ । टोलटोलमा छ । अन्ततः पार्टि पार्टिमा पनि छ । गलत र सही निर्णय लिनसक्ने नेतृत्व क्षमता प्रति बालेन समर्थकको सोंच मज्जाले मौलाएको छ । सोंचबाट सुरुभएको यो अभियान् अन्ततः देशको राजनीति तर्फ बजारिन थाल्यो भने उनीहरु भविश्यको चिन्ता नगर्ने कुरा भएन । यसको ज्वलन्त उदाहरण छिमेकी मूल दक्षिणतिर कुचोले परिणाममै देखाएको छ । जो आज काठमेयरमा लौरोले तर्साएको छ ।
देशको राजनीति आफ्नो नीति र दर्शनभन्दा सत्ता र कुर्सी प्यारो मान्नेहरुको हातमा लहडिएको छ । देश र जनताको मनस्थिति, सेवा प्रवाहभन्दा उनका चाकडिवाज, परिवारवाद, घरानियाँखानदान, फरियावादहुँदै आसे, पासे र गास्सेहरुको नियन्त्रणमा गुज्रिएको छ । पार्टिको समर्थक, नेता, कार्यकर्ता जो इमान्दार छन् । उनीहरुलाई पंगो बनाइएको छ । जनाधारको अबमूल्यन गरिंदा आफ्नै विरासत भत्केको थाहा पत्तो छैन । घर जलाएर खरानीको टिको लगाउँने नेतृत्वको सूलीमा झुण्डिन छाडेका छैनन् । सोझा, इमान्दार र कर्तव्यनिष्ठहरुलाई तह लगाईने परम्परामा मलजल हुँदैछ । यो व्यथा आम राजनैतिक पार्टीहरुमा निर्मम ढंगले मौलाएको छ । यस कारण पार्टिहरुमा बालेन सोंच उत्सर्गमा पुगेको हो ।
काडमाण्डौमा यस अघि पनि यस्ता तमाम संकेतहरु नदेखिएका होईनन् । संकेतले गरेको सन्देशलाई राजनैतिक पासिर्टहरुले सामान्य ठाने । यसको नैसियत अहिले राम्रोसँग भोग्ने यकिन सुरुभएको छ । बोल्ने ढंग छैन । सेवा प्रवाहमा मिजास छैन । जनता भोटबैंक हुन भन्ने परम्परावादीअ र सामन्ती चिन्तन नेतामा छ । राजनीतिमा रहेका र आउनेहरु आफुलाई जनताको सेवक पटक्के ठान्दैनन् । राजा महाराजाको महसुस् देखिन्छ । यसको अर्थ व्यवस्था फेरेरु एकको हातबाट अर्कोको हातमा लैजाँदैमा परिवर्तन आउँदैन भन्ने चिन्तन बालेन सोंच हो । यसले आज लौरो देखाएर कतै सहाराको खोजी त कतै अन्यायपूर्ण राजनैतिक चिन्तनप्रति डाम्ने उत्तिकै अवसर पनि छ ।
यो हाल होला राजनेता भन्नेहरुले किन सोंच्थे । निर्वाचनका बेला जनतमको हुर्मताई गरेर बोलेबका बोलीहरु अहिले गलामा अड्किएको छ । फगत रजाईको भाषाले नेताहरुको गाला गालामा चड्काएको छ । विरासतको सेंखी खुस्काइदिएको छ । रत कहले काहीं नयाँ पुस्ताका नेताहरुलाई अव नयाँ सोंचौं भनेर टुप्पी र कानबाट झेंक्दै वरपर बनाएकोपनि विचारहरु प्रवाह भएको सुन्न पाइएको छ । नभए राजनीतिमा नयाँ नयाँ कर्तुत्याई, धुत्र्याई र फट्याँई बर्साएर जनताको मनोवल गिराउने कुचेष्ठाप्रति सचेत रहन नेताहरुको मगज हल्लिने थिएन ।
यो निर्वाचनको मक्सद, जनताको घरदैलोमा राज्यको पहुँच कसरी सहज पस्कने भन्ने नै हो । यो व्यवस्थामा सञ्चालित तीन तहको सरकार कसरी सुव्यवस्थित गर्न भन्नै आवधिक निर्वाचन मार्फत जनताले नयाँ प्रतिनिधि फेरेको न हो । तर थिति भन्दा बढ्ता बेथिति भएका नेताहरु यहाँ निर्वाचितख हुने, संस्कार हिन मान्छेहरु जनमतको भर्याङ चढेर उनै मतदाताको ढाडमा सेकने कुत्सित राजनैतिक बेथितिको वितिष्णा आम जनमनमा छ । संस्कार नभएकाहरु राजनीतिमा छन् । नीथिको धज्जी उठाउनेहरु सत्ताको बागडोमा छन् । उनीहरुको कर्मले लोक लजाउँछ । सायद यही राजनैतिक विकृति, विसंगति विरुद्धको प्राण बालेन सोंच हो । जस्ले राजनैतिक रंगमञ्चमा त्रास मच्याइरहेको छ । देश नै बालेन प्रति ईगित छ ।