राम सुवेदी
गलत नियतले कसैको आलोचना गरिनु हुँदैन । आलोचनाहरु सकरात्मक र सम्मानजनक हुन्छन् । जो नयाँ सोंच र चिन्तनबाट प्रेरित पनि हुन्छन् । त्यसको हेक्का राख्दै, स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई खबरदारी र समेत बनाउनु पर्ने देखिन्छ । जितको सम्मुखमा जे जति शोख र नोकझोक देखिएको छ । यसप्रति इगिंत आलोचनात्मक चेतको खातिर उनीहरुको प्रवृत्तिको उजागर आवश्यक छ ।
चुनावका ताका अर्थात गत दुईहप्ता अघिसम्म यिनै जनप्रतिनिधिहरु हुन् । जो अनेकन भाषणमा डरलाग्दा सपनाहरु बाँडेका छन् । जित्ने प्रयत्नका लागि उनीहरुले जेजति कुराहरु बोले त्यस बखत उनीहरु आफैलाई पत्तो भएन । अहिले पछि फर्केर उनीहरुको भाषण रेकर्ड सुन्ने हो भने उनीहरु आफै डराउनेवाला छन् ।
चुनावी भाषणमात्र होईन उनीहरुको खटनपटन र सक्रियाता समेत अनौठौ थियो । नजिककाहरुसँग बोल्ने फुर्सद थिएन । सुभचिन्तकका फोनहरु उठेनन् । गास छाडे । कतिठाउँमा वास छाडे । धन्न धन्न सासको टेको मैदानमा खटिरहे, खटिरहे । उनीहरुलाई यो महाभारतमा जित निकाल्न थियो । जनताकोअघि सानो भन्दा सानो र तुच्छ हुन सिके । बिक्ने नै बोली बोल्नुुपर्ने, त्यो पनि बोले, सामाजिक जीवन शैली देखाउनुपर्ने खस्रो मसिनो खाएको फोटाहरु सामाजिक सञ्जालमा राखे । गुन्द्री चटाईमा थुचुक्क बसे । गाउँका कुना कन्दरामा जो कहिल्यै पुगेका थिएनन् । भेट्न पर्ने नपर्ने सबै भेटे । जानेको नजानेको, गर्न सक्ने नसक्ने, सत्य, असत्य सबथोक बोले । कानूनी कुरा, विधि प्रणाली आफ्नै हातमा उचाले । मानौं सबथोक उनको हातमा छ । जो पाकेको भातको भड्डुबाट पन्यू कोचारेर चोइला हातहात र पातपात बाँड्दिए ।
नजान्ने, पत्तो नपाउने र मेसो नभएका तमाम नागरिकलाई चुनाव अघिको तामझाम ओहो ! पनि भयो । नागरिकका तमाम व्यक्तिगत चेतनाको कमजोरीमाथि भारी फाइदा लिंदै कतिपयले भोटपनि झारे । त्यो, त्यस समयको करणी भनौं । तर आज ति मान्छेहरु के गर्दैछन् ? निर्वाचित भएको भोलिबाटै ऊ कामको दौरानमा हिजो जसरी दोडेला भनेको आम नागरिकलाई चिढ्चिढो लाग्ने गरि अविर खादा र मालाको ढुँगुर छाड्न मान्दैन । गफ गर्ने बानी त अझ विकास भएछ । सुन्नेहरुको कान टट्याउने गरि व्यवर्थका फतुराहरु सुनिएकै छन् । कर्ममा भने छैन जाँगर । कारण नीति नै नभएको ठाउँमा बात चुटेर नीति । विधिको बद्ख्याई गरेर काम गर्न नसकिने अड्चनहरु तमाम छन् । बोल्न त बोलियो, कार्यान्वयनमा तगारो कानूनी कुरा उस्तै छ । गर्नु के ।
त्यो भन्दा राम्रो अर्को प्रचार देखियो । जनप्रतिनिधि निर्वाचित भएपछि लगाएको खादा माला सहित पदभार ग्रहणका तस्वीरहरु आफ्ना फेसबुक प्रोफाईलहरुमा फेरिए । क्या गज्जवको तस्वीर कुर्सीमा बसेको तस्वीर त्यसमा पनि डायरीमा कलमले लेख्दै गरेको । मानौं, अव जनताको मुहारमा यिनले तमाम सुखका अक्षरहरु लेख्दैछन् । जनसेवकको कसम खाएकाहरु आफ्नो भन्दा जनताको खुब सेवक बन्छन् ।
त्यसो त, चूर्तिफूर्ति अरुपनि देखाए । लोकसेवा लडेर जागिरमा नाम निकालेपछि आफ्नाहरुले बधाई दिए । भोलीबाट कार्यस्थलमा जाँदैगर्दा कुनै एक नयाँ खरिदार पदमा पहिलोपटक नाम निकालेर कार्यालयको हाकिमै कहिलिएको जस्तो, कोटपाईन्ट, सारी सलवारमा ठटिएर कालो कुर्सिमा भलात्त्त परेका तस्वीर पनि बाहिर आउन बाँकी रहेनन् । दुईचार सलाम ठोक्ने कार्यकर्ताहरु कुर्सि शोफामा राखेर राज्यकोषबाट चिया चुस्की लगाउँदै, चुनावी गफ चुटिरहेको पनि एक हप्ता हुँदैछ । पदमा पुगियो । गर्ने के हो मेलो मेसो छैन । आफ्नो भूगोल, जनताको ठोस आवश्यकता र जिम्मेवारीप्रतिको सामान्यजस्यता कस्तो हुने विना योजना चढेको धुरीबाट अव तिनै भोटरुहरु निम्छरा देखिन थाले । सामान्य नियम समेत थाहा नभएपछि कार्यपालिका गठन प्रक्रिया नै पूरा नभइकन, त्यसको पहिलो बैठक समेत नवसी नानाथरी घोषणा गरेको पनि पाइयो । पद्भार ग्रहणमै आफ्नै पद भारी हुने गरि गरिएको फगत घोषणा विधि विपरित थिए । बेकम्मा थिए ।
मान्छे बेवकुफ बनाउन नेताले जत्ति अरुले कसरी सक्नु । भोली त्यसको कार्यान्वयमा जाने गरि कानून छ कि छैन । त्यो घोषणाले राज्यको नीति समात्छ समात्दैन त्यो मतलव भएन । अझ यत्ति पनि ख्याल गरिएन कि कार्यपालिकाको बैठकमा त्यो घोषणा सर्वसम्मत हुन्छ वा बलजफती लादेर, मैले घोषणा गरेको हुनुपर्दछ भन्दै जिद्धि तमासा फेरि देखाउन पर्ने हो । त्यो कथा सम्मानित कार्यपालिका बैठकमा लोकलाजनै लजाउने गरि देखिने छन् । नीति बोल्नुपर्ने देश होइन, नेता बोल्ने देश भएकाले त्यसो हुनुमा अन्यथा नमानौं ।
स्थानीय सत्ता जनताको भरोसा र आसाको केन्द्र हो । त्यसका प्रतिनिधिहरु त्यसै समुदायबाट पत्याइएका हुन्छन् । उनीहरु विभिन्न दलबाट निर्वाचनको प्रतिपर्धात्मक प्रणालीबाट चुनिएका भए पनि चुनिएपछि दलगत गन्ध आउनु नाजायज हुनेछ । जननिर्वाचित भएपछि जनतालाई तैंले जिताइस् तैंले हराइस् भन्ने हो भने त्यसबेला भन्नु मुर्खले पनि रेस जित्छ । तर अनुसाशनमा रहँदैन । यिनका काम र कर्महरु जनताले त्यहींबाट अवलोकन गर्छन । हेर्छन । बुझ्छन र चियो गर्छन् । आज उनले गरिरहेको जस्तो अरुले हिजो गर्दा यस्तै कुरा चोकमा नगरेका होईनन् । विरोध भनौं वा आलोचनात्मक भाषणबाट स्थापित हुने राजनैतिक परम्परा अहिलेका दलहरको संस्कार नै हो । आज उनीहरु त्यो संस्कारबाट मुध्mहुन मान्दैनन् । वा संस्कारु फेर्न सक्ने हिम्मत छैन । नत्र, बालेन शाह, हर्क सामपाङ र गोपाल हमालहरु यत्तिकै उदाएका होईनन् । यिनै निर्वाचितहरको कर्मले अुँकुराएको स्वतान्त्राको नयाँपन हो ।