चंक्रमण ध्यान शान्ति स्वास्थ्य

जीवन शाक्य
गत जेष्ठ ९ गते देखि जेष्ठ १३ गतेसम्म सञ्चालित एक एक दिने ध्यान ज्ञान शिवीरमा माध्यमिक विद्यालयका सहभागि छात्रछात्राहरुलाई काठमाण्डौबाट पाल्नु भएका महास्थविर भन्ते वोधीज्ञान ज्युले चंक्रमण ध्यान सिकाउनु मात्र भएन, यसको ब्यवहारिक प्रयोग वजारमा सवैलाई देखाउनको लागि विभिन्न ठाउँहरुमा हिडदै ब्यवहारीक प्रयोग गर्न सिकाउनु भयो । ध्यान सिक्ने कार्यमा यो पंत्तिकार आफै विहारमा विद्यार्थीहरु संगै दर्शकको रुपमा सिक्दै थिएँ । यो भन्दा पहिला भगवान गौतम वुद्धको जन्म जयन्तिको शुभ अवसरमा शान्ति पदयात्रामा यही ध्यान गर्दै वजार परिक्रमा गरिएको थियो । चक्रमण ध्यान अगाडी २,३ फुटको दुरीमा आखाँ केन्द्रित गर्दै विस्तारै नाँगो खुट्टा होश पुवक पाईला दायाँ वायाँ अगाडी चाल्दै, दायाँ वायाँ तल माथी आँखा नदुलाईकन, करिव एक घण्टा सम्म हिडेर गरिएको थियो । एक पटक चौठो दिन राटमाटाको गाडी हिडने वाटोमा लाग्दै विस्तारै तर वजारमा झर्ने काममा म आफै पनि सहभागि भएको थिएँ । ५ दिनको कार्यक्रममा ५ वटा स्कुलका करिव २०० जना विद्यार्थी भाई वैनीहरुले विशेषगरि या ध्यान सिकने अवसर पाए । मेरो विहानको ब्यायाम प्राणायामपछिको २ मिनेट सम्मको योग कार्यक्रममा मैले घरमा पनि प्रयोग गर्दै आएको थिए ।

विहारमा सन्चालित यो ध्यान कार्यक्रमको महत्व भने मैले गहिराईमा वुझेको रहेनछु भन्ने ज्ञान मलाई शिवीरमा सहभागि हुदा भयो ।यो ध्यान कार्यक्रमको वारेमा वुद्धको तिर्थधाम गर्न भारतको श्रावस्टीमा केहि वर्ष अघि जाने क्रममा थाहा पाएको थिए । श्रावस्टी नै त्यो पवित्र विहार भएको ठाउँ हो जहाँ भगवान वुद्धले सवै भन्दा समय विताउनु भएको थियो र धेरैलाई धर्म देशना सिकाउनु भएको थियो । श्रावस्टीको यो ठाउमा भगवान वुद्धले चंक्रमण ध्यान गर्ने गरेको भनि गाइडले देखाईएको थियो अरु वुद्ध सम्बन्धि धेरै कुराहरु भन्नु भएको थियो । श्रावस्टीको त्यो विहारको भग्नावशेष रहेको ठाउँ धेरै रुखहरुले घेरिएको ठुलो विशाल चौर थियो शान्त थियो स्वच्छ थियो, सवै तिर्थयात्रीह्रु यो ठाउँमा हेर्न वुझन आउने गरेका रहेछन् ।

विस्तारै दायाँ वायाँ होश राख्दै वोल्दै पाइला चाल्दै छु भनेर करिव शिविरको २,३ शेशन यही ध्यान सिकाउनमा लगाउनु भएको थियो । सिकाउने क्रममा अगाडी वढदै छु, दायाँ खुटटा चाल्दैछु, वायाँ पाइला चाल्दै छु, घुम्दै छु, घुम्न मन लाग्यो, आदि विद्यार्थीहरुवाट शब्द वोल्दै पाईला चाल्दै हिडाउने गरिएको थियो । संगै ध्यान वसेर उठदा विस्तारै होश राख्दै उठदै छु, उठे, वस्दा वस्दैछु भनेर एउटा सजिलो आसनमा ढाड सिधा राखेर वस्न पनि सिकाईएको थियो । यस्तै गरि खाना खादा खादै छु, हात धुन जादैछु, खाएको भाडा आपैm माझदै छु, भनेर होश राख्दै खान र घरमा आफनो कामहरु गर्दा यस्तै गरि गर्दै छु गरिरहेको छु भन्दै आफनो ओछयान मिलाउने, आफनो किताव जुट्टाहरु उचित ठाउँमा एउटै ठाउँमा राख्ने कामहरु समय मिलाएर निश्चित समयमा गर्ने वारे पनि सिकाउने गरिएको थियो ।

चंक्रमण क्रिया वसेर गरिने ध्यान क्रियालाई सहयोग गर्ने ध्यान क्रिया हो । यो ध्यान क्रियाले पुर्ण रुपमा सजग सक्रिय भएर होश केन्द्रित गर्दै काम गर्ने विधि हो । यसरी हिडनु पर्छ, यसरी वस्नु पर्छ यसरी खानु पर्छ भन्ने यसको एउटा भाग क्रिया मात्र हो । काम गर्दा, वस्दा, खादा, दुल्दा हिडदा पनि होशलाई पुर्ण रुपमा केन्द्रित गर्दै गरिनु पर्छ भन्ने चंक्रमण ध्यानको सिकाई हो । यो प्रकृया अपनाउदा मन क्रियामा एकत्रित मात्रै हुदैन, विचारहरु धेरै थरिको उठने नभएर मन शान्त पनि भएको हुन्छ र दिमाग भविष्य र अतितमा गएर नकारात्मक सम्वेदनाहरुको सस्कार वनाउनेमा लागेको हुदैन । दिमाग वर्तमानमा केन्द्रित हुन्छ । आंशिक होश होइन पुर्ण होश भएको जस्तै महशुश हुने यो अवस्थामा मन अशान्त भएको महशुश हुदैन । होश नराखि, विचारै नगरि नहेरीकन हतारले हिडने दौडिने पाईला चाल्दा कति पटक लोटेको, चोट लागेको, लर्किएको हामीले धेरै महशुश गरेका छौं होला, यति मात्रै हेइन हात खुटटा भाच्ने भएका पनि छन्, दुर्घटनामा परेर ज्यान गुमाउने पनि भएका छन् । आफु हिडने ठाउँको पुरा होश राख्ने भएकोले लोटने, चोट लाग्ने, दुर्घटना हुने कुरो यो ध्यान क्रियावाट सिके पछि हुदैन, ब्यवहारिक रुपमा प्रयोग गर्दा वा अपनाउदा आउदा दिनहरुमा समयको वचत हुन्छ, दुर्घटना नभएर, घटनु अघि सचेत भएर आफुलाई वचाई राख्न यसले सहयोग गर्छ ।

मन सचेत गर्ने होशमा राखेर काम गर्न सिकाउने नै यो ध्यान विधीको एउटा महत्वपुर्ण पक्ष हो । सचेत रुपमा रहदा हामीले आफनो ध्यान केन्द्रित गर्नु सक्छौ, सुन्ने कुरा पुरा पुरा सुन्न सक्षम हुन्छौं, देख्ने कुरा पुरा पुरा देख्न सक्छौं काम गर्दा लाभ लिने कुरा पुरा पुरा लाभ लिन सकेका हुन्छौं । हाम्रो इन्द्रीयहरु पाईतला हातहरु पनि सचेत भएर चलिरहेका हुन्छन् हाम्रो अभिब्यक्ति पनि सन्तुलित हुन्छन । उत्तेजना हतारपन, असन्तुलनवाट वच्न यो विधीले सिकाउने कला हो । अफ विशेष गरि सवारी साधन चलाउदा पनि विशेष सर्तक भएर चलाउन हुने भएकोले दुर्घटना हुने सम्भावना हुदैन । त्यसैले कत्ति महत्व छ यो ध्यानको सहभागि हुनेले विशेष अनुभुति गर्छ ।

ध्यान वस्दा पनि मैले शरिरको यो भाग हेरिरहेको छु, श्वास आएको गएको हेरिरहेको छु, श्वास विस्तारै वा हतारिएर आईरहेको, गईरहेको छ, श्वासको स्पर्श यो ठाउमा भएर चिसो तातो महशुश भएको छ, भनेर सम्वेदनाहरुको वारे पनि जानकारी दिन्छ । ध्यान सही आशनमा वसेर शुरु शूरुमा श्वासको आउने जाने क्रियामा ध्यान दिने कुरामा चंक्रमण ध्यानले होश राख्नु पर्ने कुरा पनि सिकाउने हुनाले कतिपय विद्यार्थीहरुले ध्यान हुदा शुरुमा नाभिको भाग चलेको, श्वास शान्त भएको, विचारहरुको शाक्षि भएर हेर्न सिकेका कुराहरु, होश ध्यान शरिरमा केन्द्रित गर्न सकेको कुराहरु पनि आफनो अनुभव सुनाउदा व्यक्त गरेका थिए ।

यो ध्यानको लाभ पुरा लिन सकुन भनेर विहारमा वुद्ध शिक्षाका मुलभुतकुराहरु पन्चशिल, अष्टशिलहरु जस्ता आधारभुत जीवन जिउने कलाहरु र मन विचलन हुन, भट्किन जोगाउने, शान्त अनुशासित भएर ब्यवहार गर्न सिकाउने कुराहरु सिकाईएको थियो । साथै श्वास प्रति शाक्षिभाव भएर आउने जाने श्वास प्रति सचेत हुदै हेर्न, वर्तमानमा केन्द्रित गर्न सिकाउने कार्य पनि भएको थियो कति सिके, कतिले अपनाए, कतिले आफनो जीवन सफल वनाएर पढाईमा पुरा सफल हुन सक्छन, यो भने उनीहरुले सिकेका कुराहरु घर स्कुलमा ब्यवहारिक रुमा प्रयोग गर्ने गर्छन गर्दैनन, शिक्षकहरुले यसलाई कत्तिको सिकाउँछन, यसमा भर पर्ने हुन्छ नै । ध्यानलाई पछि आउदा दिनहरुमा थप वढी दिनको सन्चालन गर्ने कुरो पनि भदन्त ज्युवाट सम्वोधन भएको थियो ।

वुद्ध विहारवाट पहिलो पटक ध्यान जस्तो मन सचेत र सतर्क वनाएर जीवन जिउने कला सिकाउने धेरै महत्वपुर्ण ध्यानको सिकाइ हुने कार्यक्रम सन्चालन भएकोले वुद्ध विहार, यसका आयोजन र भदन्त टोलीलाई धन्यवाद दिनै पर्छ । साधु……..साधु…….साधु…..। भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *