जीवन शाक्य
राती निद्रामा वेहोशी सपना के के हो देखिन्छ, वेहोशमा कहिले वोली रहेको चलिरहेको हुन्छु सपना पछि र विहानपख विउझिदा प्राय जसो मुटुको धड्कन ढुकढुक…श्वास, चित्त.. जोडले चलिरहेको हुन्छ, देखिन्छ ,यसको गति कम्पन बेगले दिने दवाव, विचार भाव, सामान्य जस्तो लाग्दैन, नमिठो तनावपूर्ण, विषय वासना युक्त नकारात्मक महशुश भईरहेकै हुन्छ । यसको असर चाप दिमाग, मुटु, फोक्सो, कलेजो, मृगौला, पेट खुट्टा, र शरिरको अन्य सवै भागमा परिरहेको हुन्छ । शुरुशुरुमा यसतो हुदा धेरै वेर निदा नलाग्ने, धेरै पटक कोल्ट्े पाल्टे फेर्नु पर्ने, विहान शरिर कमजोर भएको, थाकेको जस्तो हुन्थ्यो । आजभोली केहि ब्यायाम, प्राणायाम र यस प्रति शायद केहि सकारात्मक भाव विकास भएर होला, यसतो हुनु आफनै विगत र वर्तमानमा अचेत भई गरिने र गरिएको काम क्रोध लोभ मोह डर त्रास अहंकार इष्र्या द्धेष जस्ता स्वभाव संस्कारले गर्दा हो भन्ने केहि ज्ञान भएको छ, त्यसैले विरोध गर्ने उर्जाशक्ति खेर फाल्ने झन तनाव, चिन्ता थप्ने नगरि विना प्रतिक्रिया स्वीकार गर्दै र हेर्दै निरिक्षण गर्ने गरिन्छ, केहि समय पछि, विस्तारै आफै शान्त भएको देख्छु, । कहिले काहि हेर्ने निरिक्षण वा दर्शन गर्दै जादा शरिर एकदम मदारिने कस्सिने गरि खुम्च्याउन वटारिन पनि मनलाग्छ हुन्छ, मदारिन्छु पनि, र्हेदै गर्दा कतिखेर कोल्टेपाल्टे फेर्ने भयो, वेहोश भै सपना वा निदामा पुगियो थाहा छैन, तर विहान उठने वेलामा पहिला जस्तो नराम्रो सपना देखेपनि थकित हुने हुदैन ।
हामी एकलै बस्दा, एकै थरिको दिन चर्यामा दिक्क लाग्ने, कहिले नियास्रो लाग्ने विरक्ति भाव उठने होश चेत कम भएको जस्तो श्वास र ढुकढुकी पनि विषय आशक्तिले होला एकदम सतही अनियन्त्रित भएजस्तो, समय ब्यवस्थापन गर्न निकै कठिन भए जस्तो लाग्छ । काम गर्नु पर्ने नभएको वेलामा शान्तपुर्वक सिधा भई वस्ने, शाक्षीभावमा वसेर आफनो श्वास, ढुकढुकी चित्त, शरिरका क्रिया गति जस्तो स्वाभाविक अवस्थामा छ, त्यसतै अवस्थामा सचेत भै नियाल्ने हेर्ने जस्तो महत्वपुर्ण सचेत हुने कार्य गर्न सकेका छैनौ, हेर्ने निरीक्षण गर्दै चित्तको स्वभाव वारे वुझने स्वभाव थाहा पाउने कार्य अझै टाढा भएको जस्तो लाग्छ । कि टि.भी, कि मोवाईल, कि ल्यापटप, या खेल खेल्ने, जुवा खेल्ने, पत्रपत्रिका पढने रेडियो सुन्ने या गफगाफमा मनोरन्जनमा भुल्ने गरिहाल्छौ । एउटा न एउटा कुरामा मनलाई भुलाउने, अर्थहिन काममा समय खेर फाल्ने गर्छौं । विषय वासना रहित भै निस्काम शान्त श्वाश र मुटुको ढुकढुकी स्वस्थ निर्मलस्वास्थ्य अवस्थामा राख्ने कार्य अझै धेरै टाढा भएको अवस्था छ, मैले जीवनको ६ दशक पार गरेर पनि यसतो अवस्था अझै महशुश अनुभुति गरेको छु ।
आफनो इच्छा, चाहना कामना वा काममा कसैले वाधा पारे, कसैले चर्को वोली वचन गर्दा वा हेप्दा, हामी प्रतिक्रियावस अनियन्त्रित भई क्रोध र वदला स्वरुप नकारात्मक भावले ग्रसित भई रुखो वोली ब्यवहारहरु गर्न पुग्छौं, झैझगडा गर्ने, कमजोरी गल्तिहरु गर्न पुग्छौं, पछुताउँछौै, केहि गर्न नसके आत्महत्या गर्ने वढी निरासिने निसासिने गरिराखेका छौं, जस्ले हाम्रो मन शरिर थप अस्वस्थ भएर मानसिक र शारिरीक रोगले ग्रसित हुन पुग्ने थप समस्या वा जटिलता निम्त्याउने गरिरहेका छौं । अफ्रिका ,अफगानिस्तान रुस अमेरिका जापान विकशित देशमा अनियन्त्रित तवरले गोली हान्ने वम वारुद पडकाउने, पिट्ने मार्ने युद्ध जस्ता ज्यादै ठुला डरलाग्दा घटनाहरु भईरहेका छन । महाँभारत यसैको उदाहरण हो जस्तो लाग्छ । सफलतापुर्वक कामकुरो सम्पन्न गर्ने दिनचर्या ब्यवस्थित तरिकाले विताउन सकेको अवस्था धेरै कम छ । सम्वेदनशिलता, होश, चेत नभएर वा गुमाएर ठीक ढंगले काम कुरो समयमा नगर्ने, वा विसर्ने कार्यहरु हामी गरिरहेका हुन्छौं । यी सवै अचेतन, अर्धचेतन दिमागको करिव ९५ प्रतिशत हिस्सामा सदियौ देखि परेको पैसा पद वासनाको तृष्णा कामनामा दौडिदा उठने काम क्रोध अहंकार डर त्रास इष्र्या द्धेषजन्य शैतानी सस्कारको प्रभाव हो, जुन चेतन मन भन्दा हजारौ गुणा शक्तिशाली हुन्छ । यो सवैको ब्यक्तिगत संसारमा घटेको वा घटने घटना वा कहानी हो झैँ लाग्छ ।
यो अधेरो शैतानी शोच ब्यवहारको संस्कारले मनुष्य जगतलाई विगार्ने भटकाउने, खाल्टोमा जाक्ने काम गरेको छ । सामान्य मान्छे विग्रने भट्किने गर्दा उसलाई र परिवारलाई मात्र नकारात्मक असर पर्छ तर नीति निर्माण र कार्यान्वयनको तहमा रहेका उच्च पदस्थ ब्यक्तिहरु, नेता कार्यकर्ताहरुले गर्ने भ्रष्टाचार ब्यभिचार र नियम कानुनको खिल्ली उडाउने कार्यले परिवार समाज राज्यमा धेरै घात गर्छ, गरिरहेको छ । राणा पन्चकाल, प्रजातािन्त्रक, भनिने कांग्रेस कम्युनिष्ट शाशनको लामो अन्तराल पछि पनि हाम्रो पारिवारिक समाजिक आर्थिक विकासको अवस्था ओरालो लागेको देशमा शान्ति स्वतन्त्रता खलवलिएको अवस्था छ ।
भगवान गौतम वुद्ध र अन्य सन्तहरुले समाजको वहुजन हीत शान्ति स्वास्थ्य प्रगति खातीर यसैले पन्चशिल अष्टशिल र अष्ट आर्य अष्टमार्गलाई २६०० वर्ष अघि अनुशरण गर्न सिकाउनु भएको थियो । तर हामीमा अझै यसतो शोचाई भावको विकास भईसकेको छैन, कोहि केहीले पैसा सम्पत्ति पद हाँसिल गर्न सकेपनि उनीहरुको जीवनमा वास्तविक शान्ति स्वास्थ्य सुख आनन्द अझ टाढा जस्तै छ ,हाम्रो सदियौं देखिको पुरानो अवैज्ञानिक घोकन्ते अप्राविधिक अब्यवशायिक शिक्षा, राग द्धेषको नकारात्मक संस्कारनै हाम्रो दुख कष्टको मूल कारण हो । प्रेम सहयोग सेवाभाव नसिकाउने, उत्प्रेरणा हौसला नदिने शिक्षा, विभिन्न जातजाति भाषाभाषि, कर्मकाण्ड वोकेको यान्त्रिक, नकारात्मक न्युन पुजिवादी शोच, भौतिक सम्पत्तिको मालिक वन्ने, सुख सुविधा मनोरन्जन वासनामा रमाउने, चाहना कामनाले निम्त्याएको काम, क्रोध लोभ मोह वासना अहंकार जस्ता तुच्छ दुषित शैतानी शोच र अधेरो संस्कार हो ।
हृदयको शान्ति स्वास्थ्यको उज्यालोमा बाच्ने चाहना खाना, पानी र श्वाश जस्तै अति आवश्यक क्रिया हो । यसलाई बुझनै पर्छ । यसको लागि नियम, कानुन, शिल, सदाचार, निर्माण व्यवस्थापन परिचालन आवश्यक छ । मानवीय शान्ति, स्वास्थ्य र सुखको आधार भनेकै पञ्चशील, अष्टशील र सदाचारको मार्ग हो । आफ्नो कमजोरी क्षमता र चित्त श्वास ढुकढुकी दिमागमा भईरहेको क्रिया गति भाव विचारमा केन्दित भईे विना विरोध, प्रतिक्रिया शाक्षि भई स्वीकार श्रदापुर्वक दर्शन अर्थात हेर्ने अनुुसन्धान गर्न सिकाउने विपश्यना –अन्तरदर्शन ध्यान साधनाको मार्ग हो । आफैले थुपारेको फोहर विकृती फाल्ने अरुमा भर परेर नहुने आत्मशान्ति पवित्र हुने आत्म स्वावलम्वनको मार्ग हो । साथै, शुरक्षित खानपान,प्राकृतिक योग,ब्यायाम प्राँणायाम पनि आावश्यक हुन्छ । यस्ता उज्याला पक्ष सकारात्मक कुराहरुलाई पाथमिकता दिएर संरचना वनाई ब्यवस्थापन र सन्चालन गर्नु पर्छ, विद्यालय क्याम्पसमा पठनपाठन हुनु पर्छ ताकी आफु्रैवारे सत्य शान्ति स्वास्थ्य कमजोरी शक्ति थाहा पाउन सकियोस। मनुष्यहरु चाहे जुनसूकै वर्ग जात थरका किन नहुन सवैको जरुरी आवश्यकता हो शान्ति स्वास्थ्य, तव मात्रै मान्छेले आफैलाई प्रेम मायाँ सहयोग दिने गर्ने क्षमता राख्न सक्छ । होइन भने असहाय, एकलो अधेरो निराशामा वाँच्न पर्ने, काम क्रोध मोह वासना वदला लिने भावले सामाजिक भिडभाडमा गोली, वम वारुद विस्फोट हुनु, आफै र अरुलाई मार्ने जस्ता आत्म हत्या, हिंसा युद्धमा होमिनु पर्ने कहाली लाग्दो अफगानिस्तान युक्रेनको जस्तो अवस्था नआउला भन्न सकिने ठाउँ छैन ।
साभारः सत्य नारायण गोयन्का द्धारा लिखित गौतम वुद्ध सम्वन्धि आत्म दर्शन पुस्तक,भन्तेहरु द्धारा दिईने ध्यान दान पारममिताको देशना आदि
भवतु सर्व मंगलम ।