सरोजराज पन्त
“अनुभवका अनुभूति” पुस्तक इन्द्र श्रेष्ठका जीवनका अनुभव, भोगाइ, बुझाइ र अनुभुतिको अनुपम संगालो हो । तीन खण्डमा बिभाजित सङग्रहमा छहत्तर पृष्ठहरु रहेका छन । दीअ प्रकाशन, रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङद्धारा प्रकाशित यो पुस्तक उहाँका छोरी नवीना श्रेष्ठ तथा ज्वाइँ दीपककुमार श्रेष्ठले प्रकाशनको चाजोपाजो मिलाउनु भएको पाइन्छ । आमा, वावुप्रति छोरा छोरीको समान दायित्व र भूमिका हुन्छ भन्ने सन्देश दिने काम यस प्रकाशनले गरेको छ । यस पुस्तक दीअ प्रकाशनको शृङ्खलाकासाथै नेपाली सृजनाको क्षेत्रमा एउटा इँटा थप्ने काम भएको छ । जीवनका अनुभव, भोगाइ, बुझाइ, अनुभुति गर्ने हरेक मानिसका आ–आफ्नै स्वभाव र प्रवृत्ति हुन्छन । एक नारी जसले जीवनमा जन्मघरदेखि कर्मघरमा संलग्नता हुदाँ आफुले भोगेका अनेक किसिमका परिस्थितिजन्य अबस्था तथा बाध्यताहरूलाई यस पुस्तकमा अटाएको देखिन्छ ।
समाजमा अहिले पनि महिलाले फरक परिवेशको अनुभुति गर्न जटिल रहेको छ । बिगतमा एक महिलाले भोग्नु परेका अनेकौ उतार चढावलाई यथार्थपरक ढंगले चित्रण गरी प्रस्तुत गर्नु सामान्य विषय होइन । बिगतमा पुरुषहरुको जीवनशैली, पृष्ठभूमि र महिलाहरुको जीवनशैली, पृष्ठभूमि नितान्त भिन्न रहेको थियो । पारिवारिक, सामाजिक व्यवहार भिन्न रहेको बिगतको अबस्थालाई चित्रण गरेको यो पुस्तकले महिलाहरूको जन्मघरदेखि कर्मघरको यात्रामा भोगेका अनुभुतिलाई स्पष्टरुपमा चिरफार गरेको छ ।
परापूर्वकालदेखि चलि आएको पद्धतिको रुपमा आजभन्दा ५०–६० वर्षअघि महिलाहरू १५–२० वर्ष भित्रमा बिवाह गर्ने चलन रहेको तत्पश्तात जन्मघरलाई छाडी कर्मघरलाई आफ्नो सर्वस्व सम्झी अविरल जीवन अर्पण गर्नु धर्म संस्कार, इज्यत, प्रतिष्ठाको विषय बन्ने गरेको पाइन्छ । बिवाहपछि हरेक नारीले आफ्नो कर्म घरसँगै जीवनको पृष्ठाधारलाई चटक्क बिर्सी कर्मघरको नयाँ पृष्ठभूमिमा रम्ने तथा नविन जीवनको आधारशीला निर्माण गर्न प्रतिबद्ध हुनु पर्ने चलन रहेको पाइन्छ । अहिलेकोभन्दा फरक परिवेश रहेको बिगतको सामाजिक संरचनामा सानै उमेरमा जन्मघर छाडी कर्मघरका सासू–ससुरा, पति र परिवारका अन्य सदस्यहरूको लागि जीवन आहुति गर्ने चलनले नारीशतिmको अपार महिमा र महत्व कति हुदोँ रहेछ भनी यस पुस्तकको विश्लेषणमा पाउन सकिन्छ ।
आजभन्दा करिब ५०÷६० वर्षअघिसम्म बागलुङ एउटा ग्रामीण बजारको अवस्थाबाट गुजिरहेको र त्यस समयमा भोग्नु परेका समस्याहरुलाई र वि.सं. २०५० पछि यातायातको सुविधा भएपछि यसले एउटा सहरको स्वरूप विकसित गर्दै गएपछि आएका परिर्वतनलाई समेत यस पुस्तकले समेटेको छ । बागलुङ बजारमा जन्मेर यहींको माटो, हावापानीमा रम्दै आउनुभएकी एक क्रियाशील महिला इन्द्र श्रेष्ठ आज ७२ औं वसन्तमा जीवनसंखी प्रेम छोटासँग रमी रहनुभएको छ । जीवनको १९ वर्ष पूरा गरी २० औं वर्ष प्रवेश गर्दैगर्दा बैवाहिक सम्बन्धमा बाँधिनु भएकी श्रेष्ठ यस समाजकी एक उदाहरणीय महिला पात्र हुनु हुन्छ । बाल्यावस्थामै सिलाइ बुनाइमा रुचि राख्नुहुने उहाँले कर्मघरको यात्रामा पनि निरन्तर अगाडि बढाएको उहाँको ’अनुभवका अनुभूति’ आत्मवृत्तान्तवाट स्पष्ट हुन्छ ।
एक नारीले समाजमा रहेका अन्य नारीको हक, हित र अधिकार तथा आर्थिक उन्नति– प्रगतिका लागि समर्पित हुनु पर्दछ भन्ने सन्देश अगुवा नारी इन्द्र श्रेष्ठले व्यक्त गर्नुभएका शब्दहरूले स्पष्ट पार्दछन । उहाँमा महिलाहरुको आर्थिक सशक्तीकरणबारे दूरगामी चिन्तन रहेको देखिन्छ । महिलाको आर्थिक उन्नति बिना अन्य विकास हुन नसक्ने बुझाइ उहाँको रहेको छ । विद्यार्थी जीवनदेखि नै विद्यालयमा आयोजना हुने गायन, नृत्यजस्ता विविध सांस्कृतिक कार्यक्रममा संलग्न हुने स्काउटजस्ता सामाजिक क्रियाकलापमा सक्रिय श्रेष्ठको यो पुस्तक वैवाहिक जीवनमा नारीहरुले अनेकौं दुःखकष्ट गरी अगाडि बढ्नुपर्ने भोगाइलाई चित्रण गरेको छ । नेपाली महिलाका जीवनका कथाव्यथालाई उहाँको घरगृहस्थीका जीवनचर्याले प्रतिनिधित्व गर्न सफल रहेको पाएन्छ । जीवनका हरेक क्षणको भोगाइलाई तथ्यगत रुपमा पस्कने काम लेखकले गर्नुले यस पुस्तकमा तत्कालीन समाजदेखि बर्तमानसम्म नारीले भोगेका, भोग्नु परेका विषयवस्तुलाई इमान्दारिताका साथ खुलस्त पार्नमा यो पुस्तककी लेखिका सफल रहेको देखिन्छ ।
नारी शिक्षाको ढोका नखोलेको बिगतको समयमा समेत अध्ययन गर्नमा तल्लीन भई विद्यार्थीकालमा गायन, नृत्य र स्काउटका क्रियाकलापहरुमा संलग्न हुनुले र पछिल्लो समयमा लक्ष्मीनारायण कला मन्दिर, राधाकृष्ण मन्दिर, सनातन धर्म सेवा समितिलगायतका घरायसी कामका साथसाथै धार्मिक, सास्कृतिक कार्य तथा भजनहरूमा सरिक हुनुले उहाँ एक प्रतिभाशाली नारी भएको स्पष्ट हुन्छ ।
प्रस्तुत ूअनुभवका अनुभूति” सग्रह तीन खण्डहरूमा विभक्त रहेको छ । पहिलो खण्डमा लेखिकाको बालापनका बिबिध क्रियाकलापदेखि वैवाहिक जीवनको चरणमा भोगेका सत्रवटा शीर्षकका अनुभूतिहरु समाहित रहेका छन् । जसमा बचपनदेखिको अभिरुचि, गायन कलामा रुचि, बागलुङमा स्काउटको स्थापना, यस्तो पनि हुँदो रहेछ , पहिलो महिला प्रििनधि, नसोचेको जीवन, पारिवारिक झर्को, सपना र सर्को, अमेरिकामा टेक्दाको क्षण, ऐतिहासिक नेपाली साहित्य सम्मेलनमा, अपूर्व वाल्टिमोर सहर, महिला सहकारीको सोच, शुभकामना मन्तव्य, बागलुङ उद्योग बाणिज्य संघको महोत्सव, बागलुङ महोत्सव, हस्तकलासँग मेरो अत्तरसम्बन्ध, मैले चिन्न सकेकी रहिनछु रहेका छन । यस खण्डमा बागलुङको विकासमा सहकारी र हस्तकलासँग सम्बन्धित सहकारी गतिविधिमा संलग्न रहँदाका अनुभूतिदेखि अमेरिका भ्रमण गर्दासम्मका अनुभूतिहरु समावेश छन् ।
यस खण्डमा मैले चिन्न सकेकी रहिनछु शीर्षकमा प्रेम छोटालाई कसैले मित्र, कसैले साहित्यको प्रतिमूर्ति कसैले साहित्य–रत्न, कसैले अनुसन्धान–कर्ता, कसैले संस्कृति कसैले अग्रज साहित्यकारको नाता लगाउँछन् । बेला बेलामा नयाँ पुस्ताका साहित्यकारहरुले धवलागिरिलाई चिनाउने एक साहित्यिक एकलब्य हुन् भनी चिन्ने गर्छन् । नेपाली भाषा, साहित्य र संस्कृतिप्रति निरन्तर लागि परेर नै होला नेपालभित्र र बाहिरी देशबाट समेत उहाँ स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघ संस्थाहरूद्वारा अनेक पुरस्कार र सम्मानले सम्मानित हुनुभएको छ । नेपाली साहित्यको क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको कदर गर्दै प्राय सबै साहित्यकारहरूले उहाँलाई चिन्न र बुझ्न गरेका छन् । देशभरिका कवि, लेखकहरूले चिन्ने र अहोरात्र खटने उहाँले आफ्नो सारा समय वा आफ्नो पूर्ण साहित्यक सेवामा लगाउनुभएको छ ।
जीवनमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न राष्ट्रियस्तरका संस्थाहरूद्वारा आयोजित पुरस्कार समारोहमा पुरस्कार र सम्मान लिन जाँदाको अवसरमा उहाँसँग युवादेखि ८०÷८५ वर्षका पाका, वृद्ध कवि लेखक तथा विद्वान् विदुषीहरू जोडिन्छन । अहिलेका युवा साहित्यकारहरूले समेत हात मिलाउँदै ’प्रेम छोटा जी ! तपाईंको धेरै पहिलेदेखि साहित्यमा योगदानको चर्चा परिचर्चा हुने गरेको सुनका छौं । हामीले तपाईंका कृतिहरू अध्ययन गरेका छौं’ भनी उहाँका मित्रहरूबाट सुन्दा अति हषर््िात हुने गरेकी छु श्रेष्ठको कथन छ ।
यसका साथै उहाँले आफ्नी ममतामयी सासु आमा रत्नकुमारी श्रेष्ठको नाममा स्थापित ’रत्न–श्रेष्ठ पुरस्कार गुठी’को स्थापनाकालदेखिको योगदान अतुलनीय रहेको छ भन्ने गरेका कुरा जहाँ पुगे पनि सुन्ने गरेकी छु । अकोतिर श्रीमतीको नाताले उहाँको साथमा २०७० सालमा अमेरिका जस्तो विशाल र शक्तिशाली राष्ट्रमा जाने मौका पाउँदा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजित अन्तराष्ट्रिय बृहत् साहित्य सम्मेलनमा विश्वका विभिन्न देश र अमेरिकाका विभिन्न राज्यहरूबाट आएका साहित्यकारहरूको मुखबाट ’ओहो ! प्रेम छोटाजी तपाईं पनि आउनुभएछ । हामीलाई खुसी लाग्यो । तपाईंलाई स्वागत छ ।’ भन्दै गरेका पवित्र भावना र सात समुद्रपारिको अमेरिकामा बसिरहनुभएका मित्रहरूले पनि उहाँलाई चिन्ने धेरै रहेछन् भनी मनमनै चकित भइ नै रहे । तर उहाँसँग पचासौ बर्षसम्मको सहयात्रीको रूपमा रहेपनि मैले प्रेम छोटालाई चिन्न सकेकी रहिनछु । यो अति मार्मिक अनुभूति रहेको छ ।
यसै गरी दोस्रो खण्ड सातवटा कविता र एक गीत समाबेस रहेका छन । कविता खण्डमा समाबेस कविताहरूलाई नियाल्दा उहाँले एकै आफु जन्मेको भूमिको चर्चासँगै बागलुङ बजारमा जन्मी बागलुङमै रमिरहेकी श्रेष्ठले जन्मघर तथा कर्मघर बागलुङबारेको कविता सृजना व्यक्त गर्नुभएको छ ।
कालीको सुसेली बागलुङको उकाली
उकाली ओराली देवीलाई पुकारी ।
मनभरि मायालु तिमीलाई अँगाली
सम्झँदा मन रून्छ बिर्सन सक्तिन ।। (बागलुङको मायाबाट)
एउटै दुध चुसेकी आफ्नी दिदी बिजुलीसँग बिछोडिनुपर्दाको पीडाबोधलाई कवितात्मक शैलीमा प्रस्तुत गर्नु अति कारुणीक कविता यहाँ पस्कनु भएको छ ः
कति छन् मनभित्र उर्लेका छाल
लेखूँ भने सक्तिन ती सब हाल ।
बोल दिदी । एक फेर बोलन
भेट्न भनी आएँ म अन्तिम चरण ! (मरणासन्न अवस्थामा कविताबाट) ।
यसरी उहाँले आफ्नी दिदीसँगको अन्तिम भेटका सन्दर्भमा उर्लेका मनका भावना पोख्र्दै व्यतm गरेका शव्दहरु अति मर्मस्पर्शी रहेका छन जसमा ः बिर्सेर कबुल मायाको डोरी बिचमै चुँडाल्यौ दिदी बिचमै चुँडाल्यौ दिदी,जन्मेपछि मरण धु्रव सत्य तिमीले अगाल्यौं । (बिछोडको प्रलाप कविताबाट)
यसैगरी अन्तिम दर्शन पवितामा उहाँले बिछोडको पीडालाई दर्दनाक रुपमा प्रस्तुत गर्नु भएको छ ः
हातै समाती बोलाउन खोजें, लिई आन्तरिक चाहना
अन्तिम घडी स्वर मात्र निक्ल्यो, केवल दिई आँखाको इसारा ।।
यसैगरी उहाँले आफ्नो जीवन सहयात्री प्रति सम्बोधन गरिएको कवितामा व्यतm शव्दहरु अति पे्रमदायी रहेका छन जसमा आफ्नो अभिव्यक्तिलाई काव्यिक सिर्जनाको माध्यमबाट प्रस्तुत गर्नु भएको छ ः तिमी बगैचामा फर्किएको सुन्दर गुलाफको फूल हौ भने, म सुवासना छर्दै सदा रमिरहुँला (बिम्ब कविताबाट)
यसै कविता जस्तै अर्को कवितामा उहाँले मायालुको रुपमा पतिलाई उभ्याएर सम्झना रुपि मायाका छाल र यादको समिश्रण गरी तिमी कविताको भाव हौ भने म कविताको मधुर रस भइदिउँला भन्दै कवितामा व्यक्त गरेको देखिन्छ । उहाँका कविता पक्षको अध्ययन गर्दा उहाँमा कवितात्मक कला लुकेको पाइन्छ ।
तिमी नदीको उर्लदो छाल हौ भने, म सम्हाल्ने ध्वनि बनिरहुँला ।
तिमी गीतको मधुर ताल हो भने, म सङ्गीतको धुन गुञ्जिरहुँला ।। (सहयात्री कविताबाट)
मानिस प्रकृतिमा रमिरहेने, जीवनकालागि सघर्षगरीरहने चेतनशील सामाजिक प्राणी भएकोले जीवनका हरेक क्षण ऊ सफल जीवनकालागि लडिरहन्छ । नेपाली समाजमा तत्कालीन समय नारीलाई पढन, लेख्न सहज थिएन त्यस्तो अबस्थामा पनि लेखपढ गर्न र सामाजिक कार्यमा सरिक हुनु सामान्य थिएन । हुन्छ । समाजमा फरक फरक संस्कृति र संस्कार, छोटाजीसँगको सहकार्यले उहाँलाई सहज भएकोमात्र होइन आज छोटालाई देश विदेशमा चिन्ने बन्नमा इन्द्र श्रेष्ठको अतुलनीय योगदान रहेको छ । चुलो चौका, घर व्यवहार, सन्तानको जन्मदेखि स्याहार सुसार, शिक्षा दिक्षामा अहोरात्र खटेर पतिलाई साहित्य सृजनामा लागि रहने समय र साथ दिर्दै आफुले पनि सोही बाटो पछाउन पक्कै पनि सहज थिएन ।
अनेकौ दुःख कष्ट झेल्र्दै यो अबस्थामा आउन सक्नु चान्यचुन्य काम होइन । रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङका संरक्षक सदस्य इन्द्र श्रेष्ठले आफ्नो जीवनको यात्राका सिलसिलामा भोगेका अनुभूतिहरुलाई लिपिबद्ध गरी आम पाठकसामु प्रस्तुत गर्ने जुन काम गर्नुभएको छ, यो सबै नेपाली नारीका लागि उदाहरणीय काम हो भन्ने मेरो बुझाई रहेको छ । यस पुस्तकमा अभिव्यक्त विचारहरु एक साहित्य प्रेमी, गृहस्थ नारी लेखकले जीवनमा भोगेका अनुभवलाई भावनात्मक रुपमा पस्कनु, कतै सृजनाका लहरमा डुव्नु, पौडिनु, फेरि उत्रिनु, तत्कालीन समाज र संस्कृतिको उजागर गर्नुले यो पंतिmकारलाई नवीन अनुभूति भएको छ । यद्यपि लेखकले आफ्ना अनुभव र अनुभूतिमा साहित्यकार, अनुसन्धाता जीवन सखिलाई कसरी यो चरणमा आउन सहयोग गर्नु भयो ? यस क्रमममा के कस्ता पारिवारिक, सामाजिक, आर्थिक, साँस्कृतिक उतार चढाव खेप्न र भोग्नु प¥यो ? कसरी जीवनलाई बुभ्ने र बुझाउने ? भन्ने बारेमा पनि थप बिषयवस्तु प्रस्तुत गर्नु भएको भए सायद यो सबै साहित्यानुरागी व्यतिm र उनीहरुका परिवारलाई थप प्रेरेणाको स्रोत बन्ने र यसबाट नयाँपुस्ताको साहित्य सृजनाप्रति आकर्षण बढन गई अझैं प्रभावकारी हुन्थ्यो कि ? भन्ने लाग्दछ । प्रस्तुत पुस्तक जीवन यात्राको एक चिनारीसँगै समाजको परिवेशरुपि ऐना भएकाले यसको अध्ययन पछिमात्र विज्ञ पाठकवर्गले यथोचित मूल्याङ्कन अवश्य गर्नु हुनेछ । अन्त्यमा, यस पुस्तककी लेखिकालाई यो संघर्षको उपहारको लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा उहाँबाट नविन कृति प्राप्त हुने अपेक्षा राख्दछु ।