सरोजराज पन्त
बागलुङ मनै लठ्ठिने प्राकृतिक सुन्दरता, परम्परागत संस्कृतिकमा धनी जिल्ला हो । सदरमुकाम बागलुङ बजारको काखमा रहेको कालीका भगवती मन्दिर नेपालको एक महत्वपूर्ण धार्मिक स्थल हो । यसैगरी नेपालको मिनी नेपाल, झोलुङे पुलको जिल्ला, सबैभन्दा लामो झोलुङे पुल भएको जिल्लाको नामले परिचत बागलुङ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षले झनै महत्वपूर्ण बनेको छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्चकोट, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकका लागि आर्कषण केन्द्र हुन् । यी सबै गन्तव्यहरुको प्रचार प्रसार र ब्यवस्थापनमा जोड दिन सके पर्यटनको विकास गर्न सक्ने सम्भावना प्रशस्त रहेका छन् ।
बागलुङका महत्वपूर्ण गन्तव्यमध्ये बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । बागलुङ कालिका भगवती मन्दिर धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको आस्थाको केन्द्र हो । यो मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ मा मन्दिर अवस्थित छ । यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने विश्वास रहर्दै आएको छ । यही आस्था र विश्वास स्वरुप यहाँ स्वदेशी तथा छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् किनकि हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ ।
मन्दिरको ऐतिहासिक पृष्ठभूमि
मध्यकालमा चौविसे राज्य अन्र्तगत पर्वत एक शतिmशाली राज्य रहेको थियो । त्यस पर्वत राज्यका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । प्रतापी नारायण मल्लको विवाह हुँदा मुकुन्दसेनकी छोरीले माझकी देवीलाई आफूसँगै दाइजोको स्वरुप बुबासँग मागेर ल्याएको इतिहास रहेको छ । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवी बोकेर ल्याएको डोली हाल कालिका मन्दिर भएको ठाउँमा बिसाएको र पछि उठाउँन जति प्रयत्न गर्दा पनि नउठेपछि राजदम्पत्तीले रमणीय कालीगण्डकी नदी किनारमा विधिपूर्वक मन्दिर स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ । मन्दिरको स्थापनाका बिषयमा चर्चा गर्दा मन्दिरको माथिल्लो छानामा रहेको सुनको मोलम्मा लगाइएको गजुरमा १६३४ लेखिएकाले र पर्वते राजाहरुले शाके सम्वत लेख्ने गरेको हुनाले यो मन्दिर पेगेडा शैलीमा विसं १७६९ मा निर्माण भएको प्रमाणित हुन आउँछ ।
यसरी स्थापना भएको कालिका भगवती मन्दिरमा पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि आजसम्म खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ । यसो गर्नुमा राजा प्रतापी नारायण मल्लले कालिका देवीको खड्ग समाती आउने चक्र पवारलाई ँखड्गा पदवी दिई पुजारी गराई गुठ राखी दिए । त्यसपछि यिनका सन्तानहरुले करिव ५ सय वर्षदेखि हालसम्म अविच्छिन्न रुपमा पुजारी भै देवीको सेवा गरिरहेका छन । कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्थापन ‘कालिका भगवती गुठी सञ्चालक समिति’ ले गर्दै आइरहेको छ ।
मन्दिरभित्र पूर्व खण्डमा तीन फिटजति अग्लो नौ फिटजति चौडाई भएको चारकुने चौको मण्डप रहेको छ । त्यसै मण्डपमाथि चाँदीको ढकनीले ढाकेका तीन थुम्काहरु छन् जहाँ महाकाली महालक्ष्मी र महासरस्वतीको रुपमा स्थापित गरिएको छ । त्यसको छेउमा शिविलंग र गणेशको स्थापना गरिएको छ । यस मण्डप वरिपरि ध्वजा–पताका घण्टाहरुले सजाइएको छ । मूर्तिहरुमाथि तामाको चुँदरी झुण्डाइएको छ । मन्दिरको मूल प्रवेशद्वारभित्र दाहिने तिर अखण्ड धुनी छ । श्रुतिस्मृति अनुसार कालिका देवी पहिले साक्षात थिईन । मन्दिरका पुजारी वा भक्तजनहरुलाई कालिका देवीले साक्षुत दर्शन दिंदा देवीको तेजबाट भष्म हुने त्रास भएकाले देवीलाई भूगर्भमा स्थापित गरी मण्डप बनाई पुजादि गर्न थालिएको हो किम्मदन्ति रहेको छ । कालिका भगवती मन्दिरको गर्भगृहमा एउटा चौका उठाएको छ र त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसंग माटोको तीनओटा अर्ध गोलाकारथुम्का उठाएको छ । त्यसदेखि माथि अर्को एक तह पेटी उठाएर त्यस्तै एउटा थुम्का उठाएको छ । यी चारै ओटा थुम्कालाई चाँदीको पाताले मारेको छ । यिनै थुम्काहरूलाई कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ । कालिका मन्दिरको चारै दिशामा ढोकाहरु रहेका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने विश्वास स्वरुप बन्द गरिँदै आएको छ । वि.सं. १९८२ मा मन्दिर जीर्णोद्वारको क्रममा उक्त ढोका खोल्दा त्यस्तै जटिलता आएकोले बन्द गर्ने गरिएको पाइन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
बागलुङ कालिका भगवती माईको दर्शन गर्न कालिका देवीको प्रसिद्धि र महिमा बागलुङ म्याग्दी पर्वत र मुस्ताङ जिल्लामा मात्र सीमित छैन । यो नेपालभरको प्रसिद्ध, पवित्र एवं महत्वपूर्ण धार्मिक स्थल भएकाले देशभरीका दर्शनार्थीहरु बागलुङ आउने गर्दछन् । पहिले हिडेर आउनु पर्ने समयमा पनि यहाँ मानिसहरु आस्था र विस्वास बोकीआउने गरेकोमा अहिले सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतीको दर्शन गर्न आउने गर्दछन् । प्रत्येक मंगलबार, शनिबार, नवरात्र, अष्टमी लगायत विभिन्न तिथीहरूमा भतmजनहरुको बाक्लो भिड लाग्ने गर्दछ । ब्राह्मणहरू मार्फत मन्दिर परिसरमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ । यसैगरी विवाह, बर्तबन्ध गर्नका लागि पनि यो मन्दिर महत्वपूर्ण रहेको छ ।
यस मण्डपको छेउमा शिवलिङ्ग र गणेशको स्थापना गरिएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास रहर्दै आएको छ । यहाँ आउने भक्तजनहरुले मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास राखी आएको बताउँछन । मन्दिरको दर्शन गर्न आउनेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने, जागिर मिल्ने, बैदेशिक रोजगारमा सफलता मिल्ने, रोग शोकबाट मुतिm पाइने विश्वास रहँदै आएको छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न भई राम्रो फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहेको छ ।
वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियमपुर्वक पूजा गरिन्छ । जसलाई सरकारी पूजा पनि भनिन्छ जुन हरेक बर्ष हुने गर्दछ । नियम पूजामा पन्चबली चढाइन्छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा लगायतका पञ्चबलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ । नवरात्रको बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड केही कम हुने गरेको पाइन्छ । यद्यपि नरिवल चढाउने र पूजा गर्ने कार्यका लागि भने भक्तजनहरु आउने गर्दछन ।
कालिका भगवती मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदीमा झर्ने बाटो छ । यो बाटोमा एउटा बाफ आउने दुलो रहेको छ । यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवतीमाई बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने विश्वास पनि रहँदै आएको छ । राती जाग्राम बस्ने कतिपय भतmजनहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने गरेको पाइन्छ । यसैगरी यहाँ देवीको मन्दिर स्थापना गर्ने राजकुमारीले अर्थात पर्वत राज्यकी रानीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।
पर्यटकीय सम्भावनाको चर्चा गर्दा बागलुङको ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको जल ल्याइएको छ । कालिका मन्दिर आउने दर्शालु भक्तजनहरुलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह निर्माण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागवेणी, गलेश्वरदेखि धार्मिक महत्वको साथ बगिरहेको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासिक सम्बन्धलाई यी नौ धाराहरुको जलले झनै महत्व थपिएको छ । मन्दिरको प्रवेश गर्ने मुल गेटबाट अगाडि जाँदा बाटोको बाँया भागमा मन्दिरको उत्तर दिशामा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्ती मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट जल खसालिएको छ । मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको छ ।
प्रत्येक दिन विहान सवेरै पूजारी नुहाएर काली गण्डकीको पवित्र जल ल्याई देवीका मंदिरभिंत्र सेचन गर्छन अनि चन्दन घोट्ने काम गर्छन । पहिले चण्डीकालीको थालीमा चन्दन राखिन्छ तवमात्र मन्दिरको चन्दनदानीमा चन्दन राखिन्छ । क्रमशः आरती कलश, गणेश, शिव, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरेपछि मन्दिरका चार ढोकाहरु र मन्दिर भित्र रहेको अखण्ड धुनीमा पूजा गरिन्छ । मन्दिर भित्र उत्तर तर्फको खोपीमा नहकुल सहदेवको नाममा पूजा गरिन्छ । मन्दिर भित्रको नित्य पूजा सकेपछि पूजारी चण्डीकालीको स्थानमा धुप चढाएपछि मन्दिर वाहिर पूर्व पट्टी रहेको कौडेलीमाईको पूजा गरिन्छ । तव मात्र सर्व साधारण लागि मन्दिर खुला हुने गर्दछ ।
कालिका मन्दिरको बाहिर चारैतिर भित्तामा १४ प्रस्तर मूर्तिहरु राखिएको छ । मन्दिर वरपर सत्तल र एक प्रशासनिक भवन बनाइएको छ । मन्दिरको मुख्य द्वार अगाडि शिविलंग राखिएको छ । त्यसको दुवैपट्टि पीत्तलका सिंहहरु राखिएका छन् । मन्दिरको वरिपरि बत्ती वा आरति बाल्नका लागि तामाका १०८ दियोहरु राखिएका छन् । मन्दिरको बाहिर दायाँ तिर कौडेलीमाईको मुर्ति रहेको छ । मन्दिर भित्र पूजा अर्चना गर्नुपुर्व तल पोखरी जहाँ कालिगण्डकीको जल आउँछ उतm पोखरी माथि रहेको गणेश भगवानको पुजा आरधना गरिन्छ । त्यहाँ पुजा गरि सकेपछि कालिका भगवती मन्दिरको पुजा गरिन्छ र बाहिर रहेको कौडेलीमाईको मुर्तिमा पूजा अर्चना गर्ने प्रचलन रहेको छ । त्यसपछि फर्कदा जंगलको विचमा अवस्थित चण्डीकालीको मन्दिरमा पूजा अर्चना गरिन्छ । शाहवंशीय राजाहरुमा राजा महेन्द्र कालिका देवी भगवतीको दर्शन गर्ने पहिलो राजा हुन् । यिनले २०१६ साल मंसीर ३० गते कालिका देवीको मन्दिरमा पूजा गरेको पाइन्छ । तत्पश्चात पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलबाट २०६२ साल चैत महिनामा कालिका देवीको पूजादर्शन गरेका पाइन्छ ।
पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने लगायतका ठूला ठूला रुखहरुले घेरिएको मनोरम दृश्य हेर्न पाइन्छ । वरिपरि स्लेट ढुङा छापेर रङिचङी रहेको मन्दिर आर्कषक र मनमोहक छ । निरन्तर नौ धारामा कालीगण्डकीको जल आउने भएकाले पनि अहिले भतmजनलाई सहज भएको छ ।
कालिका भगवती मन्दिरसँगै, देशकै लामो र अग्लो झोलुङे पुल, पञ्चकोट, बागलुङ नगरपालिका–४, कुँडुलेस्थित रङ्गबेङ्कटेश मुक्तिनाथ मन्दिर, मुिक्तनाथ वेदविद्याश्रम, तिरुपति बालाजीधाम मन्दिर परिसरमा निर्माण गरिएको सङ्ग्रहालय अध्ययन अनुसन्धानको गन्तव्य बन्न सक्ने देखिन्छ । वैष्णव तथा अन्य सनातनीले विष्णुको अवतारका रूपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महत्वलाई विश्वव्यापीकरण गर्न जरुरी छ । यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका समयसापेक्ष सुधार गरी मन्दिरमा दर्शनार्थीको गन्तव्य बढाउन आवश्यक छ ।