राम सुवेदी
संगत, सत्संगत र असंगत मानव जीवनका दुई पाटा जस्तै राजनीतिमा पनि असंगत जोडिएपछि अहिलेको जस्तो अवस्था झल्काउँछ । राजनीतिले व्यवस्थाको मात्र परिकल्पना गरेको होईन । व्यवस्था भित्रको अवस्था जो मानव जीवनसँग संगत राख्दछ त्यसको आदर्श हुनसक्नु पर्दछ । जव राजनैतिक पात्रहरुमा असंगति बढ्छ, विकृती र विसंगतिका बाछिटाहरु समाजमा उछट्टिन थानल्छन् ।
मान्छेको जीवन जसरी संगत अनुसारको आचरण, निष्ठा र स्वभावसँग जोडिन्छ । त्यसको प्रभाव स्वतः उसको जीवनशैलीमा जोडिन्छ । असंगत मान्छेहरुसँगको संगतले मान्छे राम्रोबाट नराम्रो बाटो समात्छ, कुलत भेट्याँछ, त्यहीं रमाउने बानी बनाउँछ त्यसरी नै असंगत राजनीतिले त्यसका नेता, दल र उसको व्यवस्थालाई नकरात्मक नै बनाउँछ ।
हाम्रो देशको राजनीति लामो समयदेखि असंगतीमा फसेको छ । बेलाबेलामा असंगतीले द्धन्द्ध निम्त्यायो । कलह र झैझडाको कोलाहलमा फस्यो । निष्ठा, विचार र शिद्धान्त मिचेर असंगतरुसँगको मिलिजुलीमा आदर्श तिलाञ्जली दिने राजनैतिक दलका नेताहरु स्वयं अनेकन झैझमेलाका पात्र देखिए । कसरी हुन्छद्ध, सत्ताको आडलाउँने र राज्यकोषको दुरुपयोग गर्ने परिपाटिको राजनीति बदल्ने सत्मार्गी, दुरदर्शी र दुरगामी नेता देशमा छैनन् र रहेनन् ।
कहीं कतै विश्वास गरिएकाहरु समेत कालन्तरमा असंगतमा फसे । कालजयी निष्ठा तिलाञ्जली दिएर, बेइमानी, भ्रष्ट्राचारी, दुराचारी, ज्यानमारा, घेसखोरहरुसँग साँठगाँठ गरेर उनीहरुको आडभरोसामा एकथान मान्छेभएपनि सत्ताको रछ्यानमा फसे । रणनैतिक हिसावले राजनैतिक विचार, शिद्धान्त र निष्ठाको राजनीति अझै बलियो बनाइदिएको भए आज यो कार्यनैतिक सवालमा सत्ता स्वार्थको अति नीच र घिनलाग्दो घेराबाहिरको राजनैतिक आदर्श संगतीपूर्ण राजनीति हुन्थ्यो । तर त्यो छैन र भएन ।
आजको राजनीतिमा सत्य पच्दैन । किन कि असंगतिले सत्य दवाउँछ । होच्याउँछ । राजनैतिक चिन्तनको तिलाञ्जली दिन्छ । आस्था, विचार निचोरेर सत्ताको ओढारमा गुमनाम भइएलाकि भन्ने मनोगत पीरले एक हुलकाबीच बकुल्लाले जस्तो मुन्टो उठाउँने तुच्छ रहरले उचो आदर्श थेच्याईदिन्छ । जहिलेपनि विचार एउटा हुन्छ, त्यसको आदर्शता शिद्धान्तनिष्ठ नेताको कर्मफलमा राजनैतिक यात्रा उजागर हुन्छ । जस्ले वर्ग उन्मुक्तिको राजनैतिक दर्शन टेक्छ । त्यसका समर्थकहरु र सच्याईमा कुरा गर्नेहरुको घाँटी थुनेर राख्ने राजनैतिक बद्ख्वाई दसाईन्छ । सत्य नबोल्ने् अनुशासित हुन्छन् रे । बोल्नेहरु अराजक । अनुशासन भन्ने कुरा आदर्शता, निष्ठा र त्यसले कमाएको कर्मप्रतिको उचो प्रेम हो । तर कन्चटमा डण्डा ताकेर चुपलाग भन्ने आदर्श राजनीति होईन, त्यो त असंगतीको पदचाप हो । जो् आजको राजनीतिमा उन्मूख छ । उदयमान छ ।
जनभावनाको आदर्शता, देशका नागरिकको अभाव, विचलन र विथ्याहरुको प्रभावमा असंगत राजनीति गुम्रिएको छ । कसरीहुन्छ, कोसँग हुन्छ, के गरेर हुन्छ, त्यहाँ हामफल्न पर्ने चरित्रको राजनीतिले न त वर्ग उत्थानको राजनीति गर्छ । नत विचार र गुणको चित्र देखाउँछ । दोधारे राजनैतिक चरित्रले जन्माएको असंगत चरित्रले चाल विगार्छ । आफ्ना कोल्ट्याँछ । वर्गदुस्मनहरु सम्हाल्छ र त्यही बाँचने कोसिस गर्दछ । विचारको विचलन हुन्छ । दर्शनले गति छाड्छ ।