राम सुवेदी
आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राय मानिन्छ । लोकतान्त्रिक संस्कृति समेत अवलम्बन गर्न नसकिरहेको वर्तमान निर्वाचन संस्कृति गणतन्त्रवादीहरुले उच्च पद्धतिको लोकतान्त्रिक अभ्यास कसरी भनिरहेका होलान ? निर्वाचन भनेको स्वतन्त्र, स्वच्छ र विश्वसनीय प्रणालीको एक अंग मतदान गर्ने अधिकारको सुनिश्चित अधिकार भनिएको यो प्रणालीमा नागरिकलाई स्वतन्त्र र भयरिहित वातावरणको परिकल्पना गर्न सकिने अवस्था होला त ? त्यो कुरा व्यवस्थाले ग्यारेण्टी गर्ने वा कानून वा संबैधानिक व्यवस्था कस्ले? लोकतान्त्रिक व्यवस्थाको कल्पना गर्नेहरु जो गणतन्त्र ल्याइयो भनेर बुरुक्क गरिरहेका छन् उनीहरुको मगजको खेल कसरी हुन्छ चुवान जित्ने र सत्तामा रजाई गर्ने नै हुन्छ भने, यहाँ यो पद्धतिमा भइरहने निर्वाचन संस्कृतिका विकृत रुपमाथि उनीहरु ध्यानाकर्णण गर्ने कुरा हुँदैन ।
चुनाव एक लोकतान्त्रिक राजनीतिक व्यवस्थाको संसारले प्रत्यक्ष र सार्वजनिकरूपमा देख्न सक्ने, अधिकांश नागरिकहरू सहभागी हुन सक्ने एक आकर्षक र उत्साहपूर्ण क्रियाकलाप मानिन्छ । त्यसमा आफ्नो गोप्य मतदान गर्ने मतदाताहरुको मतदानप्रक्रियामा सहधागीहुनेहरुको कतिसम्मको नीच हर्कत हुन्छन् भन्ने अघिल्लो बैशाखतिरको स्थानीय निर्वाचन प्रक्रिया, निर्वाचनमा सहभागी दलहरु र तिनका प्रतिनिधिहरुको चलखेलले मतदाताहरुलाई पारेको प्रभावले देख्न सकिन्छ ।
लोकतन्त्रका सुन्दर, सबल, कमजोर र पाखण्डयुक्त पक्ष पनि प्रष्टरूपमा देख्न सकिन्छ । एक स्वतन्त्र, स्वच्छ र विश्वसनीय निर्वाचनले उक्त निर्वाचनमा विजयी हुने राजनीतिक दललाई मुलुकभित्र शासन र सत्ताको उपभोग—प्रयोग गर्ने वैधानिक र नैतिक अधिकार प्राप्त गर्नुका अतिरिक्त आम जनताको सहभागितालाई व्यापक रूपमा परिचालन गरी त्यस लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा योगदान पुरयाउनु हो । तर त्यसो हुन नदिन त्यसका अंगहरु जस्ले निर्वाचन प्रक्रिया पूरा गर्नुपर्ने हो, उनीहरु नै अप्रत्यक्ष विक्रीभइरहेको देखाउँछ । विधिको शासनले अंगिकार गरेका कार्यहरु विपरितका गतिविधि रोक्ने निर्वाचन आचारसंहिता लागू गराउने भनेको निर्वाचन आयोगका लागि ‘श्राद्धगर्दा म्याउ नगरोस् भनेर डोकोभित्र तोरेर राखेको बिरालो’ सरह हो ।
अहिलेको र यही पद्धति, संस्कृतिको निर्वाचन स्वतन्त्र, स्वच्छ, सहभागितामूलक तथा समावेशी किसिमको भनिएको हल्ला ठटाईन्छ । गणतन्त्रवादीहरु र अझ आफूलाई उत्तम प्रगतिवादी भनिएका क्रान्तिकारी गठबन्धनकारीहरु थप मतदातालाई आफ्नो स्वतन्त्र अभिमत कुण्ठित गर्ने पात्र हुन् भन्दा के फरक पर्ला र ? लोकतन्त्र भनेको गठजोड होईन । विधि र नीति विपरितको साँठगाँठ पनि होईन । ‘अम्बाको बोटमा सुन्तलाको कलमी’ यसलाई भनिएको हो उन्नत व्यवस्था ? यो व्यवस्था एक दल वा नेताको पेवा होईन् । जो जनहितकारी भएन भने आफैले रगत बगाएर ल्याएको प्रणाली जनताले बदल्न पाउनुपर्दछ । जनताजनार्दन भन्ने तर दल र तिनका नेताहरुको सत्ता रजाईकालागि जनताले आफ्नो अभिमतलाई कुण्ठित गर्ने वर्तमान निर्वाचन संस्कृतिलाई समेत यसपटक सचेत जनताले भत्काउनु पर्नेछ । राजनीतिमा इमान, सभ्यता, आफ्ना मूल्य, मान्यता हुन्छन् । कुर्सीको खेलले आफ्नै सभ्यता भत्काउनेहरुलाई जीवित राख्नुलाई लोकतन्त्रवादी चिन्तन भनिदैन । लोकतन्त्र भनेको लोकले भनेको मान्ने र लोकको लाज पालना गर्नेपनि संस्कार हुनुपर्दछ । नीति, विचार र सिद्धान्त मिल्दैन तर चुनावमा साँसद बन्नकैलागि जो पनि जोसित मिल्ने ? यहाँभन्दा लोकलाज हराएको लोकतान्त्रिक धज्जी के हुनसक्छ ? एकाध दलहरु यसलाई प्रतिगमनविरुद्धको साँठगाँठ भनेका छन् । प्रतिगमनकारीलाई हराउने कि नहराउने फैसला त जनताले गर्ने हो ? जनताभन्दा ठैलो औकात लोकतान्त्रिक अभ्यासमा दल र नेताले गर्ने हो र ? जनतालाई भ्रममा राखेर दीपावली गरिएको एकथान संविधानका त्रुटी कति रहेछन् भन्ने संविधानविद्हरुका तर्कले सुल्झाउन सकेन । सत्तामा कस्ता कस्ता खेल खेल्ने फोहोरी रहेछन् भन्ने त, एसियाकै नमूना भनिएको उत्कृष्ठ संविधान लेख्ने, जारि गर्ने र त्यसको पालना गर्नेदलहरुबाटै पटक पटक संसद विघटन र व्यूँभाउन अदालत जानुपर्ने खेतिपातिले प्रष्ट पारेको होईन र ? संसदीय व्यवस्थाको अभ्यास कस्को तर्फबाट ठीक र बेठिक भन्न अदालत नै जानुपर्ने भए, त्यो अदालत बलियो बनाए हुँदैन्थ्यो ? यसर्थ, विकृत संसदीय व्यवस्था र त्यसभित्रको विकृत निर्वाचन प्रणालीमा जनमतमाथीसमेत विश्वास रहनेरहेनछ । यिनलाई जनताले पत्याईदिनु पर्ने ? त्यो पनि नौरंगी चराको भुत्ला ओडेर ‘मयूर’ बन्नेहरुलाई ?
पार्टि र नेता स्वर्थले विगारेका कार्यकर्ता समेत योदेशको यो हाल बनाउने मध्येका एक शुत्र हुन । देश कंगाल बनाउने नेताको ढोंगी कार्यकर्ता बन्नु र नेताको गलत रबैयाको स्वीकार गरिरहने कार्यकर्ता देश विग्रार्ने मध्यस्तकर्तापनि हुन् । जवसम्म यिनीहरु सुध्रन्न्, तवसम्म देशको वर्तमान दलीय राजनीति र त्यसका नेता सहीठाउँमा आउनेवाला छैनन् । भने यसको परिणाम अत्यन्त नेतासँग म सँग यति भोट छ भनेर पैसाको वार्केनिङ गर्छन, गाउँमा भएका एक दुई युवालाई रक्सी मासुमा ललाए आफ्ना काका, काकी, मामा, बाजे बजैका भोट खरिदविक्री गर्ने संस्कार उनीहरुमा छ । डर, धम्की, क्रासका भरमा मतदाताको मत प्रभावित पर्ने गाउँकै दलालहरु हुन्छन् । जो यो देशका सत्रु हुन् । यिनै मान्छेहरु आवधिक निर्वाचनमा पैसामा बेचिएर गरेको हर्कतले वर्तमान निर्वाचन प्रणाली विकृत भएको हो । राजनैतिक दलहरु तिनका नेताले निर्वाचनमा गरेको लगानी उठाउँदा भ्रष्ट बनेका हुन् । राज्यको ढुकुटी यस्तै मान्छेहरुबाट लुटिदा देश आज आर्थिक टाट पल्ट्याईमा पुगेको हो । यस्तै संस्कृति र संस्कारको निर्वाचन प्रणाली र बहुदलमा जनताले गतिलो दल छान्ने एउटा महत्वपूर्ण घडिमा राम्रा–नराम्राहरुनै एकठाउँमा साँठगाँठ गरेर निर्वाचन अघि नै सत्तागठबन्धन गर्नु अर्को नाजायज संस्कारको विजारोपण हो । यो सबै प्रकारले च्यूत नपारेसम्म गलत संस्कार र संस्कृति जागिराख्नेछ । यिनले सत्तामा फेरि पाँच बर्ष रजाई त गर्लान तर देश र जनताको शुख यहाँ छैन र हुँदैन ।
नेपालको अवस्था फेरिनुभन्दा धेरैपटक व्यवस्थाहरु फेरिए । तर त्यसको परिणाम अझैपनि नेपाली जनताको हातमा छैन । चप्पलवाला नेताहरु जस्का गतिला घरवार थिएनन् । उनीहरु रातारात मालामाल भए । गाउँको खर झुपडिबाट शहरको अलिशान दरवारमा देखिन्छन् । न जागिर, न व्यवसाय यहाँ त चुवान जित्नु जागिर बन्यो, मन्त्रीहुनु व्यवसाय बन्यो । आफूहरु मोटाउँदै गए । देश र जनतालाई कंगाल बनाएर छाडे । अझै यिनकै साँठगाँठलाई मतदान गर्ने मतदाताहरु? नेता मात्र नसुध्रिएका होईनन् । तिमी बारबार यिनै बद्नामहरुलाई राजनैतिक आस्थाको आधारमा बारबार मतदान गरिदिंदा देश विग्रिएको हो । हरबार यस्तै अवस्था ल्याउने नेता फेर्न नसक्ने, पार्टिको दास बन्ने, उनीहरुको गलत आचरण व्यवहारलाई स्वीकार गर्नेहरुले बनाएको दुर्दशा पनि हो । तिम्रो एक मतदानले तिम्रा पार्टि र नेताहरु सधैभरी उँभो लाए तर तिमी मतदाताको मति सधै उँधो लायो ? टाउको ठाडो बनाएर हिड्नसक्ने तिम्रो देश बनेन् ? कारण तिम्रो छाप्रोमा बीट फुटेको सिल्टिको थालमा मकैको च्याख्ला र मही खाएर गरिब, दुखीको राजनीति गर्ने बोलीबोल्नेहरु तिमीसँग भोटको साइनो बाँकी राखे, अरु सबै विधि विधान बेचेर खाए । बद्नाम भए । भ्रष्ट्राचारको चंगुलमा गाडिए । अझै तिनैलाई भोट गरेर देश भड्खारोमा हाल्ने र ?
हामीले जाने, सुने र पढेको व्यवस्था आजको गणतन्त्रमा किन पाएनौं ? कारण आम जनताको प्रतिनिधित्वको माग र आकाङ्क्षालाई सही रूपमा सम्बोेधन गर्र्न सक्ने दल र नेता हामी आफ्नो जनमतले चुन्न पाएका छैनौं । देशमा राजनीतिक स्थिरता किन आएन ? यहाँ दलहरु नै अस्थिरतामा देश लुट्न पाउँछन् । यो वटै निर्वाचनहरू विगतका कुनै निर्वाचनहरूभन्दा तुलनात्मक रूपमा बढी प्रतिनिधित्वमूलक र समावेशी प्रकृतिका देखिन्छन्। यसले मुलुकको राजनीतिक स्वरूपलगायत अन्य विषयहरूलाई समेत गहिरोसँग प्रभावित गरेको छ ।
नेपालमा हामीले गरेको अभ्यासका बारेमा कुरा गर्दा यो पनि बिर्सनुहुन्न कि अरू कतिपय विकसित लोकतान्त्रिक मुलुकहरूमा पचासौँ वर्षको अभ्यास र अनुभव उनीहरूसित भए पनि उनीहरूको निर्वाचन पद्धतिमा एक किसिमको विकृतपूर्ण निर्वाचन प्रणाली किन सुधारिएको छैन ।
राजनैतिक बुज्रुकहरुले समेत वर्तमान निर्वाचन प्रणाली र त्यसको अंग निर्वाचन आयोगले पद्धति सुधार गर्न नसकेको कुरा गरिरहेको देखिन्छ तर स्वयं आयोगको स्वतन्त्रता, स्वायत्तता, प्रतिष्ठामा क्रमशः ह्रास, पदाधिकारीको नियुक्तिमा राजनीतिकरण, निजामती सेवामुखी नियुक्ति हुने प्रक्रियाले कसरी प्रणालीमा सुधार ल्याउँछ भन्ने खास कुरा हो ।
निर्वाचनका वेला देखावटी गर्ने गरिएको निर्वाचन आचारसंहिता र त्यसको कार्यान्वयन सधै फितलो हुन्छ । जहाँ आयोग आफै कालो चश्मा लगाउन बाध्य छ । कार्यान्वयनको दृढता फोगत नै हो । अर्कोतिर निर्वाचन आयोग यसवेला मनग्य कमाउने धन्दा गरिरहन्छ । यो तीतो सत्य नमीठो हुँदासम्म आयोगको कर्ममा सधै चिसो लागिरहने छ । प्रणाली त यति भए कठङ्ग्रीने पक्कापक्की हो । यसरी भित्रैबाट विग्रेको पद्धतिले प्रणालीगत सुधार गर्दैन, कारण यहाँ अहिलेका राजनैतिक दलहरुसमेत गणेशमगजका छन् भन्ने सचेत मान्छेले हेक्का राख्नुपर्नेहुन्छ ।