कृषिता अधिकारी (निशा)
यतिबेला प्रदेश तथा प्रतिनिधि सभाको चुनावी माहोल तातिरहेको अवस्था छ । उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । हाम्रो गाउँघरमा चुनावको चर्चा परिचर्चा चलिरहेको छ । यसै क्रममा निर्वाचन प्रक्रियालाई सहज र पहुँचयुक्त बनाउनको लागि अपांगता भएका व्यक्तिको लागि पनि अत्यन्त जरुरी छ र जनमानसमा जनचेतना पनि पुग्नु आवश्यक छ ।
वास्तवमा सूचना प्रविधिमा भएको द्रुत विकासले ठूलो योगदान दिइरहेको समयमा शारीरिक अपांगता भएका व्यक्तिले पनि कृत्रिम खुट्टाको प्रयोग गरेर साङ्ग व्यक्ति सरह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उच्च छवि बनाउन सकेका छन् । दृष्टिविहीन व्यक्तिले बोल्ने सप्ट्वेयरको प्रयोग गरेर देख्ने व्यक्ति सरह कम्प्युटरमा काम गरिरहेका छन् । यो सबै प्रविधिको विकासकै कारण हो । त्यसैले पनि निर्वाचन प्रक्रियालाई अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बनाउन पहुँचयुक्तता प्रर्वद्दनमा विकास र प्रविधिको ठूलो सहयोग रहेको छ ।
साच्चै नै आजको युगमा वा भनौं समयमा दृष्टिविहीन व्यक्तिले आफ्नो गोप्य मत हाल्न अरु व्यक्तिको सहयोग लिइराख्नु पर्दैन । किनकि व्रेल मतपत्र वा विद्युतिय भोटिङ मेसिनमा अडियो वा व्रेल प्रणाली जडान गरि आफैले मत हाल्न सक्छन् । तसर्थ, निर्वाचनका विभिन्न प्रकृया र चरणहरुमा अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तताको बारेमा जानकारी हुनु जरुरी छ ।
त्यस्तै निर्वाचन पूर्वको चरण निर्वाचन सम्बन्धि कानुनी र प्रकियाहरुको बारेमा जानकारीहरु सूचनाबाट नजचेतना प्रदान हुन्छ । जसमा सरकार वा निर्वाचन सम्बन्धि काम गर्ने निकायले सर्वसाधारणलाई देशमा हुने विभिन्न खाले निर्वाचनका विधि र प्रकृयाहरुको बारेमा जानकारी दिनुपर्छ र जानकारी दिनु हामी सबैको दाहित्व पनि हो । किनभने निर्वाचनका विधि तथा प्रकृया , निर्वाचन प्रकृयामा हरेक नागरिकले सहभागी हुने तरिका, पालना गर्नुपर्ने नियमहरुको बारेमा जान्न पाउने अधिकार हुन्छ ।
यी र यस्ता जानकारीहरु कुनै एक वा दुईवटा माध्यम वा तरिकाहरुबाट मात्र दिने गर्दा विभिन्न ठाउँहरु क्षेत्रमा तथा सबैतिर पहुँच नपुन्न पनि सक्छ । त्यसैले शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धि सिमिततामा हुने विविधता लगायत अन्य भाषागत तथा सांस्कृतिक विविधताहरु पनि हुन्छन् । जहाँ सार्वजनिक सूचना र जानकारीहरु प्रवाह गर्ने माध्यमहरु छनौट गर्दा समुदायमा बस्ने हरेक मानिसमा हुने विविधतालाई विश्लेषण गरि बराबर सूचना दिई सूचना सामाग्रीहरुलाई छापामा, अडियोमा भिडियोमा र सांकेतिक भाषामा निर्माण प्रकाश र प्रशारण गर्नुपर्दछ ।
त्यसैगरी सूचना सामाग्री प्रकाशन गर्ने वेवसाइटहरुबाट गाइडलाइन अनुसार पहुँचयुक्त बनाउने र यसमा राखिने सामाग्रीहरु पहुँचयुक्त ढाँचामा निर्माण गरि अपलोड गर्नुपर्छ र वेवसाइटमा राखिने तस्बिरहरुलाई अल्ट टेक्समा गएर तस्बिरमा भएका कुराहरुलाई वर्णन गरियो भने दृष्टिविहीन व्यक्तिका लागि सहज हुन्छ ।
पछिल्लो समयमा विश्वका विभिन्न देशहरूले सबैलाई एउटै सूचना प्रवाहको विधि अपनाउने अभ्यास गरेका छन् । नेपालमा पनि यस्तै अभ्यासहरु सुरु भैइसकेको छ जस्तैः सूचनाको लागि भिडियो निर्माण गर्ने र उक्त भिडियोलाई दृष्टिविहीन व्यक्तिले समेत बुझ्ने गरि पार्श्र स्वर वा अडियो डिस्रक्रिप्सन राख्ने, बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिको लागि त्यसैमा क्याप्सनिङ वा सबटाइटल र छेउमा सांङ्केतिक भाषामा अनुवनद राख्ने र सरल र बुझ्न सकिने भाषनमा छायांकन गर्दा सहज हुने गर्दछ ।
त्यसैगरी कुनै स्थानमा भौतिक उपस्थितिमा गाउँ वा समुदायका मानिसहरुलाई भेला गराएर सूचना र जानकारीहरु दिने कार्यक्रम अपांगता भएका व्यक्तिहरुको सहभागीतालाई अनिवार्य सुनिश्चित गर्नु पर्दछ ताकि सूचना तथा जानकारी दिने विधि र माध्यमहरु दृष्टिविहीन व्यक्ति, न्यून, दृष्टिविहीन व्यक्ति, सुनाइ सम्बन्धि अपांगता भएका व्यक्ति, अटिजम, बौद्विक र मनोसामाजिक भएका व्यक्ति सबैका लागि पहुँचयुक्त हुनेगरि विविधतायुक्त हुनुपर्छ । त्यसैगरी मतदाता नामावली दर्ता गर्नको लागि तोकिएका स्थानहरूमा अपांगता भएका व्यक्तिहरु जस्तैः ह्विलच्यार प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्तिहरु सजिलोसँग पुग्न सक्ने हुनुपर्छ । अर्कोकुरा भौतिक संरचनाहरु पहुँचयुक्त बनाउनको लागि वा यसको अस्थायी व्यवस्थापन गर्दा अपनाउनुपर्ने मापदण्डहरु नेपाल सरकारले तोकिसकेको हुनाले यस्ता सबै मानिसहरुका लागी खुल्ला गरिने स्थानहरु उक्त मापदण्ड अनुसार तयार गर्नुपर्छ किनकि पहुँचयुक्त वातावरण निर्माणको लागि नेपाल सरकारले २०६९ सालमा जारी गरेको अपांगता भएका व्यक्तिका लागि भौतिक पहुँच तथा सञ्चार सेवा निर्देशिकामा विभिन्न संरचनाहरुलाई सबैका लागि पहुँचयुक्त बनाउने विषयमा मापदण्डहरु तोकिएको छ ।
जस्तैः मतदाता नामावली दर्ता गर्न जाँदा
पङ्त्तिमा उभिन नसक्ने अपांगतन भएका व्यक्तिहरुका लागि विशेष व्यवस्था गर्नुपर्छ, मतदाता नामावली दर्ता गर्न जादाँ केही समय पर्खनुपर्ने हुन्छ । त्यसैले उक्त परिसरका शौचालयहरुलाई महिला, पुरुष, तेस्रो लिङ्गी, ह्वीलचियर प्रयोगकर्ता, वैशाखी, ज्येष्ठ नागरिक, होचापुड्का दृष्टिविहीन लगायतका व्यक्तिलाई सहज वातावरण बनाउनुपर्छ ताकि निर्वाचन आयोगलाई पनि कति अपांगता भएका व्यक्तिले मतदान गर्छन यसैको आधारमा सेवा सुविधाको विषयमा योजना निर्माणमा सहज हुन्छ ।
तसर्थ, कुनै स्थानमा मानिसहरुलाई भेला गराएर दिइने मतदाता शिक्षा कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई सहभागी गराउनुपर्छ र उनिहरुको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका विधि तथा सामाग्रीहरु प्रयोग गरि सांकेतिक भाषार क्याप्सनिङ सहितको अडियो भिजुअल सामाग्रीको प्रयोग, ब्रेल सामाग्रीको प्रयोग कार्यक्रममा सांकेतिक भाषा दोभाषेको प्रयोग कार्यक्रम स्थलको पहुँचयुक्तता, चित्र र सङ्केतहरुको प्रयोग ,सरल भाषाको प्रयोग र स्थानीय भाषाको प्रयोगमा विषेश ध्यान दिई जुनसुकै निकायले सञ्चालन गरेको भएता पनि निर्वाचन शिक्षा कार्यक्रममा अपांगतालाई पनि समेट्नु पर्छ र यहिँ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा अपांगता भएका व्यक्तिहरु पनि सहभागी हुन्छन् । त्यसैले सम्बन्धित निकाय नागरिक समाज सबै सबैले अपांगता भएका व्यक्तिलाई मतदानको लागि मैत्रीपुर्ण वातावरण तथा सहज वातावरण बनाइदिनको लागि अनुरोध गर्नुका साथै हामी सबैको दायित्वबोध गराउ चाहान्छु ।