कृषिता अधिकारी (निशा)
साच्चै नै पानी हामी सबैलाई चाहिने एक तत्व हो । सामान्यतया एउटा वयस्क औशत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ ।
उदाहरणका लागि जसरी सवारीसाधनले मोबिल वा तेल सकिएपछि चल्दैन वा रोकिन्छ नि त्यसरि नै हाम्रो शरिरमा पानीको कमी भयो भने हामीलाई डिहाड्रेसन हुन्छ र विभिन्न लक्षण देखाउन थाल्छ । त्यसैले हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ, तर पनि हामीले हामीले पर्याप्त मात्रामा पानी पिइरहेका छैनौं । कतिपय अवस्थामा आम मानिसहरूले पानी पर्याप्त मात्रामा पिइरहेका हँुदैनन् र हाम्रो शरिरलाई चाहिने र स्वास्थ रहनका लागि पानीको कति महत्व छ । त्यसको बारेमा पर्याप्त जानकारी हुन नसकेर पनि मानिसहरूले प्रसस्त मात्रामा पानी पिइरहेको पाइदैन ।
अर्कोतिर कति प्रतिशत पानी हाम्रो शरिरमा चाहिन्छ भन्ने जानाजान पनि पानी पीइरहेको हुँदैन । पानी र स्वास्थ जीवनका लागि हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ । त्यसैले हामीले पिउने पानी हाम्रो शरीरमा रहेका किड्नी, कलेजो, फोक्सो, पाचन प्रकृया र शरीरका सबै अंगको सही तरीकाले काम गर्ने अर्थात हाम्रो शरीरमा रहेका कोषिका जीवित राख्न मदत गर्दछ । त्यस्तै हरेक दिन नियमित पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदा जनक मानिन्छ ।
पानीले शरीरका सबै अङ्गलाई राम्रोसँग काम गर्न मदत गर्दछ । भने मानिस खाना बिना केही दिनसम्म बाँच्न सकेता पनि पानी बिना सक्दैन । किनकी मानिसले गर्ने गतिविधीद्वारा हरेक दिन २ लिटर पानी जाने गर्दछ । त्यसैले मानिसले एक दिनमा कति पानी पिउने भन्ने बारे जान्न अत्यन्तै जरुरी छ ।
भनिन्छ पानी जीवन हो र जीवन सम्भव हुनका लागि पानीको उपस्थिति अपरिहार्य छ । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाटै सुरु भएको भन्ने धार्मिक विश्वास पनि रहेको छ अर्कोतिर पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फ्ल्युड (कोष बाहिरको तरल)का रूपमा रहेको छ भने हड्डी जस्तो कठोर अङ्गमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ । त्यसैगरि, हाम्रो शरीरमा हुने महत्वपूर्ण जैव रासायनिक क्रियाको हिस्सा शरीरमा रहेको र अनेकौँ जैव रासायनिक क्रियाका लागि जलीय माध्यम उपलब्ध गराउने गर्दछ भने विभिन्न रासायनिक क्रियामा आफैँ पनि हिस्सा लिन्छ त्यस्तै विभिन्न तत्वको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवं उपपाचनपश्चात् उत्पादित विजातीय द्रव्यको निष्कासनमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्छ ।
यसरी जीवनको महत्वपूर्ण घटकका रूपमा रहेको यस यौगिकको शरीरमा क्षय पनि निरन्तर रूपमा भइरहने हँुदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रूपमा (जलपान) पानी पिइरहनुपर्ने हुन्छ । नियमित अन्तरालमा जलपान नगर्दा थाहै नपाइकन जल–अल्पताको सिकार भई अनेकौँ स्वास्थ्य समस्या देखापर्न सक्छन् र आफ्नै लापरबाहीका कारण गम्भीर रोगले समात्न पनि सक्छ ।
त्यसैले पनि हामी सबैले दैनिक चार÷पाँच लिटर पानी पिउनु आवश्यक छ तर भागदौडले भरिएको यस जिन्दगीमा हामीले व्यस्तता एवं विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौँ । हामीले पर्याप्त पानी पिइरहेका छौँ वा छैनौँ भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवं मानसिक लक्षणको जानकारी हुन आवश्यक छ ।
सामान्यतया, शरीर स्वस्थ रहन पानीको मात्रा सन्तुलित हुनुपर्छ । प्रत्येक व्यक्तिको कार्यक्षमता विकास, आकर्षक व्यक्तित्व, निद्रा, मानसिक तन्दुरुस्तीका लागि पानीको ठूलो भूमिका हुन्छ । हाम्रो शरीरको कुल तौलको ६० देखि ७५ प्रतिशत पानीले ओगटेको हुन्छ । शरीरका सबै भागमा पानी रहेको हुन्छ । जस्तो सबैभन्दा बढी रगतमा ८३ प्रतिशत रहेको र यसले नै रक्तसञ्चार नियमित गर्न र शरीरको तापक्रमलाई सन्तुलन राख्न मद्दत मिल्छ । मांशपेसी निर्माण, कोषिकाहरूमा रासायनिक प्रतिक्रिया गराउने कार्यमा पनि पानीको भूमिका रहन्छ । हाम्रो शरीरमा अत्यावश्यक (अदृश्य) पोषणको काम गर्छ । पानीको अभावले शरीरमा अक्सिजनको कमी हुने, शरीरमा शिथिलता वा थकान महसुस हुने, कोषिकाहरूको निर्माण र तिनको कार्यमा अवरोध आउँछ ।
विभिन्न उमेर समूह र अवस्थाका मानिसमा पानीको आवश्यकता फरक–फरक हुन्छ । जसमा यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको शरिरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ । अर्कोतिर दिनभर स्वास प्रस्वासमा झण्डै २–३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ । त्यस्तै शरिरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् । हामीले पर्याप्त पानी पिउनाले शरिरको छाला चम्किलो हुने, अनुहार उज्यालो हुनका साथै चाउरीपन समेत कम गर्छ । भन्ने भनाइ विज्ञहरुको रहेको छ ।
त्यसैगरी खाना खानुभन्दा ३० मिनेट पहिले २ गिलास पानी पिउनाले पाचन शक्ति बढ्दछ । बिहान उठेसँगै १ गिलास पानी पिएर मात्र अन्य भोजन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने सुत्नुभन्दा पहिले पानी पिउनु मुटुका लागि लाभदायी हुन्छ । नुहाएपछि पानी पिउने बानीले रक्तचाप कम हुने जोखिमबाट बचाउन मद्दत गर्दछ त्यस्तै पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या हटेर जान्छ र भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि हामीले पर्याप्त पानी पिउनु आवश्यक हुन्छ ।
तसर्थ ,यदि शरीरमा पानीको कमी हुँदा यी र यस्ता लक्षणहरु देखिन सक्छ जुन यश प्रकार छः–
१. सास गनाउने : हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरानमा बोल्दा जब आफ्ना सहकर्मीहरू परपर सर्छन् अनि मात्रै आफूलाई महसुस हुन्छ कि पानी पिउन भुलेको र आफ्नो सास आफूलाई गनाइरहेको हुन्छ ।
२. शारीरिक क्षमतामा कमी : शरीरमा पानीको मात्रा कम हुँनासाथ शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ भन्ने विज्ञहरूको भनाइ र अनुसन्धानबाट पत्ता लागेको छ ।
३. सुख्खा छाला : छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।
४. ड्राइभिङ क्षमतामा असर : फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्णरूपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
५. थकान : शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छ ।
६. खराब मुड : शरीरमा पानीको मात्रा कम हुनुको असर शारीरिक रूपबाट मात्र नभई मानसिक रूपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने, अल्छी हुने, काममा केन्द्रित हुन नसक्ने र दुखिरहने गरेको पाइन्छ ।
७. शरीर चिसो बनाउँछ : रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मदत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
८. आँखा धमिलो हुने र तिर्मिराउने : पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।
९. टाउको दुखाइ : चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब–जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस् सम्भवत टाउको दुखाइ हराएर जान्छ ।
१०. कब्जियत गराउँछ : आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत हुन्छ त्यसैले शारीरिक क्रियाकलापमा चाहेअनुरूप सहभागी र बिनाथकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ किनकि सफा र शुद्ध पानी हाम्रो जीवन हो जीवनको रक्षा नै पानी हो ।