कृषिता अधिकारी ( निशा)
विवाह हाम्रो जीवनको एउटा महत्वपूर्ण अंग हो । जसबाट व्यक्ति, व्यक्ति र सामाजिक जीवनको नयाँ आरम्भ हुन्छ । जहाँ मानव अस्तित्वलाई दिगो बनाउन मदत गर्दछ । तर हाम्रो समाजको सांस्कृतिक कुप्रथाले गर्दा विवाह जस्तो पवित्र बन्धनमा बाधिन पनि दाइजो जस्तो कुप्रथाले विवाहलाई जटिल र मुश्किल बनाएका छौं ।
अझ विस्तृतमा भन्ने हो भने विवाहलाई हैसियत र औकातसँग दाज्न थालेका छौं, वा भनौ दाइजोले आफ्नो छोरीको भविष्य बनाउने र विग्राने मुख्य पात्र नै बनेको छ । वास्तवमा जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाँच्ने काम गरेको छ दाइजो प्रथाले ।
आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा शिक्षित छौं र ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका छौं त ? यदि हामी शिक्षित छौं भने किन समाजमा दाइजो प्रथाको अन्त्य गर्न सक्दैनौं । भइ नभइ सकिनसकी दाइजो दिन्छौं आफ्नो छोरीको भविष्यको लागि तर त्यहि दाइजो प्रथा पछिल्लो समयमा ज्यान लिने माध्यम बनेको छ । आखिर कहिलेसम्म यो प्रथाको जर्गेना गर्छाैं हामी ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राखेका छौ त ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम हुँदै गएका छन् केवल संविधानको धारामा मात्र उल्लेखित छ तर कार्यान्वयनमा भने दाइजो प्रथाको अन्त्य हुनै सकेको छैन ।
यथार्थमा भन्ने हो भने समय बदलियो, अवस्था बदलियो, मानिसहरुको सोच बदलियो र पहिलेको विकृतिले एउटा नया रुप लिएर यस मानव समाजमा पुनः प्रवेश गर्याे । दिन प्रतिदिन रेडियो तथा टेलिभिजनले हाम्रा कानसम्म यो खबर आवश्य पुर्याउछ कि दाइजो नल्याएको आरोपमा कैयौं महिलाहरु आफ्नो बाच्ने अधिकारबाट बञ्चित हुँदैछन् ।
यी हाम्रा कैयौं दिदीबहिनीहरुलाई छुरा प्रहार गरेर हत्या गरिन्छ भने कैयौंलाई जिउदै अग्निको भेट चढाइन्छ । अझै पनि कैयौं दिदीबहिनीहरु त दाइजोको चक्रव्युहमा फसेर शारीरिक तथा मानसिक यातना सहन नसकी आत्महत्या गर्न बाध्य हुन्छन् ।
वास्तवमा भन्ने हो भने हाम्रो देश नेपालमा अशिक्षित र लैङ्गिक विभेद भएकाले तराई–मधेस र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ भने दक्षिणपूर्वी एसियाका धेरै भागहरूमा जस्तै नेपालमा, बेहुलीको परिवारलाई दाइजो दिनुपर्ने चलन गैरकानुनी छ, तर यसको चलन सामान्य रहेता पनि
दाइजोप्रथा एक त्यस्तो कुप्रथा हो जहाँ महिलाविरुद्धको आर्थिक शोषणको औजार बनेको मात्र छैन यश सम्बन्धी हत्याको संख्या बढ्दै गएको छ तर जबर्जस्ती दाइजो सम्झौता नेपालमा नाममात्र दण्डनीय अपराध मात्रै हो किनकि धेरैजसो दण्डहीनता रहेको छ नेपालका अधिकांश ठूला मानवअधिकार सन्धिहरू स्वीकार गरेता पनि कानुनी प्रावधान र नीतिहरू अझै पनि महिलाविरुद्ध भेदभावपूर्ण रहेका छन अर्कोतिर दाइजोले कस्ता–कस्ता समस्या एंव विसंगतिहरू निम्त्याउँछ र यसको सामाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा अब हामी सबै आमनागरिकले सोच्ने वेला आइसकेको छ ।
साच्चै नै विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ र यहि मान्यताभित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ–कतै पनि उल्लेख गरिएको छैन । तथापि एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगीचंगी भौतिक सामग्रीहरूले भरिएको हुन्छ । यसरी दाइजो दिने होडबाजिले हाम्रो समाज खलबलिरहेको छ अर्कोतिर सामाजिक देखासिकी एवं प्रतिष्ठाको विषयले पनि जटिल समस्या पैदा गरेको छ ।
अझ भन्नुपर्दा नेपालको तराई–मधेसका कतिपय ठाउँहरूमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो यसलाई चलन नै बनाइसकेका छन तर शिक्षित परिवारभित्र पनि दाइजो प्रथालाई प्रश्रय दिइनाले समाजमा यसले विकराल रूप लिएको छ ।
चाहे जतिसुकै नेपालको ऐन कानुनले दाइजोलाई गैरकानुनी ठहर गरे पनि दाइजो संस्कारकै रूपमा विकसित हुँदै जानाले साह्रै उदेकलाग्दो अवस्था बनेको छ त्यसो त प्रतिस्पर्धात्मक तडकभडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न ‘सामाजिक व्यवहार सुधार ऐन’ २०३३ सालमै निर्माण भएको हो यश ऐनमा ‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा १० हजार रुपैयाँसम्म मात्र दाइजो दिन सकिने’ अन्य खर्च लिन नहुने व्यवस्था छ ।
तर पनि कानुन बनेको झन्डै ४ दशक बितिसक्दा पनि यसको सबल वलियो र दरिलो कानुन बन्न नसक्दा अत्यन्तै मर्मस्पर्शी वा दुःखित बनाएको छ भने अर्कोतिर कुनै व्यक्तिलाई बाध्य बनाई दाइजो लिने कार्य एक हिसाबले भन्ने हो भने सामाजिक अपराध हो । यो हामी सबैलाई थाहा छ तर दाइजोको विकृति न्यूनीकरणका लागि शिक्षा र चेतनाको अभियान सञ्चालन गर्न नसक्दा र राज्यको चिन्ता र चासोको विषय नबन्दा आज हजारौं चेलिहरु दाइजो कै कारणले मारिएका छन जलेका छन घरेलु हिंसा सहन बाध्य छन ।
साच्चै नै समाजको यो परम्परा र रिती थितीलाई पछ्याउदै जाने क्रममा अन्य थुप्रै सामाजिक कुरितीहरु पनि निम्तिएका छन। यस्ता कुरितीलाई भने विस्तारै समाजबाट नै निर्मुल पानुपर्छ न कि पुरानो सभ्यता अंगाल्नुपर्छ।
तसर्थ , दाइजो प्रथा हाम्रो समाजको मुख्य समस्याको रुपमा जरा नै गाडेको छ भन्दा फरक नपर्ला । छोरीलाइ दाइजोको नाउमा ठुलो ठुलो धन राशी खर्च गर्न तम्सीने ती अभिभावकहरु सोहि बराबर पढाइमा लगानी लगाउन हिचकिचाउछन् कतिपयले त झनै छोरीलाइ दाइजो दिने नाउमा आफ्नो भएको धन सम्पती समेत त्याग्न पुग्छन् ।
छोरा बुढेसकालको सहार हो भन्दै राम्रो शिक्षादिक्षा दिनुपर्ने, छोरालाइ भने पराइ ठानेर दाइजो दिएर पठाउने हाम्रो समाज छ अब परिवर्तन हुनुपर्छ किनभने छोराले मात्र उचित किसमको शिक्षा नपाए भविश्यमा आमाबुबाको समस्या बुझ्दैन् त्यसको भविश्य अन्नयोल हुन्छ भन्ने नकारात्मक सोच आजैदेखि हटाउनुपर्छ र छोरिको भविश्यका लागि दाइजो होइन छोरिलाई शिक्षीत बनाउनु पर्छ शिक्षित र सबल सक्षम बनाइ उनिहरुको भविष्य सुनिश्चित गर्न र सम्मानपूर्वक जिवनयापन गर्न सहयोग गर्नुपर्छ । ताकि कुनै पनि नारि दाइजो जस्तो कुप्रथाको सिकार हुन नपरोस ।