सरोजराज पन्त
पश्चिम नेपालको भाषामा चट्याड्लाई “चिड्को“ “चिर्को“ भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् । कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरी रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ ।
चट्याङ वायुमण्डलीय प्रक्रियाअनुसार एउटा खास अवस्था उत्पन्न भएपश्चात पर्ने गर्छ । यो विषय विद्युतीय पनि भएकाले खासगरी भौतिकशास्त्रीहरूको बढी रुचीको विषय हो । हुन त मौसम विज्ञान, रसायन विज्ञान, यसमा रुची राख्ने मानवशास्त्र र समाजशास्त्र लगायत अन्य सामाजिक विज्ञानका अध्ययेताले पनि अध्ययन गर्न सक्छन् ।कतिपयले यसलाई जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिमध्येकै समस्या मानेर विशेष कार्यक्रम बनाउन सुझाएका पनि छन् । नेपालमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपभन्दा चट्याङका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले थप अनुसन्धान खड्किएको बताइन्छ । सुरक्षाका उपायबारे नीतिनिर्माता पनि गम्भीर बन्नुपर्ने देखिन्छ । हालसम्म चट्याङसम्बन्धी छुट्टै अनुसन्धान केन्द्र छैन ।
चट्याङका असरहरु
नेपालमा भूकम्पबाहेक चट्याङबाट धेरै मानवीय क्षति हुने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै, ७ सयको हाराहारीमा जनावरहरूको पनि मृत्यु हुने गरेको छ । वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण पनि चट्याङ नै हो । ६० प्रतिशत आगलागीको कारण चट्याङ नै हो ।
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ । प्रसिद्व चट्याङ् विशेषज्ञका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ । यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ ।)
कुन ठाउँमा चट्याङबाट असर पर्दछ
चट्याङबाट हुने मृत्यु र घटनाबाट प्रभावित संख्या र आर्थिक क्षतिको विवरण विश्लेषण गर्दा विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक रहेको देखिन्छ । मृत्यु , घटनाहरू र प्रभावित जनसंख्यामा वृद्धि भएको छ । भौगोलिक हिसावले तुलनात्मक रुपमा पहाडी क्षेत्रमा दुर्घटना र मृत्यु हुनेको संख्या बढी रहेका छ । सबैभन्दा बढी मृत्यु पहाड र तराईमा उच्च संख्यामा छ भने हिमालयको फेदमा बारम्बार हुने गर्दछ र आंशिक रूपमा चिसोको मात्रालाई वर्षामा रूपान्तरण गर्ने कारण हो (कुमार र कर्म, २०१२) ।
त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ ।
घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बग्ने सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ । चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ । त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्प र ज्वालामुखी विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ ।
चट्याङको असर
क) प्राकृतिक असर – क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो । क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी , आँधीवेहेरी , असिनापात , तथा टोर्नाडो , साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रको नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन् । त्यस्तै निकै ठूलो वर्षाका कारण बाढि, पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् । चट्याङसँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक बस्तुमा क्षति पुग्दछ । थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असर पनि छन् । ठूलो आवाजको गड्याङगुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वर्षा सम्भावना रहन्छ । क्युमुलोनिम्बस बादलमा हुने थन्डर स्ट्रोम प्रकृयाले ठूलो हावाहुरी, आँधीबेहरी, असिनापात तथा टोर्नाडो, साइक्लोन जस्ता विनाशकारी आँधीसमेत ल्याउने गर्छ । भूमध्यरेखीय क्षेत्र तथा समुद्रको नजिक पर्ने क्षेत्रमा चट्याङसँगै यस्ता प्राकृतिक विपत्ति आउने गर्छन् ।
विभिन्न अध्ययनहरूबाट मुटुरोगी, नशाका बिरामी, डिप्रेसनका समस्या भएकाहरू, गर्भवती, बालबालिकाहरूलाई चट्याङले नराम्रो असर पर्ने निस्कर्ष निस्केका छन् । चट्याङका कारणबाट तर्सेर बेहोश हुने पनि हुन् सक्छ । मुटुले काम नगर्न सक्छ । यस्तो अवस्थामा सीपीआर गराउने, नआत्तिने, भागदौड नगर्ने, बालबालिकालाई जथाभावी समात्न नदिने गर्नुपर्छ। करेन्ट लागेर असर गरेको छ भने टाउको हल्का खुट्टाभन्दा तल पर्ने गरी सुताउने र उसको क्षति पुगेको अंगको प्राथमिक उपचार गर्ने, नशाहरूमा क्षति पुगेको हुन सक्छ । दबाब नदिई सुरक्षित अवस्था आएपछि अस्पताल लैजाने, स्वास्थ्यकर्मीले भनेअनुसार बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्छ ।
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी हुने गरेको छ । जानकारहरूका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखापर्छ । कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसनसमेत हुन जान्छ । नेपालमा भने चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको बारेमा खोजपड्ताल भएको छैन ।
चट्याङबाट बच्ने उपायहरु
थन्डरस्ट्रोम प्रक्रियाद्धारा विजुली चम्किने, चट्याङ पर्ने, गर्जन हुने, वर्षा, हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ । तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस, जिवजन्तुको मृत्यु हुने, हरिया रुखहरु समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने, विद्युत, टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् । चट्याङ प्राकृतिक कुरा हो कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन । तर पनि चट्याङ परेको बेलामा केही सावधानी अपनाउन सकिने हो भने यसको क्षतिबाट बच्न सकिन्छ । चट्याङविद शर्मा यसको क्षतिबाट बच्न यस्ता सुझाव दिन्छन् ।
फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने, बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने, सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने, बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने, पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने र बाहिर भए सकेसम्म चाँडो गरी घरभित्र बस्ने, घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने, दिनको तीन बजेदेखि राती आठ बजेसम्म प्रायः बढी चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने र घरभित्रै बस्ने, यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा टुक्रुक्क बस्ने, यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने, चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने, घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिन्छ । ९÷१० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ । घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्छ ।
यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । अर्थिङमा एक प्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ । ‘अर्थिङ’ ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन । जसले गर्दा घर सुरक्षित हुन्छ । चट्याङको आवाजले डराउनु पर्दैन किनकी, बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलासम्म हुने क्षति भइसकेको हुन्छ । यदी कसैलाई ठुलो आवाजने ईरिटेड गर्छ भने यस्तो बेलामै कानमा कपास कोच्ने वा हेडसेटको प्रयोग गर्ने गरी कान भित्रसम्म पुग्ने आवाज कम गर्न सकिन्छ ।घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङपुलमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा भए धेरैजना एकै ठाउँमा नबस्ने, बिजुलीको खम्बा तथा तारहरू नजिक नबस्ने आदि सावधानी अपनाउनुपर्छ । घर बनाउँदाको अवस्थामा भए चट्याङ रडको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।वनभोज गएको बेला चट्याङ पर्न थाल्यो भने एकै ठाउँमा समूहमा बस्नुको सट्टा छरिएर टाढाटाढा हुँदा क्षति कम हुन सक्छ । पदयात्रा जाँदा अग्लो ठाउँको सट्टा समथर परेको भाग क्याम्पका लागि छनोट गर्दा राम्रो हुन्छ । टेण्टभित्र बस्दा सुरक्षित भइन्छ भन्ने भ्रम हो ।डोरी, तार, पोल, पानीको चिस्यानमार्फत चट्याङको असर पर्न सक्छ । चट्याङ परेका बेला पानीमा काम गर्ने, पौडी खेल्नु हुँदैन । मानिसलाई भन्दा पशु चौपायालाई चट्ट्याङ पर्ने सम्भावना बढी हुने हुँदा चौपायाको नजिक बस्नु पनि उपयुक्त हुँदैन । घर, कार्यालय भवनहरू चट्याङबाट सुरक्षित राख्न उचित ढंगले विद्युतीय लाइन अर्थिङ गर्नुपर्छ र घरको माथिल्लो भागमा छतमा एउटा सुचालक रड राख्न सकिन्छ । उक्त रडमार्फत चट्याङबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिन मुनी तारको माध्यमले अर्थिङ गरेर पठाइन्छ र घरको विद्युतीय लाइन सुरक्षित राख्न सकिन्छ ।
चट्याङसँग जमीनमा झर्ने वस्तुहरू र जनविश्वास अनुसार
चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ्सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ । पश्चिम नेपालको भाषामा चट्याड्लाई “चिड्को”“चिर्को” भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् । कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ । तर गाउँ घरमा डढेर कालो भएको ढुंगाजस्तो चेप्टो वस्तुलाई वज्र भनेर राखेको पाइन्छ । चट्याङ एक प्रकारको विद्युतीय शक्ति भएकोले यसको निश्चित बनोट तथा पिण्ड हुँदैन । त्यसैले चट्याङ पर्दा कुनै पनि ठोस वस्तु आकाशबाट खस्ने गर्दैन । कहिलेकाहीँ चट्याङ पर्दा (वज्रपात) उच्च क्षमता (भोल्ट) को विद्युतीय तापका कारण जमिनमा रहेका चट्टानलगायत वस्तुहरू उछिट्टिने वा डढेर कालो हुने गर्छन् । त्यसैलाई मानिसले फेला पार्दछन र झरेको वज्र ठान्दछन ।
यस्तो छ तथ्यांक नहुनुको कारण
पहिलो कुरा त आममानिसले चट्याङ बुझेकै छैनन् । गाउँस्तरसम्मकालाई जागरुक गराउने योजना तथा कार्यक्रम पनि सरकारसँग छैन । गाउँमा चट्याङ लागेर मानवीय क्षति भयो, पशुचौपाया म¥यो वा अन्य क्षति भए पनि प्रहरी वा स्थानीय सरकारलाई खबर गर्ने बानी परेकै छैन । जनमानसमा चट्याङप्रतिको अन्धविश्वास र भ्रमले चट्याङका कारण भएका क्षतिको विवरणसमेत राख्ने परिपाटी विकास भइनसकेको चट्याङविद् डा. मदन सिग्देल बताउँछन् । ‘नीति तथा योजना निर्माण तहमा समेत ‘‘चट्याङ भनेको दैवीशक्ति हो, यसलाई कसैले रोक्न छेक्न सक्दैन’ भन्ने अन्धविश्वास कायमै रहँदा क्षतिको वास्तविक तथ्यांक भेटिँदैन’ सिग्देलले भने ।
चट्याङकै कारण मानिसको मृत्यु भयो भन्ने सूचना प्रहरी वा प्रशासनसम्म पुगे पनि अभिलेखीकरण भएको पाइँदैन । उल्टै, घटना भए पनि हामीसम्म नआएको होला भन्ने जवाफ दिने गरेका छन् । जिल्ला प्रहरी धादिङका डिएसपी जागेश्वर भण्डारीका अनुसार ‘मान्छे मर्छ, दाहसंस्कार गरिहाल्छन्, प्रहरीकोमा आउँदैन ।’ चट्याङबाट भएका मानवीय क्षतिको एकाद घटनामात्रै सरकारी तथ्यांकमा भेटिन्छ । अधिकांश घटनामै सीमित रहन्छन् । बस्तीछेउछाउ वा मानवीय गतिविधि भएको क्षेत्रमा खसेको चट्याङको विवरण मात्र केहिमात्रामा आउने गरेथा पनि दुर्गम घना वनजंगल वा बस्ती नभएका स्थानमा चट्याङ खसे पनि मानवीय र भौतिक क्षति नभएको विवरण आपत्कालीन केन्द्रसँग छैन ।
चट्याङका वेफाइदामात्र होइन फाइदा पनि छन :
पञ्चतत्व आकाश (सुर्य), पृथ्वी, वायु, जल, अग्नि सबै ऊर्जा हुन् । चट्याङलाई ऊर्जामा रूपान्तरण गर्न सकियो भने आकाश पनि ऊर्जाको स्रोत बन्न सक्छ । हाम्रा पुर्वजले यिनलाई पहिल्यै शतिmका रुपमा चर्चा गरिसकेका थिए ।
आकाश गर्जने, विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया सधै हानीकारक नभन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण मानिन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षणले ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्याससँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् । त्यसकारण गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले पहिल्लै देखि भन्ने गर्छन् । गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा, बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक पनि छ ।
विपद व्यवस्थापका चुनौतीहरु
संविधानले विपद् ब्यवस्थापन स्थानीय सरकारको अधीनमा राखेको छ । त्यसैले चट्याङग्रस्त क्षेत्रहरूमा पर्ने पालिकाका सरकारले चट्याङलाई असर रहित पार्ने खालका संरचना राख्न बजेट छुट्याउन सक्ने भएता पनि सबै स्थानीय तहले अपेक्षित काम गर्न सकेका छैनन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो पाटो चेतनामूलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउन सकेको छैन । गृह मन्त्रालयले धेरैजसो अप्राविधिक कर्मचारीहरूमार्फत विपद् व्यवस्थापनबारे काम टाल्दै आएको छ । आगामी दिनमा त्यसलाई प्राविधिक जनशक्तिसहित प्रदेश र स्थानीय तहले पनि प्रभावकारी काम गर्न सक्नेगरी संयन्त्रको विकास गर्न जरुरी देखिन्छ ।
विद्यालयका भवन, सरकारी कार्यालय, टेलिफोन इन्टरनेटका टावर र निजी भवनसमेत अनिवार्य रूपमा चट्याङबाट सुरक्षित रहने खालका बनाउनुपर्छ । बीमा अनिवार्य गर्नुपर्छ । चट्याङबाट सुरक्षित रहन के के गर्न सकिन्छ, घाइतेको उद्धार, उपचार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतिर अहिलेसम्म भरपर्दो संयन्त्रको विकास गरिएको छैन ।
नगरपालिकाको चासो दिन नसक्दा नीति ल्याएर चट्याङ प्रतिरोधी प्रविधि अपनाउन सकेका छैनन । युएसआईडीको तयार नेपाल परियोजनाको अनुसार यो प्रविधि जडान गर्न एउटा भवनमा ३ लाख लागत लाग्नेछ । गुणस्तरीय प्रविधि जडान गरेको भवनको २ सय मिटर आसपासका भवनलाई समेत सुरक्षित हुनेछन् । निजी घरहरुमा सामान्य खालको अर्थिङ जडान गर्दा अनुमानित ५० हजार रुपैयाँमा चट्याङ प्रतिरोधी बनाउन सकिनेछ ।
विपदले कुनै पनि देशको आर्थिक, सामाजिक, वातावरणीय र अन्य विकासलाई पछाडि धकेलिदिन्छ । पूर्वाधार निर्माण सम्बन्धी कार्यहरूलाईमात्र विकासका रूपमा हेर्ने वर्तमान सोचमा परिवर्तन हुन जरुरी छ । विपद व्यवस्थापनलाई सही रूपमा अगाडि बढाउन सके त्यसले विकासका आयामहरूलाई नयाँ गति दिन सक्ने देखिन्छ । विपद व्यवस्थापनको सन्दर्भमा स्थानीय तहमा देखा पर्ने प्रमुख चुनौतीको रूपमा बजेट व्यवस्थापन हो । स्थानीय सरकारले विपद व्यवस्थापनको क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्न नसकेको देखिन्छ । त्यसैगरी विपदको समयमा आश्यक पर्ने तालिमप्राप्त दक्ष जनशक्ति र उपकरणहरूको अभाव रहेको छ । आवश्यक परेको समयमा एम्बुलेन्स, वारुणयन्त्र जस्ता साधनहरू उपलब्ध हुन सक्दैनन् । सबै स्थानीय तहसँग त्यो क्षमता पनि छैन । अर्कातर्फ नेपालको भौगोलिक जटिलता पनि विपद व्यवस्थापनको लागि अभिशाप बनेको छ (पन्त, २०७७) ।
हामी एक्काइसौँ शताब्दी सूचना प्रविधिको युग छौ । तथापि जलवायु परिवर्तनको कारण मौसममा आउन सक्ने असन्तुलनबाट निम्तिने विपदहरुको बारेमा विभिन्न समयमा जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्रवाह गरिँदै वा गर्दै आएका पूर्वसूचनाहरुलाई सबैको सहज पहुँचमा पु¥याउन सकेका छैनौ । आधुनिक औजार÷उपकरणहरूको प्रयोग, वैज्ञानिकको ज्ञान, अनुभव, सीप, समय समयमा हुने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, अन्तरक्रिया आदिबाट जलवायु परिवर्तनसँग सम्बन्धित तथ्यपरक पूर्वसूचनाहरु प्रवाह हुनु पर्ने हो तर अपेक्षित रुपमा काम भएको छैन । ती सूचनाहरू सञ्चारका विभिन्न माध्यमहरू जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरू, सामाजिक सञ्जालका विभिन्न माध्यमहरू मार्फत प्रवाह गरी छोटो समयमा जनस्तरसम्म पु¥याउन सके विपदबाट उत्पन्न हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने तर्फ केही हदसम्म सकिन्छ ।
त्यस्तै विपदबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनीकरण तथा व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत, पुनस्थापना आदि कार्य गर्न केन्द्रमा गृह मन्त्रालय, प्रत्येक जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय, प्रत्येक स्थानीय तहहरूमा प्रकोप व्यवस्थापन समिति रहेका छन । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि स्थापना गरिएको छ । त्यस सम्बन्धी कार्यहरूमा सबै निकायहरूको उत्तिकै सक्रियता हुन आवश्यक छ ।
चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकाशमा विपरीत दिशाका बादलहरू तीव्र वेगमा जुधेपछि त्यहाँ ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट आगोको मुस्लो जस्तो झिल्को निस्कन्छ । यसलाई बिजुली चम्केको भनिन्छ । नेपालमा चट्याङबाट हरेक वर्ष एक सय भन्दा बढीको ज्यान जाने गरेको छ । झापा, मकवानपुर चट्याङबाट अति प्रभावित जिल्ला हुन । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार विगत १० वर्षयता करिब एक हजार मानिसको मृत्यु चट्याङबाटै भएको छ । त्यस्तै, चट्याङ लागेर हरेक वर्ष करिब ३ सय घाइते र कयौँ पशुचौपाया तथा भौतिक संरचना र धन सम्पतिको क्षति हुने गरेको छ । यो प्राकृतिक प्रकोपको विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्न सफल भएका छन् । तर नेपालमा चट्याङको अवस्था अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा नेपालले जोखिम खेपिरहेको छ । सरकारले चट्याङको पूर्वअनुमान जानकारी दिने उपकरण विभिन्न ठाउँमा जडान गरेर विभिन्न सञ्चारमाध्यममार्फत जानकारी दिनुपर्छ । राष्ट्रिय भवन संहिता कार्यान्वयनको प्रावधान तालिम र सचेतना अभिवृद्धिका अभियानहरू अनिवार्य गर्नु पर्दछ । स्थानीय सरकारमार्फत अब बनाउने घर भूकम्पीय हिसाबले मात्र नभई चट्याङबाट समेत जोगिने प्रविधि अनिवार्य जडान गरेर निर्माण गर्न लगाउनु पर्दछ । यसका लागि आवश्यक प्रविधि र आर्थिक सहयोग गर्नु पर्दछ । बनेका घरहरुमा सामान्य प्रविधि सके तामा, नसके जिआई, आलमुनियम प्रयोग गरेर अर्थिङ्ग बनाउन र यस सम्बन्धमा सचेतना फैलाउनु जरुरी रहेको छ ।