सरोजराज पन्त
पुस २७ गतेपृथ्वीनारायण शाहको ३०१ औँ जन्म दिवस परेको छ । पृथ्वीनारायण एक साहसी राजा हुन् । उनले आफूसँग उपलब्ध अत्यन्त सीमित स्रोत, साधन र शक्तिलाई परिचालन गरी आफूभन्दा सम्पन्न र शतिmशालीराज्यहरुमाथि विजय प्राप्त गरे । अहिले पृथ्वीनारायण शाहलाई हेर्ने फरक फरक दृष्टिकोणले बनेका छन । नेपाली जनताको फरक–फरक समूहबाट उनले कतै सम्मान र कतै अनादर दुवै पाउँदै आएका छन । उनलाई नेपाल राष्ट्रको जग बसाल्ने महानायक हुन भन्ने र बुझ्ने प्रबुद्ध नेपालीहरुको समूह पनि छ । यो समुहले हरेक वर्ष पुस २७ गते जन्मदिन सहित राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गर्दछ ।
संसारका विभिन्न एकीकरणलाई नियाल्दा निर्विवाद र निर्विकल्प बनेका पाइदैनन् । पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणमा भए गरेका अपवादस्वरूपका त्रुटि र कमजोरीलाई उछालेर राष्ट्रनिर्माणको अभियान सम्पन्न गरेका व्यतिmलाई मानमर्दन गर्नु कदापि उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मी राजा भएका कारणलेमात्र सम्मान र तारिफयोग्य बनेका होइन । उनका महत्वाकाक्षी योजना, साहस, सङ्कल्प र दूरदर्शिताका साथै वाइसे चौविसे राज्यलाई एक बनाएर पु¥याएको ऐतिहासिक योगदानलाई चटक्क विर्सेर उनलाई छायाँमा पार्ने प्रयास गरिनु कति न्यायोचित हुन्छ ? वास्तविकतालाई भुलेर धरातलीय यथार्थमाथि आँखा चिम्लनु पक्कै पनि इमान्दारिता होइन । एकीकरणमा जित्नेले आफूअनुकूल प्रभाव छाडने रनिर्णय गर्ने गराउने काम गर्दछन । यस्ता देशभतmले गरेको कामप्रति नजरअन्दाज गरी उनले गरेका स्वाभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट अस्वाभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउने काम कति न्यायोचित होला ! इतिहासको पानामा खोट छ वा त्यसलाई हेर्ने दृष्ट्रिकोण यो अध्ययनको गम्भिर विषय बन्नु पर्दछ ।
कुनै व्यतिmले देश बनाउन लाग्दा कहीँकतै यस्ता आरोप लाग्नुको कारण र तिनका असरको विश्लेषण गरिनु नराम्रो होइन तर धेरै राम्रा काम विर्सेर केही कमिकमजोरीलाई उठाई रहने प्रवृत्तिले गर्दा आज कसैको नजरमा नराम्रा व्यतिm बनेका छन । महत्वाकाक्षी योजना, साहस, सङ्कल्प रदूरदर्शी पृथ्वीनारायण शाह इतिहासमा राजा मात्रै होइन एक असल लडाकु र राजनीतिज्ञ हुन । यतिमात्र होइन उनी असल दार्शनिक पनि हुन । नेपालको भुगोल र स्वाभिमान बुझेका स्वावलम्बन र सार्वभौमसत्ताको निर्माणार्थ लागि रहेका पृथ्वीनारायण शाहका दिव्योपदेशबाट अर्थशास्त्र, दर्शनशास्त्र, न्यायशास्त्र, समाजशास्त्र, व्यवस्थापनशास्त्र, कूटनीतिशास्त्र र राजनीतिशास्त्रका ठेलीका ठेली निर्माण गर्न सकिन्छ । यद्यपि यी काम अपेक्षित रुपमा हुन सकेका छैनन ।उनका दिव्य उपदेशकाृ कार्यान्वयन गर्न समय सापेक्ष परिष्कार र परिमार्जन गरेर लागु गर्न आवश्यक देखिन्छ । यसबाट पुर्वीय दर्शनका ज्ञान विज्ञान र दर्शनका आधारलाई थप फराकिलो बनाएर विश्वव्यापी बनाउन ढिला भै सकेको छ ।
इतिहास पढन र अग्रजलाई सम्झनु हामीहरुको कर्तव्य हो । आफ्नो देशको अस्तित्व भोलिका युवाले अनुसरण गरुन् भन्ने चाहना राख्ने समयमा पुस २७पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस विगत केही वर्षदेखि विवादमा रहनु र छायाँमा पर्नु कति न्यायोचित हुन्छ ! त्यसो त विवादको बिषय राज्यका तर्फबाट दिने औपचारिक बिदासँग पनि जोडिएको छ ।यस दिन छाडेपछि पृथ्वीनारायणका योगदान महत्व, उपदेश र गरिमामाथि अनेकन कोणबाट बहस तथा छलफल नभएका होइनन् । कसैले राज्यमा गणतान्त्रिक प्रणाली अवलम्बन भएपछि पूर्वराजाका रूपमा मात्र हेर्नु हुदैन र यसबाट पृथ्वीनारायणको योगदानको मूल्याङ्कन हुनसक्दैन भन्ने रहेको छ । यसैगरी एक दिनबिदा दिएर फगत औपचारिकता मात्रै निभाउनु ठिक होइन । कसैको योगदान, गौरव र पुरुषार्थप्रति अनुगृहित हुनु होइन । राज्यले दिने औपचारिक बिदा भन्दा ठूलो कुरा सम्मान र सम्प्रतिको संस्कृति हो ।
यसैवीच पृथ्वीनारायण शाहका सुकर्म वा अपकर्मलाई केलाउने र आजको मापदण्डमा तौलने एक जमात छ । जसले उनलाई खलनायकको दर्जामा राख्दै इतिहासप्रति रोश व्यतm गर्दछ । यस्तै जमातमा कोही इतिहास नै त्रुटिपूर्ण रहेको र पृथ्वीनारायणको देशभतm चरित्र, एकीकरण एकता, उपदेश, उदारता, समावेशिता र समन्वयवादितालाई कुनै हालतमा स्वीकार गर्न चाहँदैनन् । उनीहरूका लागि पृथ्वीनारायणलाई चिन्ने र बुझ्ने एकीकरण र विजय अभियान सुरु गरी नेपाल मण्डलका धनधान्य, कला–संस्कृति देशका लागि थियो । यसबाट देश बचेको थियो र उनकोविना स्वार्थीदृष्टिले समृद्ध एवं सम्पन्न राज्यमाथि कब्जा जमाएको कुरा पचाउन गाह्रो परेको देखिन्छ ।
नेपाल राज्यको एकीकरण तत्कालीन समयमा युगीन माग र आवश्यकता थियो । औचित्यका आधारमा सही थियो । यसकोे कुनै प्रमाण र आधारहरु जुटाउन आवश्यक छैन, वर्तमान सिङ्गो मुलुक, पहिचान र अस्तित्व यसको ऐतिहासिक प्रमाण हो भन्नेहरुको जमात पनि कम छैन । बहुआयामिक र कुशल रणनीतिज्ञ पृथ्वीनारायण समय बुझेका, चतुर र परिस्थितिको आँकलन गरी काम गर्नसक्ने व्यक्ति थिए । आजको युगमा चेतनाका हरेक दृष्टिकोणहरु छन । तिनबाट तत्कालीन समयका कतिपय काम सह्य नदेखिन सक्दछन । तथापि तत्कालीन प्राप्त उपलब्धि पछाडिका केही कमजोरी र त्रुटिलाई लिएर आजको परिवेशसँग दाँजेर अपव्याख्या गर्न मिल्दैन । तत्कालीन विश्व परिस्थिति युद्धमय रहेकोले एकीकरणको वस्तुगत आधार पनि युद्धमय विश्वमा आफ्नो अस्तित्व कायम राख्न बलियो भएर बस्नुपर्ने ससाना टुक्रे राज्यलाई एकापसमा मिलाएर राख्नुपर्ने अवस्था थियो । सधैँको त्रास, भय, अन्योल र अशान्तिले युद्धमय जीवन व्यतित गर्नुपर्ने विवशता थियो । त्यो समाजको मनोविज्ञानलाई पृथ्वीनारायणले बुझेर त्यो कदम चालेको काम देशभतm र जनमैत्री थियो ।
तत्कालीन विश्वपरिवेश नियाल्दा बेलायतको बढ्दो सैन्यशक्तिको त्रास र उन्मादले सीमा नाघेको थियो । साम्राज्यवादले विश्वभर तहल्का मचाएको थियो । रुस–पर्सिया युद्ध, अङ्ग्रेज–स्पेनिस युद्ध, रुस– टर्कीबीचको लडाइँ, चीनका प्रभावशाली सिंग लंग वादशाहको राज्य विस्तारको अभियान, हिन्दुस्तानमा मुगलको दयनीय स्थितिगर्दा दुई ढुङाको तरुल नेपाल बलियो भएर बस्नुपर्ने अवस्था थियो । त्यसैले उनले नेपाल राज्य एक बनाउने अभियान चाल्नु औचित्यपूर्ण र तर्कसङ्गत रहेको पाइन्छ । हिमवत् खण्डभित्रको अखण्डता कायम गर्न, मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउनु पृथ्वीनारायणको समयसापेक्ष कदम थियो । तत्कालीन विश्व परिस्थितिको उपज र बाध्यतालाई चटक्क विर्सेर अहिले पृथ्वीनारायण शाहलाई स्वार्थी, विस्तारवादी र मिचाह राजा भन्नु कति तर्कसङ्गत होला ? आजको विश्व परिवेश, प्रजातान्त्रिक युग चेतना र मागलाई तत्कालीन परिवेश र चेतनासँगै दाँजेर मूल्पाङ्कन गर्न मिल्छ वा मिल्दैन ? यो गभ्मिर बसहको विषय बन्नु पर्दछ ।
हो, एकीकरण अभियानमा भएको युद्ध तथा लडाइँका क्रममा पृथ्वीनारायणबाट कमजोरी भए होलान् । विश्व इतिहासमा युद्धबिना कुन राज्यको निर्माण र विस्तार सम्भव भएको थियो वा छ र?शायद विरल्लै देश होलान युद्धबिना निर्माण र विस्तार भएका तरबिर्सन नहुने तथ्य यी छन कि युद्धका क्रममा कहि कतै प्रतिशोध र बदला लिने काम हुदैनन भन्ने । यतिबेला केही नाजायज युद्धविरोधी गतिविधि पनि भएका हुन सक्छन् । जसले केही जाति, क्षेत्रलाई पिरोलेको थिएन भन्न सकिदैन । पृथ्वीनारायण शाहले राज्यको मात्र एकीकरण नगरी धर्म , भाषा, सभ्यता, संस्कृति र भावनाको एकीकरण गरेकोयर्थाथ आजको पुस्ताले विर्सनु हुन्न । एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले लिदा उनलाई तन, मन, धनले सहयोग गर्ने सहनायक बिसे नगर्ची, विखासिंह विश्वकर्मालगायत हाम्रा वीर पुर्खा र सिपाहीलाई विर्सन हुदैन । यो तथ्यलाई जीवन्त राख्न जरुरी छ ।
पृथ्वीनारायण शाहले दिएका कालजयी दिव्योपदेशमार्फत वर्तमान नेपाली समाजको विकास गर्न आवश्यक छ । देशको राजनीति, अर्थनीति, परराष्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यतालाई कसरी समुचित रुपमा सञ्चालन गर्ने भन्ने विषयमा उनका दिव्य उपदेशलाई सिद्धान्तको रुपमा विकास गर्र्न सरलीकृत गर्नु आवश्यक भएको छ । विश्व अर्थतन्त्रका विचारक कार्ल माक्र्सभन्दा जेठा, प्रजातन्त्रका जजनी अब्राहम लिङ्कन भन्दा पहिलेका, महान भारतका पिता महात्मा गान्धीभन्दा पनि अघिका पृथ्वीनारायण शाहको परिचय र परिधिलाई साघुरो दृष्ट्रिले हेर्नु भनेको इतिहास विर्सनु हो । आफ्नै भूमिलाई खुम्च्याउन खोज्ने र यस्ता विवादित बनाउने विषयले हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ ।
उनी बुद्धपछिका महान् सपूत हुन । आज पनि उनका दिव्योपदेश उत्तिकै सान्दर्भिक छन् । पृथ्वीनारायण शाहका विचार, दर्शन संसारका अनेकौ दर्शन र विचारहरु भन्दा शतिmशाली र दमदारमात्र छैनन्, देश र जनताकालागि उपयोगी र सारगर्भित छन् । साँघुरो सोच र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्न नसक्दा तत्कालीन परिस्थितिमा उच्च सोच, गहन दार्शनिक विचार, भनाइ र समयसापेक्ष दूरदर्शिता बोकेका व्यतिmलाई विर्सन हुदैन ।पृथ्वीनारायण शाह गोरखा राज्यविस्तारको हुटहुटीले प्रेरित भएर विजय–अभियान अघि सारेरभुरे–टाकुरे राज्यलाई एक बनाएका हुन वा देशको जग बसाल्ने परम्परागत धर्म संस्कृति र धरोहरको रक्षा भावले अघि बढेका थिए यो जान्न जरुरी छ । नेपाली स्वाधीनता जोगाउन चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देशलाई चित्रित गर्ने र देश जनता सबैको अपनत्व पृथ्वीनारायण शाहले स्वीकार गरेका थिए । यसरी युगपुरुषको गहन सोच र व्यवस्थापकीय क्षमता विचारक र दार्शनिक सोचका धनी पृथ्वीनारायण शाहको बारेमा तथ्य र तर्कको कसीमा घोटेर हेर्न आवश्यक छ ।
वर्तमान नेपालको अवस्था केलाउँदा राजनीतिक दल समाजप्रति संवेदनशील हुन नसकेको, गुटगत र पार्टीगत स्वार्थकेन्द्रित भएको, आलोपालो सरकार चलाउने, स्वार्थ नमिल्दा संसद् बन्द गर्ने, अध्यादेशबाट देश चलाउने, संसद् चलेको बेलामा उपयुक्त विषयमा गम्भीर छलफल नगर्ने, एकताकोे सट्टा एक अर्कालाई गिज्याउने, खुइल्याउने र घृणा गर्ने प्रवृत्ति बढदै गएको छ । यसले गर्दा राजनीतिप्रति अविश्वास बढेको छ । समाज सशक्तीकरण तर्फ बढ्नुको सट्टा समाजको शक्ति क्षयीकरण भई जन आक्रोश, आशङ्का, वितृष्णा र उत्तेजनाले भरिएका विचारहरु बाहिर आउने गरेका छन ।
अहिले राजनीतिक दलका आ–आफ्नै स्वार्थले लोकतन्त्र कमजोर बनेको छ । मुलुकलाई यनी जस्ता साझा निर्भीक र तटस्थ क्षमता भएका बुद्धिजीवीको खाँचो अहिले रहेको छ । देश र जनताका विषयमा नेताहरु संवेदनशील नहुँदा यसको परिणाम आजको समाजले भोग्न परेको छ । २१औँ शताब्दीमा दक्षता, नैतिकता, बौद्धिक क्षमतामा विश्वको आकर्षण बढ्दै गएको छ । यद्यपि वर्तमान नेपाली राजनीतिवृत्त यस विषयमा संवेदनशील रहेको पाइँदैन । स्वार्थको राजनीति, भजनमण्डलीको चौघेरामा रमाउने नेतृत्वको प्रवृत्ति नेपाली राजनीतिमा तरङगीत बनेको छ ।
राज्य सत्ताका महत्वपूर्ण निकायमा बस्ने, सरकार सञ्चालनमा सहभागी हुनेदेखि प्रतिपक्षमा रहनेले सशक्त भूमिका निभाउन नसक्दा देश आज जटिल मोडमा उभिएको छ । स्पष्ट कार्यदिशा, दृढविश्वास विना सस्तो र क्षणिक लोकप्रियताको तरमा डुव्ने प्रवत्तिले डेरा जमाउदा समाजलाई झनै गाँजेको छ । एकता, सहमति, सहकार्यलाई स्वार्थको रुपमा लिने, सामूहिक प्रतिबद्धता र सहकार्यको सट्टा प्रतिपक्षीलगायतका राजनीतिक दलले सधै आफनोलागिमात्र सोच्नाले जनतामा निराशा र आक्रोश बढेको छ । आशा, भरोसाको राजनीति भन्दा स्वार्थको कारण कहिले कता जोडिने कहिले कता बाझिने र ‘अरू खराबभन्दा हामी कम खराब’ कै सेरोफेरोमा रमाउने गरेको देखिन्छ । राजनीतिक संस्कारको पद, प्रतिष्ठा, शतिm र सम्मानको हालीमुहालीले बढेको छ । जसलेगर्दा अनेक स्वार्थ समूहको गुट उपगुटको प्रभाव नेपाली राजनीतिमा अत्यधिक बढेको छ । राजनीतिक जनताको नजरमा क्षयीकरण हुँदैछ । जनता, समाज र राजनीतिक संस्थाबीचको सम्बन्धको दूरी बढ्दैछ । यदि यही पाराले जाने हो र जनअपेक्षालाई बेवास्ता गर्दै जाने हो भने यसले झनै ठूलो खाडल बनाउने सामाजिक विचलनसँगै राजनीतिक संरचनाप्रतिको विश्वास भासिने र अनिष्टता निम्त्याउने निश्चित भएकोले यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।