पत्रकार र पत्रकारिता पेसा

राम सुवेदी

पत्रकारिता श्रमसँग जोडिएको पेसा हो । पत्रकारिता श्रमगर्ने पेशाकर्मी हो । श्रम सुरक्षालाई समर्थन गर्ने संगठन वा पेशागत आस्था बोलिदिने उसले रोजेको संघ/संस्थाले हो । आज पत्रकार भनिनेहरु, पत्रकारिता पेशाभन्दा माथि उक्लेर बेशरमको घोडामा राजनीति गरिरहेको देख्छौं । स्वच्छ, स्वतन्त्र र निश्पक्ष पत्रकारिताको कुरा कछुवाको खोलभित्रबाट भइरहेको यथार्थता छ । यसले पत्रकारको आफ्नो मर्यादा, पत्रकारिताको मर्म र पेशागत धर्म सबैलाई सोंचनीय बनाइदिएको छ ।

पत्रकारलाई पदको मोह । कारण पेशागत पत्रकारिता र यसको कर्म नै पद हो, भन्ने भाश्यलाई नेपालको राजनैतिक छायाँले लुकाइदिएको छ । पत्रकारिता, पत्रकारको कर्म हो । कर्म हराएको पेशाले पदलोभ खोज्छ । पदलोभमा फसेकाहरु आफ्नो कर्म गरेको पाईदैन । नेतागिरीभित्रको पत्रकारिताले पदमोहीहरुलाई आजको लाईनमा उभ्याएको देखिन्छ । उनीहरु आफै पेशागतरुपमा दरिलो गरि उभिएका छैनन् भने उनले लाभमा प्राप्त गरेको पदले श्रममा रहेका पत्रकारहरुको हित पक्का बोल्दैन । बोलेको पनि देखिंदैन ।

आज पत्रकार महासंघलाई श्रमजीवी पत्रकारहरुको छाता संगठन मानेका छौं । छातासंगठनमा रहन योग्यता कायम गर्नेहरु लाभको पदमा उभिन खोज्छन् । पदसँग जोडिएको जिम्मेवारी ख्याल्ठट्टा मान्नेहरुलाई पद प्यारो लागेको छ । त्यो पदले उनीहरुको जीवनलाई गिज्याएको हेक्का उनीहरुलाई हुँदैन रहेछ । कारणः पदलोभ अर्थात पदमोहले गिराएको शाख उचो नै छ भन्ने एकथान भ्रमले उनीहरुलाई स्थापित गरेको भान छ । आजको समाज, दुनियाँ कर्म र कार्यको हिसाव गर्ने जमातको हो । को, कहाँ, किन रहेको भन्ने सवाल सामान्य हो । तर पदलोभको लालसामा रहेका उनीहरुलाई आफ्नो कर्तव्यबाट च्यूत भएको थाहा नहुँदो रहेछ । कारण उनीहरु कतिपय पेशाभन्दा अलग भएका छन् वा पेशा बदलेका छन् र तर पद बदल्न सकेका छैनन् । जो पत्रकार महासंघको सदस्य भन्नेहरुको लिष्टबाट मनमा पलाएको जिज्ञासा हो ।

पत्रकार महासंघको वर्तमान अवस्थाको चर्चा गरौं । पत्रकार महासंघको सदस्य रुचाएका मान्छेहरु कति राजनैतिक कार्यक्षेत्रमा छन् । कति पेशागत रुपमा पत्रकारिता पेशामा होइन, अन्य पेशा, व्यवसायमा छन् । कति त, कुनै जमानामा पत्रकारिता गरेका, त्यसबेला सदस्यता लिएर अहिले पत्रकारिताको ‘प’ साइनो छुटेकाहरु समेत महासंघको सदस्यमा झुण्डिईरहेका देखिन्छन् । आफूलाई अहिलेपनि ‘म’ पत्रकार हुम भन्न उनीहरु कत्तिपनि लजाउँदैनन् । कतिपयको लाहुरे पत्रकार छन् । जो कति समययता देशमा छैनन् । तर महासंघको सदस्यता कायम छ । केही लेख्दैनन्, अरुले लेखेकोपनि पढ्दैनन् तर बिज्ञ पत्रकारको औचित्यमा आफूलाई उभ्याएर लोक हसाउँछन्, अर्थात श्रम गर्दैनन् तर श्रमजीवीको नेता भन्नपनि छाड्दैनन् । तन, मन, रहनसहन अन्तै छ । तीन वर्षको एकपटक महासंघको निर्वाचनमा सदस्यताको हैसियतले थुतुनो देख्न पाईन्छ ।

वास्तविक पत्रकारितामा को—को छ सबै क्रियाशील पत्रकारहरुलाई आफ्ना सहकर्मीको नालीवेली थाहा नहुने कुरा भएन । फेरि, नामगाम नसुनेका मान्छेहरु श्रमजीवी पत्रकारितामा पदको राजनीति गर्न अहिले महासंघको सदस्यता आह्वानमा बेकामका मान्छेहरु आफूलाई एकाएक श्रमजीवी पत्रकारको लिस्टमा अनुबन्धको दुस्साहस गरेको देखियो । जिल्ला जिल्लामा प्राप्त विवरण अनुसार, ठेकेदारी गर्ने कन्ट्रक्सन मालिकलाई पत्रकार महासंघको सहस्यता बन्ने रहर चलेकोपनि देखियो । उसलाई एक सञ्चार माध्यमबाट सिफारिस दाखिला गरिएको देख्ता लोक हँसाएको छर्लङ्ग हुँदैन र ? कतिपय राजनैतिक पार्टिको आस्था राख्ने कार्यकर्तालाई अमुख एक स्थानीय अनलाइनका नामबाट श्रमजीव!ी पत्रकार करार गरि महासंघको सदस्यकालागि केन्द्रसम्मको दवाव श्रृजना गरिएको समेत पाइएको छ । जसको पत्रकारितामा न हिजो न आज साइनो जोडिएको छ । यसलाई सिफरिस गर्ने मुख्र्याईं कहाँबाट कस्को खेलबाट भयो ? त्यो थाहा नपाउने बेहोसी पत्रकार क्रियाशील हो, कसरी भनौंला । स्थानीय स्तरमा रहेका एफएम रेडियो, पत्रपत्रिका, केही अनलाईन, राष्ट्रिय टेलिभिजन तथा पत्रपत्रिका स्ट्रिन्जर बाहेक यहाँबाट चल्ने स्थानीय अनलाईनहरु श्रमको मूल्य दिनेगरि सञ्चालनमा छन वा छैनन् सबैलाई मनमन थाहा छ । कस्ले पत्रकारिता गरेको छ वा छैन, हामीलाई त्यसको सबै नालीवेली थाहा छ । तर, ‘ठेकी लुकाएर मही माग्ने’, थाँङ्ने चरित्रका मान्छेहरु श्रमजीवी पत्रकारहरुको पवित्र संस्थालाई बद्नाम गर्न यसखालको हर्कत गर्छन । त्यो पनि थाहा छ । यहाँ सही र गलत बोल्न रुचाउने कोही नहुनुभनेको पेशागत मर्यादामा बास्तविक श्रमजीवी होईन, ठेकेदार, व्यवसायी र नेतालाई ल्याएर संस्थाको बद्नाम गराउनु नै हो । जो परम्परादेखि हुँदै आएको रहेछ । त्यसको परिणतिपनि देखिएको छ । यत्ति हेक्का राख्नेहरु बोल्दा हुँदैन र ? मेरो, मलाई प्रश्न यत्ति हो ।

कस्लाई राजनीति गर्न मन छ । पार्टिको गर्दा स्वछन्द हुन्छ । वडा कमिटिमा गरे भयो, वडा सदस्यमा उमेद्वारी दिंदा कति राम्रो हुन्थ्यो । अन्य पहुँचको स्थानमा मेहनत गरे खुबै राम्रो तर जहाँ श्रम पसिना लगानी भएको छैन त्यहाँ आउनुको लालच के हो ? यि र यस्ता मान्छेलाई अहिलेको पत्रकारिताले जोगाएको वा श्रमजीवी पत्रकारहरुमाथि भइरहेको अदृश्य चलखेलका खेलाडिहरुको हुर्मत होईन र ? पेशागत पत्रकारितामा रहँदै आएका वा रहन खोजिरहेकाहरुको संस्था पत्रकार महासंघ हो । जस्लाई मन लायो त्यसको होईन र हुँदैन । त्यहाँ उस्तै मान्छेहरुको आवश्यकता हुनुपर्दछ । अहिलेसम्म पनि पत्रकारितामा नरहेका र नचाहिने मान्छेहरु स्वार्थले सदस्यता त्याग्दैनन् । वा पेशा बदलेको बर्षौं भएरपनि आफूलाई त्यहीं छु भन्ने कुचेष्टा गर्छन् । उनीहरुको लाजमाथि प्रश्न गरौं । नयाँ नलजाएर आउन खोज्नु नेता, ठेकेदार र उद्योग व्यवसाय गर्ने आदरणीयहरुलाई पनि निवेदन गरेकोमा लज्जीतहुने एकखालले सम्मान कार्यक्रम नै गरौं । सामाजिक सञ्जालमा धन्यबाद ज्ञापन अभियान चलाऔं । भ्ेटमा उनीहरुलाई पत्रकारीता पेशा रुचाएकोमा कालो चियाले थुतुनो मिठ्याइदिएर घरतिर खेदौं । राजनीति गर्नेहरुलाई पत्रकार बनाउँने होईन, उनीहरुको राम्रो कर्मको स्टोरी लेखौं, सदस्यताबाट एकथान खादाले विदाई समारोह आयोजना गरौं । पत्रकार महासंघको शुद्धिकरण अभियानलाई आफूबाटै, अहिले र आजै शुद्धिकरणको बाटो तिर लागौं, लगाऔं । यो काम अहिले पत्रकारिता पेशामा आवद्ध र श्रमजीवीहरु अभियानबाट थालौं । होईन उनीहरुकै हली र झोले हुने मन छ भने, त्यस्ता दुखीआत्माहरुलाई मलामी गनौं । नत्र भने, लोभका तावेदारहरुलाई सोधिन्छ, लोभको पद खान पत्रकारिता पेशामा रहेका श्रमजीवीहरुको स्वाभिमानी अनुहार अघि गीर्न मन छ वा छुद्र मुख देखाएर अझैपनि लज्जित मुहार देखाइरहने के छ ? त्यसको विकल्प श्रमजीवीसँग रहेको कलमले बताईदिनेछ । जहाँ हुन्छौं, त्यहाँबाट लोभी मान्छेहरु यता किन भनेर बारबार सोधिनेछ ।

कर्म जस्ले जे गरिरहेको छ, त्यसबेलासम्म कर्तव्य सहितको रहिरहन्छ । कर्म छुटेपछिपनि त्यसको पछि लाग्नु भनेको पार्पाचुके गरेको अदालती पत्र देखाएर भट्टीमा दुईथान साथी जँड्याहरुलाई पूर्व जीवनसाथीको कथा सुनाउनु र पेशा छाडेर पत्रकार हुँ भन्ने चेष्टा गर्नु अझ भारी पर्निेछ । हैसियत के राख्ने समयमै सोंचौं । पेशामा रहेकाले मर्यादित ढंगबाट आफ्नो कर्तव्य पूरा गारौंं । अन्यथाहरु आजै बाटो लागौं । लोकलाई लाज बनाएर नबसौं । ढिलोचाँडो नाँगोपनको सूचना बाहिर आउँछ । त्यसो हुनु किन परयो ?

पत्रकार, पत्रकारिता र अबलम्बन गरिएको पेशा आफैमा ओझिलो, पेचिलो र जोशिलो छ । जो कर्मले निखार्दै लैजान्छ । कस्लाई के मन लाग्यो वा रहर जाग्यो भनेर यता तानिनु पर्दैन । लेखन जीवनमा नरहेकाहरुलाई म पत्रकार महासंघको सदस्य हो भन्न लाज लाग्दैन भने अव लजाए हुन्छ । कतिपय त श्रीमान पत्रकारका श्रीमतिज्यूहरु समेत महासंघका सदस्य भइस्या छ । आफ्नो कर्म त्यहाँ छैन भने कर्म भएका श्रीमान पत्रकारहरुका लागि भएपनि अव कर्म र पेशा बिनाको पदले गिज्याउने बेला भए जस्तो लाग्छ । शुद्धिकरणको मौकामा ठूलो मन बनाएर नगरेको पत्रकारिता त्याग भएकै छ । अब त्यो सदस्यताको खोस्टोले जो बद्नामी बनाउँदैछ, त्यसलाई समेत औचित्यपूर्ण हिसाब किताब लगाएर तह लगाए बुद्धिमानी हुँदैन र ?

पेशागत जिम्मेवारी, कर्तव्य र मर्यादालाई खेलचारी नगरौं । जिम्मेवारीमा रहेर त्यसको अर्थ वा औचित्य पुष्टि नहुनु आफैमाथि भारीपर्नु हो । कर्म एकातिर, मर्म अर्कातिर हुनु भनेको साईकल र टयाक्टरको पाङ्ग्रो एउटै सवारीमा जोडेर मर्शटिजको गति खोज्नु हो । जस्को तालमेल नै तैन गति कसरी दिन्छ । तसर्थ, तपाई हामी जो कर्ममा छैनौं, त्यसको हिस्सेदार दावी गर्दा वा सँगै पेशागत मार्गमा छैनौंहरुको परिचयले मलाई लज्जीत भएको महशुस हुन्छ । के तपाईलाई हुँदैन ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *