सरोजराज पन्त
संस्कृति जीवन पद्धतिको आधारशीला हो । जीवनयापनको जीवित अभिव्यक्ति संस्कृतिसँग जोडिएको हुन्छ । संस्कृति सांस्कृतिक सम्पदाहरू समाज र राष्ट्रका धरोहरहरू र सम्पत्ति संस्कृतिका हड्डी हुन् । संस्कृतिले मानिसको उत्पत्ति, चालचलन, भाषा, संस्कार, धर्मको समग्रतालाई उजागर र्गदछन । सोही अनुसार व्यक्ति, समाज र राष्ट्रको पहिचान बनाउन सफल हुन्छ ।
नेपालमा पर्यटन सम्भावनाका महत्वपूर्ण क्षेत्रहरू पहिचान भएका छन । ती मध्ये एक सांस्कृतिक विविधता एक महत्वपुर्ण मानिन्छ । बर्षेनी विश्वभरका पर्यटकहरू नेपालको प्राकृतिक सौन्दर्यहरु हेर्नका लागि आई रहेका छन् । यद्यपि नेपालको प्राकृतिक विविधतामा विदेशी पर्यटकहरू यहाँको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ देखिन्छन् । प्राकृतिक विविधतासँगै नेपालका विविध मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको बढाउन नसक्नु आजको चुनौती हो ।
जाति, समुदाय, भाषा, धर्मबिच विशिष्ट सम्बन्ध रहेको हुन्छ । यही विविधता र विशिष्टताले भरिपूर्ण क्षेत्रफलको हिसाबले सानो नेपालमा १२ धर्म र १ सय २५ जातजातिबिचको आपसी एकता देख्न पाइन्छ । विश्वको सबै हावापानी महसुस गर्न सकिने प्राकृतिक तथा सांस्कृतिक विविधता सहज रुपमा सानो भुगोलभित्र पाउन सकिन्छ ।यहाँ भएका मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिबाट घुम्न आउने पाहुनाहरूलाई मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्ने कार्यलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई यहाँको स्थानीय कला, संस्कृतिमा डुबाइदिन्छ । अहिले आउने पर्यटकहरु केवल प्राकृतिक सौन्दर्यता मात्र जोडिने गरेका छन । यदि हामीलेनेपालका स्थानीय पहिचान बोकेका अनौठानयाँ अनुभवहरूको सम्झनाहरू जिवन्त साझेदारी गर्न सकेमा देहमा पर्यटकको संख्या बढाउन सकिन्छ ।
त्यस्ता पर्यटकीय गन्तव्यबाट स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको संरक्षण गर्नमा प्रेरित गर्दे आर्थिक वृद्धि र विकासमा सहयोग महत्वपूर्ण भूमिका खेल्दछ ।यस्ता सांस्कृतिक सम्पदा, मौलिक पहिचान, मूल्यले संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिने भएकोले यसतर्फ स्थानीय सरकारले जोड दिन जरुरी छ ।
यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्रदान गर्दछ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्नेमात्र नभईआन्तरिक तथा बाह्य पर्यटकहरूको सख्या बढाउनमा विशेष भूमिका खेल्ने देखिन्छ । यसका साथै रोजगारीका अवसरहरू सिर्जना गर्न, स्थानीय उत्पादनमा टेवा दिन, भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सहयोग हुनेछ ।
सांस्कृतिक पर्यटनका लागि नेपालमा प्रयासहरु नभएका होइनन तर अपेक्षित रुपमा काम हुन र उपलव्धि हासिल हुन नसक्नुले केही निराश बनाएको छ । तथापि नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो भन्ने थाहा नभएको होइन । तर हुँदाहुँदै पनि नेपालमा पर्यटन विकासको लामो इतिहास छैन । नेपाल एकीकरण हुनु पूर्व र एकीकरणको क्रममा ब्यहोर्नु परेको क्षति र त्यस पश्चात् लादिएको एकात्मक राजनीतिक, आर्थिक, धार्मिक तथा कामको कारण यो कार्य ओझेलमा परेको छ । सांस्कृतिक विविधता र विरासतमा ठेस लाग्ने अर्को कारण १०३ वर्षे लामो एकतन्त्रिय शासन व्यवस्था हो । जसले केवल सत्तामा रहेका वर्गहरूको विलासिता पुरा गर्ने बाहेक पर्यटन क्षेत्रमा केही उपलब्धि हासिल गर्न सकेन ।
वि.सं. २००७ सालमा प्रजातन्त्रको पुनर्बहाली भएतापनि पञ्चायति शासन व्यवस्थामा जारी भएका आवधिक योजनाहरुले समेत सांस्कृतिक पर्यटनका क्षेत्रको विकासमा चासो दिन सकेन ।अध्ययन र प्रतिवेदन आएतापनि कार्यान्वयन भएन । यसको उदाहरण स्वरुप सन् १९५० मा यूएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित नेपाल–द किङडम इन दि हिमालय पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृत गरी अध्ययन गरेको र नेपाललाई विश्व सामु चिनाउने प्रयास गरेको देखिन्छ । यसैगरी त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर उचाइमा मानवले पाइला टेकेको दिन जसलाई सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि दिनको रुपमा लिइन्छ । संसारका आरोहिहरुको लागि नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्यको रूपमा चिनाएको पाइन्छ ।
सांस्कृतिक पर्यटनको ऐतिहासिक पक्षलाई केलाउँदा नेपालमा पर्यटकहरूको आवागमन सुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ मा पर्यटन बोर्डको स्थापना, वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन भएको हो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, वि.सं. २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना गरिएको थियो । वि.सं. २०३९ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । वि.सं. २०५५ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरू गर्न नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना भएको छ ।
टुरिजम डट जीओभी डट एनपीका अनुसार मन्त्रालय अन्तर्गतका समितिहरुमा ९ वटा संस्कृति सम्बन्धी र १४ वटा पर्यटन सम्बन्धी समितिहरू रहेका छन् । यसका साथै, पर्यटन ऐन, २०३५, ट्राभल तथा ट्रेकिङ एजेन्सी नियमावली, २०६२, पर्यटन नीति, २०६५, होटेल, लज, रेष्टूराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८, जस्ता ऐन नियमावली कार्यान्वयनमा रहेका छन् । पर्यटन सेवा प्रदायकहरू होमस्टे, ट्रेकिङ एजेन्सी, होटेल, ¥याफ्टिङ एजेन्सी, ट्राभल एजेन्सी, टुरिजम ट्रान्सपोर्ट सर्भिस, एड्भेन्चर टुरिजम सर्भिस आदि रहेका छन् । हालको अवस्था हेर्दा नेपाल आउने पर्यटकहरूको औसत बसाई दिन १३.२ र खर्च औसत ५४ अमेरिकी डलर रहनुले औसत बसाई अवधि बढाउनका लागि प्रकृतिसँगै संस्कृति पनि जोडनु चुनौती रहेको छ ।
निष्कर्षमा हालसम्म नेपालमा पर्यटनको आगमन बसाईको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्नकालागि योमात्र प्राप्त बन्नसकेको छैन । त्यसैले यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुईपाटाको रूपमा लिएर विकास गर्न सकेमामात्र पर्यटन विकास सहज हुने अपेक्षागर्न सकिन्छ ।
वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा १२ धर्म र १२५ भाषाभाषीहरूको संगम स्थलको रूपमा रहेको छ । यी भाषाभाषीहरूको पृथक् संस्कृति, संस्कार र भेषभुषाहरुलाई पर्यटन प्रवर्द्धनको आधार बनाउन सकिन्छ । सरकारले नीति ल्याउँदा स्थानीय संस्कृतिलाई जोडदिई फेसन वीथ कल्चरको अवधारणा अवलम्बन गर्नु पर्दछ । नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई यहाँको वातावरणीय विविधतासँगै सोही क्षेत्रमा बसोबास गर्ने जनजीवन, समुदायको परम्परा, रहनसहन, भेषाभुषाले सांस्कृतिक झल्को÷पहिचान दिलाउने गरेको नयाँ स्वाद दिने योजना बनाएर काम गर्न सकेमा आन्तरिक तथा बाह्रय पर्यटकको सख्यामा बृद्धि गर्न सकिनेछ ।
यसका लागि जातिगत संस्कृतिक अनुसार संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास गर्नमा आवश्यक पहल गर्न जरुरी छ । यसका साथै नेपालमा पर्यटकीय गन्तव्यको बारेमा समय समयमा अध्ययन र अनुसन्धान गर्न र विश्वमा विकसित शैलीलाई पछाउन, प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन गर्न आवश्यक छ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ ।
स्थानीय संघ, प्रदेशका सरकार सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत प्रबर्द्धिधत पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ । तसर्थ, सांस्कृतिक भेषभुषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधार, सांस्कृतिक पर्यटन सहित विकासको पूर्वाधार भन्ने नारा यथार्थमा सम्भव हुनेछ ।