राम सुवेदी
देश बनेन भन्ने नागरिकको चिन्ता भयो । सत्तासीनको भएन । अहिले देशको अर्थतन्त्र बिग्रेर आम नागरिकको जीवनशैलीमा प्रभाव पर्यो । उता सत्तामा उक्लनेहरुको भने उस्तै छ । सत्ता उकाल्नेहरु, आफ्नाहरुको भर्याङ बनीरहे तर त्यसको उकालो मोल कहिल्यै चिनेन् वा अलीअली स्वार्थको हस्कोले उद्धेलित बने ।
आफ्नो देशमा, आफैले भोट हालेर बनाएको राज्यसत्ता छ । ज्यान हालेर सत्ताको सिंढि उकाल्ने हजारौं भोटर समर्थकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदेशीभूमिका श्रम बेच्न बाध्यतामा फसेका छन् । यहाँ ठूलो जहाजको मुनिबाट सेल्फि खिच्दै, लागियो कर्मभूमितिर लेख्ने हिम्मत कस्ले बनाइदियो ? समय चक्र फेरिंदै जान्छ । युवा उमेरको जोसिलो युवा २०—३० वर्ष अर्काको देशमा श्रम भिजाउँछ । रेमिट मार्फट घरमात्र होईन, देश चलाउँछ, तर दोषी सत्ता जो, जहाँबाट रहेपनि राष्ट्रहितमा रहँदैन र रहेन । कुरा, सत्ता उकालो कुदाउने त्यो पार्टिको परदेशी कार्यकर्तालेपनि जननेन, देशभित्र सत्ताको चिप्लो आसा गर्नेले पनि थाहा पाएन ।
भन्दा देश बनाउने युवा । राजनैतिक शत्तिमा उदाएकाहरुको मिजासिलो कोकिलकण्ठबाट चुनावमा निस्कने माधूर्य—बचन । सुन्ने र ताली ठोकेर बिगतका दोष बिर्सने होनाहार कार्यकर्ता, समर्थक । चुनाव प्रभावित बनाएर अलिअलि चुनावरस चाख्ने पार्टिका टाँठाबाठा अर्थात उनीहरुकै राजनैतिक भाषामा भोट दलाल । जनतालाई कर्म सिकाउने दल छैन । श्रम सिकाएर उत्पादनको बाटो देखाउने कुनै पार्टिमा नेता छैन । श्रमश्रोत बेचेर ज्यान पालेकाहरु जो जो सत्तामा उक्लेपछि, नेपाल राष्ट्र हराभरा बनाउने चिन्तन बाँडिदैन । भएको भत्काउने, विगार्ने र द्धन्द्ध सिकाउने सिक्ने एकाथरीहरुको उत्ताउलो धन्दा जो सस्तो मिडियामा दैनिकी चर्चा देखिन्छ । राज्यकोष उडाएर ठाँटकाँट बताउनेहरु यो देशमा, श्रमजीवी वर्ग र सर्वहारा वर्गका नेता र उनको नेतृत्वमा राज्य सचालन भइरहेको स्वीकार गर्ने पर्यो । देश हामी बनाउँछौं भनेको पत्याएर, त्यहाँ पुर्याउने जनताको अवस्था दशकौं उस्तै रहेपनि, राजकाजमा जान तालमेल, कार्यगत एकता, जोठगठ जस्ले जो सित गरेपनि तलबाट टुलुटुलु हेर्ने निरिह जनताको केही लाग्ने कुरा भएन ।
चार वर्ष देश बिगार्ने यिनै हुन भन्नेहरु पाँचौं वर्षको निर्वाचनमा विगत बिर्सेर धोकाधडिको चलखेल गर्ने कस्ले र केले बनायो भन्दा सत्ता, शत्तिको लोभखर मोहले । आफ्ना सन्तानको भविश्य बिग्रेकोप्रति वा आफ्नै भविश्य अन्धकार भएको प्रति हेक्का नहुने जमात नेपालमा धेरै छ । थाहा छ, तर लालचको राजनीति गर्नेहरु वा त्यसको समर्थकहरुबाट यस्तो कर्म दोहोरिंदै गएको छ ।
नेपाली राजनीतिको विकृति विसंगति अझ डरलाग्दो छ । आफूसित संस्कार त छैन नै, अरको गाली गरेर मै राम्रो भन्ने जवरजस्त अन्धो चिन्तन गज्जब छ । समाज र देशकालागि गफ भन्दा केही नबेच्नेहरु कसरी राष्ट्रवादी ? गलफत्तिमा निष्ठा, शिद्धान्त र पद्धतिका कथा भट्याएर राष्ट्रवाद हुन्छ ? व्यवहारमा देश बनाउने कर्म खै ? आफू र आफेना शुभचिन्तकहरु कस्तो कर्ममा छौं? हेक्का नभएको ढोंगी राष्ट्रवाद, भाषण, वक्तव्य, मिडिया अन्तररवार्ता, आजका नश्ली पत्रकारिताबाट आम सञ्चारहुँदै भँडुवा सामाजिक सञ्जालसम्म देखिए, पोखिए देश खाएको परिभाषा बुझ्ने, बुझाउन कस्तो बुद्धि चलेको छ ।
देशको एउटा श्रमशत्तिले सरकार प्रमुखका अघिल्तिर ज्यानमा आगो लगाएर आत्मदाहा गर्छ । जीवन चलाउन सहजता खोजिरहँदा त्यसको व्यवस्थापनमा सरकार असहयोगी भईदिंदा यस्ता लाखौंको संख्याका युवाहरु अर्काको मुलुक बनाईरहेका हुन्छन् । यहाँ भएकाहरु कोही आत्महत्या गरेका खबरहरु पनि आउँछन् । सेवाप्रवाहमा खटेकाहरुलाई पाल्न नसक्ने, ऋणको भारमा देश चलाएर, बाँचुञ्जेलको जिन्दगीमा के छर ? भन्ने हाम्रो राजनीतिले ल्याएका नेताहरु, जनताको ढाडमाथि रजाई गरिरहेको प्रष्ट देखिन्छ । अझैपनि उनका समर्थकहरु ति काला कतूतहरु डोकोमा छोपेर बखान गर्न भ्याएकै हुन्छन् । देशभित्र तमाम निरासाका धब्बाहरु आम नागरिकका अनुहारहरुमा मडारिरहेका छन् । तर देश, जनता र राष्ट्रका विषयमा चिन्तन गर्ने कोहीपनि सत्तामा रहेनन् र जनमूखी नेता देशले पाएन ।
सत्ता आफूखाने स्वार्थको बाटो बन्यो । जनता निरिहताको पिंजडामा थुनिए । बिद्रोह र सत्ता बिग्रह बारबार भयो तर त्यसमा उस्तै मान्छे्हरु छद्मभेषमा प्रवेश गरे । राजनीति र त्यसका नेताहरु आफूले खान नपाउँदा सडकभरी रत्यौली भट्याए तर एउटा गरिबले गतिलो गरि भोको पेट पाल्न र नाँगो जिउ ढाक्न नपाएको कथा सत्तासिनहरुको नजरमन परेन, पर्दैन । यो देशमा खोक्रो राष्ट्रवाद भट्याउँने, श्रमजीवी जनताका घोडाचढी गित, बक्तव्य र कथनहरु सुनाएर यही गएगुज्रेको सत्तामा चास्नी चाख्नेहरु, देश बनाउँदैनन् । आफै, यत्तिकै र अहिलेको राजनैतिक आस्थामा भरोसा राख्नेहरुबाट अबस्था बदलिदैन ।