सरोजराज पन्त
२०७९ माघ ११ गते यो देशको राजधानी, व्यस्त शहर काठमाडौंको बीच सडकमै फिल्मी शैलीमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । त्यो एक दर्दनाक दृश्यले धेरैको मन अमिलो बनायो, आँसु बर्सायो, मनमुटु छियाछिया बनायो र भावशून्य अवस्था सृजना गरायो । उनलाई त्यो दुशकार्यबाट रोक्नभन्दा भिडियो बनाउन उदधत मानव जमातले सिंगो मानव सभ्यतालाई लज्जित बनायो । संसद भवन अगाडि बानेश्वरको बीच सडकमा गरेको आत्मदाहले सरकार, नेतागणलाई गम्भिर बनायो वा बनाएन ? छोयो वा छोएन ? यसबाट सरकारले पाठ सिक्यो वा सिकेन ? आज अनेकौ प्रश्नहरु जनमानसमा उठेका छन ।
आफ्नो शरीरप्रति कठोर बनी एक ३६ वर्षीया युवाले देशभरबाट राज्य सञ्चालन गर्ने ऐन कानुन, नीति नियम बनाउन आएका दिग्गज चुनिएका सांसदहरुको नजर पर्नेगरी संसद भवन अगाडि जल्नपर्दाको पीडा साह्यै कारुणीक र दर्दनाक छ । प्रेमले भोगेका, व्यहोरेका जीवनका जटिलताहरू प्रायः सबै युवाले भोगेका छन । राज्य, व्यक्ति, संस्था, समाजबाट उनीजस्तै उपेक्षित भएका युवाहरु छन । यो पीडासँगै सडकमा ‘हामी पनि जल्न नसकेका प्रेम हौं’ भन्ने नारा सहित युवाजमात उत्रिनु चिन्तनको विषय बनेको छ । तर देश र समाजका लागि यसको दीर्घकालीन प्रभावबारे राज्यसत्ता गम्भिर बनी समाधान खोज्न तत्पर बन्न नसक्नु तथा देशका अन्य स्थानमा पनि यी समस्या दोहोरिनु थप चिन्ताको बिषय बनेको छ ।
प्रेमको आत्मदाह युवावर्गमा फैलिरहेको मानसिक समस्याको डढेलो हो । उनको आत्मदाहपछि यसको ‘अनुकरणको संक्रमण’ फैिलन थाल्यो । वर्तमान सामाजिक सञ्जालले मानिसमा नक्कल गर्ने प्रवृत्ति बलियो बनाइ दिएको छ । ‘द न्युयोर्कर’ म्यागजिनको २०१२ को मार्च अंकमा २०१० डिसेम्बरमा ट्युनिसियाली नागरिक मोहम्मेद बुअजिजीको आत्मदाहपछि ट्युनिसिया लगायत अन्य देशमा आत्मदाहको शृंखला चलेको पत्रकार पाइन्छ । यसवारे जेम्स भेरिनीको एउटा आलेख प्रकाशित छ । नर्वे, तिब्बतमा चिनियाँ शासनको विरोधमा सन् २०११ मा झण्डै ४० जना तिब्बतीले आत्मदाह गरेको पाइन्छ ।, मोरक्को, जोर्डन, बहराइन आदि देशमा आत्मदाहका घटना भएका थिए । नेपालमा प्रेमको आत्मदाहपछि सामाजिक सञ्जालमा व्यक्त भएका टिका टिप्पणी, प्रतिक्रियाहरू र अन्य स्थानमा भएका आत्मदाहका प्रयास विश्लेषण गर्दा यसको लक्षण राम्रो देखिदैन ।
प्रेमप्रसादको अन्तिम स्टाटर्स पढ्दा र उनले भोगेका कष्ट, पीडा बुभmदा पहिलो दोषी सरकार हो । कमजोर राज्य संयन्त्र र सरकारको नागरिकप्रतिको उदासीनता, राज्य सञ्चालनका नीतिहरू, तौर तरिका, बेरोजगारी समस्या, महङगी, ढिलासुस्ती, घुसखोरी, सुशासनको अभाव, ठगी, कालोबजारी, अपारदर्शिता, ठूला व्यापारीवाद, अव्यवस्था, आदि हुन । प्रेमप्रसादले म मरेपनि मेरो देश बाँचिरहोस् भन्ने भावको विश्लेषण गरी उनका कार्यान्वयन योग्य सुझावलाई अध्ययन गरी कार्यान्वयन गर्न सके एउटा मरिसकेको मान्छेलाई फेरि ब्यूँताउने अवसर मिल्नेछ भने सयौं अन्य प्रेमहरुलाई जल्नबाट जोगाउन सकिनेछ ।
उनको आत्मदाह जायज होइन तर राज्यप्रति उठाएका प्रश्नहरु जायज छन् । प्रश्न र मागहरु जायज छन् र तिनको उचित सम्बोधन हुनुपर्छ । राष्ट्रिय उत्पादनमा भ्याट शून्य, ल्याण्ड लिजिङ सिस्टम, हाइयर द प्रोफिट, लोअर द ट्याक्स रेट, शिक्षित जनशक्ति वैदेशिक रोजगारमा जाँदा श्रम स्विकृतीको झन्झट नगराइयोस्, श्रम कागजभन्दा दरिलो बैदेशिक कम्पनीले दिएको अफर लेटर र इम्प्लोइमेन्ट कन्ट्राक्टले दिने पिडाको अन्त्य, देशका सबै पालिकाहरू र उत्पादनहरू समेटिएको ‘पालिका बजार’ नामक वेब सर्भरको विकास, बहालमा लगाएका घरहरूलाई अनिवार्य कर र घर बहाल दिँदा घरधनीले लिने गैरकानुनी डिपोजिट मनिको अन्त्य, स्वास्थ्य शिक्षा र सार्वजनिक यातायातलाई सहज र सरल बनाउने, बैंकिङ भ्यालुएसन नीतिमा परिमार्जन, बचत तथा ऋण सहकारी, फाइनान्स कम्पनी र माइक्रो फाइनान्सको खारेजी, गाँजा खेतीलाई वैधानिकता आदि २५ बुँदा मागहरू रहेका छन ।
उनले राज्यलाई दिएका सुझावले र उब्जाएका प्रश्नहरुमा आत्मदाह गर्नुअगाडि लामो स्टाटस, आत्मदाह खुस्स नगरी सार्वजनिक स्थल रोज्नु, राज्यलाई लामा–लामा सुझावहरु दिनु, आफू मरेपछि जेसुकै होस् नभन्नु, राज्य र राज्यका निकाय, केही माथिल्लो ओहोदाका व्यक्तिप्रति आक्रोश पोख्नु, एक होइन, दुई होइन, हरेक खुड्किलामा असफलताको सचित्र बर्णन गर्नु, निराशाजन्य जीवनको परिणामको फेहरिस्त राखी आत्मदाहसँगै अन्तिम विद्रोह, क्रान्ति गर्नु र राज्यप्रतिको वितृष्णा, असफलतासँग जोडिएका आरोपितको विवरण दिनु आदिको विश्लेषणगर्दा वास्तविक दोषीले आफु सच्चिन, वर्तमान कार्यशैली बदल्न अति जरुरी देखिन्छ । यो गम्भिर बिषयलाई सामान्य रुपमा नलिन र अविलम्व उपचारात्मक पद्धति अपनाउन सन्देश दिएको छ । प्रेमको आत्मदाह राज्य सत्ताको विरोधभन्दा सरकारको कार्यशैली, वर्तमान सामाजिक परिवेश र अस्तित्व संकटसँग जोडिएको देखिन्छ । उनको आत्महत्या नितान्त व्यक्तिगत भएतापनि यसले युवा विद्रोहका रूपमा लिन सकिन्छ ।
प्रेमप्रसादको आत्मदाह राज्यको नजरमा नपरेको भने होइन । मन्त्रिपरिषदले उनले उठाएका विषय सम्बोधन गर्ने भनेर निर्णय पनि गरेको छ । तर नेपालमा भनाई र गराईमा तालमेल के होला हेर्न बाँकी छ । राज्यका निकायहरूले उनले उठाएका विषयलाई विर्सेमा भने अझै ठूलो मूल्य चुकाउनुपर्ने र अरू यस्ता अप्रिय घटना बढने देखिन्छ । यो घटनाको समाचार, फेसबुक, ट्विटर सबतिर छ्याप्छ्याप्ती बन्यो । त्यसपछि फेसबुक ‘प्रोफाइल पिक्चर’मा प्रेमको शरीर जलाउनेभन्दै ‘हामी पनि जल्न नसकेका प्रेम हौं’ नारा सहित भएको आन्दोलन यसको एक उदाहरण हो । बागलुङ लगायत अन्य ठाउँमा यस्ता समस्या थपिएका छन ।
मानिसले सबैभन्दा बढी माया कसलाई गर्छ ? आफू र आफ्नो शरीरलाई वा देशलाई ? आफूलाई सबैभन्दा धेरै माया गर्ने मानिसले किन आत्मदाह गर्न विवश बन्यो ? जिन्दगीमा कुनै ठूलो चोट नपरी आफ्नो शरीरको आहुति कसरी दिन सक्दछ ? आज जनमानसमा त्यस दिन देशको संघीय राजधानी काठमाडौंको मुटुमा अवस्थित जनप्रतिनिधि जमघट भएर नागरिकका समस्या समाधान गर्ने नागरिकको सर्वाेच्च संस्था व्यवस्थापिका संसद अगाडि बीच बाटोमा एउटा युवा जल्दै गरेको दृश्य हेरेर संसदमा के कति बहस भयो? संसदमा सांसदबाट कति आवाज उठे र उठाइए ? आत्मदाह गर्नु अगाडि सामाजिक सञ्जालमा पोष्ट गरेको लामो फेहरिस्तमा केही बहस भयो वा भएन ? के उनले लेखेका विवरण र त्यसमा उल्लेख भएका विषयमाथि छलफल आवश्यक छैन र ? आदि अनेकौ प्रश्नहरुले हामी सबैलाई चिन्तित बनायो । हामीमध्ये कतिपयले प्रेमप्रसादको कर्मप्रति घृणाभाव राखौं, कायर, हुतियारा भ¥यौ, संघर्षमा हारेकोमा धिक्र्कायौ पनि । कतिपयले उनी र उनको परिवारप्रति दयाभाव राखौं र आर्थिक सहयोग ग¥यौ । तथापि सरकारलाई गम्भिर बनाउन भने सकेनौं ।
वहस मरेर जल्नु र जलेर मर्नुकोमात्र होइन । के कारणले यो अवस्था सृजना भयो र कसरी यो समस्या निराकरण गर्न सकिन्छ भन्ने हो र हुनु पर्दछ । आत्मदाह गर्नु ठीक होइन र आत्मदाहले समस्याको समाधान निकाल्न सक्दैन । तर पनि आत्मदाह रोज्ने अरू पनि थपिन थाले । यो कुनै विकल्प नभए तापनि फेरि अरुले पनि खोज्न थाल्नु थप समस्या हो । यदि कसैले विकल्प मानेको छ भने सरासर गलत हो । आज एउटा प्रेमको आत्मदाह मात्र होइन । अझै सयौं प्रेम यो अवस्थामा छन भन्दै युवाहरु सडकमा आउन ुराज्यलाई चुनौति हो । यो कतिले व्यतmगरेका छन र कतिले व्यतm गर्न समस्यामा अनेकौ रहेका छन । प्रेमप्रसादले आत्मदाह समाजसँग हारेर गरेकि जितेर गए । यो बहस गर्न सकेन । यो गम्भीर विषयमा राज्यको जिम्मेवार भएन र समयमै सम्बोधन गरेन भने यस्ता समस्या थपिने छन । आशा छ र कामना गरौं, अव अरुले प्रेमप्रसादको जस्तो आत्मदाह कहिल्यै गर्नु नपरोस् । आफुजल्दै गर्दा म मरेपनि मेरो देश बाँचिरहोस भन्दै देश र हाम्रो लागि यतिका सोच, विचार र सुझाव दिएर जाने प्रेमको त्यो प्रेमवादलाई मर्न दिन कदापि हुदैन । यदि यो राज्य सरकारले प्रेमवादलाई भुलेर यस्ता गल्ति गर्दें गए हरेक दिन यस्ता खवर थपिने छन । राज्य र सरकार असफल बन्ने छ । त्यसैले बेलैमा सोच विचार गरी गम्भिर बन्न अति आवश्यक छ ।