जीवन शाक्य
सत्य धर्म हो, असत्य अधर्म, यसको सट्टामा कूनै अर्को ब्याख्या हुन सक्दैन । सत्यको अर्थ सत्य वोल्नु मात्रै होइन, वरु धर्मको जस्तै यसको पनि ब्यापक अर्थ छ । अथवा सत्यको स्वभाव गुण नियम र विधान छ । प्रकृतिको आाफनै स्वभाव गुण नियम, विधान छ, त्यही नियम विधान त्यही धर्मको सच्चा स्वभावले गर्दा सवै जीव निर्जीव विश्व वाँधिएको छ । यसको ब्यापक अर्थ सत्य धर्म पर्यायवाची शब्द हो ।
प्रकृतीको स्वभाव र सत्यलाई हामी जति जति सम्झिन्छौ र स्वीकार गर्छौं त्यति त्यति धर्मलाई स्वीकार गर्छौं । सत्यलाई ३ प्रकारले स्वीकार गरिन्छ । स्वीकार गर्नुको पहिलो कदम श्रद्धाको भुमिकावाट शुरु हुन्छ । वुद्ध द्धारा कुनै ज्ञानी ब्यक्तिले आफनो वोधी ज्ञान द्धारा प्राप्त गरेको यो सत्यलाई शब्दमा ब्यक्त ग¥यो । हाम्रो मनमा त्यो महापुरुष प्रति श्रद्धा जाग्यो र हामीले त्यो शब्दलाई स्वीकार ग¥यौ । तर शब्द सत्यमा सच्चाईको परिपुर्णता हुदैन। जव कूनै अनुभव गरिएको ज्ञानलाई शब्दवाट ब्यक्त गरिन्छ अथवा जव कूनै सत्यद्रस्ता वन्न पुग्छ सत्यको कूनै अंश नष्ट हुन पुग्छ । यसरी शब्द सत्य आशिक सत्य वन्न जान्छ । किनभने शब्द र भाषाको आफनो सिमाना हुन्छ । उन्नत भन्दा उन्नत भाषाको आन्तिरिक अनुभुतिलाई ष्पस्ट रुपमा ब्यक्त गर्न सक्ने कुरामा हामी असमर्थ रहन्छौं । फेरी सत्य साधकहरुको केहि अनुभुतिहरु यसतो हुन्छ कि त्यसलाई शब्दमा वर्णन गर्न सकिदैन । इन्द्रियातित अवस्थाको अनुभुति इन्द्रियको माध्यमबाट कसरी सम्झाउने भनेर, कसले कसरी सम्झिने? परम सत्य कहिले पनि शब्द सत्य वन्न सक्दैन ।
शूक्ष्म आन्तरिक अनुभुतिहरु लाटो नै रहन्छ, ब्यक्त गर्ने सवै प्रयत्न ब्यर्थ हुन्छ अधुरो रहन्छ । भन्ने ब्यक्तिले जे भन्न खोजेको हो त्यसलाई ठीक संग भन्न नसक्नु र जुन अर्थको रुपमा भन्न खोजिएको थियो, सुन्ने मान्छेले त्यही अर्थमा वुझन नसक्नु शब्द सत्यको अपुर्णता हो । तर अनुभुतिजन्य सत्यलाइ शब्दमा उर्ताने प्रयास हुन्छ नै त्यसरी प्रयत्न गर्दा केहि अंशमा लाभ हुन्छ भने केही अंशमा हानी पनि । जहाँ त्यसलाई खुला दिमागले अपनाउने काम भयो त्यहाँ लाभ हुन्छ, जहा पुर्ण सत्य भन्ने हठधर्र्मी भयो त्यहाँ सम्प्रदायिक अन्धविश्वास र अन्ध मान्यतालाई वल मिल्न पुग्छ, मान्छेको दिमागमा ताला लाग्न पुग्छ र सत्य अनुसन्धान क्षत्रमा मान्छेको प्रगति रोकिन्छ ।
जे भनेपनि आखिर मान्छे मनु पुत्र हो, मनले निकालेको कुरो मनन चिन्तन गरेर कुनै सत्यलाई स्वीकार्ने त्यसको जन्मजात स्वभाव हो । साम्प््रदायिक नेताहरुले मान्छेको चिन्तन मनन गर्ने प्रतिभालार्ई कुण्ठीत गरेर जडभरत वनाएर राख्नको लागि हजार प्रयत्न गरेपनि मानव समाजको एउटा प्रवुद्ध वर्गको शब्द सत्यलाइ जाँच्न,े प्रयोग गर्ने, वुद्धिको तराजुमा तौलिने, तर्कको कसौटीमा कस्ने युक्तिको हथौडाले हान्ने काम गरि राख्छ । यसवाट दोस्रो सत्य उजागर हुन्छ, निकालिन्छ । जसलाई अनुमान सत्य वा वौद्धिक सत्य भनिन्छ । प्रत्यक सत्यलाई वुद्धिको भट्टिमा राखेर हेर्नुपर्छ त्यसको जाचमा दिमाग खियाउनु आवश्यक छ । युक्तियुक्त वा तर्क संगत लाग्यो भने मात्र स्वीकार्नु पर्छ यही नितीको कारण सत्य अनुसन्धान क्षत्रमा मान्छेको प्रगती आरम्भ भएको हो । यसले गर्दा अन्धविश्वासी अन्धमान्यताहरु दकियानुसि कठमुल्लापनलाई गहिरो चोट पुग्न गयो । मानविय विकासको वाटो खुल्यो, अन्धश्रद्धा र भक्तिभावको आवेशको एउटा सहन नसक्ने वातवरणवाट र शब्द सत्यलाई सम्र्पुण सत्य मान्ने दुराग्रह भरिएको कुनावाट वाहिर निकाल्ने सफलता मिल्यो कूनै कुरालाई आँखा वन्द गरेर मान्ने स्वभाव छुटयो । यस्तो कसरी भयो? जसले उत्सुकता बढ्यो ।
तर जसरी शब्द सत्यको मान्यता धेरैजसो अन्धविश्वासले गर्दा दुषित भयो, त्यसतै प्रकार अनुमान सत्य वा वौद्धिक सत्यको मान्यता पनि धेरै जसो शुस्क तर्कविर्तकको वाक्लो जंगलमा भटकिन पुग्यो । शब्द र अनुमान सत्यवाट जे भएपनि सत्यको आभाष मात्रै हुन सक्छ, अनुभुति वा अनुभव हुन सक्दैन ।जहाँ सत्यको आभाष हुन्छ त्यहा भ्रम पैmलिने आशंका वढी हुन्छ । सत्यको अनुभुतिनै धर्मको सही अनुभुति हो । यी दुइ भन्दा अगाडकिो कल्याणकारी बाटो प्रत्यक्ष सत्यको वाटो हो । प्रत्यक्ष सत्य अर्थात स्वअनुभुतिको स्तरमा प्रकट भएको सत्य आध्यात्मिक सत्यको शुक्ष्म अभ्यास द्धारा अनुसन्धान गर्ने यही नै सही यात्रा हो,यहीनै धर्मको गहिरो खोज हो । यही प्रत्यक्ष अनुभुतिवाट जति जति सत्यको अंश प्रकट हुन्छ, मानिस त्यति त्यति धर्मको मार्गमा अघि बढ्छ ।
तर अनुभुतिको स्तरमा सत्य धर्मको आफै अन्वेषण गर्ने गरेर स्व्ीकार गर्ने काम कठिन काम हो । जवकी अन्धविश्वासको स्तरमा कूनै पराई भनाईलाई स्वीकार गर्नु सरल हुन्छ । यहि कारण मानव जातीको लामो इतिहासमा धेरै जसो शब्द सत्यको आधारमा अन्धविश्वासी सम्प्रदायहरु धेरै जन्म्यो । धेरै कम ब्यक्तिहरुले अन्ध विश्वासलाई त्यागे, वुद्धिको प्रयोग गयो तर ती ब्यक्तिहरु पनि अनुभुतिको क्षत्रमा शुन्य रहनुको कारण वौद्धिक मत मतान्तरवालाहरुको सम्प्रदायको प्रणेता वा अनुयायी वन्न पुगे । जहाँ अनुभुति हुन्छ, त्यहाँ साम्प्रदायिक भेदभावको गुन्जायस कम हुन्छ, यसतो नहुदा शब्द तर्क र वौद्धिक तर्क विर्कको भिन्नताले विभिन्न सम्प्रदायलाई पोषण गर्न पुग्छ । आन्तरिक अनुभुति पनि निस्पक्ष सत्य अनुसन्धानको लागि भयो भने शुद्ध धर्मलाई वल मिल्छ । पुर्वाग्रह पुर्ण छ भने यसले पनि मतमतान्तरलाई वढावा दिन्छ ।
वास्तवमा सत्य एउटै हुन्छ, भिन्न भिन्न कसरी हुन्छ? समग्र प्रकृतिको विधान एउटै छ, अलग अलग कसरी हुन्छ? तर कूनै प्रत्यक्ष अनुभुतिमा उत्रेको यो विधान जव वोलीको लुगा लगाउँछ भने लुगाहरु अवश्य पनि भिन्न प्रकारको हुन्छ । भाष, वक्ता भिन्न भिन्न भएको कारण सत्य पनि भिन्न भिन्न लाग्छ । जव कूनै भक्त कूनै महापुरुषले अनुभुति गरेको सत्यलाई स्वयंं आफनो अनुभुतिमा उर्तार्दैन तव अन्धश्रद्धाको भाववेगको स्तरमा उसको वाणी र शब्दसंग गहिरो लगाव हुन जानु स्वभाविक हुन्छ । उसले त्यो शब्दलाई नै सत्य देख्छ र वाँकी सवै झुठो देख्छ । यहिवाट सम्प्रदायको मौलिक आधार शुरु हुन्छ । सत्यलाई साक्षात्कार गर्ने ब्यक्ति कूनै पनि सम्प्रदायमा कसरी वस्न सक्छ वा वाँधिन्छ? तर शब्दलाई नै उल्टयाउने सुल्टयाउने ब्यक्तिले सम्प्रदायकै पोषण गरेको हुन्छ । महापुरुषको लागि भाषा मात्र एउटा माध्यम हो र भाषा गौण हुन्त तर भक्तलाई भाषा र शब्दनै प्रमुख वन्न पुग्छ ।
यदि म हिन्दु सम्प्रदायको छु भने मलाई यम नियमको शब्द प्रयो भने प्रशन्न हुन पुग्छु, वुद्ध हु भने पंचशिल, जैन हु भने अनुव्रत, इसाई हु भने टेन कमाण्डेटस शब्द सुन्दा छाती गर्वले फुल्न थाल्छ । तर धर्मको वास्तविक सत्य जीवनमा आयो कि आएन, शील सदाचारलाई जीवन ब्यवहारको अंग वनायो कि वनाएन, आफनौ साम्प्रदायिक स्वभावको कारण यसलाई हामीले कहि महत्व दिदैनौ केवल शब्लाई मेरो धर्म, तेरो धर्म भनेर त राम्रो र म राम्रोको संज्ञा दिई राख्छौं । हामीले आफैलाई हजार पटक सम्प्रदाय विहीन भने पनि सत्य यही हो कि हाम्रा् लागि सम्प्रदाय प्रमुख भएको छ र शब्द प्रमुख भएको छ, अर्थ गौण प्रत्यक्ष अनुभुति को प्रयास त करिव करिव हराईसकेको छ । जसलाई देखेपनि शब्द सत्यको पछाडी पागल देखिनछ । धेरै थौरै मान्छे अनुमान सत्यको पछि लाग्छ, प्रत्यक्ष सत्य तर्फ लाग्ने कसैलाई फुर्सत छैन र कसैले आवश्यकता महशुश गर्दैन ।
हामी हिन्दु हौ भन्नेहरुले कुनै गैर हिन्दुहरुले भाषणमा गीताको श्लोक उदृत गयो भने रिस उठछ, यसतै प्रकार हामी वुद्ध र जैनहरुलाई कूनै अवौद्ध वा जनीहरुलाई कुनै अवौद्ध वा अजैनहरुले धम्मपद या महाँवीरको वाणी आफनो भाषणमा उदृत ग¥यो भने मुटुमा घोचेजस्तो हुन्छ । कति धेरै लगाव छ हामीलाई आ–आपनो सम्प्रदायको वोली संग । जुन परम्परा र वातावरणमा जन्म्यौ हुक्र्यौं र आफनो धर्म ग्रन्थ प्रति श्रद्धा आदर र झुकाव हुनु कुनै दोष होइन, किनभने यसवाट प्रेरणा र मार्गदर्शन पाउछौं तर दोष आसक्तिले गर्दा हो । हाम्रो आसक्ति र लगाव ले गर्दा खेरि यदि यही सत्य कुनै अन्य सम्प्रदायको मान्छेले आफनो भाषामा वोल्यो र आफनो महापुरुषले भनेको भनेर वोल्यो भने हामीलार्ई अनेक विभिन्नताहरुलाई चिडचिडाहटको महशुश हुन्छ । यही लगावको कारण हाम्रो् श्रद्धा वाँझो हुन पुगेको छ । हामीले हाम्रा्े धर्म ग्रन्थको सत्यलाई श्रद्धा सम्म मात्र सिमित राख्यौं, स्वअनुभुतिको वा प्रत्यक्ष अनुभुति गरेर त्यसको फल चाखैनौ, त्यसैले शब्दनै हाम्रो लागि सत्य भयो र जुन शब्दमा त्यो सत्य भनियो त्यो हाम्रो परम्पराको होइन, त्यसैले शब्द संगै सत्य पनि हाम्रो लागि पराइ भयो । तर हामी त्यही सत्यलाई जव साक्षात्कार गर्र्छौं भने पराईपन रहदैन । सत्य आखिर सत्य नै हुन्छ अलग अलग हुन सक्दैन । संस्कृत पाली हिन्दु, अरवी आदि विभिन्न भापाको शब्द शब्द सत्य मान्नेहरुको लागि अलग अर्थ लाग्छ तर यो भन्दा अलिकति अघि वढने हो भने र वुद्धिको प्रयोग गयो भने यो वौद्धिक अनुमान सत्यले धेरै गुत्थीहरु खोल्नमा सहयोग गर्छ । सत्यसंग सम्बन्ध राख्ने अनेक विभिन्नताहरुलाई भगाईदिन्छ र जव स्वयं अनुभुतिमा यसलाई उर्तान लाग्यौ भने सत्यको सवै भिन्नताहरुलाई विस्तारै टाढा हुदै जान्छ नै । सत्यमा विभिन्नता देखिदैन, तर आवश्यक यो हो कि अनुभुतिको प्रयोग पुर्वाग्रह विहीन होस्,सत्य सोधनको लागि होस् ।
सत्य पुरानो नयाँ आफनो पराया जवान वुढा हुदैन । न वर्मिज हुन्छ न भारतिय, न हिन्दु, न मुसलमान । सत्य सधै एउटै सर्वत्र एउटै हुन्छ तर कूनै मात्यतालाइ जव कोरा कल्पनाको आधारमा सत्य मान्न लाग्यौ विभिन्नता आउछ नै । निस्पक्ष अनुभुतिजन्य सत्यमा भेद हुदैन । शब्द सत्य र अनुमान सत्यको सिमालाई नाघेर जव हामी प्रत्यक्ष सत्यलाई महत्व दिन थाल्छौ भुठो कल्पनाको जड हल्लिन पुग्छ । शुद्ध धर्म प्रतिष्ठापित हुन थाल्छ, जुन अनुभुतिमा उत्रिन्छ त्यही सत्य, यसतो मानेर चल्नु धर्मको मार्गमा चल्नु हो । सत्यको ज्ञानको मुक्तिको मार्गमा चल्नु हो । यस्तो वातवरणमा अन्धविश्वास टिक्न सकदैन । अर्मुत झुठ पलाउन सक्दैन ।सत्य धर्म अनुसन्धानको विषय हो । अन्ध भएर लाग्नु होइन ।
तर जहाँ साम्प्रदायिकता पलाउँछ, त्यहा साम्रदायिक नेता सत्यलाई नजिक आउन दिदैन, सत्यलाई तर्कको कसौटीमा कस्न दिैदैन, अनुभुतिमा उतार्नु र टाढाको कुरा र धर्म अडकल तर्क लाउनु हुदैन भन्छ । जहा अडकल गर्न पाृदैन, त्यो कस्तो धर्म हो? विना अडकल र विना वोध धर्म कसरी धर्म हुन्छ? तर यो ठीक हो कि सम्प्रदायमा अडकलको दखल हुनुहुदैन । अडकल तर्क वितर्क आउने वित्तिकै सम्प्रदाय टुक्रा टुक्रा भएर जान्छ । त्यहा अन्धविश्वास र अधर्म मात्रै पलाउँछ ।
जव मान्छेले आफनो दिमागलाई कैद गर्छ सत्यको खोजी अनुसन्धान स्वतह वन्द हुन्छ । धर्मको खुटटा भााँचिन्छ ।उसको आँखा फुटन पुग्छ । सम्प्रदायका रुपमा अन्धो र लंगडो वन्न पुग्छ । जव वावाको वचन प्रमाण भन्ने गुरुडम उसको सामुन्ने पर्खाल वनेर उभिन्छ त्यो वेला मान्छेले सत्यको खोजी गर्न छोडछ । कुनै पनि संकिर्ण वुद्धि भएको साम्प्रदायिक नेतामा यहि डर हुन्छ कि मेरो मण्डलीको एकजना पनि मण्डली छोडेर अर्कोमा मिल्न नजाओस्, मेरो मण्डलीको सवै सवै अनुयायीहरु गाइ भैसी भेडा वाखा्र जस्तै अन्धा अनुशरण गर्ने स्वभावको वनिरहोस् । यसको लागि उसले आफनो साम्प्रदायिक वचन आफनो अनुयायीहरु माथि राखि राख्छ,अनेक वेतुकीि असंगत कुराहरु मान्नको लागि मजवुर गरि राख्छ, माने मुक्ति मोक्ष मिल्ने नमाने नरक जस्तो यातना वा आतंकको डर त्रास देखाई राख्छ । उसको नजरमा धर्म छुटोस तर साम्प्रदायिकता वनिरहोस भन्ने धारणा हुन्छ । कस्तो दशा छ हाम्रो? मनुष्यको छोरा छोरीहरुको? मनन चिन्तन गर्न के छौडयौ, अन्ध सम्प्रदायको भुत टाउको माथि सवार हुन्छ । हामी आफनो धर्म ग्रन्थलाइै शोच्दै नशोचिकन वुझदै नवुझिकन सत्य मान्ने र अरुको धर्म ग्रन्थ, भनाई नपढिकन असत्य मान्ने जस्तो भावनको वेग हाम्रो भित्र खचाखच भरिएको छ । हामीलई धर्म कुनै लेनदेन छैन हाम्रो लागि स्म्प्रदायनै ठुुलो छ । खराव भन्दा खराव दुराचारी मान्छे यदि हाम्रो सम्प्रदायमा छ भने राम्रो, होइन भने राम्रो् भन्दा राम्रो् धार्मिक सदाचारी कूनै परायी सम्प्रदायमा छ भने हामीले देख्न चाहदैनौ ।
जसरी हामीले आफनो अनुहारको रुपरंग आफनो आमावुवावाट पाउछौं, भाषा वोली पाउछौं, त्यसतै अन्धविश्वास रअन्धमान्यताहरु पनि पाउछौं र अन्ध भक्तिको भावनको वेग पनि पाउछौं । जसले आफनो अन्ध मान्यतालाई जकडेर मजवुत गराउँछ । तर साथ साथै मनविय वौद्धिक सम्पदाको वीज पनि पाउछौं । हामी आफनो रप रंग आकार वदल्न सक्दैनो तर आफनो वुद्धिको प्रयोवाट यी मान्यताहरुलाई अनुभुतिको वलमा आवश्य वदल्न सकछौ । जति काम लाग्छ राखेर काम नलाग्ने उखेलेर फाल्न सक्छौ ।
सत्य धर्मको अनुसन्धानमा अन्ध मान्यतासंग कूनै सम्झौता हुन सक्दैन । जहाँ अन्ध मान्यताको आग्रह छ त्यहा धर्म होइन, सम्प्रदाय र कोही हामीलाई आफनो समुहमा स्वार्थ वस र अज्ञानतावश वाँधन चाहन्छ । सत्य र धर्मको लागि विचार विमर्श वोली स्वतन्त्रता नितान्त आवश्यक छ । प्रत्यक्ष अनुभुतिको स्वतन्त्रताको अभ्यास, त्यो भन्दाबढी आवश्यकता छ । यसमा पासो लाग्इो भने वुझौ कि हामी सत्य धर्मवाट टाढा भुलिराखेका छौ ।
अनुमान सत्य प्रत्यक्ष अनुभुतिको गठवन्धन ज्यादै कल्याणकारी हुन्छ। जे अनुभव हुन्छ त्यसलाई वौद्धिक स्तरमा वुझछौ र त्यसपछि त्यसलाई अनुभुतिको स्तरमा जान्नु पर्दछ, तव सत्यको खोज हुन्छ । यो सत्य खोजमा शब्द सत्यले मार्ग निर्देशनको काम गर्दछ । भलै हामील्ो त्यसको खुला दिमागले उपयोग गरौ तर जव सत्य खोजकर्ता कुनै पुर्व मान्यताको पक्षधर लिन्छ तव सत्यको अनुसन्धान छुटन पुग्छ । त्यसपछि आफनो मान्यतालाई कूनै प्रकारले सिद्ध गर्न जीवनभर सारा परिश्रम लगाउँछ ।
कूनै महपुरुषको अनुभुति सिद्ध वोली लाई हामीले हाम्रो वुद्धिको कसौटीमा जाँच्नु पर्दछ र त्यसको आधारमा प्रत्यक्ष अनुभुतिको अभ्यास गर्छौं भने धर्म रथ ठिक दिशामा अगाडी वढछ र गन्तब्य सम्म पुग्न सक्छ । सत्यको यही तिव्र महत्वपुणर्् अशंलाई ठीक ठीक प्रयोग गरेर असत्यवाट सत्यमा अज्ञानवाट ज्ञानको मार्गमा,वन्धनवाट मुक्तिको मार्ग तिर अगाडी वढदै जानु पर्छ । यसैमा हामी सवैको कल्याण मंगल रहेको हुन्छ ।
भवतु सब्ब मंगलम ।