योग, ध्यान, सकारात्मक उर्जा

कृषिता अधिकारी (निशा)
ध्यान अर्थात् एकाग्र । जहाँ हाम्रो चेतन मनको एक प्रकृया वा कुनै एक बिशेष मग्नसंग केन्द्रित रहेर गरिन्छ । जसमा मन शान्त र सकारात्मक उर्जा बढ्दछ । या भनौ कुनै एक विचार अथवा शुद्ध मनलाई निरन्तर स्थिर गर्ने कार्यलाई ध्यान भनिन्छ । जसमा हाम्रो मनलाई जहाँ शान्त र तनावबाट मुक्त बनाउछ र हामिलाई शान्त शितल र सकारात्मक बन्न प्रेरित गर्दछ ।

तर पछिल्लो समयमा हाम्रो जीवन अत्यन्तै भागदौडमा गुज्रिरहेको छ हामी आम मान्छेहरु यति व्यस्त भए छौ कि, आफैलाई नियाल्ने फुर्सद हुँदैन । कतिपय अवस्थामा समय परिस्थितिमा मान्छेहरु तनाव ग्रस्त भएको देखिन्छन् । जब हाम्रो मन नै शान्त छैन भने हामी कसरी सकारात्मक बन्न सक्छौ । हामीलाई राम्रो कुरा सोच्ने फुर्सद छैन, भने हामीले आफ्नो जीवन कसरी परिवर्तन गर्ने त ? के जीवन परिवर्तन गर्नुको अर्थ लवाई खवाई बदल्नु राम्रो लुगा लगाउनु आधुनिक फेसन गर्नु हाम्रो जीवनको चरित्रार्थ हो त ?

पछिल्लो समयमा मानिसहरु तनावग्रस्त जीवन बिताइरहेका छन्, किन त ? किनकि हाम्रो मनभित्र असख्य विचारहरु आइरहेका हुन्छन् । ती विचार भावना कतिपय अवस्थामा सकारात्मक पनि हुन्छन र नकारात्मक पनि हुन्छन् । नकारात्मक तरङ्ग विचार भावनाले हाम्रो जीवन नाश गर्छ । हामीलाई रिस त्रोध, मोहमायाले यतिसम्म बाधेर राखेको छ कि हामीमा कहिलेकाहीँ अहंकार बढ्न थाल्छ । जसमा चिन्ता, भय, उदासिनता, डिप्रेशन मनबाट उत्पन्न हुने रोगबाट बच्नका लागि ध्यान गर्न आवश्यकता रहेको छ । नुहाउँछौं, ब्रस गर्छौं, नाक–कानबाट फोहर फाल्छौं २० प्रतिशत मात्र शरीरबाट विकार जान्छ । शरीरको लागि त गरिरहेका हुन्छौं, मनको लागि के गर्ने ? शरीरको रोगभन्दा पनि मनको रोगबाट पीडित भएका छौं । चिन्ता, भय, उदासीन, डिप्रेशन एन्जाइटी यी सबै मनबाट उत्पन्न हुने गर्छ र यसले समय वित्दैजादा भयङ्कर रुप लिन सक्दछ । भनिन्छ नि हामीले जस्तो सोच्यौ त्यस्तै हुदै जान्छौं रे नकारात्मक सोच विचारले हामीलाई खराब बनाउदै लान्छ । कहिलेकाँही कसैले राम्रो कुरा गर्याे भने पनि हामीले नकारात्मक नै सोचेको हो भन्ने लाग्छ कतिपय अवस्थामा हाम्रो घर गाँउमा खराब क्रियाकलाप भएको घटना देखेका छौ होला र हामीले पनि एकैछिन नकारात्मक व्यविचार सोचौ त हामिमा यतिधेरै परिवर्तन आउँछ कि मानौं हामीलाई हरेक चिजमा रिस उठ्छ हामी अरुप्रति पनि नकारात्मक भावनाले हेर्ने गर्छाैं । हुन हामी मानिस स्वभावैले खुसी, आनन्द र सुखमय जीवन बिताउन चाहन्छौं । तर, कहिलेकाँही ती सबै वातावरण नमिल्दा होस वा पारिवारिक सम्बन्धमा दिगोपना नभएर हामी तनावग्रस्त जीवन व्यतित गर्छाैं र हामी विस्तारै बिस्तारै डिप्रेशनको सिकार बन्छौं ।

जसको कुनै औषधि नै छैन । त्यसैले हामीले हाम्रो शरीर स्वस्थ राख्न हाम्रो मनलाई शान्त र तनावबाट मुक्त बनाउन हामीले सधै सकारात्मक कुराहरु सोच्नुका साथै योग ध्यान गर्नु जरुरी छ किन त ? किनकि नियमित योग ध्यानले हाम्रो शारीरिक मानसिक विकासका साथै आध्यात्मीक ज्ञान प्राप्त सहयोग गर्दछ र मन शान्त सकारात्मक बनाई हाम्रो परिर्वतन हुन थाल्छ र हाम्रो स्वास्थ्यमा पनि सुधार हुन्छ । वास्तवमा भन्ने हो भने खुसी उमंग रहँदा हाम्रो शरिरका प्रत्येक अंगमा सकारात्मक उर्जा थपिदै जान्छन् मन फुरुङ्ग हुन्छ ।

अर्कोतिर हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकैसाथ चल्ने गर्छ । हरेक मानिसको मनमा एक मिनेटमा हजार विचार भावनाहरु खेल्ने गर्दछ । तिनै भावना विचारलाई स्थिर राख्नको लागि हामीले ध्यान गर्छाैं यसलाई अंग्रेजीमा mभमष्तबतष्यल पनि भन्छौ । संसारमा असम्भव जति पनि कुराहरु छन् ती सबै ध्यानद्वारा नै सफल भएका छन् । ध्यानले हाम्रो भौतिक शरीर र मनका सिमाहरू हटाइ हाम्रो शरीर र मनको सिमिततालाई स्थिर बनाउछ र आफूभित्र जीवनको पूर्ण आयाम पाउने आभास दिन्छ । हाम्रो मनमा पनि तीन वटा मन रहेका हुन्छन् । जसले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध हुन्छ । ध्यान जति गहिरो हुँदै जान्छ त्यति नै व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ ।

त्यसमा कुनै पनि भान, कल्पना तथा विचारहरु क्षणभरमा प्रभाव पार्न सफल हुन्छन् । त्यसैगरी हाम्रो मन, मस्तिष्क मौन हुनु नै ध्यानको प्राथामिक स्वरुप हो । जसमा हाम्रा विचार, कल्पनाहरु ध्यानमा इन्द्रिय मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्दछ र हामी निरन्तर सोहि विचार मनमा जागृत बनाउछौ । तिनै विचार कल्पनामा प्रकट हुन्छन् र कहिलेकाहीँ मानिसले बढि सोच्ने गर्नाले पनि मानिसको मनमा एक प्रकारका नकारात्मक विजारोपण उत्पन्न हुन्छ । हामीले हाम्रो गाउँघरमा देखिरहेका छौ नि कहिलेकाहीँ हाम्रो मन कमजोर हुनाले हामी काम्छौ डराउछौ अतालिरहन्छौ । ती सबै विचार मनको भ्रम बन्न पुग्छ र तिनै मनका भम्र हामी माथि हावी हुँदा हामी काम्ने डराउने चिच्याउने यस्ता खालका गतिविधि गर्न थाल्छौं ।

वास्तवमा भन्ने हो भने पछिल्लो समयमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । स्वयंम म पनि दैनिक दस पन्ध्र मिनेट जति ध्यान गर्छु म आफैमा पनि धेरै परिवर्तन आएका छन् । साच्चै नै ध्यान योग अभ्यास गर्नाले हामिमा सकारात्मक विचार पैदा हुन्छ नै त्यसमाथि पनि हाम्रो शरीर स्वस्थ्य र स्फुर्त रहन्छ । प्रायजसो कम मानिसहरुलाई मात्रै थाहा छ होला वा भनौ कम मानिसले मात्र यसको लाभ लिएको अवस्था छ । तर, यसको फाइदा निकै नै लाभदायिक तथा प्रभावकारी छ । किनकि हामीले अध्ययन गरे अनुसार हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन्छ र योगा र ध्यानले हाम्रो शरीरको जेनेटिक कोड पनि विस्तारै परिवर्तन गर्दछ । अर्कोतिर ध्यान र योगाले हाम्रो स्मरणशक्ति तिक्ष्ण भई कुनै पनि कार्यमा तत्यपरक र एकाग्र बनाउछ भने हाम्रो मन पनि स्थिर रहन्छ । त्यस्तै आजभोली हाम्रो परिवार गाउँ समाज तथा छर–छिमेकमा कैयौं यस्ता रोगहरु छन् । जसमा सामना गर्न निकै जटिल बनिरहेको अवस्था छ । कारण हाम्रो जीवनशैली र चौबिसै घण्टा तनावमा वित्ने गर्दछ । बारम्बार नकारात्मक सोचाई उत्पन्न हुनु रिस उट्नु, चिड्चिडापन हुनु, स्वरै नपाउनु वा कुनै पनि कार्यमा मन नलाग्नु हुन्छ । किनकि कहिलेकाँही हामी पनि कुनै गम्भीर समस्या चिन्ता हुँदा महसुस गरिराखेकै कुरा हो यी र यस्ता नकारात्मक विचारहरु हाम्रो मष्तिष्कमा उत्पन्न हुन नदिन हामीले सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ र हामीले सकारात्मक विचारहरु सोच्न थाल्दछौं ।

निरन्तर रुपमा हामीले ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ । (अध्ययन तथा स्वास्थ्य चिकित्सकका अनुसार) त्यसैगरी योग प्रशिक्षका अनुसार पनि योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने मद्धत गर्दछ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ भने हाम्रो आहार विहार पनि विस्तारै सुधार हुन्छ । त्यसैले हरेक मानिस सदा खुसी मुस्कुराइ रहनुपर्छ किनकि जीवन महत्वपूर्ण छ । हामी सधैं मस्त र व्यस्त रहौं सधैं सकारात्मक विचार अभिवृद्धि गर्नाले हामिमा आत्मविश्वास पनि बढ्छ । तर कतिपय अवस्था चाँही हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन, र अर्को कुरा हामी नेपाली साह्रै अल्छिपना पनि छौ । हामीलाई थाहा छ कि ध्यान गर्नु योग गर्नु हाम्रो शरिरको लागि फाइदाजनक छ तर पनि भोलि गरौला भन्दै टारिदिन्छौ र अर्काे कुरा पछिल्लो समयमा हामी सामाजिक सञ्जालमै बढि समय व्यतित गर्छाैं । टिकटक चलाउछौ तर काममा निकै अल्छी छौं । समय अनुसार प्रतिस्पर्धा देखासिकी जस्ता कुराहरुले हामिमा नकारात्मक उर्जा थप्ने काम गरिरहेको छ । हो समय अनुसार चल्नुपर्छ चलौ तर, पनि कमसेकम थोरै समय मिलाए ध्यान योग अभ्यासै लागौ र हामीले आफ्नो शरीरको ख्याल राखौ स्वस्थ बनौ सकारात्मक बनौ ।

हाम्रो परिवार समाजमा जनचेतना फैलाउ कि ध्यान योग गर्नाले हाम्रो शरिरको विकार हटेर जानेछ भने कतिपय अवस्थामा विभिन्न रोगहरु पनि निको हँुदै जान्छ । लौ त आजै देखि अहिल्यै देखि ध्यान योग गरि स्वास्थ्य लाभको फाइदा लिउ र जीवन परिवर्तन गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *