राम सुवेदी
हामी कुन व्यवस्था ल्यायौं । त्यो एक समय परिवर्तनको नयाँ कदम रह्यो । हामीले ल्याएको व्यवस्था कुन मापनको छ । त्यसको पनि कुनै मानक होला । समाजले चाहेको, मन पराएको, रुचाएको वा आवश्यकताले मापन गरेको राज्यप्रणाली हामीले विभिन्न आन्दोलनका माध्यमबाट देशमा ल्याएको भनाईमा कतै विमति नहोला । तर समाज चरित्रको एक मानक जस्ले आज आफूलाई डोर्याएको कता हो ? स्थापित सामाजिक मूल्य मान्यताका सवालमा तत्काल देख्ने, भोग्ने र महसुस गर्नेगरि उत्पन्न परिस्थितिको चित्र कस्तो छ । यसले समाजलाई के बताउँछ ? कस्तो विम्व देखाउँछ । राज्य प्रणालीमा रहेका हुन वा समाजले चुनेका प्रतिनिधि पात्र वा ति छान्नेहरुको ग्रासरुटको मानक कस्तो रहेछ ? आज आमरुपमा यो गम्भीर बहशको विषय बनेको छ ।
देशमा गणतन्त्र ल्याएका छौं । यो उच्च गुणस्तरयुक्त राज्य व्यवस्था मानिएको छ । प्रगतिवादीहरुको विचार, आचरण र चिन्तनबाट रुपान्तरित राज्य व्यवस्था जस्लाई जनताको तन्त्र अथवा जनमतको उच्च आचरण सहितको व्यवस्था मानिन्छ । यो राज्य व्यवस्थाको ‘मानक’ जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । त्यो पदासिन व्यक्ति, त्यसलाई अनुमोदित गर्ने जनता प्रगतिवादी चिन्तन विचारका धारिला मतयोग्य विचारक हुन्छन् । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । आज नेपालमा त्यही मूल्य, मान्यताको पथमा यहाँको समाज, राज्य प्रणाली र जनताको उच्च चिन्तन छ भन्ने राष्ट्रिय अन्तराष्ट्रिय बुझाई छ र हुनुपर्दछ ।
गणतन्त्र स्थापित भएको देशमा आज तमाम प्रश्नहरु छन् । प्रश्न गणतन्त्र ल्याउने, राजनीतिप्रति छ । त्यसका समर्थक र अनुमोदित गर्ने गराउने जनताप्रति छ र यो गणतन्त्रात्मक राज्य व्यवस्थाका प्रतिनित्रि पात्रसँगै समग्र प्रणालीप्रति उब्जेको छ । पहिलो कुरा धारणाको रहन्छ । माथिको पंक्ति पढेर एकथरिले बाँकी विचारप्रति ध्यान नदिंदै यो गणतन्त्र र अहिलेको व्यवस्था विरोधी कुरा भयो भनेर उग्र धारण बनाउनेहरु अधिक छन् । अहिलेको समाजमा यो चरित्रका मान्छेहरु सर्वेसर्वा हुन चाहिरेहेका देखिन्छन् । दोस्रो कुरा, कुरा ठीकै हो तर खमस गणतन्त्र चाहनेहरुको मात्र हातमा देश पुगिनसकेकाले यो अवस्था आएको होला भनेर समुह पनि उत्तिकै होला । यस्तो धारणा बनाउनेहरु नेपाली राजनीतिमा मेरो नीजि बुझाईमा ‘अन्धसमर्थकहरु’ को मानकमा पर्दछन् । जो समाजका वौद्धिक मान्छेहरु समेत यत्तै लठ्ठ परेका देखिन्छन् । तेस्रो कुरा ः यस्तो प्रगतीशील विचार बोकेको राज्य प्रणाली सही पथबाट सही पथमै छ वा, गलत पथबाट ओर्लेर गलत पथमै दौडिरहेको हामेला भन्ने चिन्तनको कुरा होला ।
हिजोभन्दा आज देशको अवस्था विग्रदै भत्कदै गएको छ । पुरानो राज्य व्यवस्थाले गरेका गल्ती कमजोरीहरु, उसको संस्कार, आचरण र प्रणालीलाई दोष दिएर बर्तमानको विश्लेषण गर्ने समय गुज्रिसकेको छ । देशको व्यवस्थामा पञ्च्यायत ठीक थिएन, राजतन्त्र ठीक थिएन, बहुदलीय व्यवस्थाले पनि प्रगति गर्न सकेन । रत अहिलेको गणतन्त्रात्मक व्यवस्था स्थापित गराइएको होला ? अब यसको दुर्गतीहुने, यो व्यवस्थामा समाज भाँडिने, व्यवस्थाका प्रतिनिधि पात्रहरु चरित्रहिन संस्कार बोल्ने, यो व्यवस्थाका राजनैतिक दलहरु विचिरहन र दिशाविहिन हुने, त्यसका समर्थकहरु भालुको डमरु जस्ता हुने, राज्य प्रणाली अझै गएगुज्र्रेको देखिने, गणतन्त्रवादीहरु मलिन अनुहारका र पुनरुत्थानवादीहरु हसिला फूर्तिला देखिने । यस्तो छुट गणतन्त्रात्मक व्यवस्थाका समर्थकहरुमा हुनछ ?
तर प्रश्न आफैतिक किमन छ भने, नीतिहिन राजनैतिक यात्राले समाजलाई बदल्दैन । राज्यको पगरी कस्ले भिर्यो भिरेन त्यसको ‘मानक’ गणतन्त्रात्मक मुलुकको साँसद मन्त्री भईदैमा लगाईको चाइना र भारतबाट आयात गरिएको खादा मालाले राख्दैन । प्रणालीमा देखिएका त्रुटि कमजोरीका नाममा अझैपनि समाज भड्काउन उद्धेलित आन्दोलन र त्यसको नतिजामा देखिएको राजधानीको मुटुमा दिनदहाडैको चोरीचकारी संस्कारले समाज कतातिर छ भन्ने प्रश्नको उत्तर दिन्छ । संसदमा छिरेका प्रतिनिधिपात्रहरु जो निर्वाचनबाट अनुमोदित हुँदै कानूनी पन्दामा उतारिन्छन उनीहरुबाट यो समाजले के सिक्छ । यो समाजमा के विजारोपण गरिएको छ । फल्छ के ? देशका नागरिकको मगजमा प्रगतिवादी समाज भरिएको छैन किन होला ? अभद्र नागरिकको रवाफ, स्वभाव र आचरणमा प्रणाली र त्यसका पात्रहरुले मुख फोर्ने हो भने, यो समाजलाई कसरी मानक पुगेको गणतन्त्रात्मक व्यवस्था झाँगिएको मान्न सकिएला र ?
पहिलो कुरा प्रतिनिधिको आचरण, चिन्तनमा गणतन्त्रवादी सोंच हुनुपर्यो । दोस्रो हाम्रो प्रणालीले देशका नागरिकलाई व्यवस्था अनुसारको सेवा प्रवाह गर्न सक्नु पर्यो । तेस्रो, गणतन्त्रमा, यो सर्वोच्च व्यवस्था हो । यहाँ उच्च प्रणाली लागू गरिन्छ । यो व्यवस्था मान्ने समाजको आचरण, चाल÷चलन पनि सभ्य हुन्छ भन्ने ‘मानक’ स्थापित गर्न राजनीति त्यो मानकको हुनुपर्ने हुन्छ ।