सरोजराज पन्त
अहिलेका नयाँ पुस्ताको ध्यान चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादिमा जाने गर्दछ । घरमा पकाइने खाजामा उनीहरु त्यति अभ्यस्त छैनन् र बजारमा उपलब्ध तयारी खाजामाभने उनीहरुको विशेष ध्यान जाने गर्दछ । जब भोग लाग्छ, चाउचाउ रोज्ने, चाउमिन मगाउँने, पिज्जा खोज्ने दिनचर्या बनेको छ । हरेक दिनजसो यस्ता खानेकुरा खाइरहदा जिब्रो लोभ्याउँछ । यस्ता खाना जंक फूड भएकोले बनाउने क्रममा त्यस्ता केही चिज प्रयोग गरिन्छ, जो खानामा एकदम स्वादिलो हुन्छ । तर, यस्ता चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिने वस्तुहरु स्वस्थ्यवर्द्धक हुँदैनन । हाम्रो शरीरको लागि अत्यन्तै हानिकारक हुन्छन ।
जङ्कफुड भन्नाले तयारी खाजालाई बुझिन्छ । रसायनयुक्त, मसलादार, सोडा, फयाट्युक्त बोसो, विभिन्न रङहरु, अजिनोमोटो आदिको मिश्रणबाट तयार गरिएको तयारी खाध सामग्रीलाई जङ्कफुड भनिन्छ । हालबजारमा पाइने चाउचाउ, बिस्कुट, कुरकुुुरे, लेज, पाउरोटी, केक, कुकिज, पानीपुरी, दहीपुरी, ट्याङ्ग, चटपट, आइसक्रिम, माडाहरु साथै होटेल रेष्टुरामा बन्ने खाद्मय सामग्री चाउमीन, मम, छोइला, कचिला, थुप्पा, पिजा, जेरी, रसबरी, समोसा आदिलाई तुरुन्त खान सकिने गरी तयार पारिएको छ । झट्ट हेर्दा जङ्कफुड प्याकिङ्गको बनोटको कारण अप्ठ्यारो जटिल स्थान र समयमा जा“दा प्रयोग गर्ने किसिमले बनाएको हो कि भन्ने आभाष मिल्छ । आजकल यूवायूवतीहरुमा जङ्कफुड प्रतिको मोह बढ्दै गएको छ । घरमा बनाएका फ्रेस(ताजा) खाजा÷खाना भन्दा तयारी (रेडीमेड) वस्तु खान लालाहित हुने गरेको पाइन्छ ।
घरमा पनि फुर्सद नहुने हु“दा सबैको रोजाई यिनै जङ्कफुड मा पर्दछ । वास्तवमा जङ्कफुड बाट हामी सबै प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा नजिक छौ । समय, अवस्था, परिस्थित, आयआर्जन, छिट्टो समस्या समाधान गर्ने जस्ता कारणले गर्दा जङ्कफुड सबैको रोजाइ, आवश्यकता, वाध्यता भित्र परेता पनि यसले जनजीवन र स्वास्थ्यमा केकस्तो प्रभाव पारेको छ र पार्दछ? भन्ने बारेमा सम्बन्धित निकायबाट प्रभावकारी अध्ययन हुन सकेको छैन । आजका युवावर्ग भोलिका देशका खम्बा हुन् । यदि यिनीहरुको खानपान, स्वास्थ्य अवस्था, मानसिक, शारीरिक अवस्था वातावरणीय पक्ष आदिको बारेमा समयमा चासो नदिने हो भने यसले धनस“गै जनको क्षति बनाउ“दै जाने छर्लङ्ग छ । यद्यपि सबै जङ्कफुड आफैमा हानीकारक नभइ तिनको प्रयोगको तौर तरिका, विधि, संख्या आदिमा ध्यान दिन नसक्दा तिनले थप समस्या सृजना गरेका दृष्टान्त पनि हामी सामु छर्लङ्ग छन् ।
चाडपर्वहरुका बेला जङ्कफुड को व्यापार फस्टाउने र गुणस्तरहिन अखाध्य पदार्थ मिसिएका मिठाई र बेकरीजन्य बस्तुहरुमा तीव्र गतिमा बिग्रि भइरहन्छन् । घिउ, पनिर, तेल आदिमा मिसावट हुने र माछामासुमा पनि कपुर, अन्य रासायनिक पदार्थ मिसाएर नसड्ने, धेरै बनाउने गरेको पाइन्छ । आजकल बजारमा पाइने पाउरोटी, केक, बिस्कुट, कुकिज, दालमोठ आदिमा विभिन्न अखाध्य बस्तु मिसावट भएको, गुणस्तर हिन र मिति गुर्जेका पाइने गरेका छन् । जसले गर्दा जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । यस्तै होटेल, रेष्टुरेण्ट, मिठाई, चाउचाउ आदि उद्योगहरुमा प्रयोग हुने गुणस्तरहिन तेल त्यसैमा पनि एकपटक प्रयोग गरेर पटकपटक प्रयोग गर्ने प्रवृति , लुकिछिपी डाल्डा र जनावरको बोसो पनि प्रयोग गर्नुले व्यापारी मोटाउने तर जनस्वास्थ्यमा खेलवाड हुने गरेको छ । विभिन्न, महोत्सब र कार्यक्रमहरुमा सस्तोको नाउँमा गुणस्तर हिन, सिलप्याक भएका आकर्षक तरिकाले प्याकिङ गरिएका मिसावट युक्त सामग्रीहरु बिग्री गरिन्छन् तरपनि सम्बिन्धत बिक्रेता, उत्पादक, वितरकलाई दण्डसजाय, कारवाही हुदैँन ।
जङ्कफुड र यसका प्रभावहरु
जङ्कफुड हतारको खा“चो टार्ने, छिट्टो छरितो भोक मेटाउन सहयोग पु¥याउने, बालबालिकाहरुको रोजाइको बस्तु बन्ने,प्राय सबै बजारमा पाइने, सबै स्थानमा किन्न पाइने भएकोले व्यापक बजार लिएको अध्ययनबाट स्पष्ट हुन्छ । जीवनका विभिन्न असहज परिस्थितिमा, प्रकोपको समयमा, मेलापात, खेतिपातीमा रह“दा झ्वाट्ट भोक मेटाउने विकल्पको रुपमा जङ्कफुड ले सहयोग पु¥याएको यर्थाथता पनि हामी सामु रहेको छ । यतिहु“दा हुदै पनि यसका सकरात्मक र नकरात्मक दुवै पक्षहरुको विश्लेषण नगरी यसको यर्थाथतामा पुग्न र स्पष्ट हुन गाह्रो पर्दछ अतःयसका सकरात्मक पक्षको रुपमा जनजिब्रो र मानवीय व्यवहारको बारेमा उल्लेख गर्दा जङफुडलाई ःभोक तुरुन्त मेटाउन, जुनसुकै स्थानमा लगेर प्रयोग गर्न,बालबालिका देखि वृद्धवृद्धाहरुले पनि प्रयोग गर्न सकिने,विशेषत प्रकोप, संकट, जटिल अवस्थामा खानाको विकल्पको भूमिका खेल्ने,सहजरुपमा प्राय सबै पसलमा प्राप्त गर्न सकिने,प्रयोग गर्न सजिलो हुने,केवल पैसा भएमा सबै वस्तु किन्न पाइनु यसका सकरात्मक प्रभाव रहेका छन् ता पनि आवश्यकता बाध्यता, मनोञ्जन जेजस्तो परिस्थिति अर्थात अवस्थामा जङ्कफुड स्वास्थ्य र वातावरणका लागि नकरात्मक धेरै हुने गरेको पाइन्छ ।
संसारमा विकसित सबै वस्तु तथा उत्पादनहरुका फाइदास“गै बेफाइदाहरु पनि रहनुलाई आश्चर्य मान्नु पर्दैन । ‘विज्ञानले आविस्कार गरेका सबै चिजका दुवै सबल र दुर्बल पक्षहरु रहेका हुन्छन् भन्ने भनाइले पनि यसलाई स्पष्ट पार्दछ । त्यसैले जफुड मानवले जति सकरात्मक रुपमा लिने गरेपनि यसका फाइदाको तुलनामा बेफाइदाहरु बढी रहेका छन् । मानिसले आवश्यकता बाध्यता, मनोञ्जन जेजस्तो परिस्थिति अर्थात अवस्थामा जङ्कफुड प्रयोग गरेतापनि स्वास्थ्य र वातावरणका लागि तिनले पु¥याउने प्रभाव सकरात्मकको तुलनामा नकरात्मक धेरै हुने गरेको पाइन्छ । खर्चिला सामानहरु भएकोले सबैको सहज पहु“च नहुनु त छदै छ यस संस्कृतिले खर्चिलो व्यवहारमा वृद्धि गराएको छ ।जङ्कफुड मा पाइने विभिन्न मसलाहरु, तिनमा प्रयोग गर्ने तेल, रसायन, बनाउने विधि, प्रक्रिया आदिले गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष एंव अप्रत्यक्ष प्रभाव पार्दै आएको छ । रसायन युक्त जङ्कफुड ले मृगौला, कलेजो, पेट,सोच्न सक्ने शक्ति आदिमा प्रत्यक्ष एंव अप्रत्यक्ष प्रभाव पारेको त छ नै जन्डिस, ज्वरो, ग्याष्ट्रिक, एपेन्डिस, दा“तको समस्या, टाउकोे दुख्ने, एलर्जी, छालाको समस्यामा बृद्धि हु“दै गएको छ ।जङ्कफुड ले मानव जीवनमा मात्र नभइ वातावरणमा समेत समस्या पारेका छन् जस्तै ¥यापार, बोटल,टीन,प्लाष्टिक खोल, आदिको उचित व्यवस्थापन नहु“दा वातावरण अस्वच्छ हुन गएको छ । कलिला बालबालिकाहरुले प्रयोग गर्ने रङ्गिन जङ्फुडबाट आमासय, आन्द«ामा समस्या पैदा भएको देखिन्छ । अपच,ग्याष्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्मको समस्या बढ्दै गएको छ । जङ्कफुड अन्तगर्त माडा, चटपट, पानीपुरी, दहीपुरी आदि लगायतका सामग्रीमा रङ्ग प्रयोग हुने राशायनिक पर्दाथको कारण रक्तक्यान्सरको समस्या देखिएको छ भने अरुचि, ग्याष्ट्रिक बढ्न गएको पाइन्छ । बजारमा पाइने मिठाइहरुमा प्रयोग हुने रङ्ग र (क्यामिकल) रसायनले दा“तको इनामेल हटाउने भएकोले कलिला बालबालिकाहरुमा दा“तको समस्या बढ्दै गएको छ ।
चाउचाउको बढी प्रयोग गर्ने तर पानी कम पिउनाले आमासय, आन्दा«हरुको समस्यास“गै टाउको दुख्ने, ग्याष्ट्रिक बढ्ने, अपच हुने समस्या थपिदै गएको छ । जसले गर्दा विद्यार्थीहरु बढी बिरामी हुने, नियमित कक्षामा उपस्थित हुन नसक्ने समस्या समेत बढ्दै गएको छ । मसलादार वस्तुहरुको प्रयोगले गर्दा प्रेसर, सुगर,ग्याष्ट्रिक, अल्सर, पेटतथा आमाशयको क्यान्सर एंव अपच, झाडापखाला, कलेजो सम्बन्धी रोग, पाइल्स, रक्त अल्पता आदि रोगहरु बढ्दै गएका छन् । जङ्कफुड मा प्रयोग हुने रासायनिक तत्वका कारण बालबालिकाको दिमाग बोधो बनाएको तथ्यपनि विभिन्न अध्ययनले स्पष्ट पारेका छन् । जङ्कफुड को संस्कारले गर्दा नेपाली खाना, पर्यटकीय जनजीवन, स्थानीय परिकार आदिमा ह्राससँगै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्दै आएकोले यस तर्फ हामी सबै सचेत रहन अति जरुरी छ ।