स्ववियु सचिव हुँदाको अनुभव

याम बहादुर थापा मगर
अहिले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा लागि परेको छ । विगतमा थुप्रै चुनावहरु समयावधिमा हुन नसकेको अवस्था छ । समयमा चुनाव नियमित भएको भए थुप्रै पटक हुने र थुप्रै विद्यार्थी नेताहरुको जन्म र विकास हुने थियो । तर एउटै नेतृत्वले पाँच छ वर्ष भन्दा बढी अवधी कामचलाउ तरिकाले कामकाज गर्दै आएको अवस्था छ । त्यही सेरोफेरोमा म अनेरास्ववियुको तर्फबाट सचिव पदमा निर्वाचित हुँदाको समयमा रहेर समसायिक लेख लेख्ने प्रयास गरेको छु । आशा एव विश्वास लिएको छु कि सकारात्मक सुझाव र सल्लाहको अपेक्षा लिएको छु ।

उच्च शिक्षाको लागि वि.स. २०५२ सालमा एस एल सी परीक्षा दोश्रो श्रेणीमा पास गरेपछि पोखरा काठमाडौ गइ अध्ययन गर्ने क्षमता नभएकोले महेन्द्र बहुमुखी क्यापस बागलुङमा प्रविणता प्रमाण तहमा मानविकि संकाय पढन थाले । कोही साथी पोखरामा प्राविधिक शिक्षा पढन पनि गए । कानुन विषय लिएर पढनका लागि अभिभावकबाट सुझाव आएपनि खासै मन लागेन । शिक्षक हुने मनोकाक्षा बोकेर प्रविणता प्रमाण पत्र तहमा दैनिक रुपमा भकुण्डेबाट बागलुङ बजार आवतजावत गर्दै पैदल हिडेर पढाइ भयो । दिउँसो आइ ए को पढाइ हुने भएकोले बहुत मुश्किलले भकुण्डे अर्वाउदीबाट कक्षा लिन सक्थे ।

क्याम्पसमा नयाँ आगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम विभिन्न साँस्कृतिक कार्यक्रम सहित नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु छैटौँ, नेपाल मगर विद्यार्थी संघ क्याम्पस इकाइ समिति लगायत क्याम्पसमा उपलब्ध सबै विद्यार्थी संघ सगठनहरुले गर्दथे । हामी जाने वा नजानेर भाषण सुन्दै नाच गानमा बढी ध्यान दिदै कार्यक्रममा सहभागी हुन्थ्यौ । केन्द्रिय स्तरका विद्यार्थी नेताहरुको आगमनमा भव्य बनभोज कार्यक्रम पनि हुन्थे । म अनेरास्ववियुको साधारण सदस्य भएपनि संगठित रुपमा कमिटिमा आबद्ध थिइन । नेपाल मगर विद्यार्थी संघ क्याम्पस इकाइ समिति महेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको वनभोज कार्यक्रम, फागुन १५ गते मगर स्थापना दिवसमा भाग लिएको थिए । नेपाल मगर संघ जिल्ला समिति बागलुङको जिल्ला अधिवेशन रेशमा वि.स.२०५३ मा सहभागी भएको थिए ।

आइ ए दोश्रो वर्षमा मलाई नेपाल परिचय विषय लागि फेल भए पछि एक वर्ष बिताउन लामो समय लाग्यो । त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुमा पुर्नयोग गर्न गएपनि असफल हुन पुगे । आइ ए दोश्रो बर्षको नेपाल परिचय विषयको परिक्षा अर्को वर्ष दिई आशिक परक्षामा पास गरे ।

बागलुङ जिल्लाबाट बागलुङ साप्ताहिक, न्यु धौलागिरी दैनिक, धौलागिरी स्टार साप्ताहिक, धौलाश्री दैनिक,सुर्य साप्ताहिक लगायत पत्रपत्रिका प्रकाशन हुन्थ्यो । ति पत्रपत्रिकाहरुमा मैले जानी नजानी लेख रचना, कविता,गित,गजल,निवन्ध,समाचार लेख्न थाले । शुरुवातीमा लेख्दै गर्दा सम्पादन भै पत्रिकामा फोटो सहित लेख,कविता,गित,समाचार प्रकाशन हुदा औधी खुशी लाग्दथ्यो । त्यसैले फेरी अर्को लेख,समाचार,कविता, निबन्ध लेख्नका लागि उत्प्रेरित हुन्थ्ये । ऐच्छिक गणित विषय लिई दैनिक रुपमा क्याम्पसमा उपस्थित भै अध्ययन गर्न असर्मथ भएपछि स्नातक तहमा अर्थशास्त्र र समाजशास्त्र मानवशास्त्र विषय लिएर पढन थाले ।

नेपाली राजनीतिमा पार्टी फुट्ने जुट्ने विषय नौलो होइन । अनेक थरीका पार्टीहरु स्थापना भएका छन् । त्यतिखेर नेकपा एमाले भन्ने पार्टी महाकाली सन्धी पास गरेको असहमतीका कारण विवाद उत्पन्न भै नेकपा (माले) पार्टी बामदेव गौतमको नेतृत्वमा गठन भएको थियो । पूर्ण रुपमा राजनीतिक दृष्टिकोण र वैचारिक विचारधाराका आधारमा तर्क विर्तक गर्न सक्षम हुन नसके पनि साथी भाईहरुको संगत र जन्मस्थल भकुण्डे गाउँका अधिकांश मानिसहरुले नेकपा माले पार्टीमा आस्था राखेका कारण म पनि नेकपा मालेको विचार धारा बोक्ने विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भए । अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित भएको थिए ।

बागलुङका दैनिक पत्रपत्रिका,साप्ताहिक पत्रपत्रिकाहरुमा लेख,रचना, कविता,यात्रा संस्मरण लेख्दै गर्दा म क्याम्पसमा विद्यार्थीहरु माझ चिरपरिचित भैसकेको थिए । साथै नेपाल मगर विद्यार्थी संघ क्याम्पस इकाइ समिति महेन्द्र बहुमुखी क्याम्पसको सचिव पदमा निर्वाचित भै विविध सांस्कृतिक कार्यक्रम, स्वागत कार्यक्रम,वनभोज ,गोष्ठी लगायतका कार्यक्रममा सक्रिय भए ।

न्यू धौलागिरी दैनिक पत्रिका बागलुङले तिन दिनको समाचार लेखन तालिममा सहभागी भए पश्चात लेखनशिपमा क्षमता अभिवृद्धि भै उत्प्रेरणा भर्ने काम भएको थियो । पत्रकारिता तालिममा न्यु धौलागिरी दैनिक बागलुङका सम्पादक तथा हाल एविसी टेलिभिजनका प्रबन्ध निर्देशक शुभशकर कंडेल लगायतका मानिसहरुको प्रशिक्षण रहेको थियो ।

नेकपा मालेका महासचिव बामदेव गौतमको प्रशिक्षण बागलुङ बजारमा पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुने अवसर मिल्यो । अनेरास्ववियु जिल्ला कमिटि बागलुङ जिल्ला सदस्य भएपछि र स्वतन्त्र विद्यार्थी यूनियन वि.स.२०५७ मा महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा सचिव पदमा निर्वाचित पश्चात अनेरास्ववियु केन्द्रिय कमिटि काठमाडौका अध्यक्ष स्व. रविन्द्र अधिकारी तथा पर्यटन मन्त्रीको प्रशिक्षणमा सहभागी हुने मौका मिल्यो । अनेरास्ववियु नेतृ राम कुमारी झाक्री लगायतको प्रशिक्षण लिने अवसर मिलेको थियो । सो निर्वाचनमा सबैभन्दा बढी मत लिएर निर्वाचित भएको थिए ।

क्याम्पसमा नेपाल मगर विद्यार्थी संघको गतिविधि बढी नै हुने गर्दथ्यो । नेकपा एमालेको विभाजन पछि नेकपा मालेको संगठनात्मक गतिविधि सुस्त गतिमा थियो । क्याम्पसमा नेपाल विद्यार्थी संघको गतिविधि बढी नै देखिन्थ्यो । वि.स. २०५७ सालको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु ( नेकपा एमाले आबद्ध) एक्ला एक्लै प्यानलमा भिडेका थिए । अर्कोतिर अनेरास्ववियु ( नेकपा माले आबद्ध ), अनेरास्ववियु ( क्रान्तिकारी) र अनेरास्ववियु छैटौ विच गठबन्धन भएको थियो । चुनावमा मिश्रित नेतृत्व निर्वाचित भएको थियो । म नेकपा माले आबद्ध अनेरास्ववियुको तर्फबाट सचिव पदमा अत्यधिक मतका साथ निर्वाचित भएको थिए ।

क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम,द्धितिय र तृतीय तहका विद्यार्थीहरुको रमाइलो बनभोज कार्यक्रममा खुब सहभागी भइयो । वसन्ती नेपाली कथानक चलचित्रको च्यारिटी सो मार्फत अर्थ संकलन गरी एक हप्तासम्मको इलाम, चितवन,सौराहा, दार्जलिङ लगायतका रमणीय स्थलहरुको भ्रमण गर्न समेत सफल भइयौ । क्याम्पसमा स्ववियु निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएपछि नजिकका आफन्तहरुलाई क्याम्पसमा प्राध्यापक,कर्मचारी पदमा नोकरी लगाउने र पछि स्थायी रुपमा जागिरे बनाउने चलन रहेछ । तर मैले स्ववियु सचिवको पदावधि समाप्त भएपछि थाहा पाए । स्ववियुको पदाधिकारीमा उपविजेता भएपनि उही आफन्तहरुलाई जागिर खुवाउने स्थलको रुपमा लिइने रहेछ । कमजोर क्षमता भएका प्राध्यापक पदमा नियुक्ति भएका गुरुहरुले खुब चाकडी गर्नु हुन्थ्यो ताकी शिक्षण विषयमा भएका कमी कमजोरीका बारेमा विद्यार्थीहरुबाट आउको गुनासोलाई सार्वजनिक फोरममा पैरवी नगरोस । आफनो जागिर सुरक्षित बनाउन चाहान्थे । क्याम्पस प्रशासनमा छिटफुट रुपमा आवाज लैजादा सुनुवाइ हुदैन थियो । पहिला नै भर्ना हुदै बखत सेटिङ मिलाएर छनौट हुदा रहेछन ।

क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख,विभागिय प्रमुख भएपछि योग्यता प्रणालीको सैद्धान्तिक बकालत र शिक्षण सिकाइ कक्षा कोठामा गर्ने तर व्यवहारमा योग्यता प्रणालीको खिल्ली उदाएर नजिकका नाता पर्ने नातेदारहरु मात्र भर्ना गर्ने र राजनीतिक पार्टीहरुको भागबण्डामा कार्यकर्ता मात्र भर्ना गर्ने परिपाटी रहेको तितो अनुभव भयो । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय निकायमा नै प्रशासनिक, प्राज्ञिक क्षेत्रमा प्रशस्त मात्रामा दलिय भागबण्डामा प्राध्यापक, कर्मचारी राख्ने गरेकोमा सोही प्रवृत्तिको छायामा परी धवलागिरी बहुमुखी क्याम्पस बागलुङ पनि अछुतो रहन सकेन । विद्यार्थी आन्दोलनमा क्रियाशिल भै रहेको समयमा नियमित रुपमा क्याम्पसमा कविता प्रतियोगिता, गजल प्रतियोगिता, बादविवाद प्रतियोगिता, जस्ता कार्यक्रमहरु नियमित रुपमा अझै भै दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर श्रोत साधनको अभावमा नियमित हुन सकेन ।

स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पस बागलुङको मुखपत्र धौलागिरी दर्पण नामक स्मारिका हाम्रो कार्यकालमा सम्पादित भै प्रकाशन गर्न सफल भएका थियौ । विभिन्न प्राध्यापक,विद्यार्थी साथीहरुको लेख,रचना कविता प्रकाशन भै सृजनात्मक क्षमता विकासमा टेवा पुगेको छ । त्यस भन्दा अगाडी क्याम्पस स्तरमा नै पहिलो पटक नेपाल मगर विद्याथी संघ क्याम्पस इकाई समिति महेन्द्र बहुमुखी क्याम्पस बागलुङले रिङहिङ ( जागौ) वि.स. २०५७ सालमा नामक मुखपत्र स्मारिका प्रकाशन गरेको थियो । त्यसपछि प्राध्यापक संघले प्रज्ञा सारथी ,प्रतिविम्व लगायतका संकायगत रुपमा जनरलहरु प्रकाशन भएको पाउन सकिन्छ । स्ववियु सचिवमा निर्वाचन भए पश्चात नियमित कक्षा लिई अध्ययन नगरी विद्यार्थी राजनीति, सांगठनिक क्रियाशिलतामा हुनुपर्ने गर्दा पोखरा,उदयपुर,इलाम, काठमाडौ,बुटवल,नेपालगञ्जमा सम्मेलन,महाधिवेशनमा सहभागी हुन जादा नियमित कक्षामा सहाभागी हुन नपाएपछि नियमित स्नातक तह पास गर्न सकिएन । नियमित स्नातक पास नगर्दाको परिणाम आफु भन्दा जुनियर विद्यार्थीहरुको संगत हुन पुग्यो । दुई वर्ष पछि आंशिक परिक्षा दिएर स्नातक तह पास गरे । क्याम्पस भरिका थुप्रै विद्यार्थीहरु बिच परिचित जस्तै गरी चिन्ने तर मलाई ति सम्पुर्ण विद्यार्थी साथीहरुको नाम,ठेगाना र संकाय पत्ता लगाउन बहुत गाह्रो हुन्थ्यो ।

स्नातकोत्तर तहमा समाजशास्त्र मानव शास्त्र विषयमा भर्ना भए । नियमित भर्ना भएपनि नियमित रुपमा अध्ययन गर्न असमर्थ भएकोले पास हुन सकिन । प्राइभेट रुपमा भर्ना भइ राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर तहमा गान्धी डिभिजनमा पास गरे ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा निर्वाचित पदाधिकारीहरु सांसद, मेयर भएको पाउन सकिन्छ भने कोही विदेशमा पलायन भएको, कोही विभिन्न राजनीतिक पार्टीहरुका पदाधिकारीमा क्रियाशिल रहेका छन् । कोही निजामति सेवामा प्रवेश गरेका छन् । स्ववियु सचिवको कार्यकाल समाप्त पछि अर्को निर्वाचनका लागि सभापति लगायत अन्य पदाधिकारीहरुको उम्मेदारी चयनमा रोल क्रम मिचेर म भन्दा पछाडीको पदमा रहेका साथीहरुलाई गुटबन्दीका आधारमा अगाडी सार्ने काम भएपछि राजनीतिक यात्रामा धक्का लाग्यो । चरम गुटबन्दी, बहुआयामिक अर्थ लाग्ने खुराफाती गफ, षडयन्त्रमुलक रणनीतिका कारण राजनीतिक यात्रामा ग्कभ बलम तजचयगनज कार्यनीतिको सिकार हुन पुगे । निश्चित अवधीमा प्रयोग गर्दासम्म उपयोगमा ल्याउने र दक्षता अभिवृद्धि भएपछि अवसर दिने बेलामा वेवास्ता गर्ने परिपाटीको संस्कारले गर्दा राजनीतिकमा यात्रा अगाडी बढन सकिन । मेरो घरको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन अध्ययनका लागि गुजारा गर्दै पढेको थिए । स्ववियु सचिव पद भन्दा अगाडीको राजनीतिक पदमा पाइलाहरु चाल्दा जाति कारणले, फरक पार्टीको नेतृत्व विकास हुन नदिने,भाषणमा आर्दशका फेहरिस्त सुनाउने तर व्यवहारमा उल्टो गर्ने प्रवृत्ति र अवरोध भएपछि फरक व्यवसायको पत्रकारिता पेशामा क्रियाशिल हुदै राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चल कार्यालय बागलुङको संयोजक भई काम गरे । नेपाल प्रेस चौतारी नेपालको जिल्ला शाखाको उपाध्यक्ष,अध्यक्ष हुदै केन्द्रिय सदस्य हुदै नेपाल पत्रकार महांसघ बागलुङ शाखाको दुई कार्यकाल केन्द्रिय सभासद समेत भई कामकाज गर्ने दिशामा जिन्दगी मोडिएको थियो ।

हाम्रो कार्यकालमा धौलागिरी मञ्चलाई विस्थापित गर्ने मुख्य एजेन्डा थियो । धौलागिरी मञ्चमा विभिन्न राजनैतिक पार्टीका विविध कार्यक्रम नियमित जस्तो हुँदा क्याम्पसको पढाइलाई प्रत्यक्ष असर गरेको थियो । स्ववियु सचिवको कार्यकाल समाप्त पश्चात लगतै मञ्च विस्थापित भएको थियो ।

क्याम्पसको विकास र उन्नतीको लागि पैरवी,वकालत,क्रियाकलाप,अन्र्तक्रिया गर्ने पवित्र स्थलमा सरस्वती पुजाको दिनमा पुजा आजा गर्ने बाहेक औपचारिक रुपमा विद्यार्थीहरुलाई जागृत गर्नका लागि पठन संस्कृति,अध्ययन संस्कृति विकासका लागि कार्यक्रम आयोजना हुन सकेन । सायद म पछिका कार्यकालका निर्वाचित साथीहरुले पठन संस्कृतिको दिर्घकालीन योजनाका बारेमा बहस गर्नु भए होला नै । क्याम्पसमा उपलब्ध पुस्तकालयमा विद्यार्थीहरुको माग बमोजिम पुस्तक व्यवस्थापन गर्नुपर्ने मागलाई सहि मात्रा पुरा गर्न सकिएन । मेरो चाहना एक पटक वृहत रुपमा हाल सम्म क्याम्पसमा अध्ययनरत हालसम्मका राजनीतिक उच्च राजनीतिक कर्मी सहभागी, निजामति सेवाका पुर्वविद्यार्थी,अध्यापन गराउनु भएका प्राध्यापक, विश्व विद्यालयका प्राध्यापक, शिक्षक, उद्योगी,व्यवसायी लगायतको अन्र्तक्रिया, छलफल गरी शैक्षिक जागरण संचालन गर्ने चाहना पुरा भएन । क्याम्पसको वार्षिक उत्सवमा विविध खेलकुद गतिविधि बाहेक अरु समयमा अतिरित्त क्रियाकलापहरु हुन सकेन । निबन्ध प्रतियोगिता, कविता लेखन प्रतियोगिता, बादविवाद प्रतियोगिता, ब्यत्तित्वकला प्रतियोगिता लगायत विविध रचनात्मक र बौद्धिक क्रियाकलापहरु मासिक रुपमा हाम्रो कार्यकालमा क्रियाकलाप हुन सकेन । थुप्रै दुर्गमका साथीहरुको लागि छात्रवास र छात्रावासको निर्माण गरी व्यवस्थापन गर्न असर्मथ भयौ । स्ववियु चुनावमा व्यक्त घोषणा पत्रका बुदाहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्न सकिएन ।

विद्यार्थीकालको उर्जावाल समय राजनीतिका बिताएपनि राजनीतिशास्त्र अध्ययन नगरी युवा जोशका आधारमा सहभागी भइयो । राजनीतिक गतिविधिबाट जिन्दगीको मोड मोडिएपछि बल्ल प्राइभेट रुपमा स्नातककोत्तर तहको राजनीतिशास्त्र अध्ययन गरे । खासमा मैले शुरुवाती उच्च शिक्षाको कार्यकालमा राजनीतिशास्त्रको अध्ययन गरेको भए राजनीतिक गतिविधिमा सहभागी हुने थिइन कि भन्ने लाग्दछ । नेपालमा जसले राजनीति खुल्ला रुपमा गर्दछ उनीहरुले कम मात्रामा राजनीतिशास्त्र अध्ययन गरेका छन् । जसले राजनीति शास्त्र अध्ययन गरेका छन् उनीहरुले खुल्ला राजनीति गतिविधिमा कम क्रियाशिल भएको पाउन सकिन्छ । संभावनाहरुको खेल, फोहोरी खेल र राजनीति मुलनीति भनिए पनि नेपाली समाजमा राजनीति गर्नेको इज्जत,सम्मान कम मात्रामा पाउन सकिन्छ । जे होस राजनीतिक सस्कार र संस्कृतिले भरिपुर्ण तरिकाले राजनीतिशैली अवम्लबन गर्न तथा लाजनीतिको विरुद्धमा कार्यशैली विस्तार तथा विकास गर्न राजनीतिकर्मीहरुले भुमिका खेलुन भन्ने चाहान्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *