शुभेक्षा पन्त
हरेक दिन साथीहरुसंग रमाउदैं बिद्यालय जाने म आज कोठाभित्र थुनिएको छु । म सारै डराएको छु,कराएको छु । तर मसंग कोहि छैन, छ त मेरो साथमा केबल चारैतिर बार लागेको ठुलो सुनसान कोठा । म थुनिएको थिए वा थुनाइएको म नै अचेत थिए । जिन्दगीमा यस्तो समयपनि आउने रहेछ कि न बोल्न सक्छु, न कसैलाई बोलाएर आफ्ना कुरा भन्न नै सक्दछु ।
म यो कोठामा बसेको एक हप्ता भइसकेको होला । म विद्यायालयबाट घर जाने क्रममा साथीहरुसंग भोलि भटौला भनेर छुट्टीएको पनि यतिका दिन भएछन । म यो कोठाबाट चाडै निस्किनु छ र भेटनु छ ती मेरा प्यारा साथीहरु, ममि, बाबालाई । सोचिरहेको थिए कहिले निस्किन छु होला ? यतिकैमा एक हप्ता बितेछ । एक हप्तापछि त्यो सुनसान कोठाको ढोका खुल्छ । अनि ममि, बाबा रुदै भन्नु हुन्छ के भयो मेरो छोरीलाई म डराए र बोलाए ममि ममि, बाबा बाबा तर उहाँहरुले सुन्नु भएन । मैले फेरि बोलाए यति कै मा बाहिरबाट अर्को कोहि मानिस आउनु भयो र भन्नू भयो लास कता छ खोइ । ममि बाबा रुदै, कराउँदै हुनुहुन्थ्यो । अनि मैले थाहा पाए कि म त ममि बाबाले देखेको सपना पूरा नगरी अनाहकमा पीडादायी बिछोडमा परिसकेकी रहेछु । भुर्र भुर्र उडदै बाबा ममिको काखमा रमाएकी, सबैको आँखामा सजिएकी, सबैकी प्यारी म अनाहकमा आफनै साथीबाट लुटिएर मारिएकी रहेछु । हजार सपना देखेर नेपाल आमाको काखमा भर्खर बामे सर्दै गरेकी अबोध बालिका म सारा सपना अधुरो पारेर अर्के संसारमा हराइ सकेकी रहेछु । बाबा ममिको अगाथ मायाबाट टाढा भइ सकेकी रहेछु । त्यसैले मैले अनेक बिन्ति गरेर कराए, चिच्चाए पनि आवाज ननिस्किएको रहेछ । मेरा हात, खुट्टा, मुटु नचलेका, कान बन्द भएकाले मेरो आवाज उहाँहरुले नसुन्नु भएको रहेछ । नाइ कसरी हुन्छ यस्तो, म हजुरहरुसंगै छु ममि, बाबा ।
म हजुरहरुसंगै छु । यति कै मा त्यो सुनसान कोठा, भरी भराउ भयो । कोहि भन्दै हुनुहुन्थ्यो । त्यो नानीलाई साथीले यस्तो गरेको होरे । म फेरि नरुनु न ममि, बाबा भन्दै मेरो साथी को साथी ! कस्ले यस्तो गर्न सक्छ र ! म बिद्यालयबाट घर जाँदै गर्दा त्यो अध्यारो जङ्गलमा मलाई पछाडिबाट आएर खोइ कस्ले च्याप्प समात्यो ? आँखामा पट्टि लगायो । म निरिय भए डराएर पछिसम्म फर्किन सकिन । सुरुमा नडराउ भन्ने आवाज आयो तर म माथि लछार पछार भयो, कपडा च्यातियो अनि ममाथि के भयो केही थाहा भएन मेरो होस हरायो । अचेत म त्यसपछि केही थाहा भएन ।
यो हुन सक्दैन ममि मलाई केही भएको छैन म हजुरहरुसंगै छु ।
मलाइ घर लैजानुस बाबा । मैले ममिले पकाएको खानु छ, हजुरहरुको साथमा हरपल रमाउनु छ । सपना पुरा गर्नु छ । धेरै भयो मैले नखाएको । मलाई लास नभन्नुस अंकल मलाई घर जानू छ । बलात्कार भएको रहेछु म । मैले एउटा आन्टीबाट सुने त्यो पनि मेरो साथीबाट । यो कसरी सम्भव हुन्छ बाबा ऊ त मेरो मिल्ने साथी हो । मलाई र हजुरलाई मेरो मिल्ने साथीले नै रुवाउन सक्छ त ममि ? के मैले न्याय पाउँछु ? न्याय पाइन्छ त अब यो देशमा एउटी आमा बोल्नु भयो । मैले के न्याय पाए भने म मेरो बाबा ममिसंग घर जानसक्छु ? उहाँहरुको सपना पूरा गर्नसक्छु ? के म सधैं उहाँहरुसंग बस्न पाउँछु ? त्यो हो भने अर्को देशबाट भएपनि मेरो लागि न्याय किनि ल्याइदिनु न ल अन्कल । अब नरुनु ल बाबा, नरुनु ल ममि न्याय पाएपछि म हजुरसंग त जान्छु नि ।
मेरो आत्मा बोलेको छ । अब यस्ता नर पिचाशलाई छाडन हुदैन । भाग्यो भाग्यो समाऊ समाऊ भन्ने चर्को आवाज आयो र म झसङ बिउँझिए । अहो ! कस्तो डरलाग्दो सपना म साह्यै डराए र त्रसिए पनि । पसिनाले लुत्रुक भिजेको शरीर थरथर कामि रह्यो । हरे ! कस्तो डरलाग्दो सपना ! सपना पनि विपनामा अवोध चेलीमाथि घटेका घटनाले फेरि तडपायो, झस्कायो, रुवायो । आज म नेपाली अबोध बालिका र नारीहरुले बाटोघाटो, घर आँगनमा हरेक दिन भोगेका पीडा, सुनेका घटनाको सपना देखेछु । सबै नेपाली चेलीको पीडा, व्यथा म पात्र भएर पोखेकी छु । शतिmको आडमा पिडित तडपिने र पिडक उम्किने अनौठो चलन र कहालीलाग्दो व्यवस्थाले पिल्सिएका, न्यायबाट बन्चित भएर तडपिएका बालिका, युवतीको सपना देखे । न्याय नपाएका, आफना र पराइबाट त्रसिएका युवती, बालिकाहरुमाथि अब कहिल्यै यस्तो पिडा दिने काम कोही कसैले नगरुन । मेरो समाज र देशका बालिका, युवतीले अब यस्ता घटना विपना र सपनामा कहिल्यै देख्न र सुन्न कहिल्यै नपरोस, शतिmको आडमा पिडित तडपिने र पिडक उम्किने कहालीलाग्दा चलनको अन्त्य होस । नारी दिवसको सबैमा शुभकामना !