शुभेक्षा पन्त
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न नेपालको संविधान २०७२ जारी भएको हो । नेपालमा रहेको एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरी राज्यको मुल संरचनाका रूपमा संघ, प्रदेश र स्थानीय तह बिचको सम्वन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रही तिनवटै तहले नेपालको राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ ।
नेपालमा स्थान मानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, पहाडमा जडिबुटीको खानी र तराईमा सुन जस्तै धन फल्नेसम्म परेका वस्तीहरुको संरक्षण गर्न सक्दछ । यति हुदाँ–हुदै पनि मानव भित्रको व्यवहार एकरुपता नहुदा कहिले आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्ट पुर्याेएको छ ।
नेपाल विकासन्मुख अथवा विश्वका सबै भन्दा गरिब र कम विकसित देशहरु मध्ये एक हो । आजसम्म सृष्टिको सुन्दर सृजनामा हामी एक्काइसौँ शताब्दीको पाइला चालिरहका छौं । समयको अबिछिन्न प्रवाहमा प्रवाहित हुँदा विश्वमा नयाँ सभ्यता र सिर्जनाका धेरै विकास भैइसक्यो । थर बदलिंदो परिस्थितिले आज संत्रासमय वातावरणमा गुज्रिरहेको छ । मानवीय मूल्य र मान्यताको ह्रास भएको छ, नैतिकता र अनुशासनको उपहास भएको छ, बन्धु बन्धुभित्र घात प्रतिघात भएको छ भने हत्या आतंकले चरम उत्कर्ष प्राप्त गरेको छ ।
विकासका सवाहक भनिएका युवा युवति नै अहिले धेरै समस्यामा परेका छन् । जात, लिंग, धर्म, समुदायका आधारमा भेदभाव नहुने भनेर नेपालको संविधानको धारा १८ मा व्यवस्था भए तापनि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा यसले मानव जीवनलाई असर बढाएको छ । देशको अवस्था, बेरोजगारी, हत्या हिंसा, नातावाद, कृपावाद, मौलिक संस्कृतिको तहसनहस, भ्रष्टाचार जस्ता समस्याका बारेमा जति नै कुरा गरेपनि समाधान अभफै हुन सकेको छेन ।
विशेष गरी विकासशील मुलुकहरूमा भ्रष्टाचार ठूलो समस्याका रूपमा फैलिएको छ । राजनीतिक व्यवस्थालाई अपारदर्शी र अलोकतान्त्रिक बनाएको छ । नेपालमा भ्रष्टाचारको पीडामा सर्वसाधारण नागरिकले दिनका दिन भोग्नु परेको छ र नेपाल विकासमा पछाडि पर्नुको प्रमुख कारण भ्रष्टाचार र ढिलासुस्ती नै हो । भ्रष्टाचार बढ्नुका विभिन्न कारणहरु मध्ये आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक, प्रशासनिक, लोभ र व्यक्तिगत स्वार्थ आदि मुख्य हुन् । नेपालमा कानुनमाको राम्रोसँग कार्यान्यन हुन नसक्दा पनि भ्रष्टाचारीले उन्मुक्ती पाएको छ । नागरिक समाज, सञ्चार माध्यम, तीनै तहको सरकार, सामाजिक संघ संस्था तथा निकायको पहलमा मात्र नेपालमा भ्रष्टाचार नियन्त्रण सम्भव छ । मुलुक भित्रै रोजगारको प्रत्याभूति नहुदा युवायुवतीहरु खाडी मुलुकहरुमा कामदारको रुपमा जान बाध्य छन । बजारमा उपभोक्ताको अधिकार दयनीय छ ।
भष्टचारले गदा लोकतन्त्र नै धरापमा परेको छ । लोकतन्त्रमा सरकारले सञ्चार क्षेत्रको रक्षा गर्नु पर्छ । प्रत्येक व्यक्तिले प्राप्त गरेका यस प्रकारका नैसर्गिक अधिकार र स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी जति कुशलता र इमानदारीका साथ सरकारले निर्वाह गर्न सक्छ त्यति नै मात्रामा त्यो लोकतान्त्रिक व्यवस्था बन्छ । लोकतन्त्र समग्र रूपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग मानवता, समानता, न्याय र स्वतन्त्रता जस्ता मानवतावादी मूल्य मान्यताले बनेको हुन्छ । जनताको निकटस्थ हुने गरी शासन, विकास गर्ने, बहुमतको शासन, अल्पमतको कदर, अधिकारमा आधारित शासन विकास, सामाजिक संवेदनशीलता सहितको जनउत्तरदायी राज्य प्रणालीको विकास गर्ने, अवसरको सिर्जना, न्यायोचित वितरण, समान पहुँचको व्यवस्था मिलाएमा मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई सफल बनाउन सकिन्छ । लोकतन्त्रलाई जनताबाट टाढा हुन दिनु हुँदैन ।
समाजको विकास निर्माणमा पनि लोकतन्त्रको अहम भूमिका रहन्छ । यूवालाई जोश, जाँगर विकासमा लगाएर लोकतन्त्रको संस्थागत विकास गर्न सकेमा विकासको नयाँ मुहार देख्न सकिन्थियो । लोकतन्त्र रूपान्तरणको बाधक होइन, माध्यम हो । लोकतन्त्रले मानिसको जीवनसँग जोडिने रूपान्तरणलाई सम्भव बनाउँछ । राजनीतिक अधिकारको उपभोगमार्फत आम मानिस शासन सञ्चालनको प्रक्रियामा सार्थक रूपमा सहभागि हुने वातावरण दिगो रूपान्तरणको आधार हो ।
सूचनामाथि हामी जति बढी अधिकार राख्न सक्छौं त्यति नै मात्रामा हामी छिटो र सजिलै सत्यको नजिक पुग्न सक्छौं । अन्यथा सूचनाको अभावले हामीलाई समस्याग्रस्त मात्र होइन उदासीन र कर्मशून्यसमेत बनाउँछ । राष्ट्रमा शान्त, सुशान्सन, समृद्ध नभएर विकृती र विसङगतिमा मौलाएको छ । त्यसकारण समाजबाट यस्ता गतिविधि हटाउन जरुरी छ । आशा छ, लगातार राजनीतिक र सामाजिक प्रयासको साथले गर्दा हाम्रो राष्ट्रबाट यो हटने छ । तवमात्र नागरिकले निराशाा र भ्रष्टाचारबाट छुटकारा पाउने छौँ ।