रामबहादुर जि.सी.
(पूर्व अध्यक्ष जिल्ला सहकारी संघ लिमिटेड बागलुङ)
बागलुङ जिल्लामा पहिलो पटक बागलुङ बजारमा कालिका सहकारी संस्थाको स्थापना भएपछि विधिवत रुपमा सहकारीको शुरुवात भएको पाइन्छ । २०३२ असोज २६ गते १६ महिला र ५५ पुरुष गरी ७१ जना शेयर सदस्यको ८ हजार शेयर रकम जम्मा गरी यो सहकारीको शुरुवात भएको थियो । कालिका सहकारी धौलागिरि क्षेत्रको पहिलो सहकारीका रुपमा रहेको छ । यसले लामो समयसम्म बागलुङ बजारबाट रासायनिक मल र विउविजन विक्री वितरण गरेको थियो । लामो समय निष्क्रिय रहेको यो संस्थासंग जनता सञ्चार सहकारी एकीकरण गरेपछि अहिले संयुक्त संस्थाका रुपमा क्रियाशिल छ । कालिका सहकारीबाट शुरु भएको बागलुङको सहकारी अभियानका क्रममा २०४६ सालको परिवर्तनसम्म आइपुग्दा ८ वटा सहकारी संघ संस्था रहेका थिए । २०४८ सालको सहकारी ऐन निर्माणपछि बागलुङमा पनि सहकारीको विकास विस्तारै हुदै गयो ।
सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ मा उल्लेख भए अनुसार नेपालमा राष्ट्रिय सहकारी संघको स्थापना भइ, जिल्ला जिल्लामा समेत जिल्ला सहकारी संघहरु गठन हुन थालेपछि २०५० साल भदौमा बागलुङमा पनि जिल्ला सहकारी संघ लिमिटेड स्थापना भएको थियो । २०४८ साल पूर्व जिल्लामा रहेका मध्ये ७ वटा सहकारी संस्थाहरु मिलेर संघ स्थापना भएको थियो । भर्खर सहकारी ऐन र नियमावली आएको थियो । सहकारीको संरचना अनुसार त्यतिबेलाका सहकारीहरु मिलेर संघ स्थापना गरेका थिए । शिवशंकर सहकारी बिहुका तर्फबाट मणिभद्र शर्मा कंडेल, झिम्पा सहकारीका तर्फबाट शान्तराज शर्मा, कालिका सहकारीबाट पवनलाल राजभण्डारी लगायत प्रतिनिधिका रुपमा हुनुहुन्थ्यो र तत्कालिन संघको अध्यक्षमा मणिभद्र शर्मा, उपाध्यक्षमा पवन राजभण्डारी र राष्ट्रिय प्रतिनिधिमा शान्तराज शर्मा रहनु भएको थियो ।
संघले २०५० चैतबाट सहकारी पसल सञ्चालन गरी कारोबार गरे पनि त्यो नियमित हुन सकेन । सहकारी व्यवसायका बारेमा धेरैलाई जानकारी नहुनु, स्थानीय व्यापारीबाट थोकमा सामान खरिद गरेर विक्री वितरण गर्नु, सञ्चालक समितिकै बीचमा अन्न्यौलता, निष्क्रियता, सदस्य केन्द्रित सहकारीहरु नहुनु लगायतका कारणले त्यो नियमित हुन सकेन । एक दुइ जनाले सञ्चालन गर्न खोजेर सञ्चालन हुने विषय पनि रहेन सहकारी । त्यसपछि संघ विस्तारै निष्क्रिय हुदै गयो । जिल्लामा उक्त संघ निष्क्रिय रहेपनि पछि शान्तराज शर्मा आफै अध्यक्ष हुनु भयो र उहा“ राष्ट्रिय प्रतिनिधिका रुपमा नियमित राष्ट्रिय सहकारी संघको साधारणसभामा सहभागी हुनु भएको थियो । राष्ट्रिय सहकारी संघको अध्यक्षमा दिपक बा“स्कोटासंग प्रतिस्पर्धा पनि उहा“ले गर्नु भएको थियो । यद्यपी उहा“ विजयी हुन सक्नु भएन । राष्ट्रिय सहकारी संघको साधारणसभामा प्रतिनिधित्व बाहेक बागलुङको जिल्ला सहकारी संघ सक्रिय हुन सकेन । जिल्लामा स्थापना भएका सहकारीकर्मीहरुको आग्रहपछि २०६१ मा आएर शान्तराज शर्माले संघलाई सक्रिय बनाउने विषयमा छलफल गर्नु भएको थियो तर अर्को पटक उहा“ आउनु भएन । पछि उहा“ विदेश जानु भयो । सक्रिय बनाउने विषयले पनि प्राथमिकता पाउन सकेन । किनकी पुरानो समितिका दस्तावेजहरु कहि कतै पाइदैन्थे । सहकारी कार्यालयमा पनि दर्ताका समयमा बुझाइएका प्रतिवेदनहरु थिएनन् । विनियम पनि पूर्ण थिएन ।
२०५७ सालमा सहकारी ऐनका केही बुदा“ परिवर्तन गरेपछि जिल्लामा सहकारी अभियान विस्तारै अगाडि बढ्दै गयो । गलकोट क्षेत्रमा केही सहकारीहरु सञ्चालनमा थिए । संघलाई व्यूताउने प्रयास पनि नभएको होइन तर त्यसको पुरानो हिसाव किताव तथा अन्य क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने अन्यौलताका बीचमै सहकारी अभियान अलमलमा रहेको थियो । २०६० साल असारमा राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापना भयो । सहयोगी वचत तथा ऋण सहकारी संस्था, रेश बहुउद्देश्यीय सहकारी संस्था र एकता सहकारी संस्थाले पत्रिकाको विज्ञापनका आधारमा तत्काल उक्त बैंकको सदस्यता लिएका थिए । २०६० पुसमा बैंकको साधारणसभा भयो । राजेशहरि जोशीको अध्यक्षतामा सञ्चालक समिति चयन भयो । बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ, एकता सहकारी संस्थाका तत्कालिन प्रवन्धक कृष्णप्रसाद शाक्य र म आफु उक्त साधारणसभामा सहभागी थियौ । हामीले बैंकका अध्यक्ष र प्रवन्ध सञ्चालक के.बी उप्रेतीलाई बागलुङमा बैंकको शाखाका लागि पहल गर्न आग्रह ग¥यौ । त्यसपछि बैंकको कारोबार शुभारम्भ कार्यक्रम, प्रथम साधारणसभामा पुगेर र अन्य भेटघाटमार्फत पनि बैंकको शाखा स्थापनाका लागि अनुरोध गरेका थियौ । संयोगले २०६२ असोज १ गते बेनी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा बैंकका अध्यक्ष राजेशहरि जोशी आउनु भयो । सोही अवसर पारेर बागलुङमा पनि राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने सहमति भयो । एकता सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाले ५÷५ हजार रुपैया सहयोग गरेर २०६२ असोज २ गते राष्ट्रिय सहकारी बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना भयो । त्यतिबेला ८ वटा संस्था बैंकमा आवद्ध भैसकेका थिए । भेलाले कृष्ण शंकर श्रेष्ठको संयोजकत्वमा बैंक समन्वय समिति गठन ग¥यो ।
समन्वय समितिले असोज १२ गते अर्को भेला गर्ने, सबै सहकारी संघ संस्थाहरुलाई आमन्त्रण गर्ने, त्यसका लागि डिभिजन सहकारी कार्यालय र बैंक समन्वय समितिले संयुक्त पत्र पठाउने तथा सहभागीहरुलाई भत्ताको समेत व्यवस्था गर्ने निधो ग¥यो । सहकारी कार्यालयका कामु अधिकृत ढुण्डीराज शर्माले पत्र पठाउन सहयोग गर्नु भयो । त्यसको व्यवस्थापनका लागि बजारमा रहेका एकता, बागलुङ बहुउद्देश्यीय र शंखधर बहुमुखी सहकारी संस्थाले ७÷७ हजार, ग्रामिण क्षेत्रमा रहेका रेश बहुउद्देश्यीय, गाजा वचत तथा ऋण सहकारी लेखानी, भीमापोखरा बहुउद्देश्यीय, जनकल्याण दुग्ध उत्पादक मालिका र कालिका महिला विकास बहुउद्देश्यीय सहकारी बानपा–११ ले ५÷५ हजार संकलन गरेका थिए । २०६२ असोज १२ गतेको उक्त कार्यक्रम पछि सहकारी बैंकमा सदस्य बन्ने संस्थाहरुको संख्या बढ्यो र विस्तारै सहकारी गतिविधिले प्राथमिकता पाउन थाल्यो । २०६२ फागुन २२ गते एकता सहकारी संस्थालाई प्रतिनिधि संस्थाका रुपमा राखेर राष्ट्रिय सहकारी बैंकको कारोबार शुरु भयो । समन्वय समितिले सञ्चालन गर्ने गरी कार्यक्रमहरु सञ्चालन हुन थाले । गलकोट, कुश्मीसेरा लगायतका ठाउमा सहकारी गतिविधि बढ्न थाले । बागलुङमा सहकारी संघ संस्थाहरुले आन्तरिक रुपमा गतिविधि गरीरहेका थिए । विषयगत सहकारीहरु मध्ये बचत तथा ऋण सहकारी संघ र बागलुङ दुग्ध सहकारी संघ दर्ता भएका थिए तर दुग्ध संघ मात्र क्रियाशिल थियो, दुग्ध संघले दुग्ध सहकारीहरुका बीचमा गतिविधि गथ्र्यो । अभियानका तर्फबाट बाह्य रुपमा अभियानमुलक गतिविधि त्यहीबाट शुरु भएका हुन । यसरी हेर्दा बागलुङको सहकारी अभियानको सक्रियताको करिव २ दशक पुग्दैछ ।
बैंकको प्रतिनिधि कार्यालय सञ्चालन भएपछि ०६४ साल असोजमा गलकोट हरिचौरमा बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रममा आउनु भएका बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीको उपस्थितिमा संघलाई ब्यूताउने निर्णय भयो र उक्त कार्यलाई अगाडि बढाइयो । राष्ट्रिय सहकारी संघ बैंक समन्वय समितिका तर्फबाट एकजनालाई प्रशिक्षक प्रशिक्षण तालिम (टट) का लागि बोलायो, समितिको सदस्य सचिवका नाताले मैले नै त्यो एकहप्ते तालिममा सहभागी हुने अवसर पाए । त्यसपछि लगत्तै बैंक समन्वय समितिको आयोजना र राष्ट्रिय सहकारी महासंघको सहयोगमा ५ दिने सहकारी शिक्षा कार्यक्रमको आयोजना गरियो । संघका प्रवन्धक गोपिकृष्ण भण्डारीको उपस्थितिमा ०६४ मंसिर १८ गते जिल्ला सहकारी संघ लिमिटेड पुन स्थापनाका लागि प्रारम्भिक भेला गरियो । उपस्थित १६ वटा सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको भेलाले पुरानो संघलाई सक्रिय बनाउन वा सक्रिय बनाउने अवस्था नभए विघटन गरेर नया“ दर्ताका लागि डिभिजन सहकारी कार्यालयमा माग गर्ने निर्णय ग¥यो । भेलाले कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन ग¥यो । डिभिजन सहकारी कार्यालयले पुरानो जिल्ला सहकारी संघलाई व्यूताउने कुनै आधार नभएको भन्दै २०६४ चैतमा पुरानो संघलाई विघटन गरेपछि नया“ जिल्ला संघ दर्ताको प्रक्रियाले निरन्तरता पायो ।
तदर्थ समितिले २०६५ बैशाख १३ गते जिल्ला सहकारी संघलाई विधिवत रुपमा डिभिजन सहकारी कार्यालयमा दर्ता गराएको थियो । ०६५ जेठ १८ गते प्रारम्भिक साधारणसभा गरी संघ औपचारिक रुपमा अगाडि बढेको थियो । लामो समय निष्क्रिय रहेको संघलाई व्यूताएकाले धेरै आशंकाहरु थिए । सहकारी संघ संस्थाहरुलाई संघको सदस्य बन्न आव्हान गर्दा पनि खासै चासो राखेको पाइदैन्थ्यो । संघ स्थापनापछि पहिलो पटक ०६५ असारमा सबै सहकारीहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाए पछि संघमा सदस्य हुने संस्थाहरुको संख्या बढ्न थालेको हो । त्यसपछि डिभिजन सहकारी कार्यालय र अन्य सहकारी संघ संस्थाहरुसंग मिलेर सहकारी दिवसहरु मनाउन शुरु भयो । विस्तारै सहकारी संघ संस्थाहरु थपिदै गए । हाल संघमा एक सय ४० भन्दा बढी संस्थाहरु आवद्ध भएका छन् र अन्य संस्थाहरु पनि आवद्ध हुने क्रम बढीरहेको छ । पछिल्लो समयमा विनियममा नै संस्था दर्ताको ६ महिनाभित्र संघमा आवद्ध हुने प्रावधान राखिएको छ । त्यतिमात्रै होइन, राज्य तथा अन्य निकायले सहकारी क्षेत्रका लागि दिने सेवा सुविधाका लागि समेत सहकारी संघ संस्थाहरु अनिवार्य जिल्ला सहकारी संघमा आवद्ध हुनु पर्ने प्रावधानका कारण पनि सदस्य बन्नेक्रम बढ्दो छ । शुरुमा १६ वटा संस्थाले एक एक हजार रुपैया जम्मा गरेर शुरु भएको संघमा हाल ६० लाख भन्दा बढीको पू“जि निर्माण भएको छ । यसलाई वृद्धि गर्दै सहकारी अभियानको सवलीकरणमा लाग्नु अबको आवश्यकता हो ।
जिल्ला सहकारी संघले सदस्य संघ संस्थाहरु लगायत सहकारीका लागि सहजताका विभिन्न काम गर्दै आएको छ । सहकारी ऐन नियमावली लगायत कानुन कार्यान्वयन, वित्तीय व्यवस्थापन, लेखा व्यवस्थापन, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न खालका कार्यक्रम गर्दै आइरहेको छ । संघको स्थापना दिवसका सन्दर्भमा विगतलाई स्मरण गर्दा अन्याय हुदैन भन्ने सोचले मैले यहा“ जिल्ला सहकारी संघ लिमिटेड बागलुङ चिनारी दिए“को हु“ । विगतले वर्तमान र वर्तमानले भविष्यलाई डो¥याउने हो । जिल्लामा सहकारीको अभियानले तिब्रता पाउनुका पछाडि यो अभियान सहयोगीका रुपमा रहेको छ । हामीले छिमेकी जिल्लालाई हे¥यौ भने बागलुङको सक्रियता पछि म्याग्दीमा संघ दर्ता भएको हो र निरन्तर सक्रिय रहेको छ जसका कारण म्याग्दीकोे सहकारी अभियान पनि सक्रिय छ । तर पर्वतमा जिल्ला सहकारी संघ दर्ता भएर पनि लामो समय निष्क्रिय रहेका कारण पर्वतको सहकारी अभियानले गति लिन सकेन । लामो प्रयास पछि गत २०७९ फागुन ९ गते भएको विशेष साधारणसभाले शेषराज रेग्मीको अध्यक्षतामा जिल्ला सहकारी संघको नया सञ्चालक समिति चयन गरेपछि संघका गतिविधि बढ्न थालेका छन् ।
विभिन्न विषयगत सहकारी संघहरु स्थापना र सक्रियताका पछाडि पनि जिल्ला सहकारी संघको योगदान रहेको छ । जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनलाई थप व्यवस्थित गराउन सबैको सहभागिता आवश्यक छ । अभियानको अगुवा बलियो भयो भने समग्र अभियान बलियो हुन सक्छ । संघले सोचे जति काम गर्न सकेन होला, तर निरन्तर प्रयास गरीरहेको छ । सहकारीहरुबीच ऐक्यवद्धता, समन्वय र सहकार्यको वातावरण सिर्जना गरेको छ । सहकारी अभियानमा लागेर यसबाट पार लाइदैन भन्दै अन्य क्षेत्रमा लागेकाहरुलाई पनि यो क्षेत्रमा फर्काउन अभियान सफल भएका थुप्रै उदाहरण छन् । सहकारीप्रतिको आकर्षण बढाउनमा सहकारी संघको भूमिका अवस्य प्रभावकारी छ, यसको प्रभावकारितालाई थप अभिवृद्धि गर्नका लागि सबै अभियानकर्मीहरुको सहयोग र समन्वय आवश्यक छ ।
विगतको सम्झना गरेर मात्रै हुदैन, अब आगामी लक्ष्य निर्धारण गर्नु पर्छ । हिजो निष्क्रिय संघलाई सक्रिय बनाउने लक्ष्य थियो । संघलाई वित्तीय रुपमा सबल बनाउने दोस्रो चरण थियो । अबको लक्ष्य सहकारी अभियानलाई कसरी व्यवस्थित गराउने, आवद्ध संघ संस्थाहरुलाई कसरी सक्रिय, पारदर्शी र व्यवस्थित गराउने हुनु पर्छ । संघको रणनीतिक योजना निर्माण भइसकेको छ । जिल्लामा क्रियाशिल सबै सहकारी संघ संस्थाहरुलाई आवद्ध बनाउने, सहकारी शिक्षा तथा तालिमका लागि समन्वय गर्ने, नीतिगत सुधारका लागि पहलकदमी गर्ने, अभियानका केन्द्रीय निकायहरु राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय सहकारी संघहरु, अब बन्ने प्रदेश सहकारी संघ र विषयगत प्रदेश सहकारी संघहरु र राज्यका निकायहरु भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, प्रदेशका मन्त्रालयहरु, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड र स्थानीय तहहरुमा सहकारी संघ संस्थाहरुलाई पर्ने समस्याको समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने र सहकारीको विकासका गतिविधिका लागि पहलकदमी गर्ने कामको अगुवाई जिल्ला सहकारी संघले गर्नु पर्छ । डिभिजन सहकारी कार्यालय राज्यको सहकारी हेर्ने सहकारीहरुसंग प्रत्यक्ष सम्पर्क भएको निकाय हो । संघीय संरचनाले अब स्थानीय तहलाई सहकारीको प्रवद्र्धन, अनुगमन, नियममन लगायतका कार्यहरु गर्ने भएको छ । स्थानीय तह लगायत सरोकारवाला निकायसंग समन्वय गरी सहकारीमा सुशासन कायम गर्न, सहकारीलाई आफ्नो उदेश्य अनुसार सञ्चालन गर्न, सहकारी व्यवसायलाई प्रवद्र्धन गर्न संघको भूमिका बढाउन आवश्यक छ । केन्द्र र प्रारम्भिक सहकारीहरुबीच पुलको काम गर्ने निकायका रुपमा स्थापित जिल्ला सहकारी संघलाई थप सक्रिय बनाउन संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति सक्रिय हुन तथा सबै सहकारी संघ संस्थाहरुले समन्वय गर्न आवश्यक छ ।
वर्तमान अवस्था
बागलुङ जिल्लामा हाल ४ सय १३ वटा विभिन्न उदेश्यका सहकारी संघ संस्थाहरु दर्ता भैसकेका छन् । ति मध्ये ७५ प्रतिशत सक्रिय अवस्थामा रहेका छन् । जिल्लामा दर्ता भएका विभिन्न प्रकृतिका सहकारी संघ संस्थाको वित्तीय लगायत अन्य अवस्थाको अध्ययन गर्दा शेयर सदस्य संख्या करिव १ लाख जना छन्, त्यसमा महिलाको संख्या ५५.९४ प्रतिशत देखिन्छ । जिल्ला सहकारीहरुको शेयर रकम करिब २ अर्ब, वचत करिव ११ अर्ब, कर्जा लगानी करिव १० अर्ब लगानी, स्थिर सम्पत्ती २५ करोड, रहेको देखिन्छ । सहकारीले बागलुङमा ७ सय ९६ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । सहकारीहरुका कारण सहकारी संघ संस्थाले प्रत्यक्ष शेयर सदस्यहरुमार्फत अप्रत्यक्ष कर पनि राज्यलाई बढेको छ । करयोग्य नागरिक बनाउन पनि सहकारीको भूमिका प्रभावकारी छ । ४ हजार भन्दा बढी व्यक्ति सहकारीका सञ्चालक समितिमा रहेका छन् । वित्तीय कारोबार गर्ने सहकारीहरु मध्ये केहीले सामाजिक सुरक्षा अन्तरगत विभिन्न खाले कार्यक्रमहरु गरेका छन् ।
वित्तीय क्षेत्र बाहेक बागलुङमा दुग्ध उत्पादक सहकारी संघ संस्थाहरुले २ हजार ५ सय भन्दा बढी कृषकहरुलाई आवद्ध गर्दै दैनिक ४ हजार लिटर भन्दा बढी दुध विक्री वितरण गर्ने गरेका छन् । दुध उत्पादन, प्रशोधन र बजारीकरणसंगै पशु विमा र वचतलाई समेत यि सहकारीहरुले प्राथमिकता दिएर काम गरेका छन् । कृषि, जलविद्युत उत्पादन, सञ्चार, स्वास्थ्य, सरसफाई क्षेत्रका सहकारीहरुले पनि जिल्लामा राम्रो काम गरेका छन् । १२ वटा भन्दा बढी कृषि फर्म, गाई भैसी बाख्रा पालनका लागि फर्म, विद्युत उत्पादन, सञ्चार सहकारीमार्फत एफएम, टेलिभिजन, पत्रिका र अनलाइन तथा यूट्युव सञ्चालन लगायतका काम सहकारीहरुमार्फत भएका छन् ।
जिल्ला सहकारी संघ सहकारीहरुको छाता संगठन भएकाले सहकारी संस्थाहरुलाई पर्ने समस्याका बारेमा सहजीकरण गर्ने, सहकारीप्रति सकारात्मक धारणाको विकास गर्ने, राज्यका निकायहरुसंग समन्वय गरेर ऐन कानुनमा भएका सकारात्मक विषयहरुको प्रयोग र सुधार गर्न पर्ने विषयमा सुधारका लागि माथिल्लो निकायसंग समन्वय गर्ने गर्दछ ।
यतिबेला वित्तीय क्षेत्रमा समस्या छ, त्यसको असर सहकारी संघ संस्थामा पनि परेको छ, बागलुङ पनि त्यसको असरबाट अछुतो छैन, २ वटा सहकारीमा तरलता व्यवस्थापनको समस्या सिर्जना भएपछि सहकारीप्रति स्थानीय वासिन्दा शसंकित भएको अवस्था छ । यस्तो अवस्थामा सहकारी संघले नियमित रुपमा सरोकारवालाहरुसंग छलफल गरी समन्वय गर्ने र समस्याको समाधानमा आफ्नो भूमिका प्रभावकारी बनाएकै छ । अझै धेरै गर्नु छ, सिंगो सहकारी अभियानमा परेको असरलाई न्यूनिकरण गर्नका लागि बागलुङका सहकारीकर्मीहरुको साथ तथा अन्य सरोकारवालाहरुको सहयोग र समन्वयमा जिल्ला सहकारी संघ अगाडि बढोस, शुभकामना ।
संघका संस्थापकदेखि हालसम्मका सञ्चालक तथा लेखा समितिहरु
तदर्थ समिति
१. अध्यक्ष : कृष्णशंकर श्रेष्ठ
२. उपाध्यक्ष : रामबहादुर जि.सी.
३. सचिव : युक्तप्रसाद कंडेल
४. कोषाध्यक्ष : अशोकगोविन्द राजभण्डारी
५. सदस्य : दिपक गौतम
६. सदस्य : मनकुमारी के.सी.
७. सदस्य: शिवप्रसाद सापकोटा
८. सदस्य : सूर्यप्रसाद कंडेल
९. सदस्य : हरिकुमारी पौडेल
पहिलो सञ्चालक समिति (२०६५—०६८)
१. अध्यक्ष : कृष्णशंकर श्रेष्ठ
२. उपाध्यक्ष : रामबहादुर जि.सी.
३. सचिव : युक्तप्रसाद कंडेल
४.कोषाध्यक्ष : अशोकगोविन्द राजभण्डारी
५. सदस्य : दिपक गौतम
६. सदस्य : मनकुमारी के.सी.
७. सदस्य : शिवप्रसाद सापकोटा
८. सदस्य : महेन्द्रसिंह रायमाझी
९. सदस्य : किशोर राजभण्डारी
१०. सदस्य : छत्रराज जोशी
११. सदस्य : हरिकुमारी पौडेल
लेखा समिति
संयोजक : पुष्परत्न मल्ल
सदस्य : सूर्यप्रसाद कंडेल
सदस्य : इन्द्रा श्रेष्ठ
दोस्रो सञ्चालक समिति (२०६८–२०७१)
१. अध्यक्ष : रामबहादुर जि.सी.
२. उपाध्यक्ष : अशोकगोविन्द राजभण्डारी
३. सचिव : युक्तप्रसाद कंडेल
४.कोषाध्यक्ष : दिपक गौतम
५. सदस्य : कविन्द्र प्र. सापकोटा (रा.प्र)
६. सदस्य :लालचन्द्र राजभण्डारी
७. सदस्य : बाबुराज कार्की
८. सदस्य : चण्डीप्रसाद शर्मा
९. सदस्य : भीमकुमारी आचार्य
१०. सदस्य : राजेन्द्र आचार्य
११. सदस्य :बिना थापा मगर
लेखा समिति
१. संयोजक : तोयनाथ गौतम
२. सदस्य : प्रेम लामिछाने
३. सदस्य: कृष्ण पौडेल
तेस्रो सञ्चालक समिति (२०७१–२०७४)
१. अध्यक्ष : दिपक गौतम
२. उपाध्यक्ष : अशोकगोविन्द राजभण्डारी
३. सचिव :युक्तप्रसाद कंडेल
४.कोषाध्यक्ष : भुपाल चालिसे
५. सदस्य : कविन्द्र प्र. शर्मा सापकोटा (रा.प्र)
६. सदस्य : चण्डीप्रसाद शर्मा
७. सदस्य : हुमाकुमारी जि.सी.(अञ्जु)
८. सदस्य : कृष्ण पौडेल
९. सदस्य : ध्रुवप्रसाद शर्मा
१०. सदस्य : दिपेन्द्र बा“स्कोटा
११. सदस्य : तेजेन्द्र थापा
लेखा समिति
१. संयोजक : तोयनाथ गौतम
२. सदस्य : डिलबहादुर कार्की
३. सदस्य : राधिका रखाल
चौथो सञ्चालक समिति (२०७४–२०७८)
१. अध्यक्ष : दिपक गौतम
२. उपाध्यक्ष: अशोकगोविन्द राजभण्डारी
३. सचिव: तेजेन्द्र बहादुर थापा मगर
४.कोषाध्यक्ष: हुमा कुमारी जि.सी.(अञ्जु)
५. सदस्य: कविन्द्र प्र. शर्मा सापकोटा
६. सदस्य: ध्रुव प्रसाद शर्मा
७. सदस्य : खिम बहादुर कार्की
८. सदस्य: सीता शर्मा
९. सदस्य: रतन प्रसाद मलेपति
१०. सदस्य: चिन्तामणी शर्मा
११. सदस्य: सुनिता वि.क
लेखा सुपरीवेक्षण समिति
१. संयोजक: रुद्र बहादुर केसी
२. सदस्य: लिलादेवी खड्का
३. सदस्य: उत्तम बहादुर महत
पाचौ (वर्तमान) सञ्चालक समिति (२०७८–२०८२)
१. अध्यक्ष : हुमा कुमारी जि.सी.(अञ्जु)
२. उपाध्यक्ष : पिंगला खड्का जिसी
३. सचिव: तेज प्रसाद शर्मा
४.कोषाध्यक्ष: लक्ष्मण पुन
५. सदस्य : खिम बहादुर कार्की
६. सदस्य: लिलादेवी खड्का
७. सदस्य: शिव कुमारी खत्री
८. सदस्य: युक्तजंग राजभण्डारी
९. सदस्य:जगन्नाथ सापकोटा
१०. सदस्य: बृहस्पती कंडेल
११. सदस्य: चिनिमाया काला
लेखा सुपरीवेक्षण समिति
१. संयोजक : मिन बहादुर केसी (मिलन)
२. सदस्य: कोपिला खरेल सापकोटा
३. सदस्य: थानेश्वर सुवेदी