कानुनको अनविज्ञता क्षम्य हुँदैन्

शुभेक्षा पन्त
सामाजिक व्यवहारलाई नियमित र व्यवस्थित गर्ने नियमहरुको संग्रह कानुन हो । यो सम्प्रभुको आदेश हो । मानिसको गतिविधि र व्यवहारलाई निर्देशित र नियन्त्रित गर्नु नै कानुनको मुख्य काम हो । समाजमा रहेका विभिन्न स्वार्थहरुलाई सन्तुलन गरी सामाजिक आवश्यकता पूर्ति गर्ने माध्यम कानुन हो । कानुन कुनै पनि समाज, राष्ट्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी नागरिकलाई हकहित, अधिकार, कर्तव्य, दायित्व, उत्तरदायित्व, न्याय प्रदान गरी अन्याय गर्ने व्यक्तिलाई दण्ड, सजायको भागीदार गराई राज्यमा सुशासन कायम गरी सुदृढ र सक्षम राष्ट्र गराउने एक महत्वपूर्ण लिखित दस्तावेज हो । न्याय, शान्तिमय जीवन र सामाजिक सुरक्षाको दृष्टिकोणले मानिसहरुको व्यवहारलाई नियन्त्रण र नियमन गर्न समाजका सदस्यहरुद्वारा स्वयम् लागू गरिएको विषय हो कानुन ।

समाज सुधारका लागि न्याय पनि उचित हुनुपर्छ । न्याय एक महत्वपूर्ण कानुनी शब्द हो । मानिसलाई अहिंसा, शोषण, भोकमरीबाट स्वतन्त्र बनाउनु, मानव कल्याण र सुरक्षा दिनु नै न्याय हो । कानुन साधक र न्याय साध्य हो । कानून अनुसारको शासन हुनुपर्दछ । जबसम्म शासन गर्ने जिम्मा व्यक्ति र व्यक्तिको हातमा रहेको हुन्छ, तबसम्म गरिब वर्ग नै मिचिरहन्छन् । महिला, बालबालिकाको यातना, कुटपिट तथा दुव्र्यवहारका घटनाहरु बढ्दै गएका छन् । जसले समाजमा सकारात्मकभन्दा नकारात्मक विकृति फैलाई रहेको छ ।

फौजदारी कानूनको यस सिद्धान्त अनुसार सबैले कानून जानेको र बुझेको हुनु पर्दछ । कुनै पनि व्यक्ति, निकायले मैले कानून नबुझेर, नजानेर अथवा थाहा नपाएर गल्ती काम गरे भनेर छुट पाइदैन । सबैमा कानूनको ज्ञान आवश्यक पर्दछ । यस सिद्धान्त मुलुकी देवानी संहिता, २०७४ को दफा ८ मा व्यवस्था गरिएको छ । फौजदारी कानून वा देवानी कानून जुनसुकै भएता पनि कानून नबुझेर गल्ती गरे भनेर कानूनी प्रतिरक्षा लिन सकिदैन । कानून स्पष्ट, निश्चित हुन्छ, त्यसैले आफूसँग सम्बन्धित र आफ्नो क्षेत्रसँग सम्बन्धित कानूनको जानकारी राख्नु सबै व्यक्तिको कर्तव्य हो । आफूले कानून नबुझेमा कहिले, कहाँ, कसरी आफू अन्यायमा परे भन्ने कुराको ज्ञान पनि हुदैन र अरुको हक, अधिकारको पनि आफूबाट हनन हुनसक्छ । फौजदारी कानुनमा कसुर हुनका लागि आपराधिक कार्य र दुषित मनसाय अनिवार्य तत्व मानिन्छ । यी दुई मध्ये कुनै एकको अभावमा अपराध हुन सक्दैन । त्यसैले हामीले कानून नबुझेर गरेको गल्तीमा अपराधिक कार्य वा अपराधिक मनसाय मध्ये एक भएन भने हामी सजायको भागीदार भने हुनु पर्दैन ।
कानूनको बारेमा अनविज्ञ व्यक्ति दायित्वबाट बच्न सक्दैन । कानूनको अज्ञानताको कुनै बाहना हुदैन । मानिसहरुले कानून थाहा छैन भनेर दावी गरेर आफ्नो कार्यको रक्षा गर्न सक्दैनन् । जसलाई कानुले स्विकार गर्दैन । यसको अर्थ सबै नागरिक वा हामीहरु कानूनी विशेषज्ञहरु हुनु पर्छ भन्ने होइन, तर पनि कहीँकतैबाट आफ्नो हक, हित हनन हुन्छ कि अथवा मेरो सानो गल्तीले अर्को कुनै व्यक्तिले पाउने अधिकारको हनन हुन्छ कि ? भन्ने कुराहरु थाहा पाउनका लागि सामान्य रुपमा भए पनि कानूनको ज्ञान हामी सबै नागरिकमा हुन जरुरी पर्दछ । हामीले हाम्रो दैनिक जीवनमा हुने एक सम्झौता भंग गरेर वा अरु कुनै व्यक्तिलाई बेवास्ता गरेर, उसको बारेमा चाहिने नचाहिने कुरा गर्दा कानूनले के गर्दछ र ? भन्ने लागेर कुनै क्रियाकलाप गर्नु हँुदैन । किनकि, कुनै पनि व्यक्तिको गोपनियताको भंग गर्नु पनि अपराध हो । हामीले कहिलेकाहीँ सही काम गरेका छौँ भन्ने लागे पनि कहीँकतैबाट गल्ती भएको हुनसक्छ । जुन गल्ती कानूनले नै गर्नु हुदैन भनेको हुन्छ, त्यसमा त हामी सजायको भागीदार बनिन्छ र कानुन बमोजिम सजायको भागिदार बन्नै पर्दछ । कानुनी मूल्य, मान्यता, व्यवस्था, दण्ड सजायको व्यवस्थाको बारेमा बुभ्नु सबै नागरिकको कर्तव्य हुन्छ । त्यसैले सबै नागरिकमा कानूनको सामान्य ज्ञान हुन जरुरी हुन्छ ।

हामीले आफ्नो हक, अधिकारको प्रयोग गर्दा वा रक्षा गर्न खोज्दा र अरुको हक, अधिकारको पनि हनन हुन दिनु हुँदैन र हुन नदिनका लागि हामीले कानून बुझेको हुनु पर्दछ । राज्यबाट अपराध, हत्या, हिंसा जस्ता क्रियाकलापको अन्त्य गर्न र आफू पीडित नहुन र अरुलाई पनि पीडा नपु¥याउने गरी आफ्नो क्षेत्रसँग सम्बन्धित कानून सबै व्यक्तिले बुझ्न र जान अनिवार्य हुन्छ । सबै क्षेत्रमा काम गर्ने व्यक्तिले कानूनलाई प्राथमिकतामा राखेर बुझेको हुनु पर्दछ र सबैको कानूनमा पहुँच पनि पुगेको हुनु पर्दछ । कानूनको अनविज्ञता क्षम्य नहुने भएकाले सबैले कानूनको पालना गर्न र गराउन अति आवश्यक छ । कुनै पनि व्यतिmले कानून जान्दिन भनेर उम्कन पाइदैन र सक्दैन । त्यसैले सबै व्यक्तिले देशको कानूनको बारेमा जानकार हुनु अपरिहार्य हुन्छ ।

हामीले अहिले देखेका र सुनेका छौँ, बलात्कार र हत्याका घटनाहरुका साथै भ्रष्टाचार र अनेकौँ कानून विपरीतका कार्यहरु भईरहेका छन् । यसको अन्त्य गर्न, महत्वपूर्ण आलोचनात्मक सोच र निर्णय गर्ने कौशलको विकास गर्न कानून विषय अध्ययन महत्वपूर्ण हुन्छ । कानूनको अध्ययन पछि चुनौतीपूर्ण मुद्दाहरुसंग सामना गर्न सक्ने क्षमता, मानव तर्क बुझ्ने, र तार्किक स्पष्टतासंग मौखिक÷लिखित विचार प्रकट गर्नुको साथै, वास्तविक जीवनमा आईपर्ने विभिन्न मामिलाहरुको विश्लेषण गर्न सक्ने क्षमता हुन्छ । वर्तमानमा, कानून सबै भन्दा गतिशील र बढ्दो क्षेत्रहरु मध्ये एक सबै व्यक्तिमा न्यायको ज्ञान हुन जरूरी हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *