नेपाली समाज र परम्परा

सरोजराज पन्त
विश्व मानचित्रमा हेर्दा दुई ठूला राष्ट्र उत्तरमा चीन र दक्षिण, पूर्व तथा पश्चिमी सिमानामा भारतसँग जोडिएको स्वतन्त्र, सार्वभौमसत्ता, विविधताले भरिपूर्ण एकमात्र सुन्दर देश नेपाल हो । यहाँका बासिन्दालाई मुख्य रुपमा तिव्वती नेपाली र इन्डो नेपाली गरी दुई प्रजातीय आधारमा बाँड्न सकिन्छ । तीन भागमा विभाजित नेपालमा उत्तरी भुभागमा हिमाली प्रदेश, मध्यभागमा पहाडी प्रदेश र दक्षिणी भू–भागमा तराई प्रदेश रहेको छ । नेपालको भौगोलिक विभाजन अनुसार हिमाली प्रदेशमा शेर्पा, थकाली, मनाङ्गी, भोटे तथा मुगल जातिका मानिसहरु बसोवास गर्दै आएका छन् भने पहाडी प्रदेशमा ब्राह्मण, क्षेत्री, ठकुरी, गुरुङ, नेवार, तामाङ, मगर, राई, लिम्वु, सुनुवार, दनुवार, दमाई, कामी, सार्की, आदि बसोवास गर्दै आएका छन् । नेपालको दक्षिण क्षेत्र तराई प्रदेशमा थारु, राजवंशी, धिमाल, सतार आदि जनजाति वस्दै आएका छन् । नेपालमा हाल १२३ भाषाभाषीहरु, ६० जनजातिहरु र १२५ जातजातिहरु वसोवास गर्दै आएका छन् ।

हाम्रा समुदायहरुमा कुल देवताको पूजा अर्चना गर्ने, नाग पूजा गर्ने प्रचलन रहेको छ । कूललाई खुसी पारेमा मात्र राम्रोसंग सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास रहेको छ । यसैगरी प्रत्यक्ष देवताका रुपमा रहेका नागदेवतालाई खुसीपारेमा वर्षभरि सर्प, नाग र अन्य कीरा फट्याङग्राहरुको डर नहुने धनधान्य प्राप्त हुने, जीवन खुसी साथ वित्ने विश्वास हाम्रो समुदायका मानिसहरुले गर्दछन् । यसलाई यदाकदा भाग्यवादी संस्कारसँग जोडेर समेत हेर्न सकिन्छ भने नैतिक, आचरण स्वस्थ्य रहन र आपसी मित्रभाव कायम राख्नको लागि यीे विश्वासलाई सास्कृतिक महत्वको रुपमा लिने सकिन्छ । यसबाट धार्मिक रुपमा मानिस बढी चिन्तनशील हुने, नित्य कर्ममा हौसला बढ्ने गरेको पाइन्छ । यस सन्दर्भमा डा.स्वामी प्रपन्नाचार्यले पाङ्ग, पर्वतका ज्योतिष, वेनीका तान्त्रिक, ओख्ले गैरीगाउँका धार्मिक वैयाकरणका साहित्यिक भन्ने उल्लेख गरेका छन् ।

परम्परागत रुपमा हाम्रा समुदायहरुमा मान्दै आएका विश्वासहरुमा अवैज्ञानिकतथ्यहरु छोरा नभए स्वर्गको बाटो छेकिन्छ । छोरीले वावु आमाको काज किरिया गर्न हुदैन । छोरा पाउन गणेश पुराण, सूर्यपुराण आदि लगाउनु पर्छ आदि विश्वासहरु विद्यमान छन् । छोरो नपाए बुहारीलाई दोष दिने परम्परा पनि यहाँ रहेको छ । यी सवै कुराहरुलाई आधुनिक विज्ञानले स्वीकार गरेको छैन। त्यसैले यी कुराहरुमा वेलैमा ध्यान दिएर समय सापेक्ष रुपमा सुधार गर्नुपर्ने देखिन्छ । वंश छोराले मात्र चलाउँछन् छोरी त अर्काको नासो हो भन्ने विश्वास राखी छोरा र छोरीमा असमान व्यवहार गरिन्छ । समाजले महिलालाई पारस्परिक नैतिकतामा वा“च्न सिकाएर उनलाई अरुमाथि निर्भर रहने हक दिइएको छ । सामाजिक परम्परा अनुसार स्त्रीले आत्मनिर्भर हु“दापनि जवसम्म विवाह गर्दिनन्, तवसम्म पुरा मानवीय अधिकार तथा सम्पूर्ण मानवीय गरिमा, कुमारी आमा हुनु समाजको दृष्टिमा ठूलो अपराध हो र समाज, परिवार,बावु, दाजु बिचारवाट उन्मुख रहेकाकारण उनीहरुले विवाहलाई पटकपटक कुरा गर्ने, सुनाउने, यसरी हिंड्नु पर्दछ, खानुपर्छ, लगाउनु पर्छ, यसरी रहनु पर्दछ, अवत त“ ठूली भइस्बाहिर हिंड्दा बिचार पु¥याउनु पर्दछ, अर्काको लहैलहैमा लाउने हैन, बोल्दा बिचार पु¥याउनु पर्छ, अर्काको घरमा जाने हैन, रामरमिता, विवाह, रतौली, भजन, महोत्सव मान्छेहरु भेला भएको इत्यादि ठाउ“मा जानु हुन्न, गए पनि आमा, हजुरआमा, भाउजू आदिसंग जानु पर्छ भनी अर्थाउने गर्दछन् ।

विद्यालयमा पनि बढी उत्ताउली हुनु हुन्न, समयमै घरमा आइपुग्नु पर्छ भनी अर्थाउने गरिन्छ । विवाह भएको भए बच्चाको आमा भईसक्थी, अझै केटाकेटी हु“ भन्ने ठान्छे जस्ता कुराहरुले झनै दिक्क भइसकेका हुन्छन् । बाल्यकालमा बाबुले रक्षा गर्ने, जवानीमा लोग्नेले र बुढेसकालमा छोराले रक्षा गनुले स्त्रीलाई स्वतन्त्रता , मुख खोलेर बाहिर निस्कनु धर्मको विरोधी मानिन्छ । विवाह पछि पुरुषको धर्म र वर्ग सव चीज महिलाले स्वीकार गर्नु पर्ने , पुरुषको अर्धाङ्गिनी बन्नुपर्ने, महिलाहरुले जगतको निरन्तरता जारी राख्नुपर्ने, घर गृहस्थी र बन्द पर्खालभित्र जीवनको कायम राख्नु पर्ने, आज पुरुषको तुलनामा महिलालाई पुरुषको दासी बनाइदिएको छ ।

महिलालाई अविश्वास गर्ने र कुरीति फैलाउने उखानहरु ठिलै होस छोरै होस, छोरीको जन्मे हारेको कर्म, छोरा पाए खसी छोरी पाए फर्सी यसले गर्दा छोरीको योगदानलाई ओझेलमा पार्ने कार्य भएको छ । छोरा र छोरीमा जन्मजात विभेद भएकोले सवैवर्ग, तह र तप्काका मानिसहरुले गम्भीर भई सोच्नुपर्ने देखिन्छ । ‘छोराले खाएको र घोडाले खाएको कही जादैन’ भन्दै छोरालाई बढी मोह, माया, ममता दिने र छोरीलाई कम महत्व दिने गरेको पाइन्छ । जसबाट आधुनिक यूवाहरु बढी संक्रमणयूक्त संजालमा फसेका छन् । एउटै परिवारमा छोरालाई बढी स्वतन्त्रता र छोरीलाई नियन्त्रण गर्ने व्यवहारले छोरीहरुमा मनोवैज्ञानिक असर पर्न गएकोले समय सापेक्ष रुपमा समान व्यवहार हुन अति आवश्यक छ ।

छुवाछुत, धामी झाँक्री, परम्परागत चिन्तन पनि हाम्रा समुदायमा प्रचलमा छन् । यस्ता गतिविधिहरुमा केही वृद्धवृद्धाहरु लगायतका मानिसहरुले विश्वास गर्ने हुँदा देशकाल परिस्थिति अनुसार आफ्नो व्यवहारलाई सच्चाउँदै जानुपर्ने देखिन्छ । विवाह गर्दा परम्परागत रुपमा आफ्नै (उपाध्याय) जातजाति भित्रै गर्ने धार्मिक विश्वासले गर्दा सन्तानमा नयाँपन नहुने, क्रस कल्चरल सिस्टममा अवरोध पुग्ने गरेको पाइन्छ । नातेदारी प्रथा केवल आफ्नै वर्गमा सीमित हुने हुँदा नातेदारी र अन्य जातजाति, धर्म संस्कृति भएका मानिसहरुसँगको सु–सम्वन्ध त्यति प्रगाड हुन नसकेको देखिन्छ । सिन्दुर लगाएपछि यो विवाहित महिला रहेछ भनी वाह्य व्यक्तिको नजर नलाग्ने भएर पनि यसलाई राम्रो मानिन्छ तर श्रीमानको मृत्यु पछि सिन्दुर पोते हटाउने संस्कृति भने समयापेक्ष हुनु पर्ने देखिन्छ ।

हाम्रा समुदायहरुमा उपाध्याय, जैसी र क्षेत्री गरेर वर्गीकरण भएको पाइन्छ । कुमार केटाले आफ्नै जातकी केटीसँग विवाह गरेमा उसबाट जन्मेका बालबच्चा, शुद्ध उपाध्याय हुने, यदि कुनै कुमार केटाले वा विवाहित केटाले अन्य जातकी कन्यासँग विवाह गरेर बच्चा जन्माएमा वा विधवा महिला र जैसी, क्षेत्रीका छोरी विवाह गरेर बच्चा जन्मिएपछि जैसी र क्षेत्री हुने प्रचलन छ । यसरी एकतह झदै जाने क्रम अन्तरजातिय विवाहमा समेत हुने हुँदा यसलाई असमान व्यवहार भनी उल्लेख गर्न सकिन्छ । यो समय सापेक्ष रुपमा सुधार हुनुपर्ने देखिन्छ । हाम्रा समुदायमा विवाहको लागि केटाकेटीको चिना हेर्ने, ग्रह गोचर हेरेर मात्र निर्णय गर्ने प्रचलन मूलत मागी विवाहमा रहेको छ ।

अग्रजहरुको जमानामा वास्तविकता बुझेर विवाह वन्धनमा बाँध्ने प्रयास गरिनुलाई सान्दर्भिक भएपनि यो परम्परावादी सोच र धारणाले आधुनिक जनजीवनमा यसले प्रश्रय पाउनु हुदैन भन्ने कुरा नयाँ पुस्तामा रहेको छ ।लप्सी, मेवाको रुख रोप्नु हुदैँन भन्ने विश्वास,सानै उमेरमा पिपलको रुख रोप्नु हुदैँन भन्ने विश्वास,हातमा खुर्सानी दिन नहुने,आँखामा आनो आउँदा अर्काको भाग ठुलो देखेर हो भन्ने कुराहरु,अरुको नजर नलागोस भनेर कागती र खुर्सानी जन्त्र बनाउने,माकुराको जालो देख्दा ऋण लाग्ने विश्वास,कसैले सम्झदा बाडुली आउने विश्वास,रित्तो भाँडो र जुठा भाँडा माझेको देख्दा साइत नपर्ने विश्वास,बिरालोले बाटो काटे साइत राम्रो नहुने विश्ववास,सुन हराउदा वा भेटाउदा राम्रो नहुने विश्वास,रातको समयमा सुस्केरा हाल्न नहुने र दुई हात पुरपुरोमा राख्न नहुने विश्वास,आपसमा टाउँको ठोकियो भने फेरी टाँउको ठोक्नु पर्ने वा थुथु गर्नुपर्ने,कसैले गाली गरेमा वा कुरा काटेमा घाँटी खसखस गर्ने,(जोडी फल) जुम्ल्याह फलफुल खान नहुने,केटा केटीले कुचो लगाए , कपाल कोर्दा कोर्दै हातबाट काइयो खस्यो भने पाउना आउने विश्वास आदि ।नेपाली समाजमा क्रमश परिवर्तन हुदै आएतापनि विभिन्न विश्वास, प्रचलन, रहनसहन, कुरीति अन्धविश्वासबाट ग्रसित छ । विभिन्न सामाजिक–साँस्कृतिक पक्षका साथै चाडपर्व मनाउने क्रममा पनि असमानताको प्रत्याभुति हुने गर्दछ धनी परिवारले भव्य रुपमा मनाउँदा मध्यम र गरीव परिवारले हिनतावोध गर्ने गरेको पनि यदाकदा देखिन्छ । समानताका लागि समान संस्कारको थालनी हुनु अति आवश्यक छ ।

समय सापेक्ष रुपमा हाम्रा प्रचलन, रीतिरिवाजलाई परिवर्तन र परिमार्जन गर्दै लैजानु पर्ने अवस्था तर्फ सबै संबद्ध पक्ष एकजुट भएर लाग्नु पर्दछ । हाम्रा विश्वास, प्रचलन, रहनसहन, कुरीति अन्धविश्वास परिमार्जन र अन्त्य गर्दैे वैज्ञानिक रुपमा ग्रहण गर्ने अवस्था सृजना गर्नु छ । विभिन्न परम्परागत मूल्य, मान्यता र विश्वास माथि गहिरो चिन्तन मनन् गर्दै समय सापेक्ष रुपमा सुधार गर्दै जाने हो भने भोलि नयाँ नेपाल पूर्ण रुपमा वैज्ञानिक विचार र धारणाले निपूर्ण भै अगाडि बढ्ने छ । राष्ट्र, राष्ट्रियता, समाज र सामाजिक मूल्य मान्यताको मार्ग निर्देश अनुसार राष्ट्रको मूल प्रवाहमा परापूर्वकालमा भन्दा बढी गहन र वैज्ञानिक तरिकाले विशेष योगदान पु¥याउने र देशको चौतर्फी विकासका लागि आवश्यक पर्ने योग्य जनशक्ति उत्पादन गर्ने दिशामा समाज सदैव क्रियाशिल रहन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *