एकका लागि सबै, सबैका लागि एक ‘दिगो विकासका लागि सहकारी’

कृषिता अधिकारी ( निशा)
पछिल्लो समयमा सहकारी क्षेत्रमा निकै नै त्रुटिहरु भइरहेको छ । सहकारीको आवश्यकता मर्म नियम पालना नगर्नाले समाजमा विविध घटना घटिरहेका छन् । यस किसिमको घटनाहरु नघट्न सहकारीले ऐन नियमको पालना गर्नु जरुरी हुन्छ ।वास्तवमा सहकारी भनेको के हो ? यसले हाम्रो जीवनशैलीलाई सुधार्न कसरी सहयोग गर्दछ ? सहकारीका राम्रा पक्षहरु पनि छन् र नराम्रा पक्षहरु पनि छन्, तर सहकारी क्षेत्रमा इमानदारिता देखाउने हो भने सहकारी प्रतिको विश्वास हट्दैन थियोे ।

वास्तवमा के हो त सहकारी यसका सबल दुर्वल पक्ष के रहेका छन त? यसबारे अध्ययन अनुसार र बुझाइअनुसारको अभिव्यक्ति राखेको छु । खासगरी सहकारी भन्नाले सदस्यको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट संचालित व्यवसाय मार्फत साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता एवं आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन सहकारी हो । वास्तवमा यो एकका लागि सबै र सबैका लागि एकको धारण हो जहाँ स्थानीय ज्ञान सिप पूँजी र प्रविधिको प्रयोग गरी समान उद्देश्य बमोजिम साझा हितका निम्ति गठित तथा स्थापित संस्था नै सहकारी हो ।

यसको इतिहासलाई हेर्न हो भने सहकारीका जन्मदाता बेलायतका रोबट ओवेन हुन जसमा सिमित स्रोत साधनको उपयोग गरि सामुहिक लाभको बराबर हिस्सेदार हुने गरि उद्यमशिलताको प्रबद्र्दधन गर्न यस्ता संस्थाहरु गठन भएका हुन्छन् जसमा राष्ट्रिय अर्थतन्त्रलाई फराकिलो तथा समावेशी बनाउन यस्ता संस्था गठन भएका हुन्छन् । जहाँ समाजका सदस्यको सामूहिक एकता, प्रयत्न, सहमती सद्भाव,मानवता, भातृतब जस्ता मूल्यहरु रहन्छन ।

त्यस्तै सहकारीका आदर्श मूल्यहरु स्वाबलम्बन, स्वाबलम्बन, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, समन्वय र ऐक्यबद्धता ,इमानदारिता, खुलापन, सामाजिक जिम्मेवारी र अरुको हेरचाह एवं चासो जस्ता सिद्धान्तहरु रहेका छन् । कतिपय अवस्थामा उल्लेख्ति सिद्धान्त व्यवहारमा लागू हुदैनन् । त्यस बारे गम्भिरतापूर्वक लिनु जरुरत रहेको छ। यसका मान्यताहरु यस प्रकार रहेका छन् । नाफामा सहभागी नहुने, उपकारको भर नपर्ने, गैर सदस्यसंग भर नपर्ने, गैर सदस्यसंग कारोबार नगर्ने, गैरसदस्यलाई सेवा दिने तथा सकारात्मक कार्य गर्ने आदि विषेशगरि उत्पादन, उपभोक्त,श्रमिक लगायतका विभिन्न प्रकारमा रहने सहकारी सहकार्य माध्यम मात्र नभइ बचत र ऋण परिचालन समुदायको परिचालन र चेतना विस्तारमा समेत सहकारी कारक बनेको छ ।

खासगरि सहकारी स्वैच्छिक संगठन भएकोले यसमा व्यत्तिहरु स्वेच्छिक सदस्य बन्छन, कसैलाई पनि करकाप दवाव अथवा धम्किमय सदस्य बनाइदैन सदस्य भैइसकेकोलाई सदस्यता त्याग्न कुनै दवाव दिइलैन् । तर,यसमा सदस्य नै नीति निर्णयमा सक्रिय सहभागी हुन्छन् ।जसले गर्दा उद्यमशिल बन्न र आत्मनिर्भर बन्न प्रेरित पनि गर्दछ। एक सदस्य एक मतको समान मताअधिकार पनि हुन्छ । जसमा सहकारीको पूँजी उपर यसका सदस्यको न्यायिक अर्थात् समान सहभागीता हुन्छ ।

सहकारी स्वायत्तता, स्वाबलम्बी, सदस्यद्वारा नियन्त्रित संगठन हो यसका काम कर्तव्य भनेको सहकारीले आफ्ना सदस्य, निर्वाचित प्रतिनिधि तथा कर्मचारीलाई तालिम दिने गर्दछन्, शिक्षा, तालिम र सूचनाबाट सदस्यमा ज्ञान,सीप र नेतृत्वको विकास हुन्छ यसबाट आम जनतामा समेत शिक्षा,ज्ञान, सीप र सूचनाको विकास भई सहकारीको विकासमा योगदान पुग्दछ , त्यस्तै सहकारी हरु बिच समस्या समाधानको लागि एक आपसमा वित्तिय सहयोग विचार विमर्श अनुदान प्रदान गर्दछन्, सहकारीले समुदायको दिगो विकासको लागि आर्थिक सामाजिक र व्यवसायीक क्रियाकलाप सञ्चालन गर्दछन् तर, पछिल्लो समयमा सहकारी क्षेत्र पार्दशि र गुणस्तरिय नहुनुका कारण सहकारी सम्बन्धि शिक्षा र चेतना अपेक्षित रुपमा हुन नसकेको, सहकारी क्रियाकलापको सघनता उत्पादन तथा रोजगारि क्षेत्रमा नचइ बचत र ऋणको कारोवारमा बढि देखिएको, सहकारी संस्थामा सहकारी सिद्धान्त, मूल्य मान्यताको अनुसरणको अवस्था कमजोर रहेको, सहकारी सुशासनको अभाव रहेको, कतिपय सहकारी संस्थामा वित्तीयजोखिम बढेको, नियमन तथा व्यवसायीकताको कमी, सहकारी संस्थाहरुको आन्तरिक लेखा परिक्षण प्रणाली चुस्त पारदर्शी नहुनु, सहकारी सञ्चालनमा परिवारवाद हाबी हुनु, बदनियत नोक्सान पुर्याउनु , भष्ट्रचारमा संलग्न हुनु आदि जस्ता कारणले पनि समस्या भित्रीरहेका छन् ।

नियमनकारी निकायको कमजोर नियमनका कारण सहकारीले यसको फाईदा लुटेका छन् । जसकारण सदस्यहरुको बचत तथा लगानीमा सुरक्षीत छैन् । सदस्यहरुले दुख गरेर कमाएका पैसा जुनसुकै समयमा पनि डुब्ने र संचालक जुन सुकै समयमा पनि रकम कुम्ल्याएर भाग्न सक्छ, यसको निश्चित छैन् । यस्ता उदाहरण शहर केन्द्रित सहकारीमा देखिन्छ । ति सहकारीले गर्दा सहकारीको मूल मर्मलाई पनि असर पारेको पक्कै छ । यसले गर्दा नेपालको सहकारी अभियान विकृती तर्फ बढेको महशुस भएको छ । यसमा सदस्यहरु पनि चनाखो हुन आवश्यक देखिन्छ ।यस्ता विकृती ग्रामिण स्तरमा स्थापना भई संचालनमा रहेका सहकारीमा समस्या र जोखिम कम मात्रामा छ । सहकारीमा जोखिम तथा समस्या बढ्नुको कारण भनेको ऐन, मापदण्ड कार्यान्वयन नहुनु हो ।

कारबाही गर्ने कानुनी प्रावधान रहे पनि गल्ती गरिरहेका सहकारी संघसंस्थालाई कारबाही नगर्नुले झन थप प्रोत्साहन मिलेको छ । ऐन, मापदण्ड अनुसार संचालन नहुनेलाई कारबाही गर्ने हो भने अर्को पटक गल्ती दोह्रोराउने सम्भावना कम हुन्छ तर त्यसो हुन सकेको छैन् । यदी कारबाही हुने हो भने ति सहकारीले पुनः समस्या नदोहोर्याउला भन्न सकिदैन ।

हाल सहकारीमा देखिएका समस्यामा कमजोर सहकारी अभियान, सदस्य र व्यवस्थापन बीचको द्वन्द्व, शिक्षा तालिमको अपर्याप्त, बचत र लगानी अशुरक्षित, अनुत्पादित क्षेत्रमा लगानी, इजाजत बाहिर संचालन, लक्षित वर्गमा सहकारीको पहुँच न्यून, कमजोर व्यवस्थापन, दोहोरो सदस्यता, व्यक्तिगत व्यवसायको रुपमा दुरुपयोग, कमजोर कानुनी संरचना, राजनैतिक हस्तक्षेप लगायतका विभिन्न समस्या रहेका छन् ।

समस्या समाधान तथा सबल दुर्वल पक्षहरु खोताल्दै गर्दा सहकारी ऐनमा के के रहेको छ त त्यसबारे पनि थोरै चर्चा गर्न चाहे हामीले सहकारी संस्थाको विकाशक्रमलाई र्हेर्ने हो भने वि.सं. २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकाशको थालनी भएको पाईन्छ । तात्कालिन नेपाल सरकारले २०१३ सालमा ‘सहकारी गठन, दर्ता र संचालन आदेश’ जारी गरेको र सोही कानूनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई भइ सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको थियो ।

तत्कालिन राजनैतिक अस्थिरताको कारण सोचे अनुरुप सहकारीको संस्थागत विकाश हुन सकेन । पछि २०४१ सालमा आएर सहकारी ऐन २०१६ खारेज गरी साझा संस्था ऐन २०४१ जारी गरियो । जस अनुरुप कम्तिमा १५ जना सदस्य भएको औधोगिक साझा संस्था र कम्तिमा २५ जना सदस्य भएको अन्य साझा संस्था गठन गर्न सकिने व्यबस्था थियो भने ५ वटा संस्थाहरु सदस्य भएको जिल्ला साझा संघ र कम्तिमा १५ वटा जिल्ला साझा संघहरु सदस्य भएको राष्ट्रिय साझा संघ गठन गर्न सकिने प्रावधान थियो । साझा संस्था ऐन २०४१ लाई खारेज गरी वि.सं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी गरियो जुन ऐन बर्तमान अवस्थामा सहकारीको संस्थागत विकास गर्न क्रियाशील रहि आएको छ ।

हाल सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अनुशरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरी हजारौँ सहकारी संस्था खुलेका छन् । यिनिहरुले अर्थतन्त्रमा खरबौको रकम परिचालन गरिरहेका छन् । यसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै–थोरै बचत संकलनबाट बृहत कोष खडा गरि समूह भित्रकै सदस्यलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो टार्न सहकारी राम्रो माध्यम पनि हो । ( सहकारी ऐन २०४९ द्वारा साभार) तर पछिल्लो समयमा सहकारी क्षेत्रमा निकै समस्या देखिन थालेका छन् यी समस्यालाई समाधान गर्न विभिन्न गाउँठाउँ जिल्ला प्रदेशमा सहकारी सम्बन्धी शिक्षा र चेतनाको विकास गर्ने, सहकारी सञ्चालकमा इमानदारी र पारदर्शिता कायम गर्ने, खाइनखाइ राखेको रमक सम्बन्धि बदनियत नगर्ने, सहकारी संस्थालाई उत्पादन र रोजगारिमा केन्द्रित गर्ने, सहकारी संस्थामा सहकारी सिद्धान्त, मूल्य,मान्यताको अनुसरण प्रभावकारी बनाउने तथा राज्यले पनि समय समयमा अनुगमन गर्ने यदि उपभोक्ताको रकममाथि बदनियत गरेकोे खण्डमा कानुन बमोजिम सजाय दिने गर्नु जरुरी छ ।

ताकि भोलिका दिनमा सहकारीमा सेयर सदस्य हुँदा वा बन्न एक कदम पछि नहटुन र सहकारी प्रतिको विश्वास नडगमगाओस यसका लागि सहकारी खेल्नुपर्ने भूमिकाहरुः– छरिएर रहेको श्रम सीप, प्रविधि र पुँजीलाई एकत्रित गरि उत्पादन उत्पादकत्व र रोजगारिमा वृद्धि गर्ने, सामूहिक आर्थिक हित तथा नेतृत्व विकास र घरेलु तथा लघु उद्यमको प्रवद्वन गर्ने तथा सहकारीले यस्तो नियम बनाहोस कि कुनै पनि कर्मचारीले बदनियत गरेको खण्डमा तुरुन्तै कारबाही गरि इमानदारीता देखाउनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *