कृषिता अधिकारी ( निशा)
कुनै समयमा गरिबीका कारणले घरपरिवार बालबच्चा पाल्न गाउँको साहु महाजनसँग धितो तमसुक बनाएर खाडीमुलुक जाने समय थियोे त्यहि परिधिभित्र रहेर हिजोको त्यो समयदेखि आजको यो समयसम्म पनि चलिरहेको छ समय परिवर्तन भयो देश विकासका लागि नयाँ अनुसार फेरिए राजतन्त्र फालेर गणतन्त्र आयो तर देशमा रोजगार नभएको कारणले जान बाध्य बनाएको छ ।
खासगरी देशको सीमा पार गरि अन्य मुलुकहरूमा गरिने रोजगारी वैदेशिक राजगारी हो वैदेशिक रोजगारीबाट विकशित देशहरुतर्फ र गैर औद्यौगिक देशहरूबाट औद्योगिक देशहरुतर्फ रोजगारीको लागि श्रमशक्ति जाने गर्दछ । लेख लेख्दै गर्दा हाम्रा विदेशीएका दाजुभाइको सम्झना झलक्क आँखै अगाडि आयो र गायक हेमन्त राणाको गितमा भनेझैं चालिस कटेपछि रमाउला भनेर मन भरि पीडा भारि मन बनाएर आफ्नो परिवार बालबच्चाको लागि रुदै रुदै खाडी मुलक जान बाध्य छन् यो रहर त हुँदै होइन देशमा रोजगार भइदिएको भए आफ्नो परिवारसंग यसरी छुट्टिन्न पर्दैनथ्यो होला ।
साच्चै नै बढो दुखका साथ भन्नुपर्दा हाम्रो देशमा राजनीतिक परिवर्तनपछि पटक–पटक विभिन्न दलका सरकार बने, देश विकास गर्छु भनेर विभिन्न ऐजेण्डा तयार भए तर कार्यान्वयन भने शून्य देखियो त्यसमाथि पनि स्वदेशमा रोजगारीको नीति नियम व्यवस्थापन तथा वातावरण निर्माण गर्न सकेनन् वा बनाउनै चाहेनन् किनकि राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ, त्यसबेला युवालाई आ–आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन मात्र देखाए र हामी युवाहरु पनि उनिहरुको आश्वासनमै फस्यौ हामी युवाको आश भरोसा आज माटोमै मिलेको अवस्था छ ।
देशमै बसौं भने रोजगार छैन्, खाडी मुलुकमा जाने नेपालीहरु बाकसमै फर्कनु परेको छ । आज हजारौं युवा विभिन्न हिंसा तथा शोषणमा परेका छन कंयौ युवा विना दोष झुट्टा लालछना विना अपराध अर्कोको देशमा सजाय काटिरहेका छन् । भने नेपाली भएर नेपालीलाई नै ठगेको अवस्था छ विभिन्न प्रलोभनमा पारेर हजारौं युवाको पैसा लुटिरहेको अवस्था छ त कतै धेरै युवाहरु स्वदेशमा सडकका गल्लीहरुमा बेरोजगारीका कारण भौँतारिरहेको अवस्था छ । तर पनि एक पक्षलाई हेर्ने हो भने वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू पनि हाम्रो समाजमा प्रशस्त भेटिएका छन् ।
यो हाम्रो समाजको तितो यथार्थ हो कि केही वैदेशिक रोजगारीका क्रममा विविध हण्डर ठक्कर खाएर रित्तो हात स्वदेश फर्की साहुसँग लिएको ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । अर्कोतिर आफ्नै भूमिमै पनि आधुनिक कृषि खेती, पशुपालन, माछापालन लगायतका पेसा व्यवसाय गरेर अथाह सम्पती कमाएका युवाहरु पनि प्रसस्त छन् । कतिपय नेपाली युवाले विदेशमा सिकेको सिप र श्रम स्वदेशमै प्रयोग गरी प्रशस्त आय आर्जन गरेका छन् । कतिपय अवस्थामा देशमा आधुनिक कृषि प्रणालीको परिवर्तन पनि हो । वास्तवमा भन्ने हो भने गर्न सके मातृभूमिमै सानो ठूलो काम नभनी श्रम गर्ने हो भने खुसीसँग परिवारको साथ बस्न र आनन्दसँग दैनिक चलाउन सकिन्छ ।
तर हाम्रो समाज पछिल्लो समयमा आधुनिक जीवनशैलीका कारणले प्रतिस्पर्धा देखासिकी बढेको छ जसले गर्दा भौतिक सुखसुविधाको लागि पनि विदेशीन बाध्य छन हाल पछिल्लो समयमा हाम्रो देशबाट दैनिक एक हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसरी रोजगारीमा जानेहरूमध्ये अधिकांशको आर्थिक हैसियत निम्नस्तरको भएको देखिन्छ । त्यसैगरी मुलुकभित्र रोजगार नपाएर बाध्यताले विदेश जाँदा पनि सम्बन्धित कम्पनीले प्रतिबद्धता जनाएअनुसार पारिश्रमिक नदिएका कारण कंयौ युवा विदेशमा दुःख पाएकन छन भने घरेलु हिंसा यातना पाएका समाचारहरु त हामीले सुनेकै छौं। अर्कोतर्फ कोही काम गर्दागर्दै दुर्घटनामा परेर अपांगता बनेर फर्कनुपर्ने बाध्यता पनि उत्तिकै छ ।
साच्चै नै भन्ने हो भने स्वदेशमै श्रम गरी आफु र आफ्नो परिवारको आवश्यकता पुर्ति गर्न सकिने वातावरण भएको भए घर परिवारबाट टाढा रही विरानो भुमीमा रगत र पसिना बगाउने रहर कस्लाई पो हुन्छ र ! आफ्नो गाउँ, आफ्नो ठाउँ, आफ्नो परिवार, साथी भाई, आफ्नो भाषा संस्कृती, चाडपर्व सबैलाई प्यारो हुन्छ । तर कतिपय अवस्थामा धन कमाउन छोराछोरिको भविष्य बनाउन सुख र आनन्दले जीवन जिउन अर्काको देश विदेश चाहार्नु पर्ने अवस्था आउने रहेछ ।
त्यसैगरी नेपालको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या २० लाख रहेको छ । तर, यो संख्याभन्दा धेरै नागरिक श्रमका लागि बिदेसिएको देखिन्छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्षअघिदेखि भएको मानिन्छ । वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसका थुप्रै समस्या छन्, जसको समाधानमा सरकारले पर्याप्त पहल गर्न सकेको छैन ।
साच्चै नै देशकै मेरुदण्ड मानिने देशका युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै दुःखदायी अवस्था हो । हुन त वैदेशिक रोजगारी अल्पकालका लागि उपयुुक्त देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक छैन् । किनकि वैदेशिक रोजगारीमा जानेमा पुरुषमात्र होइन, महिला पनि पुरुषसरह जाने गरेको पाइन्छ । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने पछिल्लो समयमा युवापुस्तामा वैदेशिक रोजगारीको आकर्षण बढ्दै गइरहेको पाइन्छ । कतै बाध्यताले त कतै रहरले नेपालमा प्रयाप्तमात्र रोजगार नभएकोले वा भनौ न नेपालको आम्दानिले जीवन धान्न गाह्रो स्थितिले पनि विदेशीएका छन भने कतिपय अवस्थामा युरोपिएन देशहरूमा जाने पढाइ विसामा जाने एक किसिमले होडबाजि नै चलिरहेको छ उतै बस्ने उतैको नागरिक बन्ने भएकोले पनि यतिधेरै आकर्षण बढेको पनि छ ।
यससँग संगै देशमा बेरोजगार जनशक्तिको सङ्ख्या घट्न गई देशको आर्थिक र सामाजिक अवस्था सृदृढ हुदै गएको छ, नयाँ पुँजी र प्रविधि भित्रीएको छ, अन्तर्राष्ट्रिय अनुभव हासिल भएको छ, वैदेशिक रोजगारबाट भित्रीएको रेमिटान्सबाट लगानी बाई अर्थतन्त्रका परिसूचकमा परिवर्तन आएको छ , सामाजिक, सांस्कृतिक रुपान्तरणमा सहयोग पुगेको छ, आर्थिक क्रियाकलापमा वृद्धि हुन गई जनताको जीवनस्तरमा सुधार हुनुका साथै गरिबी निवारणमा ठूलो सहयोग पुगेको हुन्छ । तर, वैदेशिक रोजगारीको जति आकर्षण छ, त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि छ । विदेशमा जाने जतिपनि कामदारमध्ये करिब ७० प्रतिशत कामदारले जोखिमपूर्ण काम गरिरहेका छन र कुनै दुर्घटनाको कारणले अंगभंग भएको पनि अवस्था छ त्यसैले यी र यस्ता समस्या नआउन दिन वा भनौ विदेश गएपछि दुख नपाउनु भन्नको लागि विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्यअनुसार नै सीपको विकास गराएर मात्र विदेश जानुपर्छ र म्यनपावरले पनि राम्रोसँग सीप सिकाएर भाषामा दक्ष बनाएर पठाउन राम्रो व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम केही हदसम्म जोखिम कम हुन सकिन्छ ।
नेपालको ऐन नियम अनुसार वैदेशिक रोजगारीमा सम्झौता गरिए अनुसार पारिश्रमिक नदिने, सुविधाहरू पूर्वसर्त नगराउने, बीमा नगरी काममा लगाउने जस्ता समस्याहरू देखिएका छन् । वैदेशिक रोजगारीमा देखिएका यस्ता समस्याहरू समाधान गर्नका लागि वैदेशिक रोजगारीमा जानुपुर्व सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियम कानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ । वैदेशिक रोजगारीका लागि श्रम इजाजत भएको देशमा मात्र जानुपर्छ, तबमात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त हुन्छ तर कतिपय अवस्था हामीले देखिरहेका छौ कि लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिने युवाहरुको अवस्था झनै पीडादायी र गम्भीर रहेको छ ।
तसर्थ, जति पनि दाजुभाइ दिदिबहिनी वैदेशिक रोजगारको लागि जादै हुनुहुन्छ भने तपाइहरु नियमसङ्गत ढङ्गले मात्र विदेश जानहोला धनको विलासिनताले आफ्नो ज्यानै गुमाएको अवस्था हामीले कारुणिक दृश्य पनि देखेका छौ हजारौं सपना बोकेर शिरमा रिनको भारि बोकेर गएका युवाहरु वाकसमा फर्किनुपर्ने अवस्था नआहोस दिनप्रतिदिन हामीले समाचार सुनिरहेका हुन्छौं कि विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका नागरिकको दैनिक रूपमा शव आउने गरेको र कतिपय नेपाली चेलिबेटी बेचिएको त कतिपय चेलिहरु घरेलुु हिंसामा परेको अवस्था छ यसबाट वैदेशिक रोजगारी एकदमै जोखिमपूर्ण छ भनेर सहजै रुपमा थाहा पाउन सकिन्छ ।
सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्य बढी जिम्मेवार बन्नुपर्छ भने कामदार पनि स्वयं सतर्क भइ सबै कुरा राम्ररी जानेर बुझेर मात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ । त्यसैगरी वैदेशिक रोजगारीलाई अझ थप व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ जस्तैः वैदेशिक रोजगारिलाई सुरक्षित र मर्यनदित बनाउने , मानव वेचविखन मुद्दा तथा तस्करिको समस्या समाधान गर्ने , वैदेशिक रोजगारिमा जाने महिलाहरूलाई आदन प्रदान गर्न सक्ने समस्या प्रति सचेत रहने ,उचित भाषा र कानुनको ज्ञान दिने , वैदेशिक रोजगारिमा ठगिने प्रवृत्ति रोक्न प्रयत्न गर्ने, समस्यामा परेका कामदारलाई उद्दार र पुन स्थापना गर्न सक्ने कदम चाल्ने , कुटनितिक निकायको क्षमता बढाउने , विप्रेषण आयलाई अनौपचारिक माध्यमबाट भित्राउने, वैदेशिक रोजगारिमा जाने व्यक्तिलाई दक्ष बनाउने तथा विप्रेषण आयलाई गरिवी निवारण र मानव विकासमा उपयोग गर्नु जरुरी छ ।
किनकि आन्तरिक रोजगारिको अभावमा वैदेशिक रोजगारि नेपालको बाध्यता हो यसबाट करिब ४३ लाख भन्दा बढि नेपालीलाई रोजगारको अवसर प्राप्त भएको छ जसले भुक्तानी सन्तुलनमा सहयोग समेत पुगेको छ तर पनि वैदेशिक रोजगारिको दिर्घकालिन प्रभाव नकारात्मक हुने भएकोले स्वदेशमा नै औद्योगिकरणको माध्यमबाट रोजगार सिर्जना गर्नु आवश्यक छ तर वैदेशिक रोजगारिका केही अल्पकालीन फाइदा भए पनि यो विकासको दिर्घकालिन स्रोत भने होइन त्यसैले स्वदेशका युवाहरूलाई स्वदेशमै रोजगारिको अवसर दिई स्वदेशमै पसिनाको आ,फ्नै देशमा उपयोग गर्न सकेमा देशको आर्थिक र समाजिक अवस्थामा अवश्य पनि परिवर्तन आउनेछ ।